काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी-२० खेल्नबाट रोकेको छ ।
तिन खेलाडीले मागेको नो अब्जेक्सन पत्र दिन अस्वीकार गर्दै बोर्डले पाकिस्तानको आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकोले उनीहरुलाई पत्र नदिने निर्णय गरेको स्पष्ट गरेको छ ।
बोर्डले आगामी आठ पहिनामा पाकिस्तानले १४ एकदिवसीय, ९ टी-२० र ९ टेस्ट खेल खेल्ने तालिका रहेको तथा आउदो बर्ष च्याम्पियन्स ट्रफीसमेत खेल्ने तालिका रहेकोले उनीहरुको राष्ट्रिय टिममा बढी आवश्यकता रहेको बताएको छ ।
यस अघि बोर्डले बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न अनुमति दिन अस्वीकार गरेको थियो ।
त्यस्तै बोर्डले आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने ग्लोबल टी-२० खेल्न अनुमति दिएको छ ।न्युज कारखाना
गाैर, ५ गते साउन । रौतहट जिल्ला अदालत बार एसोशिएसनको अध्यक्ष र सचिब पदको लागि मतदान शुरु भएको छ।
बारको आफ्नै भवन गौरमा आज बिहान ११ बजे देखी मतदान शुरु भएको हो। जिल्ला कार्य समितिको १२ वटा पद मध्ये १० वटा पदमा निर्बिरोध भएपनि अध्यक्ष र सचिब पदमा दुइ दुइ जनाको उम्मेदवारी परे पछि प्रत्यक्ष प्रणाली अन्तर्गत मतदानको प्रक्रिया अपनाइएको प्रमुख निर्वाचन अधिकृत मोहम्मद मजरूल हकले जानकारी दिएका छन्। ४ बजे सम्म हुने मतदानमा ६२ जना मतदाता आफ्नो मत प्रयोग गर्ने छन्।
मतदान सकिए पछि मत गनना आजै हुने बताइएको छ। अध्यक्ष पदमा अधिबक्ता हेमचन्द्र लाल कर्ण, सोनेलाल प्रसाद पटेल र सचिब पदमा अधिबक्ता हरिशचन्द्र पंडित र सोनेलाल पासवान रहेका छन्।
भैरहवा ।
भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आउने सर्वसाधरणले मोटरसाइकल पार्किङ गरेवापत अहिले ३० रुपैया प्रति घण्टा तिर्नुपर्छ । यस्तै कारले ६०, मिनिबसले ८० र बस ट्रकले १२० तिर्नुपर्छ । यो दर लागु भएको केही महिना मात्रै हुदा अत्यधिक भएको भनि सर्वत्र आलोचना भइरहेको छ ।
यस अघि २०८० जेठ १० गतेदेखि फागुन ३० गते सम्म भने यहाँ पार्किङको शुल्क लाग्दैन थियो । पुरानो ठेक्का रद्द भई विमानस्थल कार्यालयले नयाँ ठेक्काको टेण्डर नभएकोले सर्वसाधरणले निशुल्क पार्किङ गरिरहेका थिए । २०८० जेठ अगाडि भने मोटरसाइकलको पार्किङ शुल्क ५, कारको १०, मिनिबसको २० र बस÷ट्रकको ४० रुपैया लिने गरिन्थ्यो ।
केही महिना देखि साप्ताहिक एउटा मात्रै उडान गरिरहेको विमानस्थलमा अहिले भने एक महिना यता कुनै उडान भएको छैन । आन्तरिक उडानमा सिमित भएको यो विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय निर्देशिका अनुसार पार्किङ शुल्क र बहाल शुल्कमा भारी वृद्धि गरेको छ । जस्को कारण सर्वसाधरण मर्कामा परेका छन ।
विमानस्थल प्रशासनलाई समेत विगतको तुलनामा पार्किङ अप्रत्यासित वृद्धि भएको महशुश भएपनि यसबारे सुनुवाई गर्न सकेको छैन । नियावाली २०८० अनुसार आन्तरिक र अन्तराष्ट्रिय गरेर २ वटा वर्ग मात्रै छ । विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय विमानस्थल कायम भएकोले सोको निर्देशिका अनुसार पाकिङ सहित सबै शुल्कमा वृद्धि गर्न वाध्य भएको विमानस्थलका अधिकृत संजिव ज्ञवालीले बताए ।
उनका अनुसार विमानस्थल अन्तराष्ट्रिय भएसंगै विमानस्थलमा अन्तराष्ट्रिय उठान हुन नसकेपनि पार्किङ, विमानस्थलभित्रका पसलहरुको भाडा, विज्ञापनको शुल्क निकै बढेको छ ।
