२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौं  । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।
न्युज कारखाना

काठमाडौँ । इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले खेलको १८औ मिनेटमा ह्यारी केनको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो । डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले एक एक अंक बाँडेका थिए ।

यो बराबरीपछि समुह सी मा इङल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ ।

अब समुह चरणको अन्तिम खेलमा इङल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोहि दिन सर्बियासँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५: ५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । न्युज कारखाना

काठमाडौँ । सर्बिया स्लोभेनियासँग हारबाट बचेको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

स्लोभेनियाको जितमा खेलको ६९औं मिनेटमा जान कारनिकनिकले गरेको गोलबाट शुरुवाती अग्रता हासिल गरेको थियो । तर सर्बियाका लागि लुका जोभिकले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए र सर्बियालाई हारबाट बचाएका थिए ।

पहिलो खेलमा डेनमार्कसँग बराबरी खेलेको स्लोभेनिया यो खेलमा पनि बराबरीमा रोकिएपछि २ खेलमा २ अंक हासिल गरेको छ । त्यस्तै सर्बियाले भने दोस्रो खेलमा एक अंक हासिल गरको छ ।

अब समुह चरणको अन्तिम खेलमा स्लोभेनियाले जुन २६ मा इङल्याण्डको सामना गर्ने छ भने सर्बियाले सोहि दिन डेनमार्कविरुद्ध खेल्ने छ ।न्युज कारखाना

 

काठमाडौँ । स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए ।

यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।

अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोहि दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । भारतले अस्फ्गानिस्तानलाई पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई४७ रनले पराजित गरेको हो ।

गएराती समपन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछाएको अफगानिस्तान २० ओभरमा अल आउट हुदै १३४ रन मात बनाए पछि भारत ४७ रनले विजयी भएको हो ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्बाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए । त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला बय्टिंग गरेको भारतले २० ओभरमा ८ व्केट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागिसूर्यकुमार यादवले सर्बाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषव पन्तले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३-३ विकेट लिएका थिए ।

यो जितपछि सुपर आठको समूह एकमा रहेको भारतले २ अंक हासिल गरेको छ । अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ । त्यस्तै अफगानिस्तानले अर्को खेल आइतबार बिहान अस्ट्रेलियासँग खेल्दै छ ।न्युज कारखाना

राैतहट,०६ गते असार ।

जनता अवासको भुक्तानीको लागि दलित मोर्चाले तालाबन्दी गर्ने भएको छ । Open photoजनता अवास कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा निर्माणाधीन घरहरूको भुक्तानी एबं पथरा बुधरामको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गराउन संघर्ष समिति मौलापुरले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । Open photoआम दलित मोर्चाको अध्यक्ष ठागा दास, युवा नेता लखिन्दर यादव, मौलापुर नगर प्रवक्ता चन्देश्वर बैठा, आम दलित मोर्चाको सह-इन्चार्ज बिरचन राम, आजपाको नेता लखिन्दर साह र आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साह लगायत नेताहरुद्वारा बुझाईएको ज्ञापनपत्रमा माग पुरा नभए यही आषाढ ११ गते देखि विकास पुर्वाधार कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरिएकोछ ।Open photo

राैतहट,०६ गते असार । रौतहटको दुुइ वटा नगरपालिकाले बजेट ल्याएको छ । बुुधवार कटहरिया नगरपालिकाले बजेट ल्याएको छ भने विहिवार मध्य रौतहटमा रहेको गरुडा नगरपालिकाले बजेट ल्याएको छ । Open photoगरुडा स्थित कलवार धर्मशालाको प्रांगणमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख अजय कन्थमुनी जयवालको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो । “समृद्ध नगरःखुशी नगरबासी” लक्ष्यका साथ नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।Open photo सो नगरपालिकाको ११ औं नगरसभा तथा आठौं बजेट अधिवेशन बाट आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ७० करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभाको प्रमुख अतिथीको रुपमा मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवाल रहनुु भएको थियो ।Open photo गरुडा नगरपालिकाले नगरको समग्र विकासका लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । अधिवेशनमा उपमेयर पुनम देवि चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी थिइन । Open photoनगर सभाबाट यसपालि शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी लगायतलाई विशेष प्राथमिकता दिइएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले स्वागत मन्तव्य राखेका थिए । हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । Open photoतर गरुडा नगरपालिकाले सो समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सो अवसरमा जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

रौतहट,०६ गते असार । रौतहट–रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ को कार्यालयले पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुका साथै खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ । Open photoआज एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ सम्मान गर्नुुका साथै खेलाडीहरुलाइ खेलकुद सामाग्री दिएका हुन् ।Open photo छुुट्टाछुुट्टै कार्यक्रम आयोजन गरि उनले सम्मान र खेलकुद सामाग्री दिएका हुन् । सो वडामा रहेको एक दर्जन पूर्णअपाङ्ग भएका व्यक्तीहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको हो । Open photoआफूहरु सम्मानित हुन पाउँदा उनीहरुले हर्षित हुँदै वडा अध्यक्ष लाइ धन्यवाद ज्ञापन गरेका हुन् । Open photoत्यस्तै खेलाडीहरुको मनोबल बढाउन उनले वडा भरिमा रहेको सिनियर र जुनियर गरि ८ वटा टिमलाइ वडा अधयक्ष कुुशवाहाले क्रिकेट सामाग्री प्रदान गरेका हुन् । Open photoकटहरिया क्रिकेट टिमका कप्तान संजिप ठकुरीको अध्यक्षतामा वडा स्तरीय बजेटबाट सो वडाका खेलाडीहरूलाई कार्यालयले ब्याड,बल,विकेट, ग्लभ्स, लगायतका सामाग्री वितरण गरिएको हो । Open photoवडा लाइ दिइने कम बजेट बाट पनि आम सर्वसाधारणको मन जित्ने खालको कार्यक्रमहरु ल्याएर वडा अध्यक्ष कुशवाहा चर्चा बटुल्न सफल भएका छन् । Open photoउनले ९९ हजार रुपैयाँ बराबरको वडा स्तरीय बजेट बाट ति समाग्रीहरु खरिद गरेर वितरण गरेका हुन् । यसैगरि फुुटबल खेलाडीका लागि पनि उनले बाल उपलब्ध गराएका हुन् ।Open photo कार्यक्रमलाइ सम्बोधन गर्दै वडाध्यक्ष कुशवाहाले वडाभित्र खेलको विकासका लागि आफनो निरन्तर सहयोग रहने बताए । Open photoकार्यक्रममा बोल्दै वडा सचिव छोटेलाल मिश्राले स्थानिय सरकार आएपछि खेलाडीहरुलाइ खेलकुुद सामाग्री पाउन सहज भएको बताए । Open photoयता वडा सदस्य रामइश्वर राय यादवले खेलकुद सामाग्री पाएपछि राम्रो सँग खेल्न र वडाको नाम रौशन गर्न खेलाडीहरुलाइ अनुरोध गरेका थिए । Open photoसो अवसरमा स्थानिय बिनोद साह,आशमहम्द,यूवा नेता दिपक दुुब्बे,शिक्षक अचल शाही,गणेश साह कलवार लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी,बागमती, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। मधेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पु्र्ण बदली, लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।