२०८३ बैशाख २३
२०८३ बैशाख २३

नयाँदिल्ली, कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन् ।

 

उनले लोकसभा चुनावअघि यसबारेमा पूर्ण जानकारी दिएका थिए । उनी प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक हुन सक्छन् तर तेस्रो पटक प्रधानमन्त्री बनेपछि राहुल गान्धीको खल्ती भरिएको छ । उनले मासिक ९ लाख (नेपाली १४ लाख ४० हजार) भन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो ५ महिनामा राहुल गान्धीले आफ्नो पोर्टफोलियोबाट ४६.४९ लाख (नेपाली रुपैयाँ ७३ लाख६ हजार) रुपैयाँ कमाइसकेका छन् ।

 

मिडिया रिपोर्टका अनुसार १५ मार्च २०२४ सम्म राहुल गान्धीको पोर्टफोलियो ४.३३ करोड (६ करोड ९२ लाख) भारतीय रुपैयाथियो। यो संख्या १२ अगस्टमा ४.८० करोड (७ करोड ६८ लाख) रुपैयाँ पुगेको छ। राहुल गान्धीसँग एशियन पेन्ट्स, बजाज पेन्ट्स, बजाज फाइनान्स, दीपक नाइट्रेट, डिभिज ल्याब्स, जीएमएम फोडलर, हिन्दुस्तान युनिलिभर, इन्फोसिस, आईटीसी, टीसीएस, टाइटन, ट्युब इन्भेस्टमेन्ट अफ इन्डिया र एलटीआई माइन्डट्री सहित २४ वटा शेयर छन्।

 

राहुल गान्धीको पोर्टफोलियोमा धेरै साना कम्पनीहरूको सेयर पनि छ। यसमा वेर्टोज एडवरटाइजिंग र विनायल केमिकल्स जस्ता कम्पनीहरू सामेल छन्। यी मध्ये, भेर्टोस विज्ञापनको बारेमा धेरै चर्चा गरिएको छ। उनीसँग कम्पनीको २६० सेयर थियो । तर, शेयर बाँडफाँड र बोनसका कारण उनीसँग अहिले ५ हजार २ सय कित्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।न्युज कारखाना

राैतहट,२८ गते साउन ।
रौतहटमा नेपाली काँग्रेस पार्टीको कार्यालयको लागि जग्गा खरिद र कार्यालय भवन निर्माणको लागि कटहरियाका एक जनाले ८५ हजार रुपैया सहयोग गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ का पार्टी कमिटिका सभापति तथा वडाध्यक्ष प्रत्याशी हरिन्द्र प्रसाद यादवले नगद ८५ हजार रुपैया सहयोग गरेका छन् ।
यादवले पार्टीको नाममा रहेको खातामा सोमवार ८५ हजार रुपैया जम्मा गराएका हुन् । जिल्ला सदरमुकाम गौरमा नेपाली काँग्रेसको पार्टी कार्यालय संचालनको लागि जमिन र भवनको आवश्यकता रहेकोले पार्टीले गरेको आह्वान बमोजिम यादवले आफूखुसी रकम जम्मा गरेका हुन् ।
रौतहटको गरुडामा नेकाको पार्टी कार्यालय भवन रहेको भए पनि सदरमुकाम गौरमा भने अहिलेसम्म निजी घरमा रहँदै आएको थियो । पार्टीको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको घरमा लामो समयदेखि पार्टी कार्यालय संचालनमा रहेको छ ।
समय समयमा पार्टी कार्यालयको स्थान परिवर्तन भइरहँदा कार्यकर्तालाई सजिलो भइरहेको हुँदैन । विभिन्न पार्टीहरुले कार्यालय भवन निर्माण गरिसकेको सन्दर्भमा नेकाको पार्टी कार्यालय सदरमुकाम गौरमा निर्माण हुने भएपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । सोही क्रममा कार्यकर्ताहरुले स्वतःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् । कटहरिया नगरपालिकाबाट राम्रो सहयोग पुग्ने विश्वास रहेको वडाध्यक्ष सर्फलाल गुप्ताले व्यक्त गरेका छन् । गुप्ताले भने – हरेक निष्ठावान कार्यकर्ताको सहयोगले सदरमुकाम गौरमा नेपाली काँग्रेसले जमिन किनेर घर बनाउने छ ।
पार्टी कार्यालयको लागि जमिन र भवन निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको यादवको भनाइ छ ।

