काठमाडौं, २९ साउन । पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखी जारी ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा अझै पनि पुर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् ।
हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पुर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् । जबकी, उनीहरू दुवैलाइ आयोजकले निम्तो पठाएका थिए ।
पुर्व राजा शाह र अध्यक्ष थापा हिन्दु अधिराज्यका लागि लागिपरेका छन् तर पशुपतिनाथकाे काेटीहाेममा नपुगे पछि भक्तजन र उनीहरूका समर्थकहरू निराश भएकाे जनाइएकाे छ ।
‘धेरै जसो आइसक्नु भएको छ, पुर्व राजा र कमल थापालाइ पनि निम्तो त हामीले पठाएका थियौं, उहाँहरू भने अझै आइपुग्नु भएको छैन्’, कोटी होम प्रचार बिभाग प्रमुख राजानन्द माण्डब्यले भने, ‘सायद फुर्सद नभएर हुन सक्छ, त्यसमाथी अझै २–३ बाँकी रहेको छ, सायद आउनुहोला ।’
साउन १ देखी सुरू भएको सो कोटीहोम मानव सेवा आश्रम निर्माणलगायतका उदेश्यसहित गरिएको हो । जहाँ आचार्य कृष्ण दमाइ, राधा दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिएका थिए ।
न्युज कारखाना
काठमाडौं, २९ साउन । नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ ।
नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको पानी भण्डार १ माइल (१.६ किलोमिटर) क्षेत्रफलको अध्ययनले देखाएको छ।
सो तथ्यांक नासाको इनसाइट ल्यान्डरबाट आएको हो, जसले २०१८ देखि २०२२ सम्म मंगल ग्रहको भित्री भाग अध्ययन गर्न सिस्मोमिटर प्रयोग गरेको थियो ।
‘मंगल ग्रहको अन्वेषण गर्ने भविष्यका अन्तरिक्ष यात्रीहरूले पानीमा पहुँच गर्ने प्रयास गरेमा धेरै चुनौतीहरूको सामना गर्नेछ किनभने यो सतह मुनि ७ र १२ माइल (११.५ र २० किलोमिटर) को बीचमा अवस्थित रहेको नेशनल जर्नल प्रोसिडिङ्समा सोमबार प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ ।
तर खोजले मंगल ग्रहको भौगोलिक इतिहासको बारेमा नयाँ विवरणहरू उजागर गरेको छ र रातो ग्रहमा जीवनको खोजी गर्न नयाँ सुझाव दिएको छ ।
‘जलवायु, सतह र भित्री भागको विकास बुझ्नको लागि मंगल ग्रहको पानी चक्र बुझ्न महत्त्वपूर्ण छ,’ अध्ययनका प्रमुख लेखक वासन राइट, सहायक प्राध्यापक र क्यालिफोर्निया विश्वविद्यालयका भूभौतिकशास्त्री, स्यान डिएगोको स्क्रिप्स इन्स्टिच्युसन अफ ओशनोग्राफीले एक विज्ञप्तिमा भने्, ‘एक उपयोगी सुरूवात बिन्दु भनेको पानी कहाँ छ र कति छ भनेर पहिचान गर्नु हो ।’
मंगल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भए पनि ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो।न्युज कारखाना
एथेन्स, २९ साउन । ग्रीसको एथेन्स सहरमा फैलिएको भीषण जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएको छ ।
उत्तरी एथेन्सको भ्रिलिसिया सहरको एउटा पसलमा एक महिलाको भएको विश्वास गरिएको उक्त शव अग्नि सेवाका स्रोतले बीबीसीलाई बताएका छन्।
अग्निनियन्त्रकहरूले घर, व्यवसाय र विद्यालयहरू खतरामा परेको चेतावनी दिए पछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मंगलबारसम्म पनि आगलागी जारी रहन सक्ने पुर्व सुचना जारी गरिएको छ ।
फायर सर्भिसका प्रवक्ता कर्नल भासिलियोस वाथ्राकोगियानिसले भने, ‘एथेन्सका केही भागहरू समेटिएको उत्तर पूर्वी एटिका क्षेत्रमा अझै पनि धेरै सक्रिय आगोहरू छन्, प्रायः म्याराथन र पेन्टेली शहरहरू वरपर।’
