२०८३ बैशाख २७
२०८३ बैशाख २७

पर्सा, १० गते असार । पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को अाठौ नगरसभाले ४७ करोड १२ लाख ९३ हजार बराबरको अनुमानित बजेट प्रस्तुकरण गरेको छ । पोखरियामा रहेको शिवमंदिरको सभा हलमा आज भएको अाठौ नगरसभामा नीति तथा कार्यक्रममा अार्थिक वर्ष २०८१/८२ को लागी ४७ करोड १२ लाख,९३ हजारको बजेट वडाअध्यक्ष लक्ष्मण साह कानुले सार्वजनिक गर्नु भएको थियो।नगरसभाको उद्घाटन पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानले उद्वघाटन गर्नु भएको थियो । नगर् प्रमुख चौहानको अध्यक्ष्ातामा भएकोको अाठौ नगरसभा तथा नीति तथा कार्यक्रममा भने पोखरिया नगरपालिकाको बिकासको लागि अाफु लागिपरेको छु। पोखरियाको बिकास पाच वर्षिय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन। योजनामा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन। उनले राजनितिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बढेकोले अहिले हामीहरु धेरै नै बिकास निर्माण लगायतको काम अगाडि बढाएको बताए। यसपाली करिब २६ प्रतिशत बजेट अाएको छैन। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधिहरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गर्दै अाफु पनी सहकार्य र सहयोग लिएर अगाडी बढनमा जोड दिनु भएको छ। नगर सभा कार्यक्रम बाट स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार सिचाई, विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,जेष्ठ नागरिक सम्मान लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड दिनु भएको छ। नगरसभा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीबास्तवले भने नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि र कर्मचारी हरुले मिलेर अगाडि बढन आग्रह समेत गरे। नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, केदार प्रसाद,महेन्द्र महतो, लक्षमण साह कानु, शियानन्द चौहान, प्रमान्नद पटेल,नौसाद अालम,सोनालाल साह,किसोरी साह, नेपाल पत्रकार महासंघ पर्साको सभापति अनुप तिवारी,राजनितिकर्मी नेजामुदिन समानी,रामेश्वर रौनियार,राजु साह लगायतले नगरसभाको सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य ,नगरपालिका सदस्य कर्मचारी लेखापाल मनदिप महतो, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साहले संचालन गरेका थिए।

रौतहट १० असार । भन्सार छली ल्याई राखेको सर सामान सहित २ वटा मोटरसाइकल रौतहट प्रहरीले बरामद गरेको छ ।Open photo सोमबार बिहान प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा गोप्य सुचानाको आधारमा राजदेवी न.पा. वडा न. ८ स्थित रहेको नवल किशोर साहको घर भाडामा लिइ भारत बिहार राज्य लक्ष्पुर बस्ने वर्ष ४५ को निरज जैसवालले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी चेचिस नम्वर MBLHA10CGGHH58919, इन्जिन नम्वर HA10ERGHHA0629, नम्बर प्लेट नभएको कालो रंगको होरो स्पेलेन्डर मोटरसाईकल र चेचिस नम्वर ME4JC36KJC7087981, इन्जिन नम्वर. JC36-72582932 र वा. ५३ प. २१३५को नम्बर कालो रंगको होण्डा साईन मोटरसाईकलमा लोड गरी चामल र मलखाद ल्याई घर भित्र लुकाई राखेको अबस्थामा प्रहरी टोलीले बरामद गरेको छ ।Open photo मोटरसाइकल २ थान, चामल ११ बोरा र युरिया (मलखाद) ३ बोरा गरी एक लाख अर्सड्डी हजार आठ सय बराबरको – सामानहरु बरामद गरी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरेको डिएसपी एलिजा गिरी ले जानकारी दिएकी छिन ।

रौतहट १० गते असार । राैतहटमा बहिनीको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका छन । पक्राउले उनलाई पक्राउ गरेको हाे । आइतवार बिहान रौतहट को परोहा नगरपालिका वडा न. ८ नरकटिया टोल बस्ने बर्ष २२ का दिपेन्द्र कुमार रामले आफ्नै बहिनी बर्ष २० की तेतरी कुमारी रामलाई घरायसी विवादको कारण आवेशमा आई बाँसको मुङग्रोले टाउँकोमा प्रहार गर्दा तेतरी कुमारी राम गम्भिर घाईते भएको र बिरगंज स्थित नारायणी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ । पक्राउ परेका दिपेन्द्र कुमार रामलाई ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी एलिजा गिरी ले जानकारी दिएकी छिन ।

