रौतहट- रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ।
इशनाथ-९ लवातना गाउँका करिब १८ वर्षीय सहबाज मियाँ आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
इशनाथ २ औरेयास्थित गेटअगाडि आँपको बगैंचामा युवक घाइते अवस्थामा देखेर गए राति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिलबहादुर महराको कमाण्डमा सात जनाको संयुक्त घटनास्थलमा पुगेको थियो।
प्रहरी टोली घटनास्थल पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।
जघन्य किसिमले युवकको हत्या गरिएको उनले बताए। राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो।
प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलबार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो।
हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन्। पक्राउ परेका चारै जना मृतकका साथी हुन् र उनीहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ।
हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारतीय सीमासँग जोडिएको रौतहटका गाउँहरूमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ।
गरीब तथा विपन्न परिवारका आमाबाबु खेतबारीमा काम गर्न गएको समय उनको छोराहरू भारतीय बजार पुगेर त्यहाँबाट सस्तो नशालु ट्याबलेटदेखि गाँजासमेत ल्याएर प्रयोग गर्नेगरेको स्थानीयहरूले बताएका छन। लागुऔषध प्रयोगकै कारण पछिल्लो समयमा जिल्लामा आपराधिक क्रियाकलापमा बृद्धि भएको जानकारहरूले बताएका छन्।न्युज कारखाना
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८० जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २३ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ८ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा ९७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३ सय ८४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएको छ । न्युज कारखाना
काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा अति दक्षिणपन्थी पार्टी नेसनल र्याली सत्तामा आउन सकेन । पहिलो चरणमा नेशनल र्याली अगाडी भएको थियो । तर दोस्रो चरणको मतदानको कुरा आउँदा जनताको दृष्टिकोण फरक थियो । राष्ट्रपति चुनावमा पनि यस्तै भएको थियो ।
नेशनल र्यालीको नेतृत्वमा रहेको गठबन्धन तेस्रो स्थानमा छ र एक साताअघि ३ सय सिट आउने अनुमान गरिएको थियोमा १४३ सिट मात्र जितेको छ । तर, दलका रूपमा ‘राष्ट्रिय र्याली’ चुनावमा पहिलो नम्बरमा छ ।
यो दुई कारणले भयो । पहिलो- ठूलो सङ्ख्यामा मतदान गर्ने मतदाता, दोस्रो- राष्ट्रिय र्यालीलाई रोक्न अन्य दलहरूको गठबन्धन । यी चुनावी नतिजाहरूले फ्रान्समा के परिवर्तन हुनेछ र यो देशको राजनीतिक प्रणाली कसरी परिवर्तन भइरहेको देखिन्छ ?
दक्षिणपन्थी नेता मारिन ले पेन भन्छिन्, ‘वामपन्थी दलहरूले अचानक आफ्ना सबै मतभेदहरूलाई पन्छाएर नयाँ राष्ट्रिय विरोधी र्याली गठबन्धन गठन गरे ।’ म्याक्रोनका समर्थक र वामपन्थीहरूले पनि आफ्नो मतभेद बिर्सिए । यो दक्षिणपन्थी पार्टीले यी नेताहरूलाई नेशनल र्यालीको विरोध बाहेक अरू कुनै कुराले एकजुट गर्न सक्दैन भन्ने विश्वास गर्छ । यस्तो अवस्थामा भविष्यमा असहमतिले समस्या निम्त्याउन सक्छ ।
यी सबै तर्कका बाबजुद तथ्य प्रष्ट देखिन्छ । धेरैजसो मानिसहरूलाई अति दक्षिणपन्थ मन पर्दैन । यसका दुईवटा कारण हुन सक्छन् । पहिलो- दक्षिणपन्थीको विचार मन पर्दैन । दोस्रो- अति दक्षिणपन्थी सत्तामा आउँदा अशान्तिको डर ।
यस्तो अवस्थामा नेशनल र्याली पार्टीका नेता जोर्डन बर्डेला देशको आगामी प्रधानमन्त्री नहुने हो भने को बन्लान् ? फ्रान्सको आगामी प्रधानमन्त्रीको नामसँग सम्बन्धित प्रश्नको जवाफ पाउन समय लाग्नेछ । फ्रान्सको पछिल्लो संसदीय चुनावको विपरीत, यसको जवाफ जान्न धेरै हप्ता लाग्न सक्छ ।
