२०८३ बैशाख २३
२०८३ बैशाख २३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गरे ।

नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठुला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको जनाउँदै यस्ता सवालमा राष्ट्रसङ्घको सदवै सहयोगको अपेक्षा व्यक्त गरे ।

आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका प्राथमिकताका क्षेत्रमा राष्ट्रसङ्घको निरन्तर साथ रहने विश्वास दिलाइन् ।

राष्ट्रसङ्घले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुक्षाका लागि राष्ट्रसङ्घीय नीतिबमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।न्युज कारखाना

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएपछि अहिले प्रहरी पुगिरहेको बताएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।न्युज कारखाना

खोटाङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी सुन्तलाबोटे बस्ने ३२ वर्षीय नरेश भन्ने शुसील खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खत्रीले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई गत वैशाख २५ गते रातिदेखि गत जेठ ३२ गते रातिसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत खोटाङबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना

पर्सा । वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी जम्मा २ लाख १९ हजार भारतीय रूपैयाँ सहित भारत पूर्वी चम्पारण बिहार मोतिहारी घोडासाहन बस्ने २९ वर्षीय अनिल कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई स्रोत समेत नखुलेको उक्त भारतीय रूपैयाँ सहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

न्युज कारखाना

काठमाडौं । सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो   ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको  चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।

चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत चलचित्रमा अभिनय रहेको छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।न्युज कारखाना

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।

कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।

यस विधेयकलाई चालु संसदबाटै पारित गरेर अघि बढाउने तयारीमा शिर्ष नेताहरु रहेका छन् ।

यस्तो छ टीआरसी विधेयकमा भएको सहमति:

न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए ।

मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरुको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धिविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे ।

“हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रुपमा रहेका यी कार्यहरुलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ । पीडादायी विगतबाट हामी गुज्रियौँ । देशमा हिंसात्मक द्वन्द्व भयो । देशलाई ठुलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो तर शान्ति प्रक्रियालाई हामीले टुङ्गोमा लानुपर्ने थियो । हिंसाका सबै अभ्यासहरुलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरु रहन आवश्यक छैन ।”, प्रधानमन्त्री ओलीले भने, “हाम्रो सम्मानित सर्वोच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर यो सहमति भएको छ । शान्ति प्रक्रियामा यो कोशेढुङ्गा सावित भएको छ । फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि यी विधेयक ल्याइएका हुन् । विधेयक पारितसँगै हामी आपसी परामर्श र सहमतिमा आयोग गठनलगायतका काममा तत्काल लाग्नेछौँ ।”

उनले विगतमा विभिन्न अभ्यास भए पनि अब लोकतन्त्र आइसकेको स्थितिमा हिंसा र विधिबिहीनताको बाटो आवश्यक नभएको स्पष्ट गरे । उनले लोकतन्त्रलाई जीवनपद्धति मानेर चल्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको जनाउँदै लोकतन्त्रका लागि लडेकाहरु भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आफू अघि बढ्ने पनि बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनपछिको राम्रो कामका रुपमा कार्यदलको प्रतिवेदनलाई लिँदै विगतदेखि नै सहमितको प्रयास गरिएको स्मरण गरे । उनले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश जाओस् भन्ने आग्रह गरे ।

कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए । उनले सहमति कार्यान्वयनमा सहमति मिलोस् भन्ने कामना गरे ।न्युज कारखाना

काठमाडौँ । बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ ।

त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी छोडेर भागेका छन् ।

सबै प्रहरी ज्यान जोगाउन डराएर भागेका छन् । अवामी लिगसँग आवद्ध धेरै वरिष्ठ प्रहरी अधिकारी आफन्तसँग लुकेर बसेको मिडिया रिपोर्टमा बताइएको छ ।

देशभरका चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना भएको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका कारण पछिल्लो १५ दिनमा अर्बौको नोक्सान भएको छ ।

बंगलादेशको जोशोरस्थित अवामी लिगका नेताको आलिशान होटलमा आगजनी गरिएको छ । यसमा २९ जना जिउँदै जलेका थिए । जसमा इन्डोनेसियाका एक व्यक्ति पनि परेका छन् ।

ढाकाको धानमण्डीमा चर्चित बंगाली गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा आगजनी भएको छ । जलाउनुअघि उनको घर पनि लुटिएको थियो ।