राैतहट,१० गते असार । रौतहट जिल्लाको परोहा नगरपालिकाले आगामी आर्थिक बर्षमा धुवा मुक्त नगरपालिका घोषणा गरिने भएको छ । परोहा नगरपालिकाको सोमबार भएको आठौ नगर सभामा आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शेख वकीलले नगरपालिका भित्रका सवै घरपरिवारलाइ निशुल्क रुपमा ग्यास सहित चुलो बितरण गरी कार्तिक मसान्तमा धुवा मुक्त नगरपालिका घोषणा गरिने प्रतिवद्धता जनाएको छन । नगरपालिकाको प्रत्येक वड़ाका कमतीमा ५० जना गरीव असहायलाइ प्रति महीना १० किलो चामल नगरपालिका बाट उपलब्ध गराउने घोषणा गरिएको छ । आश्रय नभएका व्यक्तिलाइ संघ ,प्रदेश ,र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने योजना समेत ल्याएका छन । आषाढ़ १० गते भित्रमा स्थानीय पालिकाले आगामी आर्थिक बर्ष को बजेट ल्याइनु पर्ने क़ानूनी प्रावधान अन्तर्गत आयोजना गरिएको नगर सभामा ४८ करोड़ ४४ लाख १९ हजार १ रुपैयाको बजेट प्रस्तुत गरिएको हो । दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरबासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन । आगलगीको उच्च जोखिम रहेकोले आगामी आर्थिक वर्षमा बारुण यन्त्र खरीद गर्ने समेत घोषणा गरिएको हो । प्रस्तुत गरिएको निति तथा कार्यक्रममा कृषि ,शिक्षा ,स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिइएको छ । १६ वटा बिद्यालयको भौतिक पूर्वाधारको विकास निर्माणको कार्यलाइ अगाडी बढाउने लक्ष्य लिइएको छ । सस्थागत विकास , भौतिक पूर्वाधार बिकास सामाजिक विकास ,सांस्कृतिक ,परम्परा ,धार्मिक स्थलको संरक्षण , किसानको लागि बैज्ञानिक खेतीको लागि सहयोग , जेष्ठ नागरिकको लागि सेवा सुविधा प्रबाहलाइ चुस्त दुरुस्त बनाउने कार्यमा जोड़ दिएको छ । निति तथा कार्यक्रममा बढ्दै गएको जलबायु असरलाइ न्यूनीकरण गर्न बृक्षा रोपण गर्ने कार्यलाई प्राथमिकताका साथ सवैलाइ बृक्ष लगाउन प्रत्साहन गर्ने निति लिइएको छ । जनताको लागि सहजरूपमा स्वास्थ्य सेवा , स्तरीय शिक्षाको विकासमा जोड़ दिइएको छ । आधुनिक तथा बैज्ञानिक विकासको मध्य नजर गर्दै विज्ञानं प्राविधि अनुसार सवैले जानकारी लिने गरी सुचना प्राविधिको विकास गर्ने जोड़ दिइएको छ । नगर सभामा नगर उपप्रमुख सुगान्धी गिरी , निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफूज आलम , निर्वाचित वड़ा अध्यक्ष तथा कार्यपालिका सदस्य , नगर सभा सदस्य , स्थानीय भर भलादमी ,बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

