२०८३ बैशाख २३
२०८३ बैशाख २३

काठमाडौं, २७ साउन ।

भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणका लागि आईपुगेका छन् ।

 

केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो ।

 

सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।
न्युज कारखाना

काठमाडौं, साउन २७ । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ । कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.९३ प्रतिशत कम हो । अघिल्लो वर्ष यस कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा र बिक्री लागत बढ्दा नाफामा दबाब परेको हो । त्यसैगरी, अन्य आम्दानी पनि घटेको छ । ७ अर्ब ७५ करोड रहेको सञ्चालन आम्दानी घटेर ७ अर्ब ७० करोडमा झरेको छ । यता, बिक्री लागत भने ६ अर्ब ४६ करोडबाट बढेर ६ अर्ब ६७ करोड पुगेको छ । अन्य आम्दानी पनि ३६ करोड ३७ लाखबाट घटेर १९ करोड ८५ लाख कायम भएको छ । चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ । न्युज कारखाना

 

भैरहवा, २७ साउन । रुपन्देहीको पुरानो नगरपालिका सिद्धार्थनगरको बेरुजू ८४ करोड माथि पुगेको छ ।

 

आर्थिक वर्ष २०७९।८० मा मात्रै १० करोड ८९ लाख ०७ हजार ३३ बेरुजु देखिएको छ । कार्यालयमा सैद्धान्तिक तर्फ ५७ वटा र लगती तर्फ ४१ वटा शिर्षकमा असुल गर्नुपर्ने ८७ लाख ८० हजार ९६, प्रमाण कागजात पेस गर्नुपर्ने ४ करोड २२ लाख ३ हजार ५५९,  नियमित गर्नुपर्ने ४ करोड ६४ लाख ८४ हजार ४२७, सोधभर्ना नलिएको १ लाख ३९ हजार ४६२ र पेश्की १ करोड १३ लाख ८९ हजार ४४९ रहेको महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदनमा देखिएको छ ।

सिद्धार्थनगर नगरपालिकाको गतवर्ष सम्म ७३ करोड ४६ लाख बेरुजु बांकी रहेकोमा यो वर्षको बेरुजु सहित हाल सम्म अद्यावधिक बेरुजु ८४ करोड ३५ लाख ९७ हजार पुगेको हो ।

 

नगरपालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोष लगायतको वित्तीय प्रतिवेदन महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचामा वित्तीय प्रतिवेदन तयार नगरेको भन्दै महालेखाले प्रश्न उठाएको छ ।

 

कार्यालयले ऐन नियमको परिपालना, आन्तरिक नियन्त्रण व्यवस्था, सम्पतिको संरक्षण, स्रोत साधनको प्राप्ति र उपयोग बजेट व्यवस्थापन र राजश्व संकलन सार्वजनिक खरिद व्यवस्थापन कार्यक्रम स्वीकृति एवं कार्यान्वयन उपभोक्ता समितिलाई अनुदान वितरण तथा अनुगमन र सेवा प्रवाह लगायतको विषयमा सुधार गर्नुपर्ने छ ।

महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९।८० को एक अर्ब २७ करोड ६४ लाख ३६४ रुपैयांको लेखा परीक्षण गरेको थियो ।

 

महालेखाले सिद्धार्थनगरमा कार्यक्रमगत तथा योजनागत खाता नराखेको, संचालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति प्रतिवेदन तयार नगरेको, विषयगत क्षेत्रमा संचालन हुने कार्यक्रमा बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठी तर्फ बढी केन्द्रित भई वितरणमुखी रहेको जनाएको छ ।

स्थानीय तहले योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४अनुसार आयोजाना प्राथमिकिकरणका आधारहरु गरिबी निवारण, उत्पादनमुलक, रोजगारी, लागत सहभागिता, स्थानीय स्रोत र साधन। समावेशी विकास, दिगो र वातावरण संरक्षण र भाषिक सास्कृतिक विकास उल्लेख गरी सोही अनुसार प्राथमिताको आधारमा योजना छनोट गर्नुपर्नेमा ३३ करोड ६७ लाख ८ हजारको  १४१ वटा विभिन्न योजनाहरु बजेट विनियोजन गरेको छ ।

