भक्तपुर, २१ असाेज ।
खुल्ला रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा रोयल रक्स चेस एकेडेमीका रुपेश जैशवाल प्रथम भएका छन् ।
नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विभागको आयोजना तथा भक्तपुर चेस क्लवद्धारा आयोजित साे प्रतियाेगितामा जैशवाल प्रथम भएका हुन् ।

उनले प्रथम भई नगद पुरस्कार रु १५ हजार हात पार्दै उपाधिमा कव्जा जमाएका छन भने दोश्रो स्थानमा राजन सुवेदीले ट्रफी मेडल र नगद पुरस्कार रु १० हजार प्राप्त गर्न सफल भएका छन ।

यसैगरी, पुरुषोत्तम सिलवालले तेश्रो भएर नगद पुरस्कार रु ६ हजारका साथै तश्रो ट्रफी हात पार्न सफल भए । चौथो स्थानमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथा भए र नगद पुरस्कार रु दुई हजार हजार जित्न सफल भए । क्रमश पाचौंमा क्षितिज भण्डारी, छैटौ भक्तपुरका राजेश कक्षपति, सातौ मिशन दाहाल, आठौं धिरेन राई, नवौं राजन पुरी र दशौ स्थानमा कमल मैनाली पर्न सफल भए ।

भक्तपुरका गणेशमान दुवाल बेष्ट भक्तपुर, बद्रीलाल नेपाली बेष्ट भेट्रान, एस डी रनसिंगे बेष्ट वमेन र हर्कबहादुर च्वनग्वाङ्ग बेष्ट अनरेटेड बन्न सफल भए । प्रतियोगितामा मध्यपुरका कुशल प्रजापति १२ बर्षमुनिमा उत्कृष्ट घोषित भए । प्रतियोगितामा विभिन्न जिल्लाबाट १४४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई प्राविधिक सहयोग भक्तपुर जिल्ला बुद्धिचाल सघं र नेपाल बुद्धिचाल महासघंले गरेका थिए ।

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा नगद पुरस्कार वितरण गर्दै खेलाडीले खेल खेल्नुको साथै देशको सार्वभौमिकता, अखण्ड र स्वतन्त्रता रक्षा गर्न आ–आफ्नो क्षेत्रबाट लाग्न सकोस भन्ने शुभकामना दिएका छन् । आयोजक नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले विजेता खेलाडीहरुलाई बधाई दिदै युवाहरुलाई विकृति र विसंगतिबाट टाढा राख्न संघको स्थापना दिवसको अवसर पारी बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताए ।

प्रतियोगिताका संयोजक एवं चिफ आर्विटर राजकुमार लघुले युवाहरुको स्वास्थ्यताको लागि नेक्रायुसघंको स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको जानकारी दिए । कार्यक्रममा आयोजक संघका हरिसुन्दर सुवाल, रामशरण त्वाती र एण्डिज ग्वाछाले पनि संघको उद्देश्य माथि प्रकाश पारेका थिए ।

