रौतहट- रौतहटको कटहरिया नगरपालिका-८ पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण सुरू भएको छ।
कटहरिया नगरपालिकाको लगानीमा वडास्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ बीचमा दुवै गाउँका मानिसलाई पायक पर्ने स्थानमा बर्थिङ सेन्टर निर्माण कार्य सुरू भएको हो।
वडा ८ का अध्यक्ष समिसविक्रम साहले ४५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माणको पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण भइरहेको जानकारी छन्।
यस आर्थिक वर्षको लगत्तै पुनः नगरपालिकाबाट आउने थप बजेटबाट भवन निर्माण सुरू गरिने साहले जानकारी दिएका छन्।
यसैबीच, कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवालले बिहीबार निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न वडाध्यक्ष साह तथा निर्माणमा कार्यरत् मिस्त्रीलाई निर्देशन दिएका छन्।
वाल निर्माणपछि आर्थिक वर्षको पहिलो चरणमै नगरपालिकाबाट आवश्यक लगानी गरी आगामी आर्थिक वर्षभित्र भवन निर्माण पूरा गराई बर्थिङ सेन्टर सञ्चालन गराउने मेयर जैसवालले प्रतिवद्धता जनाएका छन्।
बर्थिङ सेन्टर सञ्चालन पछि पिप्रा पोखरिया र बालुवा गाउँका सयौं महिलाले सुत्केरी गराउन अन्यत्र जानुपर्ने झन्झटबाट छुटकारा पाउने साहले बताए।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् ।
ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ अर्थात ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्ती
र्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।
त्यसगरी १.६० देखि २ जीपीए ६ जनाले ल्याएका छन् । त्यस्तै ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको छ । न्युज कारखाना
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण भएको छन् ।न्युज कारखाना
काठमाडौं । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ ।
परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ । त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशीत हुनेछ ।
त्यस्तै शनिबरा राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने । उम्मेदवारविरुद्ध दाबी बिरोध शनिबरा राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ । भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ । २२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका छ ।न्युज कारखाना
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहिबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ ।
यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । नयाँ चामल भन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो हुन्छ भनेर मानिसहरु अक्सर बन्ने गरेको पाइन्छ । तर प्रश्न यो छ कि १० वर्ष पुरानो भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ? भर्खरै थाइल्याण्डका वाणिज्यमन्त्री फुमथम भेचायाचाईले १० वर्ष पुरानो भात खाएको मिडिया सार्बजनिक गरेपछि यो विषयमा विश्वभर नयाँ बहस शुरु भएको छ ।
थाई सरकारले हालै लिलामी गरेको १५ हजार टन चामल खान योग्य छ भनी प्रमाणित गर्ने उनीहरुको उद्देश्य थियो । थाई प्रशासनले यस्तो किन गर्यो ? किनकी सरकारको गोदाममा १० वर्ष पुरानो ५४० लाख टन चामल रहेको छ ।
सन् २०११ मा तत्कालीन थाइल्यान्डका प्रधानमन्त्री यंग लिक सिनावात्राले एक विवादास्पद योजना लागू गरेका थिए जसअन्तर्गत ५४० लाख टनभन्दा बढी धान किसानहरूबाट बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरिएको थियो तर यो योजनालाई उनीहरूको आर्थिक असफलता मानिएको छ । यो योजना पछि, थाई सरकारले आर्थिक समस्याको सामना गर्नुपर्यो किनभने यसले चर्को मूल्यमा यसलाई बेच्न सकेन र सरकारले चामललाई भण्डारमा राख्यो ।
गत महिना थाइल्याण्डका वाणिज्य मन्त्रीले चामल बिक्रीको अनुगमन गर्न समिति गठन गर्ने घोषणा गरेका थिए । जुन १७ मा एक थाई कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ले ७८ मिलियन डलर बोली लगाएर लिलामी जितेको थियो । तर १० वर्ष पुरानो चामल कति खानयोग्य छ भन्ने कुरामा मानिसहरूले बहस गरिरहेका छन् ।
थाइल्याण्ड विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देशमा गनिन्छ तर पनि नाफामा चामल बिक्री गर्न सकेको छैन । यस योजनामा सरकारलाई करिब १५ अर्ब रुपैयाँ घाटा भएको अर्थ मन्त्रालयले जनाएको छ ।
२०१४ मा, प्रधानमन्त्री यंग लिक सिनावात्राको सरकार महिनौंको विरोध पछि सैन्य विद्रोहमा परास्त भयो । यसपछि २०१७ सालमा यस योजनाका कारण आर्थिक नोक्सान भएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो, जसमा उनी लापरवाही गरेको आरोपमा दोषी ठहर भएका थिए ।
चामलको गुणस्तर कस्तो छ ?