 

जसमध्ये १३९ वटाको प्रगति ७५ प्रतिशत मात्रै रहेको छ । यस्ता साना र वितरणमुखी योजानले दीर्घकालिन प्रतिफल प्राप्त नभई चालु प्रकृतिको खर्चमा बृद्धिभै लागत प्रभावी नहुने र गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ भने सभाले २ सय ४२ वटा योजना परित गर्दा १०१ योजना कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफ ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था विपरित एक वर्षमा खाना तथा विविध तर्फ ४ लाख ४९ हजार ९सय ७ रुपैया खर्च गरेको छ । यस्तै पालिकाले मापदण्ड र कार्यविधिी नबनाई संघसंस्था र व्यक्तिलाई २० लाख ८ हजार २ सय ६ रुपैया आर्थिक सहायता वितरण गरेको छ ।

नगरपालिकाले पेश्की दिइएको रकम तोकिएको म्याद भित्र फस्र्यौट गराउनु पर्नेमा ५३ लाख ८९ हजार ४सय ४९ रुपैया बराबरको पेश्की आर्थिक वर्षको अन्तय सम्म फस्र्यौट गरेको छैन । जस्मा विभिन्न वडाध्यक्ष, व्यक्तिगत, विधुत प्राधिकरण र निर्माण कम्पनि रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ९१ कमोजिम स्थानीय सेवाका आफ्नो दरबन्दीमा कार्यरत सबै कर्मचारीले तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गर्नुपर्नेमा स्थानीय सेवा सम्बन्धी कानुन हालसम्म नबनेकोले अवकाशा कोषको सञ्चालन समबन्धी कुनै कानुनको व्यवस्था नगरी पलिकाको समानीकरण अनुदानबाट सोझै र्कचारी कल्याण कोषमा  ४ करोड १० लाख खर्च अनियमित रुपमा भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै विदाको दिन अतिरिक्त समय काम नगरेर  नगरपालिकाले प्रोत्साहन भत्ता ९८ लाख ७० हजार ४ सय ५६ रुपैया खर्च देखाएकोमा यो नियमसम्मत नभएको, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७७ को दफ १२ मा ऐनले निर्धारण गरेको सुविधा बाहेक अन्य सुविधा नपाउने उल्लेख गरेपनि नगरप्रमुखको सुविधा सम्बन्धी ऐन विपरित स्वकीय सचिव र प्रेस सल्लाहकारद्वयले मासिक ३४ हजार ७ सय ३० र मेलमिलाप संयोजक भिष्म पन्थीले मासिक २७ हजार ७सय २ पाउने गरि नियुक्त गरी कुल १२ लाख ३५ हजार ४ सय ४ रुपैया खर्च लेखिएकोमा ऐन विपरित भएको खर्च अनियमित देखिएको छ ।

यस्तै उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने योजनालाई प्राथमिता दिनुपर्नेमा वितरणमुखी कार्यमा ५५ लाख ६२ हजार ६सय १ रुपैया बजेट विनियोजन गरी घास र घैचा घास वितरणमा ५ लाख, तरकारी विउ ७ लाख  हजार, तोरीको विउ १ लाख, गहुको विउ १४ लाख ५३ हजार, च्याउको विउ २ लाख ५० हजार, प्याजको विउ २ लाख, कम्पोस्ट मल ७ लाख ५० हजार, पावर स्पेयरमा १ लाख ७१ हजार, मकैखेतीमा २ लाख, विद्यालयमा संगित सामाग्रीमा ४ लाख, फलपुल विरुवामा ३ लाख ७० हजार खर्च गरेको छ ।

यस्तै ३० लाख ८१ हजार ७ सय ३६ रुपैया बराबरको चापाकटर, पम्प, हातेपम्प, पानी बोरिङ, पम्पसेट जस्ता सामान प्राथमिता र औचित्य पुष्टि गर्ने आधार नै नभई वितरणमुखी रुपमा गरिएको छ ।