जेरुसलम, २१ असोज ।
इजरायल र हमासबीच फेरि झडप भएको छ । प्यालेस्टिनी चरमपन्थी समूहले गाजा पट्टीबाट इजरायलमा मिसाइल आक्रमण गरेको छ । जसका कारण युद्धको अवस्था सिर्जना भएको छ । अचम्मको कुरा के छ भने हमासले एक वा दुईवटा मिसाइलले आक्रमण गरेको होइन, बरु इजरायलमा ५ हजार रकेट प्रहार गरेको दाबी गरेको छ । एक हिसाबले हमासले इजरायलमा अचानक आक्रमण गरेको छ, जसको लागि यो तयार थिएन।
हमास सन् १९८० को दशकमा स्थापना भएको थियो। यो प्यालेस्टिनी चरमपन्थी संगठन र राजनीतिक पार्टी हो। हमासले सन् १९८७ मा आफ्नो शक्ति प्रदर्शन गर्यो, जब यसले इजरायलविरुद्ध प्यालेस्टिनी जनताको आवाज उठाउन पहिलो इन्टिफादा सुरु गर्यो। हमासको अर्थ अरबीमा ‘इस्लामिक प्रतिरोध आन्दोलन’ हो। हमासको स्थापना शेख अहमद यासिनले गरेका थिए, जो १२ वर्षको उमेरदेखि नै ह्वीलचेयरमा थिए।
एक हिसाबले शेख अहमद यासिन यस चरमपन्थी समूहका धार्मिक नेता थिए। सन् २००४ मा इजरायली हमलामा उनको मृत्यु भएको थियो । सन् १९९० को दशकदेखि हमासले आफूलाई सैन्य संगठनको रूपमा स्थापित गर्न काम गरिरहेको छ। हमास गाजा पट्टीबाट सञ्चालन हुन्छ। यहाँ उसले सरकार चलाउँछ र जनतालाई सहयोग गर्छ। यसको एक सैन्य शाखा छ, जसको नाम ‘इज्जेदिन अल कसाम ब्रिगेड’ हो । यो ब्रिगेड इजरायल आक्रमण गर्न जिम्मेवार छ।
वास्तवमा सन् १९४८ मा इजरायल बनेपछि अरब राष्ट्रहरूमा असन्तुष्टि बढ्यो । जोर्डन, इजिप्ट, सिरिया, सबै अरब देश प्यालेस्टिनी प्राधिकरणमा सरोकारवाला थिए। १९६४ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन इजरायलको विरोध गर्न गठन गरिएको थियो। यासिर अराफात सन् १९८० र १९९० को दशकमा पीएलओका सबैभन्दा लोकप्रिय नेता थिए। उनको पार्टीको नाम फतह पार्टी थियो, जसले गाजा र वेस्ट बैंकमा सन् १९९६ मा भएको पहिलो चुनाव जितेको थियो।
गाजा र वेस्ट बैंकको क्षेत्रलाई ‘प्यालेस्टाइन नेशनल अथॉरिटी’ भनेर चिनिन्छ, जहाँ प्यालेस्टिनीहरू सरकार चलाउने जिम्मेवार छन्। ‘प्यालेस्टाइन नेशनल अथॉरिटी’ लाई संयुक्त राष्ट्र संघले पनि मान्यता दिएको छ । सन् २००४ मा अराफातको मृत्युपछि प्यालेस्टाइन राष्ट्रिय प्राधिकरण र फतह पार्टीको नियन्त्रण महमूद अब्बासको हातमा गयो । यसैबीच, हमासले आफ्नो सैन्य शाखा बलियो बनाउन जारी राख्यो र लोकप्रियता पनि बढ्दै गयो।
सन् २००५ मा दोस्रो पटक चुनाव हुँदा फताह पार्टीले ‘प्यालेस्टाइन नेशनल अथॉरिटी’ को राष्ट्रपति चुनाव जित्यो। तर गाजा पट्टीमा हमासले जित हासिल गरेको छ । तर, गाजामा पनि फतह पार्टीको सरकार चल्ने थियो किनभने उसले राष्ट्रपति चुनाव जितेको थियो। तर २००६ मा गाजाले यहाँ कू र आफ्नै सरकार गठन गर्यो। २००७ देखि यसले गाजालाई पूर्ण रूपमा कब्जा गर्यो। गाजा स्ट्रिपमा हमासको सरकार छ भने पश्चिम बैंकमा फताह पार्टीको शासन छ।
वास्तवमा, यो विवादको कारण अल–अक्सा मस्जिद परिसर हो। हमासका सैन्य कमाण्डर मोहम्मद डेफले ‘अपरेशन अल–अक्सा स्ट्रोम’ घोषणा गरेका छन् । यो एक नयाँ अपरेशन हो, जसको उद्देश्य संवेदनशील मानिने अल–अक्सा कम्पाउन्डलाई मुक्त गर्नु हो। अल–अक्सा मस्जिद जेरुसेलम शहरमा छ। जुन सहरमा पछिल्लो समय यहुदीहरु आफ्नो पवित्र चाड मनाउन यहाँ आउने गरेका छन् । टेम्पल माउन्ट यस परिसरमा नै छ, जहाँ यहूदीहरूले प्रार्थना गर्छन्।
