२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, ६ असोज ।

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैँछ ।

क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ ।

 

यसैबिच हिजो शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरिएको हो ।

विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको मात्रै नामावली सार्वजनिक गरिएको क्यानले जनाएकाे छ ।

सिरहा, ६ असोज।

सिरहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुदाँ लाखौं मुल्य बरवरकोे धनमाल जलेर नष्ट भएको छ।

 

विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर काम नलाग्ने भएको हो।


आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

 

उनका अनुसार क्षतिका विवरणहरु अझै संकलन हुन बाँकी रहेकोले तत्कालै क्षतिको एकीन गर्न नसकिने बताए। बिधुत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ। नजिकै रहेको चिया पसलेले पसलबाट धुवा निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए। प्रहरी आएर पसल खोल्ने प्रयास गरे पनि सम्भव नभएपछि पसलका साहुलाई बोलाइएको थियो।

पसलले आउँदा सम्ममा धेरै सामान जलिसकेको प्रहरीले बताएको छ। सिरहा र गोलबजार नगरपालिकाबाट गएका बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

काठमाडौं, ६ भदौ ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् ।

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् ।

 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुनेछन् । शनिबार  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट हुनेछ ।

 

काठमाडौं, ६ असोज ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ।

 

मधेश र कोशी प्रदेशको तराई भु-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । बर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्ग र तराईमा हावाहुरीको जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आरके श्रीवास्तव,रौतहट,०४ गते असोज ।
रौतहट । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आज नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक समपन्न भएको छ । नगरपालिकाको आयोजनामा संचालन भएको बैठकमा, नगर उपप्रमुख स्मिता कुमारी यादवको अध्यक्षतामा नगरस्तरीय परियोनजा सल्लाहकार समितिमा शिक्षा, स्वास्थ्य, साामाजिक, योजना, महिला तथा बालबालिका विकास शाखा, नगरपालिकाको वडा अध्यक्षहरु, कार्यपालिकाको सदस्यहरु र आमन्त्रित संस्था आसमान नेपालको पदाधिकारी र एसओडिसिसि संस्थाको पदाधिकारीहरु सहभागी भएका थिए ।


यू.के.ऐड.को आर्थिक सहयोग र पिपुल इन निड नेपालको प्राविधिक सहयोगमा एसओडिसिसि पर्साको समन्वयमा आसमान नेपालद्धारा संचालित रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आरम्भ परियोजना अन्र्तगत नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा आसमान नेपालको आरम्भ परियोजनाको परियोजना संयोजक जगदिप बन्ठाले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए ।


साथै सो प्रगति प्रतिवेदनमाथी परियोजना सल्लाहकार समितिकोे बैठकले छलफल गरिएको थियो । साथै विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना भएको किशोरीलाई कसरी दिगो रुपमा निरन्तरता गर्ने, सामुदायिक सिकाई केन्द्र स्थापपना र संचालनका, साक्षर पालिका अभियान आदि विषय वस्तुमा रही यो परियोजना सल्लाहकार समितिको बैठकमा छलफल गरिएको थियो ।
विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना हुनकोे लागि मदत आसमना नेपालले ३१२ जना गढीमाई नगरपालिकाको किशोरीहरुलाई गरिएको थियो ।

त्यस्तै नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा एसओडिसिसिका अमरेन्द्र यादवले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

 

काठमाडौं, ५ असोज ।

राप्रपा नेपालले सर्लाहीको मलंगवामो हिन्दुधर्मावलम्बीमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।

शुक्रबार राप्रपा प्रवक्ता वसन्तमान सिंह अधिकारीले विज्ञप्ति जारी गरेर हिन्दुधर्मावलम्बीमाथिको आक्रमण तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
विज्ञप्तिको पूर्णपाठ ः

