२०८३ भाद्र ४
२०८३ भाद्र ४

नयाँदिल्ली, १४ असोज । भारतमा रहेको अफगान दूतावास बन्द भएको छ ।

 

तालिबान शासनको तर्फबाट ‘स्रोतको अभाव’ र ‘अफगानिस्तानको हित पूरा गर्न असफल भएको’ भन्दै भारतमा दुतावासको काम कारबाही बन्द गरेको हो ।

 

दूतावासले भनेको छ, ‘तालिबान सरकारको निर्देशन र कोषमा काम गर्ने केही वाणिज्य दूतावासहरू छन्, तिनीहरू वैध छैनन् र न त उनीहरूले निर्वाचित सरकारको जनादेश अनुसार काम गरिरहेका छन् ।’ उल्लेखनीय के छ भने अफगानिस्तानमा तालिबान शासन स्थापना भए पनि अफगानिस्तानको पुरानो सरकारका कूटनीतिज्ञहरु भारतमा कार्यरत थिए।

 

अफगान दूतावासले आइतवार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुःख, खेद र निराशाका साथ हामी नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावासले आफ्नो सञ्चालन बन्द गर्ने निर्णय गरेको घोषणा गर्दछौं।’ अफगानिस्तान र भारतबीचको ऐतिहासिक सम्बन्ध र दीर्घकालीन साझेदारीलाई ध्यानमा राख्दै यो निर्णय अत्यन्तै खेदजनक रहेको दूतावासले जनाएको छ ।

 

अफगान दूतावासले कूटनीतिक सम्बन्धसम्बन्धी भियना कन्भेन्सन ९१९६१० को धारा ४५ अनुसार दूतावासको सम्पूर्ण सम्पत्ति दूतावासले काम गरिरहेको देशलाई दिइने बताएको छ । दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,  ‘हामी भारत सरकारलाई यसअघि पेश गरिएको आधिकारिक नोटका चार बुँदालाई ध्यानमा राखेर विचार गर्न अनुरोध गर्दछौं।’

 

‘अफगानिस्तानको दूतावासले निश्चित कन्सुलरहरूको गतिविधिको बारेमा स्पष्ट बयान दिन चाहन्छ। यी कन्सुलरहरूले गरेका कुनै पनि कार्यहरू वैध वा निर्वाचित सरकारको उद्देश्यसँग असंगत छन् भन्ने हाम्रो दृढ विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानका राजदूत र दूतावासका कूटनीतिज्ञहरूले गत २२ वर्षमा अफगानिस्तानलाई सहयोग गरेकोमा भारतका जनता र भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’

काठमाडौ, १४ असोज । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 

विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

 

यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

 

यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ ।

 

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको भनाई छ ।

 

चाडपर्व नजिकिएको छ । पर्वको मुखमा यसरी भाउ वृद्धि गरिंदा सर्वसाधारण भने चर्को मारमा परेका छन् । खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो । विेशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ ।

 

१ महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ ।

 

स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ । पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ । यसैगरी, ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ ।

माले । माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी भएका छन् ।

 

प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मुइजले वर्तमान भारत समर्थक राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका छन् ।

 

मुइज हाल देशको राजधानी माले सहरका मेयर छन् । उनलाई चीनको समर्थक मानिन्छ । उनको चीनसँग बलियो सम्बन्धमा रहेकाे मानिन्छ।

 

स्थानीय सञ्चारमाध्यमका अनुसार सबै ५८६ मतपेटिकाको नतिजा गणना गरेपछि मुइजले ५३ प्रतिशत मत पाएका हुन् । जबकि वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ४६ प्रतिशत मत पाएका थिए ।

 

यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह र मुइजबीच भएकाे थियो । यो चुनाव माल्दिभ्सका जनताले भारत र चीनबीच कसलाई नजिक राख्न चाहन्छन् भन्नेमा एक किसिमको जनमत संग्रह रूपमा हेरिएकाे थियो। राष्ट्रपति पदका लागि शनिबार दोस्रो पटक मतदान भएको हो । सेप्टेम्बर ८ मा भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसके पछि हिजाे दाेस्राे पटक निर्वाचन भएकाे हाे ।

 

राष्ट्रपति चुनावमा आफ्नो जितपछि मुइजले एक विज्ञप्तिमा आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिए। ‘आज धेरै खुसीको दिन हो, म माल्दिभ्सका सबै जनतालाई हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन, ‘आजको नतिजाले हाम्रो देशको राम्रो भविष्य निर्माण गर्न र हाम्रो राष्ट्रको सार्वभौमसत्ता सुनिश्चित गर्ने हाम्रो प्रयासलाई बलियो बनाउनेछ।’

 

उनले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

 

काठमाडौ, १४ असोज  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४२ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ७७ पैसा, बिक्रीदर ९९ रुपैयाँ २१ पैसा कायम गरिएकाे छ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसामा काराेबार भइरहदाँ दक्षिण काेरिया वनले १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ९० पैसा भाउ पाएकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको र  बिक्री दर ३५.५१ रुपैयाँमा खरिदबिक्री गरिरहदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ कायम भएकाे छ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४ पैसा  विक्रीदर ४३०.९८ पैसामा काराेबार हुनेछ ।

 

 

काठमाडौं, १४ असोज । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरे पछि पछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले अाज बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अबरोध गर्ने संकेत गरेका छन् ।

 

‘असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भोलीको सम्भावित घटनाबारे संकेत गर्दै भनेका छन, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथी मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरह्यो।’