नगरपालिकाले स्वास्थ्य चौकी प्रथामिक स्वास्थ्य केन्द्र र कर्मचारीको तलव भत्ता खर्च शिर्षकमा विनियोजन भएको रकम खर्च गरी आर्थिक वर्षको अन्तयमा बाकी रहेको संघीय संचीत कोषमा फिर्ता नगरी करार तर्फका ९ जना कर्मचारीको तलव भतत्ता तथा अन्यमा २७ लाख ६३ हजार खर्च गरेकोमा असुल गर्नुपर्नेमा देखिएको छ ।

यस्तै १७ लाख ८४ हजार ८ सय ८७ रुपैया नगरपालिकाको विभिन्न पसल, बवल, हाटबजार बहालमा लगाएको बक्यौता वाकी रहेकोले सम्झौताको शर्त अनुसार १० प्रतिशत जरिवाना समेत बक्यौता असुल गर्नुपर्ने छ भने अनियमित रुपमा कार्यक्रम विपरित १० नंमबर वडाले वन वातावरण तथा विपद व्यवस्थापन, सुत्केरी पोषण कार्यक्रम, अति विपन्न परिवारलाई क्रिया खर्च शर्षिमा बजेट विनियोजन गरेको ४ लाख ३७ हजार कम्मल, खेलकुद र कुसी खरिदमा खर्च गरिएकोले अनियमित देखएिको छ ।

यस्तै सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो बाटो वा सवारी साधान प्रयोग गरि भ्रमण गर्नुपर्नेमा नगरप्रमुख र उपप्रमुखको नाममा १ लाख ८२ हजार ७ सय ७१ रुपैया खर्च प्रमाण पेश नगरी भएको छ ।

यस्तै वडाध्यक्षको तोक आदेशमा धर्म संस्कृति पर्व आश्रममा ६ लाख ६४ हजार १सय ६० रुपैया तिज, छठ लक्ष्मी पुजामा सहयोग भएको छ ।

२० लाख रुपैया भन्दा बढिको परामर्श सेवा खरिद गर्न खुला रुपमा कम्तीमा १५ दिन अवधि दिई सूचना निकालीनुपर्नेमा भुमि वर्गीकरण लागत अनुमानमा १९ लाख ९७ हजार तयार गरिएकोमा नियमको पालाना गरि खर्च गर्नुपर्ने देखिन्छ ।

स्थानीय तहको रकमबाट आर्थिक सहायता पुरस्कार चन्दा संस्थागत अनुदान दिन पाउने व्यवस्था स्थानीय सरकार संचालन ऐनमा नभएपनि नगरपालिकाले विभिन्न संस्थालाई ९ लाख ९९ हजार र सहायतामा ३ लाख ४८ हजार खर्च गरिएको छ ।

नगरापलिकाले वडा नम्बर ३ र १३ मा बोटविरुवा संरक्षण तथा सरसफाई गरेको भनि नगरप्रमुखको स्वकीय सचिव बरकत बदशाहले निवेदनबाट डोर हाजिरी पेश गरि १५ जनाले ११ दिन सरसफाई काम गरेको भनि स्वीय सचिवलाई १ लाख ५७ हजार ७ सय ७३ रुपैया लेखाको सिद्धान्त विपरित अनियमित रुपमा खर्च गरेको देखिएको छ । विभिन्न निर्माण कम्पनिहरुले ७४ लाख ११ हजार योजनामा विनियोजन रकम खरिद ऐन तथा नियमावलीको व्यवस्था अनुसार खर्च गनुैपर्नेमा सिधै कोटेशन मार्फत प्रतिस्पर्धा वेगर लागत अनुमानको हाराहारीमा सँझौता गरि खर्च गरिएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७६को दफा ४ १ मा मा पदाधिकारीलाई स्थानीय तहले सवारीसाधन उपलब्ध गराउने र उपलफा ३ मा त्यस्तो सवारीसाधनलाई अनुसुचि बमोजिम नगरप्रमुखर उपप्रमुखलाई मासिक १२० लिटर इन्धन उपलब्ध गराउने उल्लेख भए पनि सिद्धार्थनगरका नगरपालिका प्रमुखले वर्षभरिमा १ हजार ५ सय ७५ लिटर अर्थात २ लाख ४८ हजार ८ सय ५० रुपैया बराबरको बढी ईन्धन खर्च लिएका छन भने नगरपालिका उपप्रमुखले १ हजार २ सय ३ लिटर अर्थात १ लाख ९०  हजार ७४ रुपैया बराबरको बढि ईन्धन खर्च लिएका छन्। यो अनियमित बेरुजु रहेको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले नियमित प्रकृतिका तथा विाष्यगत शाखामा कार्यरत जनशक्तिबाट गर्न सकिने काम पनि गैर सरकारी संस्थाबाट पटक पटक एउटै फर्मबाट कार्यक्रम संचालन गराई १६ लाख ५९ हजार २ सय ४९ रुपैया खर्च गरीएकोमा नियमको पालाना गरी खर्च गर्नुपर्ने छ ।