यसअघिको मापदण्ड अनुसार प्रतिवर्गमिटर विज्ञापनको लागि ५ सय रुपैंया शुल्क थियो भने अहिले वृद्धि भई ५ हजार रुपैंया बनाईएको छ । जसका कारण विज्ञापनदाता तथा पसल संचालक, सेवाग्राही सबैलाई गाह्रो भएको छ ।
विमानस्थलभित्र संचालनमा रहेका विभिन्न पसल स्थलको भाडा समेत निकै वृद्धि भएको छ । जसका कारण विमानस्थललाई आधार बनाएर लगानी गरेका लगानीकर्ता थप मारमा परेका छन् ।
“निर्देशिका अन्तराष्ट्रिय मापदण्ड अनुसार भयो तर विमान संचालन आन्तरिक मात्र हुंदा असजिलो भयो हामीले केही समयका लागि निर्देशिका शंसोधानका लागि माथि अनुरोध समेत गरेका छौं । ” अधिकृत ज्ञवालीले भने । उनले हालको ठेक्का अनुसार कम्पनि नियमित रुपमा नियमानुसार त्रैमासिक रुपमा भुक्तानी गरिरहेको बताए ।
उनका अनुसार विमानस्थल पार्किङ लागि भैरहवामा रहेको ईब्रहिम कन्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लिले वार्षिक २४ लाख ८२ हजार ५ सयमा सम्झौता गरिएको छ । जुन विगतको तुलनामा ३ गुणा बढी हो ।
“विमानस्थलको स्तरोन्नती अनुसार पार्किङ शुल्क निर्धारण गर्दा स्वभाविक रुपमा महंगो पर्न गयो यो हाम्रो वाध्यात्मक अवस्था हो । अधिकृत ज्ञवालीले भने । निर्देशिका अनुसार न्युनतम् रकम २४ लाख ८२ हजार रहेको छ । “तिन पटक सम्म ठेक्का निकाल्दा पनि कसैको निवेदन नपरेपछि महंगो भयो भनेर सबै पछि हटे । अन्त्यमा एउटा कम्पनीले मात्रै टेण्डर दिएपछि सम्झौता गरेर काम अघि बढेको छ ।
विमानस्थलभित्र तोकिएको पार्किङ सवारी पार्क गर्ने सवारी धनीले मोटर साईकल स्कुटी लगायतका दुई पांग्रे सवारी साधन पार्कि¨ गर्दा प्रति घण्टाको ३० रुपैंया ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्छ । जुन यस अघि रु ५ रुपैंया प्रति घण्टा थियो ।
यस्तै कार भ्यान लगायतका साना चार पांग्रे सवारी साधानका लागि प्रतिघण्टा ६० रुपैंया, हल्का सवारी जस्तै मिनि ट्रक जस्ता लोडेड सवारीहरुले प्रतिघण्टा ८० रुपैंया शुल्क तिर्नुपर्छ भने ठुला सवारी वस लगायतले प्रतिघण्टा १ सय २० रुपैंया शुल्क तिर्नुपर्ने हुन्छ । जुन विगतको तुलनामा निकै महंगो हो ।
यसअघिको सम्झौता अनुसार ठेक्दार कम्पनीले वार्षिक ९ लाख विमानस्थललाई पार्किङ वापत बुझाउंदै आएको थियो । कम रकममा ठेक्का सम्झौता भएकै कारण साना दुई पांगे्र सवारीका लागि रु ५ रुपैयां, कार,जीपका लागि १० रुपैंया, हल्का सवारी २० रुपैंया र ठुला सवारीका लागी ४० रुपैंया प्रतिघण्टा तोकिएको थियो ।
२०८० चैतमा एक वर्षको लागि ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार सरकारी, प्राधिकरण, एम्बुलेन्स, सव वाहन, फायर जस्ता आकस्मिक सवारीहरुलाई पुर्णत निशुल्क पार्किङको सुविधा रहेको छ । शुल्क अत्यधिक वृद्धि हुंदा ठेकेदार कम्पनीलाई समेत केही समय निकै कठिन भएको ठेक्का कम्पनीका संचालक मुस्तफाले गुनासो गरे ।
उनले भने “हामीले तोकेको शुल्क होईन् विमानस्थलले तोकेको शुल्क उठाउन पनि केही समय गाह्रो भयो जिल्ला प्रशासनसम्म जानुपर्यौ तर अब भने सबैले बुझिसक्नुभयो । ” ठेक्का नै महंगो भएको उनले बताए । आन्तरिक उठान नियमित हुंदा राम्रै शुल्क उठेपनि जाडो महिनामा विमान आउन नसक्दा आम्दानी नहुने संचालक मुस्तफाले बताए । उनका अनुसार अहिले दैनिक दुई सय दुई पांग्रे सवारी मोटरसाईकल, स्कुटरले पार्किङ गर्ने गरेका छन् । यस्तै सय बढी कार पार्किङका लागि आउने गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्बाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् ।
एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन् । एक्समा नरेन्द्र मोदीका फलोअर्सको संख्या १० करोड नाघेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै एलोन मस्कले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई छ ।’
विश्वका ठूला नेताहरू जसको धेरै फलोअरहरू छन् अमेरिकी राष्ट्रपति जो बाइडेन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् ।
यद्यपि ट्रम्पलाई २०२१ देखि २०२३ सम्म यस प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पका ८.७७ करोड फलोअर्स छन् । जो बाइडेनका ३.८१ करोड फलोअर्स छन् भने एर्डोगनका २.१५ करोड फलोअर्स छन् ।
भारतीय नेताहरूमा राहुल गान्धीका २.६४ करोड फलोअर्स छन् । अरविन्द केजरीवालका २.७५ करोड फलोअर्स छन् ।न्युज कारखाना
काठमाडौँ । माइक्रोसफ्टको कम्प्युटर सफ्टवेयरको अपडेटमा भएको प्राविधिक त्रुटिले विश्वभर हंगामा मच्चाएको छ ।
लाखौं कम्प्युटरहरू अचानक बन्द भएका छन्, जसको असर हजारौं उडानहरू रद्द वा ढिलाइ भए भने बैंकिङ प्रणाली धराशायी भयो, स्वास्थ्य सेवा प्रभावित भयो, सञ्चारमाध्यमको प्रसारण बन्द भयो, व्यापार जगत समस्यामा पर्यो । अमेरिकामा मात्रै ९११ सेवा अवरुद्ध भएका छन् । १७ घण्टाको समस्यापछि शुक्रबार राति करिब १० बजे माइक्रोसफ्टले समस्या समाधान भएको दाबी गरेको छ ।
विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम प्रयोग गर्ने कम्प्युटरमा यस्तो अवस्था आएको हो । समस्या मूलतः कम्प्युटरहरूमा देखा पर्यो जसले माइक्रोसफ्टको क्लाउड सेवा प्रयोग गरिरहेको थियो जसमा क्राउडस्ट्राइकको फायरवाल प्रणाली थियो ।
माइक्रोसफ्टले संसारभरका उद्यमहरूले नेटवर्कलाई ह्याकरहरू र बाहिरी हस्तक्षेपबाट जोगाउन साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकको सफ्टवेयर प्रयोग गर्ने गरेको र अहिलेको समस्या क्राउडस्ट्राइकले यो सुरक्षा सफ्टवेयर अपडेट गरिरहेको थियो र अपडेटमा प्राविधिक गडबडीका कारण स्थिति उत्पन्न भएको बताएको छ ।
फ्लाइट अवेयरका अनुसार शुक्रबार विश्वभर ३३, १३९ भन्दा बढी उडानहरू ढिलाइ भएका छन् भने करिब ३,७५० उडानहरू रद्द भएका छन् । डेल्टा एयरलाइन्सले अमेरिकामा सबैभन्दा धेरै ७८८ उडान रद्द गरेको थियो । जबकि, एटलान्टा एयरपोर्टमा सबैभन्दा बढी १५५ उडानहरू रद्द गरिएका थिए ।
एयरपोर्टमा कम्प्युटरबाट हुने सबै काम हातले गरिएको थियो । उड्डयन कर्मचारीलाई चेक इन गर्न र बोर्डिङ पास जारी गर्न आधा घण्टाभन्दा बढी समय लागेको थियो ।
शुक्रबारको घटना सफ्टवेयरमा भारी निर्भरताले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ भन्ने उदाहरण हो । अमेरिका, युरोपलगायत दर्जनौं देशमा बैंकिङ र स्वास्थ्य सेवा पनि प्रभावित भएको छ । माइक्रोसफ्टसँगै गुगल र अमेजन सर्भर र क्लाउड सेवा प्रदान गर्ने ठूला कम्पनी हुन् । अधिकांश देश र कम्पनीहरू तिनीहरूमा निर्भर छन् ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ ।
बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।
बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले अहिले हिंसात्मक अडान लिएको छ ।
राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ ।
प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ ।
सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए ।न्युज कारखाना
