२०८३ भाद्र ४
२०८३ भाद्र ४

जेरुसलम, २२ असोज ।

प्यालेस्टाइनको चरमपन्थी समूह हमासले अक्टोबर ६ मा इजरायलमा अचानक आक्रमण गरेको थियो।

 

यस अवधिमा तिनीहरूले ५ हजार रकेटहरू प्रहार गरे, जसले इजरायललाई पूर्ण रूपमा स्तब्ध बनायो। त्यसपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हालसम्म १ हजार भन्दा बढी मारिएकाे जनाइएकाे छ।

 

इजरायली लडाकु विमानले हमासको आक्रमणको बदला स्वरुप गाजा पट्टीमा बमबारी गरेका छन् । शनिबार इजरायलमा हमला गरे पछि हमास लडाकु र बन्दुकधारीहरूले दर्जनौं इजरायली नागरिक र सैनिकहरूलाई गल्फ कार्ट, भ्यान र मोटरसाइकलमा गाजा पट्टीमा लगेका थिए ।

प्यालेस्टिनी समूहले इजरायली जेलमा रहेका प्यालेस्टाइनीहरूको रिहाईको लागि सम्झौता गर्न कब्जामा रहेका इजरायलीहरूलाई प्रयोग गर्ने योजना बनाएको छ तर हाल कति प्यालेस्टाइनीहरू इजरायली हिरासतमा छन् ? तीमध्ये कति जना बालबालिका छन् ? भन्ने एकिन तथ्यांक त सार्बजनिक भएको छैन । तर, अन्तराष्ट्रिय समाचार संस्थाहरुले केही तथ्यांकहरु सार्बजनिक गरिरहेका हुन्छन् ।

 

संयुक्त राष्ट्र संघले जारी गरेको प्रतिवेदन अनुसार सन् १९६७ देखि इजरायलले पूर्वी जेरुसेलम, गाजा पट्टी र वेस्ट बैंकलाई आफ्नो कब्जामा लिएको थियो । यसपछि गत ५६ वर्षमा इजरायलले करिब १० लाख प्यालेस्टिनीलाई पक्राउ गरिसकेको छ । पाँच मध्ये दुई प्यालेस्टाइनीलाई सैन्य आदेश अन्तर्गत पक्राउ गरिएको हाे ।

 

यो भनेको अमेरिकामा अश्वेत अमेरिकीहरू बीच कैद हुने दर समग्र दरभन्दा तीन गुणा बढी हो। यद्यपि, यो औसत पनि प्यालेस्टिनीले जेलमा समय बिताउने सम्भावनाको सानो अंश हो।

 

प्यालेस्टिनी कैदी अधिकार समूह अदामीरका अनुसार इजरायली जेल प्रणाली मानिसहरूलाई विनाश गर्न डिजाइन गरिएको राक्षसी मेसिनरी हो। आज इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको संख्या ५,२०० छ। जसमा ३३ महिला र १७० बालबालिका रहेका छन् । सन् १९६७ को युद्धमा इजरायलले प्यालेस्टिनी र अरब क्षेत्रहरू कब्जा गरेको थियो। दुई महिना पछि इजरायली सरकारले सैन्य आदेश १०१ जारी गर्यो। यस अन्तर्गत शत्रुता पूर्ण प्रचार र उक्साहटको निषेधका आधारमा नागरिक गतिविधिलाई अपराध घोषणा गरिएको थियो ।

 

यस गतिविधिमा विरोध प्रदर्शनमा सहभागिता, झण्डा र अन्य राजनीतिक प्रतीकहरू र सैन्य आदेश अन्तर्गत गैरकानूनी मानिएको संगठन समावेश गरिएको छ ।  सो कब्जाको ६ वर्ष पछि इजरायली सरकारले अर्को सैन्य आदेश ३७८  जारी गर्यो । यस अन्तर्गत सैनिक अदालतहरू स्थापना भएका थिए । इजरायल भित्र १९ जेलहरू छन् र एक कब्जा गरिएको वेस्ट बैंक भित्र प्यालेस्टिनी कैदीहरू छन्।

 

