२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् ।

एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । फ्रान्स र नेदरल्याण्डस जारी युरोकपमा गोलरहित बराबरी खेलेका छन् । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा फ्रान्स र नेदरल्याण्डस गोल रहित बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् ।

अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका किलीयन एम्बाप्पे भने यस खेलमा खेलेका थिएनन् ।

यो बराबरीपछि समुह डी मा नेदरल्याण्डसको २ खेलमा ४ अंक भएको छ र समुहमा शिर्ष स्थानमा छ भने फ्रान्सको पनि २ खेलमा ४ अंक नै रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

अब फ्रान्सले समुह चरणको अन्तिम खेलमा जुन २५ मा पोल्याण्डसँग खेल्ने छ भने नेदरल्याण्डसले सोहि दिन अस्ट्रियासँग खेल्ने छ ।न्युज कारखाना

काठमाडौँ । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले  ग्लोबल टी- २० खेल्ने भएका हुन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् ।

गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ ।

यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।न्युज कारखाना

काठमाडौँ । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए । त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए । १-० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ ।

पहिलो खेलमा रोमानियासँग ३-० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समुह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो जितपछि युक्रेन समुहमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

अब युक्रेनले समुह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्ने छ भने स्लोभाकियाले रोमानियासँग सोहि दिन खेल्ने तालिका छ ।न्युज कारखाना

काठमाडौँ । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यस अघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।

यो जितपछि दक्षिण अफ्रीकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ । यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौं जित हो ।

त्यस्तै इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इङल्याण्डले आइतबार राती अमेरिकासँग खेल्ने छ ।न्युज कारखाना