भैरहवा । गत शुक्रवार चितवनको सिमलतालमा गएको पहिरोबाट वेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ ।
रुपन्देहीको बेलहिया नाका हुदै राती १२ बजे ४ वटा गाडी सहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञ सहितको टोली नेपाल आएको हो । त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली ४ वटा गाडी सहित नेपाल आएको छ । टोलीले उद्वारमा चाहिने उपकरण समेत लिएर आएका छन ।
गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राती १२ बजे बेलहिया नाका हुदै नेपाल आएको हो,सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो । उनीहरु राती भैरहवामा बास बसी विहानै चितवन तर्फ प्रस्थान गरेका छन । चितवनमा उद्वार गर्नका लागि नै ती टोली नेपाल आएका हुन । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै ती गाडी सहितको टोलीलाई स्वागत गरिएको थियो ।
खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्नेछन ।
राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञ सहित १२ जना रहेका छन । उनीहरुले उद्वारकका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।
सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन । न्युज कारखाना
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।
उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।
उनले उपसभामुख रानामगरसमेत उपस्थित भएको संसद्को कार्य व्यवस्था परामर्श समितिमा यसबारे सभामुखसँग छलफल गरेको उल्लेख गरे । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएपछि उनी विवादमा परेकी छन् ।
संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई भिसाको अन्तर्वार्ता मिति छिटो दिन काठमाडौँस्थित अमेरिकी दुताबासलाई पत्र लेखेकी थिइन् । यो विषय राष्ट्रिय स्वतन्त्र पार्टीको शिर्ष नेतृत्वले गत बैशाखमै थाह पाएर पनि सामसुम पारिएको खुलासा भएको छ ।न्युज कारखाना
काठमाडौँ । हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेको अर्को टिम ‘सक्किगोनि’ का कुमार कट्टेल र अर्जुन घिमिरेले फिल्म बनाउने घोषणा गरेका छन् । यो टिमले शुक्रबार एक कार्यक्रमका बीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’को औपचारिक घोषणा गरेको हो ।
गत फागुनमा पोस्टरमार्फत् फिल्मको नाम सार्वजनिक गरिएको थियो । तर, निर्देशकसहित कलाकारहरुको नाम खुलाइएको थिएन । शुक्रबार घोषणा कार्यक्रममा कुमार कट्टेल (जिग्री) ले फिल्मको निर्देशन गर्ने जानकारी गराइयो । यसमा उनी स्वयंको लेखन छ । कुमारले यसअघि ‘भद्रगोल’ र अहिले ‘सक्किगोनि’मा पनि अभिनयसहित लेखन र निर्देशनको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।
महाशिवरात्रीको दिन पारेर आगामी फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा ‘सक्किगोनि’ टेलिश्रृंखलाबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ) छन् भने अन्य कलाकारहरुमा मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बू छन् । कुमारको भने अभिनय रहने वा नरहने तय छैन । यद्यपि, उनको केमियो भूमिका हुनसक्ने बताइएको छ ।
सुदीप बरालको छायांकन रहने फिल्मको निर्मातामा नविन श्रेष्ठ र सह-निर्मातामा नरेश शाह छन् । फिल्मको आगामी भदौपछि छायांकन हुन लागेको जानकारी दिइएको छ ।न्युज कारखाना
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन् । बाइडेनलाई लिएर डेमोक्र्याटिक पार्टी भित्र धेरै आवाज उठ्न थालेका छन् ।