एक विज्ञप्तिमा कर्नल वाथ्राकोगियानिसले भने, ‘नयाँ आगलागीका लागि अवस्था मंगलबार मात्र होइन, अर्को हप्ताको लागि पनि खतरनाक रहेको छ।’ सुरक्षित रहन ग्रिसको सरकारले स्थानियसँग अनुरोध गरेको छ ।न्युज कारखाना
मुम्बई, २९ साउन । बलिउड सिनेमाका पारखीले राजपाल यादवलाई नचिन्ने कमै होलान ।
उनले बलिउड सिनेमामा गरेको कमेडीहरु अझै पनि उत्तिकै ब्लकबस्टर र यादगर रहेका छन । जसलाई राजपाल यादवको कमेडी हेरको छ, सम्भवतः उनलाई कसैले पनि भुल्न सक्दैन् ।
तर, के तपाईलाई थाहा छ, उनै लोकप्रिय कलाकार यादव भने जेल यात्रामा पनि जानु परेको थियो, बैंकले बलिउड अभिनेता राजपाल यादवको करोडौंको सम्पत्ति हालै जफत गरेको थियो ।
यो मामला सन् २०१२ मा रिलिज भएको अभिनेताको फिल्म ‘आता पता लपता’सँग सम्बन्धित छ । यो चलचित्रलाई राजपालले निर्देशन गरेका थिए भने उनकी पत्नी राधा यादव निर्माता थिइन् ।
फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईको बान्द्रा शाखाबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । अब ऋण तिर्न नसके पछि बैंकले शाहजहापुरको सेठ इन्क्लेभमा रहेको उनको करोडौंको सम्पत्ति जफत गरेको छ ।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, मुम्बईबाट सेन्ट्रल बैंक अफ इन्डियाका अधिकारीहरू दुई दिन अघि शाहजहाँपुर पुगेका थिए। आइतबार राजपालको सम्पत्तिमा बैंकको ब्यानर टाँसिएको थियो । यसमा लेखिएको छ कि यो सम्पत्ति भारतको केन्द्रीय बैंक मुम्बईको हो र यसमा कुनै पनि प्रकारको खरिद बिक्री गर्नु हुँदैन। सोमबार बिहान सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईका अधिकारीहरू पुगेर उक्त सम्पत्ति कब्जामा लिएका थिए।
यसअघि सन् २०१८ मा पनि यस मुद्दामा राजपालले ३ महिना जेल परेका थिए । दिल्लीस्थित कम्पनी मुरली प्रोजेक्ट्सले राजपाल यादवको कम्पनी श्री नौरङ गोदावरी इन्टरटेनमेन्टविरुद्ध सिभिल मुद्दा दायर गरेको थियो । राजकुमारले सन् २०१० मा यो ऋण लिएका थिए ।न्युज कारखाना
इस्लामबाद, २९ साउन । पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन ।
पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।
पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथी कोर्ट मार्सल सुरु गरेको छ । फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो।
गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो।
फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुन्। उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको महानिर्देशकको रूपमा पनि काम गरेका थिए ।
फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो। हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना भएका थिए । उनले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गरे। त्यसपछि उनी पाकिस्तानी सेनाको बलोच रेजिमेन्टमा कमीशन भएका थिए ।न्युज कारखाना
किभ, २९ साउन । युक्रेनले रुसको १००० बर्ग किलोमिटरमा कब्जा गरेको जनाएको छ ।
युक्रेन शीर्ष कमाण्डरका अनुसार कीभको सेनाले साढे दुई वर्षको पूर्ण स्तरको युद्धमा सबैभन्दा ठूलो सीमापार घुसपैठलाई दबाएर रुसी क्षेत्रको १,००० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको बताएका हुन ।
कमाण्डर ओलेक्सान्डर सिर्स्कीले भने, ‘युक्रेनले युद्ध सुरु भएको सात दिनसम्म पनि कुर्स्क क्षेत्रमा आक्रामक अभियान जारी राखेको छ।’
उता, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अरुका लागि युद्ध ल्याएको र अब रुस फर्किँदै गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । तर, तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणलाई ठूलो उत्तेजनाको रूपमा वर्णन गरेका छन । उनले रूसी सेनालाई ‘आफनो क्षेत्रबाट दुश्मनलाई तत्काल निकाल्न’ आदेश दिएका छन्।