चौथो जेनेभा महासन्धि अन्तर्गत इजरायलले कब्जा गरेको क्षेत्रबाट मानिसहरूलाई स्थानान्तरण गर्नु अन्तर्राष्ट्रिय कानूनको विरुद्ध हो। जसका कारण देखाउँदै उनीहरुले प्यालेस्टिनीहरूलाई पक्राउ गरी इजरायलमा कैद गर्छन्, यसबारे एम्नेस्टी इन्टरनेशनलले यस अघि यो गैरकानूनी र क्रूर भएको बताएको थियो।

 

कुनै पनि कैदी व्यक्तिलाई लामो समयसम्म आफ्ना प्रियजनहरूलाई भेट्न अनुमति नदिनु विनाशकारी हुन सक्ने उसले जनाउँदै अाएकाे छ । इजरायली जेलहरूमा १,२६४ प्यालेस्टिनी प्रशासनिक बन्दीहरू छन्। यस अवधिमा उनीहरूलाई कुनै पनि मुद्दा वा मुद्दा दायर नगरी लामो समयसम्म कैदमा राखिएको रिर्पोटहरु सार्बजनिक भएका थिए ।

 

सन् २००० मा दोस्रो इन्टिफादा सुरु भएदेखि इजरायली सेनाले १२,००० भन्दा बढी प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिइसकेकाे  कब्जा गरिएको वेस्ट बैंकमा हाल पनि १८ वर्ष मुनिका कम्तिमा ७०० प्यालेस्टाइनी बालबालिकालाई इजरायली सेनाले सैन्य अदालत मार्फत मुद्दा चलाइरहेकाे छ। यी मुद्दाहरू अन्तर्गत सबैभन्दा सामान्य आरोप ढुङ्गा प्रहार हो, जसमा अधिकतम २० वर्षको सजाय हुन्छ।

काठमाडौं, २२ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन ।

 

अतिवादी समुह हमासद्धारा इजरायलमा गराईएको आक्रामणमा परी १० नेपालीको ज्यान गए पछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन ।

 

‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शब ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली,  परिवारजनमा समवेदना ।’

 

इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रामणमा सयौंको ज्यान गएको छ भने दुवै पक्षबिच भिडन्त अझै पनि जारी छ ।

काठमाडौ, २२ असोज ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५०, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ६०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौला ७० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, बन्दा लोकल ४०, गाजँर १२०, मूला सेतो ३०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २२०, कागती २००, भिण्डी ९०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी २५० रुपैयाँ, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३५०, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि २००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्दुक २५०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, शरीफा २००, फूजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४०, पुदीना ५००, अमला ८०, तोफु ११०, पिंडालू ५०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०,बरेला ७०, रुख टमाटर १२०, कन्य च्याउ १२०, तने बोडी प्रतिकेजी १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौ, २२ असोज । 

सिटिजन्स बैंक ऋणपत्रमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो ।

 

आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिने छ । बैंकले आइतबार मात्रै सबै ऋणपत्र बिक्री नभएको भन्दै समय थप गरेको थियो । तथापि, सोही दिन मागभन्दा बढी आवेदन परेकाले आजदेखि बिक्री बन्द गर्न लागेको जनाएको छ ।

 

बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

 

बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

 

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट ५% अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । सिटिजन्सले १० वर्ष अवधिको ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

 

बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

काठमाडौ, २२ असोज । 

माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो ।

 

लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा असोज २१ गते साँझ ५ः०७ बजेसम्म ९ लाख ५७ हजार ७१६ जना आवेदकले १ करोड ७ लाख ६८ हजार १६० कित्ताको लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ८.३८ गुणा बढी आवेदन हो ।

 

कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ ल्याएको हो । यसर्थ, १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

 

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९ २०२२ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ ।

 

कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ ।

काठमाडौ, २२असोज ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४०.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.३४ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.४० रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ र बिक्री दर ८५.२३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्री दर ९ रूपैयाँ ९३  पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँमा काराेबार गरिनेछ ।

 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६८ पैसा र विक्रीदर ४३१.६२ पैसामा काराेबार हुनेछ ।

 

काठमाडौं, २२ असोज ।

नेपाली चलचित्र क्षेत्रमा देखिएको बिबाद मिलाउनका लागि चलचित्र सम्बध संस्थाहरु अक्षम भएको आरोप लाग्न थालेको छ ।

 

पछिल्लो समयमा चलचित्र सबन्धी बिबादहरु प्रहरी प्रशासनकोमा पुग्न थाले पछि ती संस्थाहरुको औचित्यमाथी प्रश्न उठन थालेको हो ।