अर्कोतर्फ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिइरहेको देखिन्छ । यस्तो अवस्थामा बाइडेनको अभियान थप दबाबमा देखिन थालेको छ । केही डेमोक्र्याटहरूले राष्ट्रपति चुनावमा पार्टीको सम्भावनाको अन्धकार चित्र प्रस्तुत गरिरहेका छन् ।
यद्यपि, डेमोक्र्याटिक पार्टीका एक वरिष्ठ अधिकारीले पार्टीका केही व्यक्तिहरूले दौडबाट बाइडेन फिर्ता ‘अपरिहार्य’ छ भन्ने विश्वास गरेको टिप्पणी गरेका छन् । अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएस न्यूजले गरेको सर्वेक्षणले बाइडेन ट्रम्पभन्दा पाँच अंकले पछाडि रहेको देखाएको छ । यो अभियानको क्रममा अहिलेसम्मको सबैभन्दा ठूलो भिन्नता हो ।
तर बाइडेनको अभियानले डेमोक्र्याटिक पार्टीका केही शीर्ष नेताहरूमा व्यक्त गरिएको चिन्तालाई बेवास्ता गरेको छ । बाइडेनले पनि यी चिन्ताहरूलाई आधारहीन भनेका छन् । उनले उम्मेदवारी नछाड्ने बताउदै आएका छन् ।
‘वाशिंगटन पोस्ट’ का अनुसार पूर्व राष्ट्रपति बाराक ओबामाले व्यक्तिगत रूपमा बाइडेनको राष्ट्रपति चुनाव जित्ने सम्भावना कम भएको बताएका छन् । यद्यपि ओबामाका प्रवक्ताले उनको टिप्पणीबारे कुनै पनि बयान दिन अस्वीकार गरेका छन् ।
बाइडेनको ढिलाइ र ओबामाको टिप्पणीसँग सम्बन्धित सर्वेक्षण परिणामहरू अघि, पूर्व सभामुख न्यान्सी पेलोसी र कांग्रेसका दुई सबैभन्दा वरिष्ठ सदस्यहरू, हाकिम जेफ्रीस र चक शूमरले पनि बाइडेनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।
यद्यपि तिनीहरूमध्ये कसैले पनि बाइडेनलाई यो सल्लाह दिएको बताएनन् । डेमोक्र्याटिक पार्टीका एक वरिष्ठ अधिकारीले ‘बीबीसी न्यूज’ लाई भने, ‘वासिङ्टनमा निराशाको वातावरण छ । हामी सबै अपरिहार्य निर्णयको पर्खाइमा छौं ।’
वाशिंगटन राज्यका कांग्रेसका डेमोक्र्याटिक सदस्य एडम स्मिथले पनि निराशाजनक तस्वीर प्रस्तुत गरेका छन् ।
बीबीसी रेडियो ४ कार्यक्रम ‘द वर्ल्ड टुनाइट’ मा उनलाई डेमोक्र्याटिक पार्टी अब बाइडेनको उम्मेदवारीको अन्त्यतिर गइरहेको छ कि भनेर सोधिएको थियो । यसमा उनले भने, ‘मलाई त्यस्तै लाग्छ ।’ यद्यपि, उनले तुरुन्तै आफ्नो सन्तुष्टि प्राप्त गरे र भने, ‘मलाई यस बारे थाहा छैन, तर अब पार्टी बाइडेनको उम्मेदवारीको अन्त्यतिर गइरहेकोमा कुनै शंका छैन ।’
जुन २०२४ मा पहिलो राष्ट्रपति बहसमा ट्रम्पविरुद्ध खराब प्रदर्शन पछि बाइडेनका लागि कठिन समय सुरु भएको थियो । केही समययता उनी मानिसको नाम बिर्सेर सार्वजनिक मञ्चमा ठक्कर खाइरहेको देखिन्छ । अहिले उनी पनि कोभिडको सिकार भएका छन् र हाल डेलावेयरमा आइसोलेसनमा छन् ।
उल्टो डोनाल्ड ट्रम्प उत्साहले भरिएका छन् । पेन्सिलभेनियामा आफूमाथि भएको घातक हमलापछि उनी कानमा ब्यान्डेज बाँधेर मिलवाकीमा रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन् ।
यहाँ उनले आफ्नो भाषणमा भगवान आफ्नो साथमा रहेको बताए । सम्मेलनमा भेला भएका रिपब्लिकन नेता तथा समर्थकमा उत्साह भरिएको देखिन्छ । उक्त सम्मेलनमा उनले औपचारिक रुपमा आफ्नो उम्मेदवारी स्विकार गरेका थिए ।
आफ्नो पार्टीको दबाबको बाबजुद, बाइडेन आफ्नो उम्मेदवारी छोड्ने मूडमा देखिदैन । उनले अहिले पनि पार्टीका नेताहरुको समर्थन पाइरहेका छन् । तर, अहिले उनीमाथि लोकतान्त्रिक नेतृत्वबाट दबाब बढेको प्रष्ट भएको छ ।
बाइडेन किन आफ्नो उम्मेदवारी त्याग्न तयार छैनन् ?