पश्चिमी रूसी क्षेत्रबाट उनीहरूको सुरक्षाको लागि बढ्दो संख्यामा मानिसहरूलाई बाहिर निकालिएको छ । किभका अनुसार ५९ हजारलाई सो क्षेत्रवाट बाहिर निस्कन भनिएको छ ।
न्युज कारखाना
ढाका, २९ साउन । बंगलादेशमा बिदेशी फिल्ममाथी प्रतिबन्ध लगाएको ५१ बर्ष पछि बल्ल बलिउड फिल्म रिलिज गर्न दिइएको थियो ।
सन १९७१ मा बिदेशी फिल्म माथी लगाइएको प्रतिबन्ध हटाउँदै गत बर्ष शाहरूख खानको ‘पठान’ रिलिज गर्न दिएर तत्कालिन हसिना सरकारले सिनेमामा उद्दार नीति लिएको थियो । बंगलादेशका ४१ थियटरमा प्रदर्शन भएको पठानले झन्डै पाँच करोढ कमाएको थियो ।
यसरी बिदेशी सिनेमा माथी प्रतिबन्ध हटाउनुको मुख्य कारण बंगलादेशका सिनेमा उधोग ध्वस्त हुदैँ जानु थियो । ‘अश्लिलता र नक्कल’ कारण बदनाम हुदैँ ‘ढलिउड’ सिनेमाका कारण दुइ दशकमा झन्डै १ हजार सिनेमा हल बन्द हुन पुगेका थिए भने तीनीहरूलाइ सपिङ मल र अपार्टमेन्टमा रूपान्तरण गरिएको थियो ।
खासमा बंगलादेशी चलचित्र उद्योगले सुरुमा सरकारबाट कुनै सहयोग पाएको थिएनन् । बगलादेशको चलचित्र उद्योगलाई अनाथ भनिन्थ्यो । जसका कारण पनि ढलिउड सिनेमाले अश्लिलता र नक्कलको सहारा लिनु परेको चलचित्र विश्लेषकहरु बताउँछन् । तर, सन् १९९६ मा शेख हसिना पहिलो पटक प्रधानमन्त्री भएपछि स्थितिमा उल्लेख्य सुधार गरियो ।
चलचित्र क्षेत्रलाई पहिलो पटक सन् २००१ मा उद्योगको दर्जा दिइएको थियो । यससँगै बंगलादेश चलचित्र विकास निगमको पनि स्थापना भएको थियो। लामो समयदेखि सरकारले हरेक वर्ष केही चलचित्रलाई अनुदान पनि दिने गरेको छ ।
गत वर्ष नै शेख हसिनाले फिल्म निर्माताहरुलाई राम्रो सिनेमा बनाउनमा ध्यान दिन आग्रह गरेकी थिइन् । वास्तवमा सिनेमाको दयनीय अवस्थालाई ध्यानमा राख्दै निर्माताहरू फिल्ममा पैसा लगानी गर्न चाहँदैनन्, जसका कारण बंगलादेशमा चलचित्रको भविष्यमाथि संकट गहिरिँदै गएको अवस्था थियो ।
शेख हसिनाले पनि २०२२ मा देशमा सिनेमा हलको अवस्था सुधार्न र नयाँ मल्टिप्लेक्स निर्माण गर्न ७०० करोडको कोष घोषणा गरेकी थिइन्।
अश्लील चलचित्रका कारण १००0 सिनेमा हल बन्द
बंगलादेशी फिल्मलाई हलमा पोर्न फिल्मले विस्थापित गरेको छ । यसले बंगलादेशी सिनेमालाई ठूलो नोक्सान पुर्यायो, जसलाई हटाउन सन् २००३ मा अश्लील फिल्महरू विरुद्ध आन्दोलन सुरु भयो।
चलचित्र विकास संस्थान अगाडि कलाकारहरुले प्रदर्शन गर्न थाले । फलस्वरूप, सरकारको हस्तक्षेपले बंगलादेशी सिनेमा अन्ततः २००७ मा अश्लील चलचित्रहरूको चंगुलबाट मुक्त हुन पुगेको थियो ।न्युज कारखाना
ढाका, २९ साउन । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश अहिले चर्चामा रहेको छ ।
शेख हसिना उनै थिइन, जो बंगलादेशमा १९७१ को प्रतिबन्ध पछि हिन्दी फिल्म रिलिजको बाटो खोलिदिने व्यक्ति हुन्। वास्तवमा बंगलादेशले सन् १९७१ मा नै भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।
शेख हसिनाले २०२३ मा यो प्रतिबन्ध हटाउने काम गरेकी थिइन् किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ ५१ वर्ष लामो प्रतिबन्ध पछि बंगलादेशमा रिलिज भएको पहिलो हिन्दी फिल्म हो ।
बंगलादेशी फिल्म उद्योगको कुरा गर्दा यसलाई ढलिउड भनिन्छ। यस उद्योगको चलचित्र राजधानी ढाका हो। भारतमा हरेक वर्ष औसत २ हजार फिल्म बन्छन् भने बंगलादेशमा मात्रै वर्षमा ७०–१०० फिल्म बन्छन् ।