जनकपुरधाम,साउन २८ । संघीयता विरोधी गतिविधिमा लागेको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको जनता समाजवादी पार्टी नेपाल निकट युवा विद्यार्थीहरुले आज जनकपुरधाममा सिटि जुलुस प्रदर्शन गरेको छ ।
जम्बो मन्त्रीमण्डल गठन गरि संघियतालाई बदनाम गर्ने प्रयास गरेको, बिगतका सरकारले स्थापना गरेको मधेशको गौरबको योजनाहरुलाई ध्वस्त पार्ने प्रयास गरि रहेको भन्दै युवा विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेको हुन ।
जनमत नेतृत्वको सरकारले संघियता बिरोधीहरुको ईसारामा संघियतालाई नै समाप्त पार्ने प्रयास गरि रहेको भन्दै आन्दोलनकारीहरुले मुख्यमन्त्रीहरुको राजिनामा मांग समेत गरेको छ ।
जनक चौकबाट शुरु भएको प्लेकार्ड सहितको सिटि जुलुस भानु चौक हुँदै मुख्यमन्त्री कार्यालयको मुलद्वार पुगेर सम्पन्न भएको थियो ।
जुलुस मुख्यमन्त्री कार्यालयको मुलद्वार पुग्दा प्रहरी हरु संग केही बेर घम्साघम्सी समेत भएको थियो । मिल्स एरियामा प्रहरी ले लगाएको सुरक्षा घेरा तोड्दै आन्दोलनकारीहरु रेल्बे ट्र्याक सम्म पुगेको थियो ।
कार्यक्रम समापन गर्दै समाजवादी युवा संघका धनुषाका अध्यक्ष दिपु कापरले जनता बिरोधि गतिविधिमा संलग्न मुख्यमन्त्री लाई तत्काल राजीनामा दिन मांग गरेका हुन ।
चरणबद्ध आन्दोलन अन्तर्गत भोलि मंगलबार मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

राैतहट,२८ गते साउन गते ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा प्रमाेद गुप्ताले आजदेखि पुन: दोस्रो पटक जिम्मेवारी सम्हालेका छन् । उनलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालयमा हाजिर गराएका हुन् ।

गुप्ता नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर साताैं तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन उहाँले विगतका दिनमा पनि सो नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन्।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजकै मितिमा पत्र काट्दै फतुवा विजयपुर नगरपालिकाकाे नि. प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी ताेकेकाे थियो ।

निर्वाचित नगर प्रमुख निलम्बित भइसकेको र कार्यवाहक नगर प्रमुखले चलाउन नसकेको नगरपालिकाको रुपमा चिनिएको फतुवा विजयपुरमा सधै विवाद हुने गरेकाे थियो । अब उपरान्त साे समस्या सामाधान हुने नगरवासीहरूले अपेक्षा राखेका छन् ।

हाकिमकाे जिम्मेवारी पाएसँगै गुप्तालाई सामाजिक संजालमा बधाईकाे ओइरो लागेको थियोे । यसकाे संकेत याे हाे कि वहाँ सँग आम नगरवासीले भताभुंग अवस्थामा रहेकाे साे नगरपालिका राम्रो तवरले सञ्चालन हुने अपेक्षा राखेका छन् ।