नगरपालिकाले पक्लीहवा माविमा रहेको पुरानो फर्निचर मर्मत वा पुन प्रयोग नगरी ३८ लाख ४० हजार बराबरको फाइबर डेक्स बेन्च प्रतिथान १० हजार ४ सय ३५ का दरले खरिद गरी भुक्तानी दिएको छ ।

सिद्धार्थनगरमा यो वर्ष ५३ लाख ४४ हजार ८ सय ५१ पाठ्यपुस्तक निशुल्क रुपमा अनुदानमा दिएपनि विद्यार्थीले पाठुयपुस्तक बुझेको भरपाई प्रअले प्रमाणित गरी पेश नगरेको, यस्तै दिवा खाजामा प्रति विद्यार्थी दिन १५ का दरले उपलध गराउदै आएकोमा पालिकाले अनुगमन नगरी ९२ लाख ३८ हजार ७ सय ९६ रुपैया दिवा खाजाको व्यवस्थापन गरे नगरेको यकिन नभई प्रमाण पेश गर्नुपर्ने छ ।

यस्तै कार्यसम्पादनमा आधारित प्रोसाहन अनुदान विभिन्न ५ विद्यालयलाई ३२ लाख ५० हजार अनुदान उपलब्ध गराएकोमा अनुगमन नहुदा प्रयोशाला र पुस्तकालय स्थापना भए नभएकोर प्रभावकारी रुपमा सञ्चालन नभएकोअवस्था यकिन नभएको , १४ विद्यालयमा १७ लाख ९८ हजार १६४ रुपैया बराबरको सेनिटेरी प्याड वितरण गरिएकोमा अनुगमन नभएको प्रतिवेदनमा उललेख छ ।

लेखा परीक्षण भएको वर्षको वजेट खर्च गर्दा प्रमुख प्रशासकीय अधिकृतमा तुलसीराम मरासिनी र त्यसपछि  नवराज पौडयाल रहेका थिए ।  सिद्धार्थनगरको मेयरमा कांग्रेसका इस्तियाक अहमद खां र उपमेयरमा एमालेकी उमा अधिकारी छन् ।न्युज कारखाना

वासि‌गटन डिसी, २७ साउन । डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक सञ्चार ह्याक भएको जनाएको छ ।

 

सो अभियानका अनुसार ट्रम्पका आन्तरिक सन्देशहरु इरानी अपरेटिभहरूले ह्याक गरेका छनज ।

 

अमेरिकी समाचार वेबसाइट पोलिटिकोका अनुसार ट्रम्पले अभियानमा आफना सहकर्मी बिच भएको म्यासेज ह्याक भएको जनाएको हो । ओहायो सिनेटर जेडी भान्समा गरिएको आन्तरिक अनुसन्धान सहित अभियान कागजातहरू इमेल गरिएको थियो।

अभियानका प्रवक्ताले बीबीसीलाई भने, ‘यी कागजातहरू गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण विदेशी स्रोतहरूबाट प्राप्त गरिएको थियो, जुन २०२४ को चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले थियो ।’

पोलिटिकोले कागजातहरूको प्रामाणिकता पुष्टि गरेको बताएको छ। बीबीसीले स्वतन्त्र रूपमा दाबी पुष्टि गरेको छैन।न्युज कारखाना

इस्लामबाद, २७ साउन । पेरिस ओलम्पिकमा पाकिस्तानी खेलाडी अरशद नदीमले स्वर्ण पदक जिते पछि देशभर चर्चा परिचर्चा भईरहेको छ ।

 