राैतहट,०७ गते असार । रौतहटको कटहरिया नगरपालिका ५ निवासी रामाशंकर महतोको खेतमा सयपत्री फूल फुलिरहेका छन् । सयपत्री फुलेको दृश्यले गरुडा–कटहरिया मार्गमा हिँड्ने जो कोहीलाई आकर्षित गर्दछ । देहातमा अहिले सयपत्री फूललाई बेमौसमी मानिन्छ तर महतोले चारकट्ठा खेतमा गज्जबै देखिने गरी फूल फुलाएका छन् । अहिले बाटो भएर हिँड्ने जो कोहीलाई लाग्न सक्छ – यो व्यावसायिक फूल खेती हो । Open photoचार कट्ठामा कोही घरमा पूजा गर्न र खेतको शोभाको लागि फूल रोप्दैन । जहाँ छरछिमेकको खेतमा चैते धान तथा तिल र मुङदाल लहराइरहेको छ त्यहीँ महतोले आफ्नो खेतमा अरुभन्दा फरक किसिमले सयपत्री फूल फुलाउन सफल भएका छन् । Open photoचार कट्ठामा सत्रपत्री लगाएका महतोले गत बैसाख महिनामा मात्र डेढ लाख रुपैयाको फूल बेचेका छन् । एक महिना बेचेर डेढ लाख रुपैयाको आम्दानी गरेका महतो भन्छन् – जेठ र असार महिनामा फूल बेचेको हिसाब गरेको छैन । तर अपेक्षा गरेको जस्तो फूल बिक्री भएको छैन । अहिले फूलको बिक्रीको सिजन छैन । विवाह, सार्वजनिक कार्यक्रमको चटारो र धार्मिक मेलाहरु लाग्ने सिजनमा भने फूलको लागि मारामार हुन्छ । Open photoसम्भवतः यसैले अपेक्षा गरेको जस्तो फूलको बिक्री नभएको हुन सक्छ । फूलको बिक्रीको लागि खासै कुनै पहल गर्न नसकेको र कटहरिया बजारमा एउटा बिक्री केन्द्र खोलेर व्यवसाय गर्दै आएको महतो भन्छन् । फूलको खासै बजार अहिले छैन । फूललाई सहरी क्षेत्रसम्म पु¥याउन सकिएको छैन । यसले गर्दा खेतमै फूल सुक्न थालेको छ । फूल खेतमै सुक्दा आफूलाई निकै घाटा भएको महतो बताउँछन् । Open photoस्थानीय सरकारले फूलको बजारीकरणमा सहयोग गरेको भए धेरै सहयोग हुन्थ्यो तर स्थानीय सरकारलाई यस प्रकारको व्यावसायिक खेतीप्रति कुनै चासो नै नभएको गुनासो रहेको छ । कटहरिया नगरपालिकामा खपत हुने फूल चाहिँ मुख्य गरी कटहरिया बजारमा रहेको पसलबाट सर्वसाधारणले किन्न थालेकोमा भने आफूलाई खुसी लागेको महतो बताउँछन् । फूलखेती गर्नको लागि धैर्य र लगानी दुवै चाहिएको हुन्छ । मंसिर पुसदेखि फूलखेती गर्दा फागुनदेखि असारसम्म फूल लाग्ने हुन्छ । Open photoयसरी सामान्यतया अन्य बालीको तुलनामा फूलखेतीके केही बढी समय चाहिने र लगानी उठ्ने कुनै निश्चित नै नहुने महतोको अनुभव छ । फलफूल र तरकारीका साथै खाद्यान्न जस्तो दैनिक उपभोग्य वस्तुको रुपमा फूल आवश्यक नभएको कारण यसको बिक्री अपेक्षाभन्दा कम भएको महतो बताउँछन् । छोरा, छोरी र पत्नीसहित परिवारका सम्पूर्ण सदस्य मिलेर फूल खेती गर्ने गरेका महतोले फूलखेती गर्न भारतबाट सिकेका हुन् । पहिले इँटा उद्योगमा मजदुर रहेका महतोले आफैँले फूलको व्यावसायिक खेती गर्ने हुनसम्म आफ्नै किसिमले संघर्ष गरेका छन् । इँटा उद्योगमा दिन र रात काम गर्दा पनि परिवार चलाउन र सम्मान पाउन निकै गाह्रो थियो । भारतको सीमावर्ती बजार घोडासहनमा परिचितले फूलखेती गरेको देखेर सिकेका र त्यहीँबाट प्रभावित भएका महतोलाई मौसमअनुसार फूलखेती गर्न आउँछ तर बजार भने अन्य फूलको छैन । त्यसैले महतोले मौसमअनुसार फुल्ने सयपत्री फूलकै खेती गर्दछन् । गत चार वर्षदेखि फूलखेती गर्दै आएका महतोले अहिले चार कट्ठामा दुई किसिमको सयपत्री फुलाउन सफल भएका छन् । अहिले रातो र सेता गरी दुई खेतमा दुई किसिमको सयपत्री फुलाएका महतो भन्छन् – सर्वसाधारणलाई सेतोभन्दा रातो फूल धेरै मन पर्ने रहेछ । Open photoबाटोमा हिँड्नेहरुले पनि एकछिन रोकिएर कम्तीमा सेल्फी खिचेर जाने गरेका छन् । हेर्दै आकर्षक लाग्ने फूलखेतीमा लगानीको तुलनामा आम्दानी धेरै छ । अन्य बालीको तुलनामा परिश्रम धेरै गर्नुपर्छ तर सबै फूल बिक्री हुने हो भने आम्दानी पनि निकै हुने महतोको भनाइ छ तर फूल लागेर ढकमक्क भइसकेपछि पनि बिक्री नहुने हो भने फूलको सौन्दर्यले मात्र पेट पाल्न सकिने रहेनछ । फूलखेतीले अहिलेसम्म खासै असन्तुष्टि नदिए पनि अपेक्षाअनुसार आम्दानी नभएको र फूल खेर जाँदा मनमा दुःख लाग्ने गरेको महतो बताउँछन् । बेमौसमी फूलको बीउ कलकत्ताबाट ल्याउने गरेको महतो बताउँछन् । कलकत्ताबाट निकै महँगोमा फूलको बीउ ल्याएर खेती गर्ने गरेको बताउँदै महतो भन्छन् – कम्तीमा नगरपालिकाले पुष्पखेतीलाई सकारात्मक दृष्टिकोणले हेरिदिए पुग्छ । लगातार चार वर्षदेखि फूलखेती गरिरहेको कारण विस्तारै सर्वसाधारणलाई थाहा हुँदै गएको र बेला मौका फूल तथा मालाको आवश्यकता पर्दा आफूलाई सम्पर्क गर्ने गरेको बताउँदै महतो भन्छन् – गाउँ समाजमा हुने सामाजिक तथा धार्मिक कार्यक्रमहरुमा पनि खेतबाटै सोझै फूल र माला माग्नेहरु बढिरहेका छन् । विस्तारै फूलको बेपारमा वृद्धि हुने आत्मविश्वास महतोमा रहेको छ । नयाँ किसिमको खेती गरी आफ्नो साहस र परिश्रमले पहिचान बनाउँदै गएका फूलखेती गर्ने किसान महतो आफैँमा एक उदाहरण बनेका छन् ।