पछिल्ला हप्ताहरूमा केहि भयो जसले फ्रान्सको राजनीतिक प्रणालीलाई परिवर्तन गरेको छ । दशकौंदेखि फ्रान्सेली राजनीतिलाई पछ्याउँदै आएका राजनीतिक विश्लेषक एलेन दुहामेल भन्छन्, ‘आज कुनै पनि दल हावी छैन ।’ सात वर्षअघि म्याक्रोन सत्तामा आएदेखि हामी राजनीतिक शक्तिहरूको विभाजनको अवधिबाट गुज्रिरहेका छौं । उनले भने– ‘हुनसक्छ अब पुनर्निर्माणको अवधि सुरु गर्ने हो ।’ एलेन दुहामेलको अर्थ के हो भने फ्रान्समा अहिले धेरै राजनीतिक शक्ति छन्, तीन ठूला पार्टी छन् ।
अति दक्षिणपन्थ वामपन्थी देखि केन्द्रीय दक्षिणपन्थीसहित पार्टीभित्र पनि विभिन्न प्रतिस्पर्धा र पार्टीहरू छन् । अहिले कुनै पनि दलको बहुमत छैन । जसका कारण नयाँ गठबन्धनका लागि केन्द्र–दक्षिणपन्थी र वामपन्थी दलबीच लामो समयसम्म वार्ता जारी रहन सक्छ । नयाँ गठबन्धन कसरी बन्छ भन्ने स्पष्ट छैन । तर हामी ढुक्कसँग भन्न सक्छौं कि गत हप्ता देखाइएको अशान्ति र तनाव पछि, राष्ट्रपति म्याक्रोनले केहि समय लिन चाहेको देखिएको छ । यस अवधिमा उनले सम्झौता र सम्झौतालाई महत्व दिनेछन् ।
यो अवधि पेरिसमा हुने ओलम्पिक र गर्मीको बिदासम्म रहनेछ ताकि फ्रान्सका जनताले राजनीतिक तनाव बिर्सने र शान्ति र सद्भाव फेरि स्थापित गर्न सकून् । यसैबीच, म्याक्रोनले वार्ताको नेतृत्व गर्न र विभिन्न दलहरूसँग सम्पर्क गर्न कसैलाई मनोनयन गर्नेछन् । यो स्पष्ट छ कि फ्रान्स अब थप संसदीय प्रणालीमा प्रवेश गर्न लागिरहेको छ ।
यदि म्याक्रोनले प्रधानमन्त्रीको पदमा आफ्नो दलबाट (वामपन्थी दलहरूको मतलाई हेर्दा यो सम्भव छैन), त्यसपछि त्यो व्यक्तिले संसदीय समर्थनको आधारमा आफ्नो अधिकार र शासन प्रयोग गर्नेछ ।
सन् २०२७ को चुनावमा म्याक्रोनले फेरि चुनाव लड्ने सम्भावना छैन । उनी अहिले नै कमजोर बनिसकेका छन् । परिस्थिति असहनीय भएकाले यसअघि नै चुनाव गराएको र नेशनल एसेम्बलीमा भाग लिन चाहेको उनको भनाइ छ । स्पष्ट रूपमा नेशनल र्यालीलाई व्यापक समर्थन थियो । अन्तमा, फ्रान्सले कहिल्यै पनि अति दक्षिणपन्थीलाई सत्तामा ल्याउने छैन भन्ने उनको शर्त सही थियो ।
यसैबीच, वास्तविक कुरा यो हो कि म्याक्रोन कतै जाँदै छैनन् । म्याक्रोनको शक्ति घट्दै गए पनि उनी अडिग छन् र आफ्नो टोलीसँग परामर्श गरिरहेका छन् र नेताहरूलाई उत्प्रेरित गरिरहेका छन्व । फ्रान्सेली राजनीतिमा म्याक्रोन अझै पनि सत्तामा छन् ।न्युज कारखाना
राैतहट,२५ गते असार । राैतहटमा रिसिबीका कारण माेटरसाइकिलमा आगजनी गरेकाे घटना बाहिर आएकाे छ ।
साेमबार करिव २ बजेको समयमा रौतहटको गरुडा नगरपालिका-५ महम्मदपुरका श्री यादवको मोटरसाइकलमा अज्ञात ब्यक्तिले आगजनी गरेका छन । आगजनीबाट मोटरसाइकल पुर्ण रूपमा जलेर नस्ट भएको हो ।
रिसिबीका कारण आफ्नो गाडिमा आगजनि भएको पीडित श्री यादवले बताए । घटना सम्बन्धमा अनुसंधान भईरहेकाे प्रहरीकाे भनाइ छ ।
राैतहट,२५ गते असार । आम जनता पार्टीको पर्सा जिल्ला पदाधिकारीको आज बसेको बैठकले शैक्षिक सुधारको लागि संगठन बिस्तारलाई तिब्रता दिने निर्णय गरेको छ । “नो शिक्षक, नो शिक्षण” भन्ने नाराका साथ आजपाले मधेश प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षक ब्यवस्था गर्न शैक्षिक आम हड़तालको तयारी स्वरूप बसेको उक्त बैठकले कार्यविभाजन समेत गरेको छ । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभुु साहको रोहबरमा बसेको सो बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्जमा अफताब आलम र संयोजक शिवनाथ रौनियार, निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्जमा राजकुमार साह र संयोजक दीपेन्द्र जयसबाल ,निर्वाचन क्षेत्र नम्बर ३ को ईन्चार्जमा अमिका चौहान र संयोजकमा जलसन खातुन र निर्वाचन क्षेत्र नम्बर ४ को ईन्चार्जमा संध्या पसवान, सह–इन्चार्जमा ओमप्रकाश कुशवाहा र संयोजकमा बशिष्ट कुशवाहा लाइ चयन गरेको छ । त्यस्तै इदरिस हुसेनलाई आम मुस्लिम मोर्चा र इस्तिखार खालाई पोखरिया नगरपालिका संयोजक, सह– सयोजक ः चनरवती देवीलाइ जिममेवारी दिइएको छ । आजपा अध्यक्ष साहले जिम्मेवारी पाउनु हुने सम्पुर्णलाई एकमुष्ठ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना समेत गर्नु भएको छ ।
राैतहट,२५ गते । कतैको सहयोग बिना आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्ने रौतहटका युवाहरुको समूहमध्ये एकै गाउँका चार जनाले पदक ल्याएका छन् ।
हालै सम्पन्न मधेश प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा रौतहटमा आएको ६ पदकमध्ये एकै टोलमा चारओटा पदक भित्रिएको छ । रौतहटको गरुडा नगरपालिका ५ लक्ष्मीपुर टोलका चार जना कुस्ती खेलाडीले एकैपटक चारओटा पदक जित्दै इतिहास रचेका छन् ।
कुस्ती खेलाडीहरुले एउटा रजत पदक र तीनओटा काँस्य पदक जितेका हुन् । पदक विजेतामध्ये दुई जना साख्खै दाजुभाइ हुन् । एकै दिन जन्मेका जुम्ल्याहा दाजुभाइले प्रदेशस्तरीय कुस्ती प्रतियोगितामा दोस्रो र तेस्रो स्थान ग्रहण गरेपछि अहिले जिल्लामा चर्चाको विषय बनेको छ ।
कुस्ती प्रतियोगितामा लागेपछि पहिले जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी हुँदै पुरस्कृत र सम्मानित हुँदै गएपछि हौसला बढेको र अहिले प्रदेशस्तरीय प्रतियोगितामा पदक जितेर आएपछि थप जिम्मेवारी बढेको अनुभव भएको विजेताहरुले बताएका छन् । ५७ केजी समूहमा रजत पदक विजेता कृष्णनन्दन यादवले अब आफूले राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गर्नु परेको तर कुनै पनि सुविधा नभएको गुनासो गरेका छन् ।
कुस्ती खेलाडी यादव भन्छन् – कुस्तीको पोसाक छैन, खेल्ने पिच अर्थात् अखाडा छैन, कुनै कोच पनि छैनन् । बिना सुविधा एकापसमा अभ्यास गरेर कुस्तीको तयारी गर्नु परिरहेको रजत विजेता यादव बताउँछन् । ६५ केजी समूहमा प्रदेशमा तेस्रो स्थान प्राप्त गरेका शिवनन्दन यादवले पनि उही पीडा दोहो¥याउँछन् । कहीँ कतैबाट कुनै किसिमको सुविधा र सहयोग नभए पनि आफूहरुले बिहान दुई घन्टा अभ्यास गर्ने गरेको भरमा प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको मान राखेको बताउँछन् । कुस्ती खेलाडी यादवको भनाइ छ – कम्तीमा सकारात्मक वातावरण भइदिए राम्रो हुन्थ्यो । मधेशको कुस्तीमा पहिचान कायम गरेका कृष्णन्दन र शिवनन्दन जुम्ल्याहा हुन् । दाजुभाइ कृषि पेसामा आबद्ध छन् । गरुडा चोकमा पसल पनि संचालन गरेका छन् । बिहान दुई घन्टा कुस्ती अभ्यास गर्न थालेको चार वर्ष मात्र भएको छ ।
चार वर्षको अभ्यासमा जिल्ला र प्रदेशमा कुस्तीको क्षेत्रमा पहिचान स्थापित भएपछि दाजुभाइ भन्छन् – अब कुस्तीमै आफूहरुलाई झन् लाग्नु परेको छ । ९७ केजी समूहमा काँस्य पदक विजेता होसनारायण यादव र ८६ केजी समूहमा काँस्य पदक विजेता उमाशंकर यादव पनि लक्ष्मीपुर टोलकै छन् । सबै जना झाँझपुल चोकभन्दा केही उत्तरमा रहेको जल्फामाई मन्दिरको छेउमा अखाडा बनाई कुस्तीको अभ्यास गर्दै आएका छन् । निकै गर्मी चर्केपछि अखाडामा कोही पनि आउँदैनन् । अहिले अखाडामा दुई फिटसम्मको घाँस उब्जिइसकेको छ तर सबै जना एकै स्वरमा भन्छन् – खेतको रोपाइँ सकिनासाथ हामी अखाडालाई राम्रोसित बनाएर राष्ट्रियस्तरको कुस्ती प्रतियोगिताको अभ्यास गर्ने छौँ ।