 

‘असोज ५ पछी धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमति प्रति सरकारले पुरै धोका दियो,’ उनले सामाजिक सञ्जालबाट भनेका छन, ‘सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि (अाज)  बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’

काठमाडौँ, १४ असोज । प्रतिनिधिसभा बैठक बस्दै छ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

संघीय संसद् सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ ।

 

त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

आजको बैठकमा   ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आरके श्रीवास्तव,रौतहट,१४ गते असोज

रौतहट । जिल्लाको अधिकांश पालिकाको ग्रामीण भेग गाउँ घर र हाट बजारमा संचालित कुटाइ,पिसाइ तथा पेलाइ गर्ने उधोगी व्यवसायीहरुले मापदण्ड विपरीत कम तौल भएका ढुंगा,इट्टा,फलाम लगायतका ढक तथा काठका प्लयाक र बाँस र डोरी लगायतका तराजु बनाएर नापतौलमा प्रयोग गरी गाउँ घरका स्थानिय सर्वसाधारण तथा गरीब किसान उपभोक्ताहरुलाइ ठगी गरीरहेको गुणासो बढेको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा संचालनमा रहेको त्यस्ता अधिकांश उधोगका सञ्चालकहरुले नेपाल सरकार तथा गुणस्तर निर्धारण तथा गुणस्तर तथा नापतौल निर्धारण विभागले तय गरेको ढक,तराजु,नाप प्रयोग नगरी आफनो किसिमले कम तौल र नाप भएका ढुंगा,इट्टा,फलामको रडको ढक प्रयोग गरि उपभोक्ताको वस्तुको तौल बढाइ घटाइ ठगी गर्ने गरेको साथै काठको पटहा÷ल्याक र डोरी तथा बास र डोरीको तराजुमा नापतौल गरी उपभोक्ता ठग्ने गरेको गुणासो स्थानियहरुको छ ।

खासगरी स्थानिय गाउँघरमा रहेका यस्ता उधोग संचालकहरुले सर्वसाधारणलाइ गर्ने गरेको अबैध तरीकाको ठगी सम्बन्धमा स्थानिय प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयको ध्यान जान जरुरी रहेको छ । शहर बजारमा कहिलेकाँही अनुगमन भएपनि ग्रामीण क्षेत्र गाउँ घर तिर स्थानिय प्रशासन र सम्बन्धित निकायको ध्यान कहिले नगएको सर्व साधारण,गरीब किसानको गुणासो रहेको छ । यसरी उपभोक्ता खुलेआम ठगिदा गुणस्तर तथा नापतौल कार्यालय विरगंज मुखदर्शक बनेर बसेको छ । कहिले अनुगमनमा आएको सुनिदैन् । आउँदा पनि अतोपतो हुँदैन् । तसर्थ यस तर्फ विभागले यथासिघ्र ध्यान दिनुपर्ने जानकारहरुले जोड दिएका छन् ।

महोत्तरी, १२ असाेज । श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन ।

 

सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले बैदेशिक रोजगारलाई नै ब्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन ।

 

विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा ब्यक्त गरेका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयवाट ऐतिहासिक कामहरु गरेको बताउदै मन्त्री भण्डारीले बिचौलियावाट मुक्त बनाउने देखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरुमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुवाट उच्च रहेको र यस्लाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।

 

कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले बिभिन्न १७ वटा बुदाँ सहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सवै बुद्दाहरुमा कामहरु भएको बताउदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यस्ले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए ।

 

ज्ञापनपत्रमा विमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुन: बिमा गराउने, वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य सिप, तालिमको ब्यबस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।

मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउदै त्यो व्यवहारत: नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरु मध्ये केही कम्पनीमा यस्तो भएतापनी १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरुले राज्यलाई नै ठगिरहेको जनाएका छन् ।

`कागजमा १० हजार तर कामदारसगँ लाखौ रुपैया लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नया ढंगले काम गरिरहेका छौ,´ मन्त्री भण्डारीले भने, `अब बिचौलियावाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानिय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।´

 

काठमाडौं, १२ असोज । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मुकेश कुमार यादव

सिरहा, १२ असोज । राजनीतिमा देखिएको फोहर सफागर्न महिलाहरु राजनीतिमा पनि सक्रिय हुनुपर्ने गोलबजार नगरपालिका-३ का वडा अध्यक्ष धनप्रसाद लामाले बताएका छन्। कोपीला महिला बचत तथा ऋण सहकारी संस्था लि. जमदहको २६ औं साधारणसभालाई सम्बाेधन गर्दै वडा अध्यक्ष लामाले राजनीतिमा पनि सुशासन, अनुसाशन र पारदर्शीताको लागि महिला नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

पुरुषहरुको नेतृत्वमा रहेको संस्था प्रायः जोखिममा रहेको भन्दै एकछत्र राज रहेको स्थानीय सरकारमा महिला नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘महिलाको नेतृत्वमा रहेका संस्थाहरु प्रायः सफल हुनेगरेकाले स्थानीय सरकारमा अहिले भएको कुशासन, अनुशासनहिनता र समान विकासको निम्ति महिला नेतृत्व आवश्यक छ।’

सानो पुजिबाट विगत २६ वर्षदेखि निरन्तर नाफामा रहेको सहकारीलाई थप राम्रो बनाउँदै समाजलाई पनि सुन्दर बनाउनु सक्रिय हुनु पर्नेमा जोड दिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।