राैतहट, १० गते असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको १२ औ नगर अधिबेशन सोमबार संपन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिबेशनमा नगर प्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक बर्ष २०८१/२०८२ को लागि ४८ करोड़ १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन ।Open photo जनमुखी स्थानीय सरकार,बिकास र समृद्धिको आधार भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा बिकास व्यवस्थापन ,दिगो बिकास र सुशासनको प्रत्याभूति हुने गरी बातावरण सृजना गरिने लक्ष्य लिइएको हो । जनतालाई बिकासको लाभ उपयोग गर्न सक्षम बनाई जनताको जीवन स्तरमा सुधार ल्याउने उदेश्य सहित ल्याइएको निति तथा कार्यक्रममा आर्थिक बिकास ,सामाजिक बिकास ,पूर्वाधार बिकास ,बातावरण तथा बिपद व्यवस्थापन , सस्थागत बिकास तथा सेवा प्रबाह ,बितीय व्यवस्थापन र सुशासन तरफ खर्च गरिने लक्ष्य लिएको छ ।Open photo प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष यादवले प्रस्तुत गरिएको निति तथा कार्यक्रम अनुरूपको योजनाहरु पारदर्शिताको साथ सवैको सहभागितामा कार्यान्वयन गर्न आग्रह गरेका छन । नगर अधिबेशनमा उपप्रमुख राज कुमारी देवी , प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ , निर्वाचित वड़ा अध्यक्ष ,कार्यपालिका सदस्य ,नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो । त्यसै गरी राजपुर नगरपालिका , माधव नारायण नगरपालिका , दुर्गा भगवती गाउँपालिका , बृन्दाबन नगरपालिका , गढ़ीमाई नगरपालिका , मौलापुर नगरपालिकाको नगर अधिबेशन समेत संपन्न भएको छ ।

रौतहट,१० गते असार । रौतहटको देवाही गाेनाही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री जय किसान नमुना माध्यमिक बिद्यालय धरहरीमा बिद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा श्यामनन्दन साहले साेमबार पदभार ग्रहण गरेका छन । बहुमतिय प्रणाली मार्फत बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका साहले साेमबार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नु भयो । गएको असार ७ गते बिद्यालयकाे प्राङ्गणमा आयाेजित अभिभावकहरुकाे भेलाबाट अध्यक्षमा साहलाई चयन गरिएकाे थियो । बिद्यालयकाे अध्यक्षका लागि साहकाे नाममा अभिभावकहरु बिच सहमति नजुदा तेस्रोपटक सम्म समेत बैठक स्थगित हुदै आएको थियो । तर गएको असार ७ गते बसेकाे अभिभावकहरुकाे चौथो बैठकबाट बहुमतिय प्रणाली मार्फत बिद्यालय व्यवस्थापन समितिकाे सदस्यमा चार जनाको नाम सिफारिस भएको थियो । सहमतिमै समिति चयन गर्नकाे लागि धेरै प्रयास गरेपनि सहमति नहुदा नेपालकाे शिक्षा एन २०२८ काे दफा १२ (क) बमोजिम अभिभावकहरु मधेबाट बहुमतको अधारमा चौथो अभिभावक भेलाबाट समिति चयन गरिएको थियोे । जिल्ला शिक्षा बिकास समन्वय ईकाई रौतहटका प्रतिनिधी दिपेन्द्र मंडलकाे उपस्थितिमा असार ७ गते श्यामनन्दन साह ,शिवनाथ साह,प्रभा देवी र शाेभा देवीलाई सदस्यमा चयन गरिएको थियो । बहुमतबाट नै चयन गरिएको समितिको सदस्यबाट श्यामनन्दन साहलाई अध्यक्ष पदमा चुनिएका थिए । अध्यक्ष र सदस्यमा चुनिएकाहरुलाई बधाई दिनको लागि साेमबार बिद्यालयमा सम्मान कार्यक्रमकाे आयोजना गरिएको थियोे । सम्मान कार्यक्रम पश्चात् अध्यक्ष साहले पदभार ग्रहण गरेका थिए । पदभार ग्रहन गरिसक्दा संचारकर्मी संग कुरा गर्दै अध्यक्ष साहले आफू अध्यक्ष नभई अभिभावकहरुले एउटा सिपाहीकाे रुपमा काम गर्न मौका दिएकोमा सर्वप्रथम अभिभावकहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु भन्नू भयो । साहले आफ्नो तीन वर्षको कार्यकालमा बिद्यालयमा देखिएका विभिन्न खाले समस्यालाई अन्त गर्न कुनै कसर बाकी नराख्ने प्रतिवध्ता जनाउनु भयो । साथै वहाँले बिद्यालयमा समय-समयमै अभिभावकहरुकाे बैठक राखि बिद्यालयमा शिक्षाकाे बिकास बारे छलफल गरिने बताउनु भयाे । सो अवसरमा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयाेध्या राय यादव ,देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह उपप्रमुख परनिया देवी पटेल,समाजसेवी भरत पटेल,वडा नम्बर ९ का वडा अध्यक्ष वीर बहादुर साह, वडा नम्बर २ का वडा अध्यक्ष अतिकुल रहमान,४ का रामप्रवेश पटेल,७ का उपेन्द्र राय यादव धरहरीका वडा सदस्य खुबलाल दास,प्रमिला देवी संजाेगिया देवी एकीकृत समाजबादी पाटीका नगर अध्यक्ष बिनाेध पटेल विभिन्न पार्टीका प्रतिनिधि स्थानीय भद्वभलादमी बुद्धिजीवी अभिभावकहरु ,सुरक्षाकर्मी,पत्रकारको समेत उपस्थिती रहेको थियोे ।