मोहम्मद डेफले इजरायल विरुद्ध हमासको आक्रमणको यो पहिलो कदम भएको बताएका छन् । हामी दुश्मनलाई अल–अक्सा मस्जिद विरुद्ध आक्रामकता नदेखाउन चेतावनी दिन्छौं। शत्रु विरुद्ध कारबाही हुनेछ। हमासले वेस्ट बैंकमा बस्ने प्यालेस्टाइनीहरूलाई बिना डर इजरायलमा आक्रमण गर्न आग्रह गरेको छ। उनले जनतालाई उक्साएर सडकमा आउन र आक्रमण सुरु गर्न आग्रह गरेका छन् ।
गाँजा, २१ असोज ।
इजरायलमा भएको आक्रमणले मानिसहरूलाई अमेरिकामा भएको ९÷११ आतंकवादी हमलाको सम्झना गराएको थियो।
मध्यपूर्वका केही विश्लेषकहरू भन्छन् कि हमासले इजरायललाई पहिले कहिल्यै यस्तो ठूलो पीडा दिएको थिएन। आफैंमाथिको यो हमलापछि इजरायली सेनाले प्यालेस्टाइन, गाजा र आसपासका क्षेत्रमा रहेका हमाश समुह माथि आक्रमण गरिरहेको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रीले इजरायलको जवाफी कारबाहीमा गाँजामा आफ्ना करिब २ सय जना मारिएका र करिब २ हजार भन्दा बढी घाइते भएको दाबी गरेका छन्। जबकि इजरायलमा मृत्यु हुनेको संख्या २ सय पुगेको छ । अबेर राति, हमासले फेरि इजरायलमा १५० रकेटहरू प्रहार गर्यो, जसमध्ये धेरैलाई आइरन डोम रक्षा प्रणालीले नष्ट गरेको थियो।
रुसी मिडिया एजेन्सी स्पुतनिकका अनुसार प्यालेस्टाइनसँगको तनावका कारण इजरायलमा ज्यान गुमाउनेको संख्या ७७९ पुगेको छ । इजरायली सेनाले भन्यो कि अझै पनि २० भन्दा बढी मोर्चाहरूमा लडाई जारी छ। इजरायलका सुरक्षा बलका शीर्ष प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले गाँजा पट्टीमा हमास आतंकवादी समूहले इजरायलीहरूलाई बन्धक बनाएर राखेको पुष्टि गरेका छन्।
हागारी भन्छन् कि दक्षिणी इजरायलमा २२ स्थानहरूमा अझै पनि लडाई जारी छ, जसमा हाम्रो उद्देश्य बेरी र ओफकिममा बन्धकहरूलाई मुक्त गर्ने हो।
उनी भन्छन् कि इजरायली सैनिकहरू गाँजा सीमाका सबै शहरहरूमा पुगेका छन् र त्यहाँ उपस्थित सबै व्यक्तिको स्क्यान गरिरहेका छन्। हागारीले गाँजा सिमानामा चारवटा डिभिजन तैनाथ गरिएको र त्यहाँ पहिले नै रहेको ३१ वटा बटालियनमा सामेल भईरहेको बताए । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने बताएको छ । उनका अनुसार हमासले यस युद्धको ठूलो मूल्य चुकाउनु पर्ने छ।
उता, हमास समुहले इजरायलमा आक्रमण गरेपछि इजरायलले आफ्नो राज्य सञ्चालित बिजुली कम्पनीलाई शनिबार गाजा पट्टीमा आपूर्ति रोक्न आदेश दिएको ऊर्जा मन्त्रीले बताए।
‘मैले (इजरायल) इलेक्ट्रिक कम्पनीलाई गाजामा बिजुली आपूर्ति रोक्न निर्देशन दिने आदेशमा हस्ताक्षर गरेको छु,ू ऊर्जा मन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा भने।
हनुमत कु यादव ,रौतहट, १४ गते असोज ।
रौतहट जिल्लामा भारतबाट अबैध कुखुरा ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरि नष्ट गरेको छ । जिल्लाको परोहा नगरपालिका वडा नं.८ स्थित मोतिपुर नरकटीयाको बाटो हुँदै नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको हो ।
आज प्रहरी चौकी मोतिपुर नरकटिया रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गौर रौतहटले जनाएको छ ।

