२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

रौतहट, ६ असोज ।

सकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्राङ्गणमा भएको साधारण सभाको संस्थाकी जेष्ठ सदस्य ९२ बर्षिय शिबमाया बस्नेतले उदघाटन गरेकी छिन ।

बार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष कृष्णचन्द्र पोखरेलले स्वागत मन्तब्य राखेका थिए । सो सहकारी संस्थाका अध्यक्ष बिभु पोखरेलले २०६५ सालमा १ सय ११ जना सदस्य बाट संकलित ३१ लाख १९ हजार १ सय रुपैया बाट सहकारी शुरु भएको र अहिले २०७९/२०८०को असार मसान्त सम्ममा ४ हजार ६४ जना शेयर सदस्य ६२ करोड ८० लाख ४ हजार ३ सयको शेयर पुजी ६३ करोड ४१ लाख ३७ हजार ८ सय ४२ को कुल सम्पति, ४० करोड ४३ लाख ८९ हजार ७ सुय ७ रुपैया, निक्षेप ५० करोड, ४५ लाख, ८१ हजार, ६ सय ४० ऋण लगानी १३ हजार ७ सय ६६, बचत खाता १ हजार ५६ जना ऋणी रहेको जानकारी दिएका छन ।

सहकारीको माध्यम बाट समाजको आर्थीक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न मद्दत पुग्ने हुदा बढी भन्दा बढी मानिस सहकारीमा जोडिन समेत अध्यक्ष पोखरेलले आग्रह गरेका छन । उक्त सहकारी संस्थाका सचिब कुल बहादुर थापाको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका छन । सचिव थापाले संस्थामा महिला शेयर सदस्य २ हजार ९५ र पुरुष शेयर सदस्य १ हजार ९ सय ६९ रहेको जानकारी दिए ।

संस्थाको बिभिन्न उपसमिति, ऋण परिचालन, प्रबिधिक पुर्बाधार, तालिम तथा गोष्ठिमा सहभागिता, स्थापना दिबस, सामाजिक हित कोष, हजार हातमा खुत्रुके साथमा, बेहुली भेटघाट कार्यक्रम, लघुबित कार्यक्रम, सम्मान तथा पुरस्कार,

अबलोकन तथा तिर्थाटन भ्रमण, सदस्य शिक्षा कार्यक्रम, जन्म दिन मनाउने कार्यक्रम संचालन हुँदै आएको बताईएक छ । संकल्प सहकारी संस्थाका कोषाध्यक्ष बलराम गौतमले आर्थीक बर्ष २०७९/२०८० मा ८ करोड २२ लाख ८२ हजार ३ सय २५ रहेको र खुद आम्दानी १ करोड ५९ लाख ५० हजार ४ सय ९५ रहेको उल्लेख गरेका छन । कार्यक्रममा लेखा सुपरिबेक्षण समितिका गणेश पौडलले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सयौ शेयर सदस्यहरुले सहभागिता जनाएका थिए ।

 

 

काठमाडौं, ६ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीका कठोर दिनहरुको स्मरण गरेका छन ।

 

दोस्रो संबिधानसभाबाट नयाँ संबिधान निमार्ण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले स्मरण गरेका हुन ।

 

ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं।’ ओलीले स्मरण गर्दै भनेका छन, ‘ देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’

 

संबिधान निमार्ण प्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीले सिंगो देश प्रभावित हुन पुगेको थियो । उनी अगाडी सम्झन्छन, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’

उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’

 

काठमाडौं, ६ असोज ।

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन ।

 

भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन ।

 

बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः सर्बसम्मत निर्वाचित भएका हुन ।

 

उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका थिए ।

 

उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियाे । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता नगराए पछि उनी नै सर्बसम्मत भएका हुन ।

 

 

न्युयोर्क, ६ असोज ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ कुनै न कुनै कारणले विवादमा घेरिदै गएका छन् ।

 

उनले फेरि हालै विवाद निम्त्याउने एक काम गरेका छन, जसको मानिसहरूले खुबै आलोचना गरेका छन् । वास्तवमा ट्रम्प अमेरिकाको आयोवामा आफ्नो चुनावी प्रचार गरिरहेका थिए, त्यही क्रममा अचानक उनी एउटा रेस्टुरेन्टमा पुगेका थिए ।

 

रेस्टुरेन्टमा एक महिला वेट्रेसले ट्रम्पलाई अटोग्राफ दिन आग्रह गरे, ट्रम्पले पनि त्यसै गरे र अटोग्राफ दिए तर उनले महिलाको छातीमा अटोग्राफ दिएका थिए। यद्यपि महिला स्वयंले उनलाई त्यसो गर्न भनेकी थिइन् ।

 

अहिले ट्रम्पको यो व्यवहारको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यसको चर्को प्रतिक्रिया आएको छ ।

 

ट्रम्पले महिलाको छातीमा अटोग्राफ दिएको यो पहिलो पटक भने होइन, यसअघि पनि २०१५ मा चुनावी प्रचारका क्रममा उनले महिलाको छातीमा अटोग्राफ दिएका थिए ।

 

डोनाल्ड ट्रम्प अमेरिकाको आगामी चुनावको लागि निरन्तर प्रचारप्रसार गरिरहेका छन् र देशको कुना कुनामा पुगेर चुनावी प्रचार गरिरहेका छन्।