कार्यभार सम्हालेपछि हाकिम गुप्ताले अब नगरपालिका सुचारु ढंगले सञ्चालन गर्ने बताए । छिट्टै नै नगरसभाकाे लागि पहल गरि नगरसभा गराउने प्रतिक्रिया दिए ।

राैतहट,२८ गते साउन ।
रौतहट जिल्लाको परोहा नगरपालिकाले धुवा मुक्त अभियान अन्तर्गत आज देखि ग्यास चुल्हो सहित ग्यास सिलिन्डर वितरण शुरु गरेको छ।

८ औ नगर सभा बाट पारित नीति कार्यक्रम अनुसार प्रत्येक घर परिवारलाइ ग्यास चुल्हो सेट वितरण गर्ने कार्यक्रम अन्तर्गत चुल्हो सहितको सिलिन्डर वितरण गर्न लागिएको हो।
परोहा नगरपालिका वडा नम्बर 4 मा रहेको बिद्यालयको प्राङ्गनमा सोमबार औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्हो सहितको सिलिन्डर वितरणको शुभारम्भ गर्नु भएको हो।

पहिलो दिन परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडको स्थानीयलाइ चुल्हो सहितको ग्यास सिलिन्डर वितरण गरिएको छ। १ हजार २ सय घर रहेको सो वडाको सोमबार ७ सय परिवारलाइ ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिएका छन्।

ग्यास चुल्हो वितरण कार्यक्रममा नगर उपप्रमुख सुगान्धी देवी, निर्वाचित वडा अध्यक्ष, नगर पालिकाको कर्मचारी, स्थानीय भरभलादमीहरुको सहभागिता रहेको थियो।

काठमाडौं, २९ प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन ।

 

बैठकमा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सुचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको बार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

न्युज कारखाना

काठमाडौं, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी,  बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

राती भने देशभर साधारणतया बदली रहने छ । कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

कोशी,  बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ साउन २९ गते मंगलबार ई.सं.२०२४ अगस्त १३ नेपाल सम्बत ११४४ गुंलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, ब्रह्म योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३३ बजे, सूर्यास्त साँझ ०६: ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । सानातिना झंझट वा विवादबाट जोगिनुपर्ने समय हो, ससाना कुरामा दिक्क लाग्ने समय छ । घरमा सम्पर्क गरी जीवनसाथीका भावना बुझ्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पद्र्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणर्तया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पद्र्धामा विजय प्राप्त हुने दिन हो । आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ, उता घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनुहोला । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । निणर्य क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सिन्दूरे रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । कुनै व्यक्तिगत समस्या आइपर्नाले कार्यक्षेत्रमा खट्ने अनुकूलता मिल्दैन । कामको चाप बढ्नाले सहयोगी कर्मचारी र हाकिम रुष्ट हुनसक्छन् । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरेररङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भेटघाटको समयमा व्यक्तिगत उन्नतिरप्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । धैर्य र संयम भएर काम गर्ने समय हो, नत्र सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अर्काको जिम्मामा काम छाडेर अन्त जानु हुँदैन । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतोरसेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । आजका लागि शुभअङ्क ९, शुभ रङ सिन्दूरे रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

न्युज कारखाना

रौतहट २८ साउन। माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

 

फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन।

छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि लालिमा राम,७ वर्ष कि पुष्पा राम तथा ५ वर्ष का छोरा कृष्णनन्दन राम  माछा भात खाएर सुतेका थिए।

 

केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानिय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिएका छन।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टी गर्दै मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन।

 

घटना बारे अनुसन्धान भईरहेको तथा थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।न्युज कारखाना

ढाका, बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१  युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् ।

मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।

 

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।  उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो ।

 

तर, सो स्मारक भत्काएको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’
यद्धपी, कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताएका छन् ।

 

उनले युनुसको पाकिस्तानको आईएसआई वा जमातए(इस्लामीसँग कुनै सम्बन्ध नभएको बताए। उनीहरु अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उनको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।

 

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।