कुस्ती प्रतियोगिताको क्षेत्रमा रौतहटले निकै प्रगति गर्न सक्ने सम्भावना रहेको छ । कुस्ती खेलको लागि स्थानीय सरकारले कुस्ती खेलका लागि कम्तीमा आधारभूत आवश्यकता पूरा गरी बाहै्र महिना अभ्यास गर्न सकिने वातावरण बनाइदिए राम्रो हुने अपेक्षा खेलाडीहरुको रहेको छ । तराई मधेशमा निकै लोकप्रिय रहेको कुस्ती खेलमा रौतहटले पुनः वर्चस्व जमाउने आशा जागेको खेलाडीहरुको भनाइ रहेको छ ।
काठमाडौँ । स्पेन युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो ।
स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए ।
यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ बर्षको उमेरमा युरोकपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।
यो जितपछि स्पेन पाँचौं पटक युरोकपको फाइनलमा पुगेको छ । स्पेनले यस अघि तीन पटक युरोकपको उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ ।
त्यस्तै यो हारपछि फ्रान्सको युरोकप यात्रा भने समाप्त भएको छ ।
अब स्पेनले जुलाई १५ मा हुने फाइनल खेलमा नेदरल्याण्डस र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।न्युज कारखाना
काठमाडौँ । पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन् ।
भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो ।
उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन् । हालै सम्पन्न टी-२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।
भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी-२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन् ।न्युज कारखाना
सत्येन्द्र प्रताप सिंह, असार २४
रौतहट जिल्लाको यमुनामाई गाँउपालिकामा एक युवतीको शव खोलामा फेला परेको छ । यमुनामाई गाँउपालिकाको वडा नं. ४ मा रहेको झाँझ खोलमा अन्दाजी १५ वर्षिया युवतीको शव फेला परेको बडहर्वा प्रहरी चौकीले जनाएको हो ।
सोमबार बिहान स्थानियले खोलामा युवतीको शव देखे पछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
पानीमा शव रहेको भन्ने सूचना आए पछि संचारकर्मीको फेसबुक स्टेटसबाट समाजिक संजालमा फोटो राखे पछी मृतकको सनाखत खुलेको हो मृतक युवती रौतहटको माधवनारायण नगरपालिका वडा नं ५ का होरिल बैठाको १५ वर्षिय छोरी फूलमन्ती कुमारी बैठा रहेको मृतकका आफन्त बुवाले जनाए।
मृतक युवतीले आफ्ना घरबाट तिन दिन देखि हराई रहेको हुँदा तिन दिन पछि मृत्यु भई गाउँ नजिक रहेको झाझनदीमा शव फेला परेको छ। उक्त शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
यता सोमबार बिहानै रौतहटको गरुडा नगरपालिका ५ मह्मदपुरका २२ वर्षिय अनिल यादव घर नजिकैको पोखरीमा डुबेको भन्ने खबर प्राप्त भए पछि सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गणबाट खटिएको टोलीले उनको खोजी कार्य गरि रहेको छ ।
छारे रोगका बिरामी रहेका यादव बिहान शौचालय गर्न नजिकैको तलाउ तर्फ गएको र सो तलाउको किनारमा निजले लगाएको गमछा भेटिएकोले उनी तलाउमा डुबेको हुन सक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको हो ।
यसैगरी हिजो माधवनारायण नगरपालिकाको वडा नं. ९ गढौ स्थित बाग्मती नदीको किनारमा नाम वतन नखुलेको अन्दाजी ५३ वर्षिय एक पुरुषको शव फेला परेको थियो ।
सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षिय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ वर्षिय मोहम्द हाकिम राई र ३५ वर्षिय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो । त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीव २ बजे सकुशल उद्धार गरेको हो ।
धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षिय विष्णुदेव गोईत र २९ वर्षिय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढिको कारण सो नदिमा बीच भागमा फसेका थिए ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सह–चालक रहेका छन् ।न्युज कारखाना