भारतबाट अबैध रुपमा चोरि पैठारी गरी ल्याउदै गरेको १६ वटा कुखुरा बरामद गरी जनप्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु समेतको रोहबरमा आज जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा अंदाजी ३५ के.जि. बराबरको बोईलर कुखुरा नष्ट गरीएको प्रहरीले जनाएको छ ।
रौतहट,असोज १४ गते ।
रौतहटमा निर्माणधिन विद्यालय भवन प्रयोगमा नआउँदा एक विद्यालयका विद्यार्थीहरु खुला आकाशमुनी पढ्न बाध्य भएका छन् ।

जिल्लाको देवाही गोनाही नगरपालिका–६ आधारभुत विद्यालय कर्कच गुठ्ठिका बालबालिकाहरु भवनको अभावमा खुला आकाशमुनी भुईमा बसेर पढ्न बाध्य छन् ।

प्राप्त जानकारी अनुसार सो विद्यालयका बालबालिकाका लागि चन्द्रशेखर साह नामका ठेकेदारले दुई महिना अघि निर्माण गरिसकेको दुई तल्ले आठ कोठे भवन अझै नगरपालिका वा विद्यालयलाई हस्तान्त्रण गर्न सकेका छैनन । जसका कारण बस्ने कोठा नपाएर सो विद्यालयका सयौं छात्रछात्राहरु विद्यालयको चौर र ब्रण्डामा बसेर पढ्ने गरेका छन् ।

नगरपालिकाको ७८ लाख रुपैयाको लागतमा २०८० साल कार्तिक मसान्त भित्रमा निर्माण कार्य पुरा गर्ने समय पाएका ठेकेदार साहले निर्माण कार्य पुरा गर्ने समय भन्दा तिन महिना अगाबै गत असारमा नै विद्यालय भवन निर्माण कार्य पुरा गरेर भुक्तानीका लागि नगरपालिकामा बिल भर्पाई पेश गरेका थिए ।
तर रकम अपुग भएको भन्दै नगरपालिकाले गएको असारमा भुक्तानी दिन नसक्दा भुक्तानी पाउनुपर्ने माग राख्दै निर्माण कम्पनीका ठेकेदार साहले नव निर्मित विद्यालयको भवन अझै पालिकालाई हस्तान्त्रण गरेका छैनन ।
निर्माण कार्यका लागि समझौता भएका ७८ लाख रुपैयाँ मध्ये ठेकेदारले ५० लाख रुपैया भुक्तानी पाइसकेका छन भने २८ लाख रुपैयाँ भुक्तानी पाउन अझै बाँकी छ ।

भुक्तानी पाउने माग गर्दै ठेकेदार साहले विद्यालय भवनको आठवटै कोठाहरुमा ताल्चा लगाइदिएका छन् । भुक्तानी नदिएसम्म ताल्चा नखोल्ने साहको अडानका कारण प्रयाप्त कोठाको अभावमा विद्यार्थीहरु महिनौ देखी घाम पानी सहेर खुला आकाशमुनी भुईमै बसेर पढ्दै आएका छन् ।
“खुला आकाशमुनि बसेर पढ्दा सा साना विद्यार्थीहरुलाई घाम र पानीले सताउने गर्छ,” विद्यालयका एक शिक्षकले भने् । कक्षा कोठामा जस्तो खुला आकाशको पढाइ सहज नभएको उनको भनाइ छ ।