राैतहट,१० गते असार । रौतहटको गढिमाइ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोड भन्दा बढी बजेट ल्याएको छ । गढिमाइ नगरपालिकाको ११ औं नगरसभा सोमबार भव्याताका साथ सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा सोमबार भएको ११ औं नगरसभाबाट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५९ करोड ५० लाख १ हजार रुपैया बजेट ल्याएको हो । नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख श्याम प्रसाद यादवले बताए । मधेश प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री एवं नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्य तथा गढिमाइ नगर प्रमुख श्याम यादवको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्रीदेव यादव, प्रशासन शाखा प्रमुख नागेन्द्र यादव, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

राैतहट,१० गते । रौतहटको माधवनारायण नगरपालिकाले ४९ करोड ७४ लाख ७२ हजार रुपैया बराबरको बजेट ल्याएको छ । सोमबार नगरपालिकाको सभाकक्षमा आयोजित ९ औं नगर अधिवेशनमा नगर प्रमुख बैजनाथ प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सो बजेट पेस गरेका हुन । नगर अधिवेशनमा नगर प्रमुख यादवले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । असार १० गतेसम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइसक्नुपर्ने र असार मसान्त भित्रमा कार्यक्रम पास गरिसक्नुपर्ने प्रावधान अनुसार माधवनारायण नगरपालिकाले सोमबार ९ औं अधिवेशन सम्पन्न गरेको छ । नगरपालिकाले सोमबार भव्य कार्यक्रमका बीच आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेट ल्याएको छ। २०८१÷०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख बैजनाथ यादवले बताएका छन् । संघीय वित्तीय समानिकरण अनुदान ११ करोड १० लाख, प्रदेश वित्तीय समानिकरण अनुदान ७९ लाख ७६ हजार, संघीय राजश्व बाड्फाड ९ करोड ९७ लाख , प्रदेश राजश्व बाडफाड ४० लाख , संघीय सशर्त अनुदान २० करोड ९७ लाख, प्रदेश सरकारको सशर्त अनुदान ९५ लाख, संघीय सरकारको समपुर्क अनुदान १ करोड ८५ लाख, संघीय सरकारको विशेष अनुदान १ करोड ७० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको समपुर्क अनुदान २० लाख र तराई मधेस समृद्धि कार्यक्रमको लागि १ करोड ५० लाख गरि उक्त बजेट प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए । समुन्नत भौतिक, आर्थिक र सामाजिक पुर्वाधार सहित सांस्कृतिक रूपमा मौलिक र उत्कृष्ट नगरपालिका बनाउने कुरामा जोड दिइएको छ। मानवीय तथा भौतिक विकासको पक्षमा ध्यान दिई आर्थिक विकासको आधार तय गर्ने तर्फ केन्द्रित रहने उल्लेख छ। विद्यार्थीहरुको पठन पाठनमा व्यापक सुधार ल्याउन प्रतेक सामुदायिक विद्यालयमा सिसिटिभी जडान गारिने, पालिकाको प्रशासनिक भवन निर्माण कार्य लाई यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने, नगर भित्र विभिन्न स्थानमा प्रतीकक्षालय सार्वजनिक सौचालय तथा सामुदायिक भवन निर्माण गरिने आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा समेटिएको छ। आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गरिदै आर्थिक वर्षको शुरुमा नै योजना बनाएर काम शुरु गर्ने र समयमा नै नगरपालिकाको कार्यक्रम सम्पन्न गरिने निति तथा कार्यक्रम मा उल्लेख छ। नगर बासीको चाहना भावना माग एवं आवश्यकता लाई केन्द्र मा राखी काम गर्ने मेयर यादवले बताए । नगर प्रमुख बैजनाथ प्रसाद यादवको अध्यक्षतामा भएको ९ औं नगर अधिवेशनमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, उपमेयर निर्मला देवी रमण, सम्पुर्ण वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