 

अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षण अनुसार ४६ प्रतिशत अमेरिकीहरु ट्रम्पलाई राष्ट्रपति बनेको हेर्न चाहन्छन् ।

यससँगै सर्वेक्षणको एउटा प्रश्नमा देशलाई राष्ट्रिय संकटबाट निकाल्न कसले राम्रो काम गर्छ ? भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका थिए  जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।

 

मुम्बई, ६ असोज ।

शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा रिलिज भएको छ ।

 

यो फिल्म विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फॅमिली’ सँग टक्कर लिईरहेको छ । दुबै फिल्मले शाहरुख खानको जवानसँग सामना गर्नुपरेको थियो, जसका कारण बक्स अफिस खराब अवस्था देखिएको छ ।

 

सुखीको अवस्था निकै खराब छ । फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ । यो फिल्मले पनि १ करोडको व्यापार गर्न सकेन ।

 

शिल्पा शेट्टीको फिल्मको पहिलो दिनको अंक निकै कम छ । यो फिल्म पहिलो दिनमै बक्स अफिसमा असफल भएको छ । फिल्मको पहिलो दिनको कलेक्शनको बारेमा जानकारी राखौं ।

 

सैकनिल्कको रिपोर्ट अनुसार शिल्पा शेट्टीको फिल्मले पहिलो दिन मात्र ३० लाख भन्दा कमको व्यापार गरेको छ। यो थोरैबाट सुरु भयो। सप्ताहन्तमा आम्दानी थोरै बढ्न सक्छ। अब करोड भित्र्याउन भने अलि गाह्रो हुन सक्छ ।

 

‘द ग्रेट इन्डियन फेमली’ र  शाहरुखकाे ‘जवान’ दुवैका कारण ‘सुखी’को अवस्था नाजुक बनेकाे हाे । उता, विक्की कौशलको फिल्मले पनि खासै व्यापार गर्न सकेकाे छैन तर पनि सुखीभन्दा धेरै कमाएको छ । ‘द ग्रेट इन्डियन फेमली’ ले पहिलो दिन १ करोड ४० लाख रुपैयाँ कमाएको छ ।

 

अर्कोतर्फ शाहरुख खानको जवानले दुवै फिल्मलाई कडा टक्कर दिइरहेको छ । जवान रिलिज भएको २ हप्ता भन्दा बढी भइसक्यो तर अझै पनि यो चलचित्रलाई कसैले पछाडी पार्न सकेको छैन् ।

 

‘सुखी’ लाई सोनाली जोशीले निर्देशन गरेकी हुन् । फिल्ममा शिल्पासँगै कुशा कपिला, अमित साध, दिलनाज इरानी, ​​किरण कुमार, विनोद नागपालको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो फिल्म ३८ वर्षकी गृहिणीको कथा हो ।

 

बेइजिङ, ६ असोज ।

प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङ बिच भेटबार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चिन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बिचमा भेटबार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड आज देखी ८ दिने चीन भ्रमणमा छन्  ।

 

काठमाडौँ, ६ असोज ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको बाताबरण नबनाएकोसमेत आरोप लगाएका छन् ।

 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन ।

 

शिक्षामा लगानी वार्षिक रूपमा घट्दै गएको भन्दै सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको थाल्नु पर्नेमा जोड गरे  ।

 

काठमाडौं, ६ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्ड चलाएको यो सरकारले देशको विकास गर्न नसक्ने बताएका छन्।

शनिबार भक्तपुरमा दिपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्ड चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताए।

देशलाई सफल बनाउन नातागोता, परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे।

देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गरिएको उनले बताए। ओलीले आफू नेतृत्वको सरकार ढाल्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे।

 

काठमाठौं, ६ असोज ।

चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।

क्यानको अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन्। चन्दलाई लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनय राजभण्डारीले चुनौती दिने तयारी गरे पनि अन्तिम समयमा उनी आफ्नो निर्णयबाट पछि हटेका हुन्।

क्यानको अध्यक्षमा चन्द दोस्रो पटक निर्वाचित भएका हुन्।

त्यस्तै, उपाध्यक्षमा रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध चयन भए। यसैगरी, लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो।

निर्वाचनमार्फत क्यानको केन्द्रीय सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ४८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रशान्त मल्लले ३७ मत ल्याए।

खुल्ला सदस्यतर्फ धीरेन्द्र सावदले ५९, वीरेन्द्र चन्दले ३४, दुर्गा पाठकले ५४, आयुस श्रेष्ठले ५१ मत ल्याएर र गोलाप्रथाका माध्यमबाट करन महत्रा क्षेत्री विजयी भए।

प्रादेशिक सदस्यतर्फ कोशी प्रदेशमा अर्जुन पौडेलले ४७, मधेश प्रदेशमा गोलप्रथाबाट माधव कर्माचार्य, बागमती प्रदेशमा दिवाकर घलेले ४६, गण्डकी प्रदेश सुदीप शर्माले ५२, सुदूरपश्चिम प्रदेशमा विक्रम विष्टले ४९ मत ल्याएर विजयी भए।

क्यानका अनुसार निर्वाचनमा कुल ८५ मत खसेको थियो। निर्वाचन भएको ११ पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए।

 

बारा, ६ असोज ।

बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन्।

११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो। लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।