कक्षा १ देखी ८ सम्म पढाई हुने सो विद्यालयका कक्षा ४ देखी ८ सम्मका विद्यार्थीहरुलाई अर्को भवनमा पढाउँदै आएको भए पनि कक्षा १ देखी ४ कक्षाका विद्यार्थीलाई कक्षा कोठा नपुगेका कारण खुला आकाशमुनि पढाउनुको विकल्प नभएको विद्यालयको भनाइ छ ।
वडा अध्यक्ष विष्णु कुमार दासले कार्यपालिकाको बैठकले निर्माण कम्पनीलाई बाँकी रहेको रकम भुक्तानी दिने विषयमा छलफल भइरहेको बताउँदै बक्यौता रकम बारे चाडै कुनै ठोस निर्णय हुने र तालाबन्दी पनि खुल्ने बताएका छन् ।
रौतहट, १३ असोज । रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन भएका छन् ।
जिल्ला खेलकुद बिकास समिति रौतहटका कार्यलय प्रमुख वीरेन्द्र ढुंगानाको उपस्थितिमा भएको संघको प्रथम भेलाले तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिमा उपाध्यक्षमा प्रवेश आचार्य, कोषाध्यक्षमा ममता कुमारी सिंह, सचिवमा सन्दीप अर्याल रहेका छन् भने सदस्यहरुमा सविन भुजेल, रिजन अधिकारी, विवेक बुढाथोकी, उमेश तिमल्सिना र सुवास राउत रहेका छन्।
भेलामा बास्केटबल केन्द्रीय प्रतिनिधिहरू पवन थापा र गोपाल तिमिल्सिना, रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसूदन धिताल, सदस्य राजकुमार दर्लामीको उपस्थिति थियो।
रौतहट, १३ असोज । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरि हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टारहरू पक्राउ परेका हुन । सो घटनाका बारेमा वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबै दोषि नरहेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। राति १२ बजेसम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।
प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।
जेनेभा, १३ असोज । आकाशबाट उल्का पीण्ड झर्नु सामान्य कुरा हो । तपाईले पनि यस्ता धेरै घटना देख्नु भएको होला । तर के तपाईलाई थाहा छ आकाशबाट खस्ने यी उल्का पिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर ।
आउनुहोस् हामी तपाईंलाई यो विशेष घडीको बारेमा बताउँछौं र यसको मूल्य कति छ भनेर पनि बताउँछौं।
लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो। यो विशेष घडी बनाउनको लागि विश्व परिचित छ। अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ । वास्तवमा यी घडीहरू बनाउन उल्का पिण्डका टुक्राहरू प्रयोग गरिएको छ।
यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्कापिण्डका टुक्रा प्रयोग गरिएको छ । यी उल्कापिण्डहरू चन्द्रमा, मंगल ग्रह, उल्कापिण्ड र क्षुद्र ग्रहबाट पृथ्वीमा आएको र ल्याइएको टुक्राहरू राखेर बनाइएको बिज्ञहरूले बताएका छन् । यो घडीलाई कॉस्मोपोलिस नाम दिइएको छ।
सबै कर बाहेक यो घडीको मूल्य करिब ३.२ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जबकि, यसको मूल्य करसहित हुदाँ त्यो भन्दा उच्च हुन आउँछ। यो घडी बनाउनका लागि उल्का पिण्डसँगै १८ क्यारेटको गुलाब सुन प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो घडी गिनिज बुक अफ वल्र्डमासमेत समावेश गरिए पछि थप चर्चामा आएको हो ।
उल्का पिण्डबाट केही बनाइएको यो पहिलो पटक भने होइन । यसअघि उल्का पिण्डबाट पनि अनौठो पर्स बनाइएको थियो । यो पर्स कोपर्नी नामको फ्रान्सेली ब्रान्ड कम्पनीले बनाएको हो । यो पर्सको मूल्य ३५ लाखभन्दा बढी छ । दुइ किलो तौल भएको यो पर्स सुन्दा जति विशेष छ, हेर्दा पनि उत्तिकै विशेष छ ।
काठमाडौ, १४ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघले प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार १३ सय ९५ रुपैयाँ कायम थियो ।
काठमाडौ, १४ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ३०, घिरौला ६० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ४०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ४०० रुपैयाँ, लोकल काक्रो ९०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ४०० रुपैयाँ, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ३००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०,खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, मटरकोशा ३००, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १२०, मौसम १३०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिडाँलू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १००, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।