९० को दशकमा हरेक बंगलादेशी फिल्महिन्दी फिल्मको नक्कल हुन्थ्यो । दर्शकलाई हलमा आकर्षित गर्न सन् २००० पछि चलचित्रकर्मीले पनि अश्लील चलचित्रको सहारा लिएका थिए, जसका कारण चलचित्र क्षेत्र सिमान्तमा परेको थियो र त्यसबाट हालसम्म पनि उम्कन सकेको छैन् ।
बंगलादेशमा एक हजारभन्दा बढी थिएटर बन्द
स्वतन्त्रता पछि बंगलादेश सरकारले १९७१ मा निर्णय गर्यो– कुनै पनि विदेशी फिल्मलाई आफ्नो देशमा देखाउन अनुमति नदिने। स्थानीय चलचित्रलाई त्यहाँ प्रवर्द्धन गर्ने सरकारको निर्णयको तर्क थियो तर यो निर्णय उल्टो भयो ।
सन ८०–९० को अवधिमा बंगलादेशमा दर्शकलाई मनोरञ्जन दिने खालका चलचित्र बन्न सकेनन् । त्यतिबेला ढलिउडमा नक्कल गर्ने चलन चलेको थियो । लगभग हरेक फिल्म हिन्दी फिल्मबाट नक्कल गरेर बनाइएको थियो। निर्माताहरू केवल बंगाली फिल्महरू थिएटरहरूमा चलाई रहन चाहन्थे।
मनी कन्ट्रोल रिपोर्टका अनुसार बंगलादेशमा विगत २० वर्षमा एक हजारभन्दा बढी थिएटर बन्द भएका छन् । अधिकांश सिनेमा हल मालिकहरूले आफ्ना थिएटरहरूलाई सपिङ सेन्टर वा अपार्टमेन्टमा परिणत गरेका छन्। यस्तो अवस्थामा २० साल देखी फिल्मतर्फ जनताको ध्यान कसरी खिच्ने भन्ने समस्या निर्मातालाई परेको थियो ।
९० को दशकमा बंगलादेशमा करिब १५०० सिनेमा हल थिए तर बासी बङ्गाली फिल्मका कारण दर्शक थिएटर जान छाडेका थिए ।
वासिंगटन डिसी, २९ साउन । यतिखेर एक्सका मालिक एलन मस्क र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प बिच एक्स स्पेशमा अन्तर्वाता चलिरहेको छ ।
तर, करिब आधा घण्टाको स्पेश बार्ताले के देखाएको छ भने उनीहरूको अन्तरबार्ता जम्मा १.३ मिलियन मानिसहरूले मात्र लाइभ सुनिरहेका छन्।
यसको विपरित जब मस्कले गत वर्ष ट्विटर स्पेसमा रोन डेसेन्टिसको राष्ट्रपति अभियान सुरु गर्न मद्दत गरेका थिए, त्यो बेला लगभग ३ लाख भन्दा मानिसहरू प्रत्यक्ष संबाद सुनेका थिए ।
यस अभियानको क्रममा धेरै अन्य महत्त्वपूर्ण घटना तथा टेलिभिजन प्रसारणको तुलनामा आजको मस्क र ट्रम्पको कुराकानी सुन्ने स्रोतको संख्या भने निकै सानो रहेको छ ।
यसअघि ५१ मिलियन भन्दा बढी मानिसहरूले ट्रम्प र राष्ट्रपति जो बाइडेन बीचको बहस हेरेको निल्सन रेटिङ एजेन्सीले जानकारी दिएका थिए भने गत महिना रिपब्लिकन नेशनल कन्भेन्सनमा ट्रम्पको भाषण २८ मिलियनले हेरेका थिए।
तर, विश्वको सबैभन्दा ठुलो सामाजिक प्लेटफर्ममा स्रोता कम पाइएको वीवीसीले उल्लेख गरेको छ । न्युज कारखाना
न्युर्योक, २९ साउन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प टविटरमा फर्किएका छन ।
उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई अन्तर्वार्ता दिईरहेका छन ।
यतिखेर एलन मस्क र ट्रम्प बिचको अन्तवार्ता चलिरहेको छ । नेपाली समय अनुसार मंगलबार बिहान ५ः४५ बजे देखी अन्तवार्ता हुने भनिए पनि प्रावधिक कारणले केही ढिलाई भएको थियो ।
अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी टविट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्प माथी तत्कालिनन टविटरले प्रतिबन्ध लगाइएको थियो। त्यसपछि ट्रम्प ट्वीटरबाट निष्क्रिय भएका थिए भने उनले आफनै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए । तर जब मस्कले २०२२ मा ट्विटर किने तव उनले ट्रम्पको खाता माथीको प्रतिबन्ध हटाए।
उनले यसबिचमा एक पटक ‘मग सट’को तस्विर सार्बजनिक गरे पनि त्यसपछि उनले कुनै टविट गरेका थिएनन् । तर, मस्कसँगको जारी अन्तर्वाता सँगै ट्रम्प टविटरमा सक्रिय भएका छन् ।न्युज कारखाना