मिति : २०८० असोज ५ गते

प्रेस विज्ञप्ति

गत भदौ २० गते श्रीकृष्णजन्माष्टमीको दिन मुर्ती विसर्जनको बेला भएको सांघातिक आक्रमणले पारेको प्रभाव र तनाव सेलाउन नपाउँदै मलङ्गवामा नै फेरी गणेश चौथीका दिन गणेशको मुर्ति विसर्जन गर्न जाँदा हिन्दुहरु माथी हमला भएको घटना प्रति राप्रपा नेपालको गंभीर ध्यान आकर्षित भएको छ । धार्मिक सद्भाव खलबल्याउने यस्ता कार्य तत्काल रोकिनुपर्छ । घटनाका दोषीलाई सरकारले कानुनी कार्वाही गरोस् भन्ने राप्रपा नेपाल माग गर्दछ ।
सनातनी हिन्दूहरूमाथि बारम्बार आक्रमण र सांघातिक आक्रमण भैरहँदा स्थानीय प्रशासनले दोषी उपर कारवाही गर्नुको सट्टा हिन्दूहरूलाई नै दबाउने प्रयास गर्ने गरेको प्रति राप्रपा नेपाल खेद प्रकट गर्दछ ।
उक्त घटनामा घाईते भएका रुपेस यादवको शिघ्र स्वास्थलाभको राप्रपा नेपाल कामना गर्दछ ।

 

 

काठमाडौं, ५ असोज ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो बिकास लक्ष्यका बारेमा छलफलका लागि सरकारले सर्वपक्षीय छलफल आयोजना गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको दिगो विकास लक्ष्यसम्बन्धी बहुपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय रुपमा ऐक्यबद्धताका लागि सरकारले सर्वपक्षीय बैठक र छलफल आयोजना गर्नुपर्ने सुझाव दिएका हुन् ।

 

उनले दिगो विकास लक्ष्य प्राप्त गर्न तीनै तहका सरकार र सरोकारवालाहरु सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्ने बताए । ‘दिगो बिकासको लक्ष्य भेटाउन मुस्किल छैन, त्यसका लागि इच्छाशक्ति चाहिन्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘यसको नेतृत्व संघीय सरकारले गर्नुपर्छ र तीन वटै तहबाट भैरहेका कार्यहरुको नियमित अपडेट राख्दै अघि बढ्नुपर्छ ।’ जिल्लास्तरमा स्थानिय सरकारबाट भएका कामहरुको अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई दिन पनि उनले सुझाव दिए ।

 

अध्यक्ष तिमिल्सिनाले दिगो बिकास लक्ष्य प्राप्तिका लागि राजनैतिक दलहरुको प्रतिबद्धता र घोषणापत्र कार्यान्वयनका बारेमा पनि चाँसो दिनुपर्ने धारणा राखे । उनले दिगो बिकास तथा सुशासन समितिले दलको चुनाबी घोषणापत्रमा दिगो विकास लक्ष्यका बारेमा कसरी सम्बोधन भएको छ तथा त्यसको कार्यान्वयनको अबस्था कस्तो छ भनेर पनि अध्ययन गर्न आग्रह गरे ।

दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने नेतृत्वदायी भूमिकामा रहेको राष्ट्रिय योजना आयोगले संसदीय  अभियानहरुलाई  उदासिनता देखाएको बताउँदै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा पनि यस्तै प्रबृत्ति दोहोरिएमा संसद बैठकबाटै रुलिन गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकास लक्ष्यमा नेपाल विश्वका अन्य मुलुक भन्दा अगाडी रहेको चर्चा गर्दै अझै लक्ष्य अनुसार अघि बढ्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताइन् ।

 

 

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, संघीय संसदका सचिव डा. रोजनाथ पाण्डेय र राष्ट्रिय योजना आयोगका सहसचिव महेश भट्टराईले अवधारणापत्र प्रस्तुत गरेका थिए ।
 

 

काठमाडौं, ५ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभाागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति वाइडेनबीच शुक्रबार भेटवार्ता भएको हो ।

 

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजित रिसेप्सनमा राष्ट्रपति बाइडेनले स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डसँग संक्षिप्त कुराकानी गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति बाइडेनबीच अनौपचारिक भेटवार्ता भएको हो ।

रिसेप्सनमा सहभागी अन्य देशका सरकारप्रमुख एवं राष्ट्रप्रमखुहरूलाई पनि स्वागत गर्ने क्रममा बाइडेनले प्रधानमन्त्री प्रचण्डलाई पनि स्वागत गरेका हुन् ।

 

काठमाडौं, ५ असोज ।

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका छन् ।

 

काठमाडौं, ५ असोज ।

सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।

उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले संसदबाट सच्याउनुपर्ने बताए । दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले संसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए ।

साथै उनले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग पनि गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।