सिनेट बहुमत नेता चक शुमर र सदन अल्पसंख्यक नेता हकिम जेफ्रीसले व्यक्तिगत रूपमा बाइडेनलाई भेटेका थिए र कांग्रेसमा उनीहरूका सहकर्मीहरू चिन्तित रहेको साथै राष्ट्रपतिको व्यक्तिगत समस्याले उनको पुन: निर्वाचित हुने सम्भावनालाई कमजोर बनाएको बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
शुमर सिनेटमा बहुमतका नेता हुन् । बहुमत नेता सिनेटमा आफ्नो पार्टीको मुख्य प्रतिनिधि हो । उनी सिनेटमा सबैभन्दा शक्तिशाली सदस्य मानिन्छन् । यद्यपि शुमरले यी रिपोर्टहरूलाई ‘अनुमान’ भनेका छन्, जेफ्रीजले भने बिडेनसँगको उनको कुराकानी गोप्य रहेको र त्यो निजी रहने टिप्पणी गरेका छन् ।
यसैबीच, सीएनएनले पूर्व सभामुख न्यान्सी पेलोसीले बाइडेनलाई पूर्व-चुनाव सर्वेक्षणले उनी फेरि नजित्ने बताएको उल्लेख गरेको छ ।
बिहीबार ‘वाशिंगटन पोस्ट’ ले पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना केही सहयोगीहरूलाई बाइडेनले आफ्नो उम्मेदवारीमा अडिग रहनु उचित हो कि भनेर गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएको उल्लेख गरेको छ ।
मेरील्याण्डका सांसद जेमी रेस्किनले बाइडेनलाई एउटा पत्र लेखेका छन् र उनको क्यारियरको अन्तिम चरणमा रहेको बेसबल पिचरसँग तुलना गरेका छन् । उनले लेखेका छन्, ‘जब तिम्रो हात थाकेको हुन्छ, प्रशस्त प्रशंसाको बीचमा सन्यासको घोषणा गर्न कुनै समस्या हुँदैन ।’
तर बाइडेनको चुनावी अभियानका एक वरिष्ठ सल्लाहकारले अज्ञात स्रोतहरूमा आधारित यी रिपोर्टहरूलाई ‘शुद्ध अनुमान’ भने । उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘जो बाइडेन हाम्रो पार्टीका उम्मेदवार हुन्। उनी फेरि राष्ट्रपति चुनावको दौडमा छन् ।’
बाइडेनका अभियानका उपप्रबन्धक क्वेन्टिन फल्क्सले भने, ‘बाइडेन कुनै पनि कुराबाट पछि हट्ने छैनन् । राष्ट्रपतिले आफ्नो मन बनाइसकेका छन् । म अस्पष्ट हुन चाहन्न । तर मलाई थाहा छैन मैले कति पटक यसको जवाफ दिनुपर्छ ।’ यसैबीच, बाइडेनलाई कोभिड–१९ सङ्क्रमण भएको खबर आएपछि उनका चिकित्सकले राष्ट्रपतिलाई कोभिडसँगै श्वासप्रश्वासको हल्का समस्या रहेको बताएका छन् ।
ह्वाइट हाउसले बाइडेन बुधबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न सक्ने बताएको छ । बुधबार बाइडेनका प्रेस सेक्रेटरीले ८१ वर्षीय बाइडनको कोभिड रिपोर्ट पोजेटिभ आएको तर उनको संक्रमण गम्भीर नभएको बताएकी थिइन् ।
ह्वाइटहाउसले बाइडेन डेलावेयरमा आफ्नो घरमा एक्लै बस्ने र आफ्नो दैनिक कार्यहरू जारी राख्ने बताएको छ ।
ह्वाइट हाउसले राष्ट्रपतिलाई भ्याक्सिन र यसको बूस्टर दुवै दिइएको र उनी यसअघि दुई पटक कोभिड पोजिटिभ भेटिएको बताएको छ। ट्रम्पमाथि घातक हमलापछि पनि चुनावी अभियान रोकिए बाइडेनको चुनावी अभियान अहिले कोभिडले रोकिएको छ ।न्युज कारखाना