रौतहट,७ गते असार । चन्द्रपुर नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले आफ्नै सभाहलमा आयोजित १३औं नगरसभामा उपमेयर जयमाला चौधरीले चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । उपमेयर चौधरीले राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालू/पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान , प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान शेष अनुदान र समपूरक अनुदान पुँजीगतको तथा आन्तरिक स्रोतहरू भूमिकर/मालपोत, घरबहाल कर, लगायतका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातसहित १० करोड गरी कुल १ अरव ८ करोड १० लाख बजेट प्रस्तावित गरेकी हुन् । उनले नीति, कार्यक्रम तथा बजेटमा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी महत्वपूर्ण विषयका साथै चन्द्रपुरको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका छिन् । अधिवेशनको उद्घाटन रौतहट क्षेत्र न.४ का सांसद देव प्रसाद तिमल्सिना,मधेस प्रदेशका उध्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई(समिर) तथा नगरपालिकाका मेयर संजय काफ्लेले संयुक्त पानसमा बत्ति बालेर  गरेका थिए । उद्घाटन सत्रमा बोल्दै सांसद तिमल्सिनाले स्थानिय सरकारले नै आफ्नो नगर बनाउने हुँदा शिक्षा,स्वास्थ,कृषी तथा पुर्वाधारको बिषयमा विशेष जोड दिन आग्रह गरे । उनले शिक्षा क्षेत्रमा रौतहट पछी परेकोले स्थानिय तहले शिक्षा क्षेत्रलाई माथी उकास्न विशेष भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । बजेट बनाउदा पिछडिएका बर्ग तथा क्षेत्रलाई ध्यानमा राखी बनाउनु पर्ने उनको आग्रह थियो । यस्तै कार्यक्रममा उध्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईले तिनै तह नमिले सम्म नगरको बिकाश सम्भव नहुने हुँदा तिनै सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने बताए । उनले आफ्नो पालिकाले के बनाउने र कसरी बनाउने, त्यसका लागि स्रोत कसरी जुटाउने र साेचेको लक्ष्य कसरी पाउनेसम्म योजना बनाउन सके मात्र नगरपालिले बिकाशको गती लिन सक्ने हुँदा यसमा ध्यान दिन आग्रह गरे । मधेस प्रदेशमा बजेट बिस्तार गर्दा बिचौलीया हावी भएको हुँदा यसलाई नियन्त्रण गर्न अवको मधेश सरकारले बिडिएस मार्फत कार्य गर्ने योजना बनाईसकेको बताए । साथै उनले आफ्नो कार्यकालमा नामको लागी तालिम नभई तालीम पछी रोजगार सृजना गर्ने ग्यारेन्टी रहने सुनाए । मधेश प्रदेश भित्र रहेका उध्योगी ब्यवसायिहरु संग सहकार्य गरी तालिम प्रदान गरी रोजगारी सृजना गर्ने आफ्नो लक्ष्य रहेको बताए । कार्यक्रमको समापन गर्दै नगरप्रमुख संजय काफ्लेले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे ।

रौतहट,०७ गते असार । रौतहट कटहरिया नगरपालिकामा आज हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर १ मा रहेको श्री माध्यमिक बिधालय भसेढवामा प्रतियोगिता आयोजन गरिएको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाको अध्यक्षतामा कार्यक्रम भएको थियो । Open photoशुक्रवार कटहरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको सो प्रतियोगितामा नगर भरिको ५ वटा मावि सामुदायिक बिधालयको सहभागिता रहेको थियो । बिधालयको तर्फ बाट ४/४ जना बिधार्थी प्रतियोगीहरु सहभागी रहेका थिए । Open photoसो हाजिर जवाफ प्रतियोगितामा श्री जनता मावि कटहरिया प्रथम,श्री मावि भसेढवा द्धितिय र श्री मावि बलिरामपुर तृतिय भएको थियो ।Open photo उनीहरु तिनै बिधालयलाइ पुुरस्कार स्वरुप कपि,कलम, साइन्टिफिक कैलकुलेटर, औजार बकस प्रदान गरिएको थियो ।Open photo यस्तै श्री मावि जमुनिया र श्री मावि बगहीलाइ सान्तवना पुुरस्कार दिइएको थियो । सान्तवना पुरस्कार स्वरुप कपि, कलम र औजार बक्स सहभागी चारै जनालाइ दिइएको थियो । Open photoविधार्थीहरुको चौतर्फी विकासका गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन् । बिद्यार्थीहरुको उच्च मनोबल बढाउन आफूले सधै यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।Open photo कार्यक्रममा सहभागी मध्ये बाट वक्ताहरु श्री मावि भसेढवाका प्रअ राममंगल यादव,श्री जनता मावि कटहरियाका प्रअ सचिन्द्र यादव र श्री मावि बगहीका प्रअ सरोज कुमार साहले धेरै राम्रो कार्यक्रम आयोजन गरेकोमा वडा अध्यक्ष कुशवाहालाइ धन्यवाद ज्ञापन गरेका थिए । Open photoकार्यक्रममा बोल्दै वडा अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकामा बुुक फ्रि फ्राइडे बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बिधालयका शिक्षक प्रतिनिधीहरु १० जना लाइ दोसल्ला ओढाएर वडा अध्यक्ष कुशवाहाले सम्मान गरेका थिए ।Open photo सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथी कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवी यादव,श्री मावि भसेढवाका विव्यस अध्यक्ष हरिलाल यादव,पूर्व सभापती रामएकवाल यादव,वडा प्रत्यासी दिपलाल यादव,पूर्व वडा अध्यक्षमा राजकुमार साह ,स्थानिय रामविर ठाकुर लगायत स्थानिय भद्रभलादमी,अभिभावक,शिक्षक शिक्षिका,बिधार्थीहरुको सहभागिता रहेको कार्यक्रमका सञ्चालक श्री मावि कटहरियाका नेपाली शिक्षक अचल शाहीले जानकारी गराएका हुन् । पछिल्लो समय मधेसकाे सान गमछाले सम्मान गर्ने क्रम बढेसँगै उक्त कार्यक्रममा अतिथिहरू करिब ७० जनालाई गमछा ओढाएर सम्मान गरिएको थियोे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।