आनन्द, उनकी श्रीमती र छोरा आक्रमणबाट बच्न सफल भएको बताइएको छ । आगलागीबाट राहुलको घरमा राखिएका ३ हजार वाद्ययन्त्र जलेर नष्ट भएका छन् ।

त्यस्तै बंगलादेशी अभिनेता शान्तो खान र उनका निर्माता बुबा सलीम खानलाई भीडले कुटपिट गरी हत्या गरेको छ । सलिम हसिनाको पार्टी अवामी लिगसँग आवद्ध थिए । उनले हसिनाका बुबा मुजीब-उर-रहमानमा आधारित फिल्म निर्माण गरेका थिए । ढाका ट्रिब्यूनको रिपोर्टका अनुसार उनी सोमबार घरबाट भागिरहेका थिए । उनलाई फरक्काबाद बजारमा भीडले घेरेको थियो । त्यसपछि उनीहरूले गोली चलाएर आफूलाई बचाए तर पछि घेरिए । शान्तो खानले ‘बाबुजान’, ‘तुंगीपारा मिया भाइ’ र ‘बिक्सोभ’ जस्ता बंगाली फिल्ममा काम गरेका थिए । उनीमाथि सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलिरहेको थियो ।

बंगलादेशमा मङ्गलबार अवामी लिगका नेता र उनीहरुका परिवारका कम्तीमा २९ जनाको शव फेला परेको छ । यसमा अवामी लिगका २० नेता पनि छन् ।

अवामी लिग सम्बद्ध पूर्व काउन्सिलर मोहम्मद शाह आलमको अशोकतलामा रहेको तीन तले घरमा आतङ्ककारीहरूले आगजनी गरेका थिए जसमा ६ जनाको मृत्यु भएको थियो ।

त्यस्तै नेटोर–२ का सांसद शफिकुल इस्लाम शिमुलको घरमा भीडले आक्रमण गरी आगजनी गरेको छ । जसमा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै लालमोनिरहटमा अवामी लिगका नेता सुमन खानको घरमा मानिसहरूले आगजनी गरेका छन् । उनको घरबाट ६ जनाको शव भेटिएको थियो । अवामी लिगको सहयोगी जुबा लिगका नेता मुस्फिकुर रहिमको शव सोनागाजी उपजिल्लाको पुलमुनि फेला परेको छ । उनी युवा लिगमा सचिव पदमा थिए । फेनी जिल्लामा अर्का युवा नेता बादशाह मियाँको शव बिहान फेला परेको छ ।

यसैबीच नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना अहिले भारतमा रहेकी छन् । अमेरिकाले उनको भिसा अस्वीकृत गरेको बताइएको छ भने उनले बेलायतमा शरण मागेको र यसको प्रक्रिया चलिरहेको बताइएको छ ।न्युज कारखाना

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।

कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।

यस विधेयकलाई चालु संसदबाटै पारित गरेर अघि बढाउने तयारीमा शिर्ष नेताहरु रहेका छन् । न्युज कारखाना

काठमाडौँ । क्युवाली पहलवान मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास रचेका छन् ।

केही सातामा ४२ वर्ष पुग्न लागेका लोपेजले चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । उनले पुरुष ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा स्वर्ण पदक जितेर लगातार पाँचौं पटक व्यक्तिगत उपाधि जितेका हुन् ।

मिजान लोपेजले आफ्नो पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोडेपछि उनले ग्रीको-रोमन कुस्तीबाट सन्यास लिएको भनिएको छ । तर, उनले औपचारिक रुपमा घोषणा भने गरेका छैनन् ।

यसअघि उनले लगातार चार पटक स्वर्ण पदक जित्ने कीर्तिमान कार्ल लुइस (लामो जम्प), माइकल फेल्प्स (२०० मिटर पौडी), केटी लेडेकी (स्विमिङ ८०० मिटर फ्रीस्टाइल), अल ओर्टर (डिस्कस थ्रो), पॉल एल्भस्ट्रोम (नौकायन) र काओरी इको (कुश्ती) सँग बराबरी गरेका थिए ।

लोपेज तीन वर्षपछि सन्यासबाट फर्किएका हुन् । मिजान लोपेजले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार बेहोरेका छन् । लोपेजले सन् २००४ एथेन्स ओलम्पिकमा क्वार्टरफाइनलमा हार बेहोरेका थिए ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।