ठूला गोदाममा चामल भण्डारण गरिन्छ । गत महिना, थाइल्याण्डका वाणिज्य मन्त्रीले उक्त भण्डारबाट लिएको चामलको गुणस्तर प्रमाणित गर्ने प्रयासमा मिडियाको अगाडि खाएका थिए । वाणिज्य मन्त्री फम्थम वेच्छ्याँईले चामलको दाना अझै सुन्दर देखिएको बताए । उनले सञ्चारकर्मीलाई चुनौती दिँदै जुनसुकै चामलको बोरामा प्वाल बनाएर चामलको गुणस्तर जाँच्न सक्ने बताए ।
थाइल्यान्डका वाणिज्य मन्त्रीले उक्त चामलको स्वास्थ्य मन्त्रालयको प्रयोगशालामा परीक्षण गरी नतिजा सञ्चारकर्मीसँग साझा गरेका थिए । उनले अनुसन्धानका क्रममा चामलमा विषाक्त रसायन नभेटिएको बताए ।
प्रयोगशालाका अनुसार त्यो पुरानो चामलको पोषण मूल्य अहिले बजारमा पाइने चामलभन्दा फरक थिएन । च्यानल ३ नामक स्थानीय टेलिभिजन नेटवर्कले स्वतन्त्र प्रयोगशालाबाट चामलको अर्को परीक्षण गराएको र नतिजामा चामल खान सुरक्षित रहेको पाइएको छ।
के चामल खराब हुन्छ ?
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार चामललाई सुख्खा र चिसो ठाउँमा हावा बन्द गर्ने भाँडोमा राखेर लामो समयसम्म भण्डारण गर्न सकिन्छ । त्यस्तै, अमेरिकाको धान महासंघले चामललाई राम्ररी भण्डारण गरेमा ‘लगभग अनिश्चितकालका लागि’ प्रयोगयोग्य रहने बताएको छ ।‘एफएओ’ ले औषधि प्रयोग गर्दा सबै सावधानी अपनाएमा चामलमा असर हुँदैन । चामललाई १० वर्षसम्म भण्डारण गर्दा त्यसको पौष्टिकतामा खासै फरक नपर्ने बताएको छ ।
‘एफएओ’ ले चामलको प्रयोगबाट सबैभन्दा बढी पौष्टिक फाइदा यसमा रहेको उच्च गुणस्तरको स्टार्चबाट हुने गरेको बताएको छ । मानव शरीरले यसलाई ऊर्जामा परिणत गर्छ । एफएओले चामलले सामान्यतया समयसँगै यसको स्वाद गुमाउने तर चामललाई कसरी भण्डारण गरिएको छ भन्ने कुरामा भर पर्ने बताएको छ ।
थाई टिभी एङ्कर सुरायोत सोथासनचन्दले १० वर्ष पुरानो स्टकबाट चमेली चामलको स्वाद लिए । यो सेतो चामल जस्तै स्वादिलो हुने र चमेली चामल जस्तो टाँसिने, नरम र सुगन्धित नभएको उनीहरुले बताए । पूर्वनिर्वाचन समिति सदस्य सोमचाई सरिसोथया कुरानले पनि पुरानो चामलको नमूना चाखे । राम्रो गन्ध नआएको र अलिकति भाँचिएको र मोटोपन पनि कम भएको उनीहरुले बताए ।
यो चामलको के होला ?
थाई राइस एक्सपोर्टर्स एसोसिएसनका अनुसार गत वर्ष थाई चामलको सबैभन्दा ठूलो खरिदकर्ता इन्डोनेसिया र दक्षिण अफ्रिका थिए । थाइल्याण्डमा चामल मिल चलाउने तोता वाङ्दीले पुरानो चामल प्राय गरिब देशहरूमा खपत हुने बताए । दक्षिण अफ्रिका बाहेक, थाइल्याण्डले अन्य धेरै अफ्रिकी देशहरूमा पनि चामल बेच्ने गर्दछ । थाइल्यान्डका वाणिज्यमन्त्री फामथम भेचायाचाइले पनि अफ्रिकी मुलुकमा थाइ चामलको माग रहेको बताउँछन् ।
थाई सरकारले लिलामीको घोषणा गरेपछि अफ्रिकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यो चामलको बारेमा आफ्ना चिन्ताहरू साझा गरिरहेका छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सामान्य रूपमा अफ्रिकालाई डम्पिङ ग्राउन्डको रूपमा प्रयोग गरिएको टिप्पणी गरेका छन् ।
अर्कोतर्फ केन्या सरकारले मापदण्ड पूरा गर्ने र प्रयोगशालामा परीक्षण गरिसकेका चामल मात्रै आयात गर्न दिने घोषणा गरेको छ । लिलामी विजेता कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ले चामल खरिदका लागि सम्झौता गर्न ३० दिनको समय दिएको छ ।न्युज कारखाना
काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो ।
परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।
गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । न्युज कारखाना
काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले मेक्सिकोलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेर क्वाटरफाइनलमा पुगेको हो ।
मेक्सिकोविरुद्धको जितमा खेलको ५७औं मिनेटमा सालोमोन रोनडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले पेनाल्टी मार्फत गोल गरेका थिए ।
यो जितपछि २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । त्यस्तै मेक्सिकोको भने २ खेलमा ३ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।
अब भेनेजुएलाले समुह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोहि दिन इक्वेडरसँग खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । दक्षिण अफ्रिका जारी टी- २० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।
अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल आउट हुदै ५६ रन मात्र बनएको थियो ।
अब पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रीकाले आजै हुने दोस्रो सेमिफाइनलको भारत र इङल्याण्डबीचको विजेतासँग हुने छ ।
फाइनल खेल आगामी शनिबार हुदै छ ।न्युज कारखाना
काठमाडौँ । बलिवुड फिल्म निर्माता करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करण हरेक वर्ष विभिन्न कारणले चर्चा र विवादमा रहन्छ ।
तर, विवादका कारण सेलिब्रेटीहरू अहिले शोमा खुलेर कुरा गर्न डराउँछन् । यही कारणले गर्दा करण जोहरले यो वर्ष कफी विथ करणको ९औं सिजन ल्याइरहेका छैनन् । ८औं सिजनको र्यापिड फायर राउण्डलाई शोको इतिहासमा सबैभन्दा बोरिङ र्यापिड फायरको रूपमा वर्णन गर्दै, करणले शो देखाउने नयाँ तरिका ल्याउने बताएका छन्, जसको लागि उनले एक वर्षको ब्रेक लिइरहेका छन् । विवादबाट बच्नका लागि सेलिब्रेटीहरूले पहिले जस्तो स्वतन्त्र रूपमा जवाफ दिइरहेका छैनन् भन्ने करण विश्वास गर्छन् ।
हालै युट्युबर सुचित्रा त्यागीसँगको एक अन्तर्वार्तामा करण जोहरले कफी विथ करणको नयाँ सिजनको बारेमा कुरा गरेका छन् । अर्को सिजन कहिले आउँछ भन्ने प्रश्नमा उनले यो वर्ष शो नआउने बताए । उनले एक वर्षको विश्राम लिएर सन् २०२५ मा नयाँ ढंगले आउने बताएका छन् ।
कफी विथ करणको ८ औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए । कफी विथ करणको ८औं सिजनमा दीपिका पादुकोण, रणवीर सिंह, करिना कपूर, आलिया भट्ट, ओरी, अनन्या पाण्डे र सारा जस्ता सेलिब्रेटीहरू अतिथिका रूपमा आएका थिए ।
गत सिजनको बोरिङ र्यापिड फायरबारे उनले भने, ‘मलाई बिस्तारै मानिसले आफूलाई बन्दी बनाएको महसुस हुन थालेको छ । उनीहरु डराएको, मानिसहरूले कस्तो प्रतिक्रिया दिन्छन् भनेर बोल्न हिच्किचाउन लागेको महसुस भएको छ । त्यसैले मलाई लाग्छ ती सेलिब्रेटीहरूसँग यो गर्नु हुँदैन । अब म शोलाई गपशप र कुराकानीले भरिपूर्ण बनाउन चाहन्छु ।’
करणले थप भने, ‘म शोलाई वास्तविक बनाउन चाहन्छु, अहिले मानिसहरु निकै खुलेर देखिएका छन् । मैले कार्यक्रममा क्रमबद्ध प्रश्नहरू राख्न पनि बन्द गरेको छु, किनकि मलाई लाग्छ कि यी अब उपयुक्त छैनन् । यो केही समयको लागि मात्र ठीक थियो । मानिसहरू रिसाउँछन् ।’
करणले रियालिटी शोमा उनको खिल्ली उडाएको भन्दै प्रतिक्रिया दिएका छन् । राम्रो हास्यव्यंग्यका साथ शो बनाउनुपर्ने उनको भनाइ छ ।
उनले आउदो शो सकेसम्म संवादात्मक बनाउने तथा सनसनीपूर्ण र विवादास्पद र्यापिड फायर नगर्ने बताएका छन् ।
करण जोहरले कुराकानीमा भनेका छन्, ‘आजकाल सेलिब्रेटीहरू आफ्नो पीआर, पब्लिसिस्ट, म्यानेजर र सम्पूर्ण टिमसँग आउँछन् । तिनीहरूले मनिटर हेर्छन् र उनीहरुले शोबाट केही न केही डिलिट गर्न माग गरिरहन्छन् ।’
करणको यो शो सेलिब्रेटीका अभिव्यक्तिका कारण सधै विवादमा रहिरहन्छ । न्युज कारखाना