रौतहट,१० गते असार । रौतहटको राजपुर नगरपालिकाले बजेट ल्याएको छ । सोमबार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । Open photoराजपुर स्थित नगरपालिकाको सभाहलमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख डा.मो.राजिक आलमको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो ।Open photo नगरसभाको ८ औं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५५ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । Open photoहरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । Open photoधेरै उत्साहका साथ सम्पन्न भएको नगरसभा बाट राजपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर प्रमुख आलमले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए । Open photoनगरको चौतर्फि विकासको लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४६ ५५ करोड ६० लाख ५३ हजार रुपैयाँको बजेट पारित गरिएको नगर प्रमुख आलमले जानकारी गराउनु भयो । Open photoयस वर्ष बिरामीसँग मेयर कार्यक्रम लागू गरिएको छ भने बिधार्थीसँग मेयर कार्यक्रमलाइ निरन्तरता दिइएको छ । Open photoसाथै स्वास्थ्य स्वंयमसेविकाहरुको ५०० सयका दरले सेवासुविधा थप गर्ने बजेटमा समावेश गरिएको छ । Open photoत्यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको आलमले बताए । सो अवसरमा जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

राैतहट,१० गते असार । रौतहटको बौधिमाई नगरपालिकाको नगरसभा बिथोलिएको छ । नगर प्रमुख प्रदीप यादवले एकलौटी गर्न खोजेको भन्दै बहुमत सदस्यले नगरसभा बहिस्कार गरेका छन् । नगरसभा हुन नदिन कार्यालय प्रमुख सन्देश यादवको ठुलो भूमिका रहेको बताइएको छ । Open photoजुन नगरपालिकामा भए पनि कार्यपालिकामा भाँडभैलो मच्चाउने गरेका कार्यालय प्रमुख यादवले नगरसभा सदस्यलाई मिलाउन नसकेको कारण नगर प्रमुख यादव नगरसभामै एक्लिएका हुन् । नगरसभाका ४९ सदस्यहरुमध्ये ३३ जनाले बहिस्कार गरेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष मणिभूषण साहले नगर प्रमुख यादवले नगरसभा गर्नुृपुर्वका कुनै काम नगरेको र सबै काम एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । आफूहरुले नगरसभा वैधानिक किसिमले सम्पन्न गर्नका लागि ३२ जना नगरसभा सदस्यको हस्ताक्षर गरी बुझाएको भए पनि कुनै वास्ता नगरेको कारण बाध्य भएर बहिस्कार गर्नुपरेको बताएका छन् । Open photoबौधिमाई नगरपालिकाका नगर उपप्रमुख प्रमिलादेवी जयसवालले नगरसभा पूर्ण रुपमा अबैधानिक किसिमले सम्पन्न गराउन खोजेको भन्दै आक्रोशित हुँदै ब्यानरसमेत च्यातेकी छन् । नगरसभामा बहुमत सदस्य नरहेको अवस्थामा बलजफ्ती नगरसभा गरेको आरोप लगाउँदै बाध्य भएर हस्तक्षेप गर्नु परेको बताएकी छन् । बोधिमाई नगरपालिकाका ९ वडाध्यक्षमध्ये ५ वडाध्यक्षले बहिस्कार गरेका छन् । विधि र प्रक्रियापूर्वक नगरसभा नगरिए आफूहरुले निरन्तर प्रतिकार गर्ने वडा नम्बर ९ का अध्यक्ष मुक्तिनारायण मिश्रले बताएका छन् । कडा सुरक्षा व्यवस्था गरिएको नगरसभा स्थलमा पत्रकारहरुलाई पनि प्रवेशमा निषेध गरिएको थियो ।Open photo नगरसभा बिथोलिएको विषयमा नगरप्रमुख यादवसित सम्पर्क गर्न खोज्दा नगर प्रहरीले आदेश नभएको भन्दै नगरप्रमुखसित भेट गर्न दिएन । नगरप्रमुख यादवको मोबाइल भने स्वीच अफ थियो । नगरसभाबाट बाहिरिएपछि उपप्रमुख जयसवाल, वडाध्यक्ष र नगरसभा सदस्यहरुले नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।