अर्शद नदीम ओलम्पिकमा पाकिस्तानका लागि व्यक्तिगत स्वर्ण जित्ने पहिलो खेलाडी बनेका थिए ।

 

तर के तपाईलाई थाहा छ स्वर्ण पदक जित्ने अरशद नदीमले कति पुरस्कार पाए  ? वास्तवमा अरशद नदीमले ५० हजार डलर पुरस्कार राशि पाएका छन । जो पाकिस्तानी रुपैयाँमा यो मूल्य १ करोड ४० लाख रुपैयाँ हुन आउँछ ।

उल्लेखनीय छ कि पाकिस्तानले लगभग ३२ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । यसअघि पाकिस्तानले अन्तिम पटक सन् १९९२ मा बार्सिलोना ओलम्पिकमा पदक जितेको थियो। ओलम्पिक इतिहासमा पाकिस्तानले अहिलेसम्म ४ स्वर्ण जितेको छ । यसअघि पाकिस्तानले हक्कीमा तीनवटै स्वर्ण जितेका थियो ।

 

तर यसपटक भाला थ्रोमा अशरफ नदीमले स्वर्ण जितेका हुन् । पाकिस्तानी खेलाडीले व्यक्तिगत इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको यो पहिलो पटक हो । साथै, पेरिस ओलम्पिकमा अशरफ नदीमले नर्वेका एन्ड्रियास टीको कीर्तिमान तोडेका थिए ।

 

सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका एन्ड्रियास टीले ९० दशमलव ५७ मिटर थ्रो थ्रो गरेका थिए तर अहिले अशरफ नदीमले उक्त कीर्तिमान आफ्नो नाममा गरेका छन् ।न्युज कारखाना

काठमाडौं, २७ साउन । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

 

हकप्रद सेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको हो । तसर्थ, असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

यस कम्पनीले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ ।

 

हकप्रद सेयरमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यो हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।

आवेदकले नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।न्युज कारखाना

हैदाराबाद, २७ साउन । साउथ सुपरस्टार सूर्या र बलिउड खलनायक बबी देओलको बहुप्रतिक्षित फिल्म कंगुवाको ट्रेलरको ठूलो अपडेट सार्वजनिक भएको छ ।

 

स्टुडियो ग्रीन द्वारा निर्मित सुर्या स्टारर ‘कंगुवा’ यो वर्षको ठूलो फिल्म हो। रोचक पोस्टर र रोमाञ्चक  ‘फायर गीत’ले ध्यानाकर्षण गरे पछि फ्यानहरुको प्रतिक्षाको घडी लगभग सकिएको छ ।

 

शिव द्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘कंगुवा’को ट्रेलर १२ अगस्टमा रिलिज हुँदैछ । यो फिल्मको ठूलो रिलिज अघि नै यो धेरै उत्साह उत्पन्न गर्न गइरहेको छ भन्नु पर्छ। कंगुवाका निर्माताले सामाजिक सञ्जालमा नयाँ पोस्टर सेयर गरेका छन् र यससँगै बहुप्रतिक्षित फिल्मको ट्रेलरको रिलिज मिति पनि घोषणा गरेका छन् ।

 

पोस्टर सेयर गर्दै निर्माताहरूले क्याप्शनमा लेखेका छन्, ‘प्रतिक्षाको समय सकियो, विजयको समय नजिकिँदै छ। एक अनौठो उत्सवको लागि तयार हुनुहोस्। यो १२ अगस्टदेखि भव्य दि ग्रेट कंगुनाको टे«लर तपाईंका लागि तयार छ ।’

 

‘कंगुवा’ यस वर्षको सबैभन्दा ठूलो र महँगो फिल्म हो । ३५० करोडभन्दा बढीको अनुमानित बजेट रहेको यो ‘पुष्पा’, ‘सिंघम’ र अन्य धेरै ठूला फिल्महरूभन्दा ठूलो छ। फिल्मको छायांकन विभिन्न महादेशका ७ देशमा गरिएको छ । प्रागैतिहासिक काललाई चित्रण गर्ने अनौठो चलचित्र भएकाले निर्माताको मनमा यो चलचित्रको लागि एक विशिष्ट लुक छ।

 

