२०८३ बैशाख २५
२०८३ बैशाख २५

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २० जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा २९ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ३५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ८ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८१ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ६ सय ५२ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ ।न्युज कारखाना

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ ।

उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६का ३५ बर्षिय किशोर कुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ बर्षिय ऋषि कुमार सिंह रहेका थिए ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ ।

पाँच दिनपहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिले सम्म फेला परेका छैनन् ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।न्युज कारखाना

काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् ।

ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रीहरुले बताएका छन् ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ । एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ ।

व्यावहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ । विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिने बताइएको छ । न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रही गण्डकी  प्रदेशका थोरै स्थानहरुमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का  देखि मध्यम वर्षा भैरहेको छ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना

आजमिति २०८१ साल श्रावण २ गते बुधबार तदअनुसार जुलाई १७ तारिख, नेपाल संवत ११४४, दक्षिणायन , वर्षा ऋतु , शुक्ल एकादशी तिथी, अनुराधा नक्षत्र, । शुभ योग   ।  चन्द्र राशि बृश्चिक त। यो शुभ योग हो ।

अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१८

• सुर्यास्त: बेलुका ०७: ०२ बजे

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

 

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः १

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः रातो

शुभ अंक ः ४

 

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः सेतो

शुभ अंक ः ८

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः २

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ७

 

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ९

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् । ऊनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना

 

काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट टिमलाई २ रनले पराजित गरेको छ । जारी टी-२० सिरिजको अन्तिम खेलमा नेपालले श्रीलंकाको टिमलाई २ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै ११० रन मात्र बनाएपछि नेपाल २ रनले विजयी भएको हो ।

अन्तिम खेलमा नेपाल विजयी भएपनि सिरिज भने श्रीलंकाको डेभलपमेन्ट टिमले २-१ ले जितेको छ ।

नेपालली महिला टिमले अब जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कप खेल्ने छ ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ ।

एशिया कप खेल्ने नेपाली टिम:

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।न्युज कारखाना

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठुलो अंकले बढेको छ ।

आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनिको शेयर मुल्य बढेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ । न्युज कारखाना

 

रौतहट । रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको १८ घन्टाको खोजीपछि शव बरामद भएको छ ।

जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमवार बेपत्ता भएको १० बर्षीय बालकको आज शव बरामद भएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घन्टा पश्चात घटनास्थल बाट साढे तीन किलोमिटर टाढा बालकको शव बरामद गरेको हो ।

गढीमाई ३ लक्षमिपुरका हकुदिन कवाडीको १० बर्षीय छोरा सफर कवाडी अन्य दुईजना साथी सहित सोमवार दिउसो १ बजे गाउँछेउको बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेका थिए ।

घटनाको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर दुईजना बालकको उद्धार गरेपनि १० बर्षीय सफर कवाडी भने डुबेर बेपता भएका थिए ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वाबाट बिपद तथा उद्धार सामग्री सहित गएका ३० जनाको टोली, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले लगातारको खानतलास पछि आज बिहान साढे ७ बजे घटनास्थल लक्ष्मीपुर देखि साढे तीन किलोमिटर टाढा गढीमाई ७ धरमपुर गाउँ छेउ बागमती नदीको किनारमा बेपत्ता बालक सफर कवाडीको शव बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।न्युज कारखाना

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएका हुन् ।

भेटमा राजदुत श्रीवास्तवले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।न्युज कारखाना

काठमाडौँ । उत्तर कोरियाका एक कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबी गरिएको छ । दक्षिण कोरियाको जासुसी एजेन्सीले शरण खोज्ने कूटनीतिज्ञहरू क्युबामा उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार भएको दाबी गरेको छ ।

दक्षिण कोरियाको राष्ट्रिय खुफिया सेवाले उत्तर कोरियाली राजनीतिक मामिला सल्लाहकार क्युबाबाट भागेको रिपोर्टहरू सत्य भएको बताएको छ ।

रिपोर्टमा उत्तर कोरियाली कूटनीतिज्ञ रि इल क्यू गत वर्ष नोभेम्बरमा आफ्नो श्रीमती र बच्चाहरुसँग दक्षिण कोरिया आएको बताइएको छ भने यस बारे थप विवरण दिइएको छैन । हालैका वर्षहरूमा धेरै उत्तर कोरियाली कूटनीतिज्ञहरूले दक्षिण कोरियामा शरण लिएका छन् र रि इल क्यूको मामला यस श्रृंखलाको सबैभन्दा नयाँ हो ।

प्रतिवेदनमा रीलाई उद्धृत गर्दै राजनीतिक प्रणालीप्रतिको मोहभंगका कारण उत्तर कोरियाबाट भाग्ने निर्णय गरेको दाबि गरिएको छ ।

दक्षिण कोरियाली एजेन्सीले उत्तर कोरियाली विदेश मन्त्रालयका अधिकारीहरूसँग गम्भीर मतभेद भएपछि रिले भाग्ने निर्णय गरेको दाबी गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले उत्तर कोरियाली कूटनीतिज्ञ सियोल भागेको वा नभएको पुष्टि गरेको छैन ।

१९५०-५३ कोरियाली युद्धको अन्त्य पछि, लगभग ३४ हजार उत्तर कोरियालीहरू आर्थिक कठिनाइ र राजनीतिक दमनबाट बच्न दक्षिण कोरियामा भागेको बताइएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।