निर्माताहरूले एक्सन र सिनेम्याटोग्राफी जस्ता प्राविधिक विभागका लागि हलिउड विशेषज्ञहरूलाई नियुक्त गरेका छन्। कूल १० हजारभन्दा बढी मानिस (कलाकार)को सहभागिता रहेको यो फिल्ममा सबैभन्दा ठूलो युद्धको दृश्य पनि छ ।

 

यति मात्र होइन, स्टुडियो ग्रीनले शीर्ष वितरण घरहरूसँग हात मिलाएको छ, जसले गर्दा फिल्मलाई विश्वव्यापी रूपमा ठूलो मात्रामा रिलिज गर्न सकिन्छ। फिल्म १० अक्टोबर २०२४ मा रिलिज हुने तय गरिएको छ ।न्युज कारखाना

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

 

आइतबार युरोपियन युरोको एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा पाइन्छ ।

 

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ८७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ३१ पैसा र बिक्रीदर ३० रूपैयाँ ४४ पैसा कायम गरेको छ ।

 

यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८० र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।
न्युज कारखाना

काठमाडौं, २७ साउन । भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।

 

अस्ट्रियाका अधिकारीहरूका अनुसार भियनामा टेलर स्विफ्ट कन्सर्टमा आक्रमण गर्ने आइएसआइएस प्रेरित एक ब्यक्तिलाई पक्राउ गरिएको छ ।

सो कन्सर्टमा आतकंबादी हमला गर्नका लागि षड्यन्त्र गरिरहेका एक १८ बर्षिय इरानी नागरिकलाई पक्राउ गरिएको अष्ट्रेलियाका आन्तरिक मन्त्रीले जानकारी दिए ।

 

सुरक्षा अधिकारीहरूले स्विफटको ब्लकबस्टर प्रदर्शन हुने क्रममा भियना लेगको लागि योजना गरिएको आतंकवादी हमलालाई विफल पारेका थिए । त्यस पछि अस्ट्रियामा तीन स्विफ्ट कन्सर्टहरू रद्द गर्ने बिहीबार आयोजकहरूले असाधारण निर्णय लिनु परेकाे थियाे ।

 

इराकी किशोर पक्राउ पर्ने तेस्रो व्यक्ति हुन । मुख्य संदिग्ध उत्तरी म्यासेडोनियाको १९ वर्षीय अर्का किशोर छन, जो अस्ट्रियालीसँग सम्बन्ध रहेको विश्वास गरिएको छ । अनुसन्धान पछि यो खुलेको थियो कि दुवै किशोरहरूले भर्खरै आईएसआईएसप्रति वफादारीको वाचा गरेका थिए । जाे स्विफ्टकाे कन्सर्टमा हमला गर्ने तयारीमा रहेकाे भनिएकाे छ तर प्रहरीले थप  विवरण भने दिएकाे छैन ।न्युज कारखाना

मुम्बई, २७ साउन । श्रद्धा कपूर र राजकुमार रावको हिट फिल्म ‘स्त्री’ को सिक्वेल ‘स्त्री २’ अब अगस्ट १४ मा सिनेमा घरमा रिलिज हुँदैछ ।

 

यसअघि यो फिल्म १५ अगस्टमा रिलिज हुने तय भएपनि अब एक दिन अगाडि नै रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

म्याडक फिल्म्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ रिलिज मितिबारे जानकारी दिएको छ । पोस्टको क्याप्सनमा लेखिएको थियो,  ‘स्त्री अब आफ्नो समय भन्दा अगाडि आउँदैछिन् ।  ‘स्त्री २’ अब अगस्ट १४ मा हलमा रिलिज हुँदैछ । अहिले अग्रिम बुकिङ सुरु भएको छ । उनी स्त्री हुन्, जे पनि गर्न सक्छन् । त्यसकारण उनी एक रात चाँडै आउँदैछिन्, केवल तपाईंको लागि। त्यसैले आफ्नो टिकट बुक गर्नुहोस्।’

 

‘स्त्री २’ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्ममा वरुण धवन  ‘भेडिया’ को भूमिकामा छन् । फिल्ममा तमन्ना भाटिया पनि सानो भूमिकामा देखिनेछिन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।