 

चलचित्र क्षेत्रमा आबद्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ती संस्थाहरुमाथी प्रश्न उठाएका हुन् । ‘चलचित्र सम्बन्धी एत्रा संघ संस्था भएर पनि बिबाद मिलाऊने सुलझाउने काम गर्न न सक्नु अनि न्यायका लागी प्रहरी गुहार्न पर्ने अवस्था आउनु कलाकार, निर्माता, बितरकको पक्राउ पुर्जी जारी हुनु दुःखद कुरा हो’ सांसद शाहले भनेका छन, ‘अदालत पूगेर नै सबै  विवाद मिलाऊने हो भने चलचित्र क्षेत्रको हित गर्ने भनेर खोलेको संस्थाको औचित्य चाई के हो ? ’

अनमोल केसी पक्राउ प्रकरण तथा ओएसआर डिजिटलमा प्रबन्धक ओम प्रकाश अर्याल प्रकाउ प्रकरण सार्बजनिक भईरहेको बेला सांसद शाहले चलचित्र सम्बध संस्थाहरुको औचित्य माथी प्रश्न उठाएका हुन ।

हेटौडा, २२ असोज ।

लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन ।

 

मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीमा लागूऔषधसहित ५ जना पक्राउ परेका हुन । उनीहरुसँग स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि जफत गरिएको छ ।

 

यसरी पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान, कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान र ३५ वर्षीय रामबहादुर स्याङबो तथा पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाईलाई पक्राउ गरी प्रहरीले सार्बजनिक गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रहरी र मनहरी प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनका अनुसार प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित ६ सय २ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र ८ लाख रुपैयाँ नगद बरामद गरिएको छ ।

काबुल, २२ असोज ।

पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

 

तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ ।

अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात ४० किलोमिटर पश्चिममा शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्यांक सार्बजनिक गरेको छ ।

 

तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको संख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।

 

‘उद्धार टोली हेरात प्रान्तमा आइपुगेको छ । र खाना, पानी, औषधि र कपडाहरू पनि घटनास्थलमा पठाइएको छ,’ मोजाहिदले थपे।

 

प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महशुस गरिएको थियो र त्यसपछि धेरै पराकम्पन गएको थियो ।

 

संयुक्त राष्ट्रसंघको अघिल्लो मूल्याङ्कनले झन्डै १०० जनाको मृत्यु र ५०० घाइतेको सङ्ख्या कम भएको सङ्केत गरेको थियो। करिब ५०० घर ध्वस्त भएको र १ सय ३५ भवनमा क्षति पुगेको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले यसअघि जनाएको थियो ।

 

काठमाडौं, २२ असोज ।

कुनै समय भारतलाई सुनको चरा भनिन्थ्यो । झन्डै १९ वटा शताब्दीसम्म सबैभन्दा बढी सुन भारतमा रहेको इतिहासकारहरुले बताएका छन् तर तर आज त्यही भारत सुन भण्डारण गर्ने देशको शीर्ष ५ बाट बाहिरिएको छ । उसो भए, सबैभन्दा बढी सुन कुन देशसँग छ त ? आउनुहोस, जानौं ।

 

विश्वमा सुनको मूल्य सधैँ उच्च रहँदै आएको छ । अहिले सबैभन्दा धेरै सुन भएको देशको कुरा गर्ने हो भने अमेरिका त्यसमध्ये पहिलो नम्बरमा छ । यसमा ८,१३३.४७ टन सुन मौज्जाद रहेको छ।

 

दोस्रो नम्बरमा जर्मनी रहेको छ । जर्मनी दोस्रो नम्बरमा परे पनि अमेरिका भन्दा झन्डै आधा मात्रै उसँग मौज्जाद रहेको छ । जर्मनीसँग हाल ३,३५९.०९ टन सुनको भण्डार छ। त्यसको अर्थ जर्मनी स्वर्ण राख्ने हिसाबले दोस्रो स्थानमा छ । भनिन्छ, जर्मनीलाई सुरु देखि नै सुनप्रति उत्सुकता थियो, त्यसैले आज यो देशमा सुनको सङ्ख्या धेरै छ ।

 

इटाली तेस्रो नम्बरमा आउँछ छ । इटालीमा २४५१.८४ टन सुन भण्डारण भएको छ । इतिहास हेर्नुभयो भने थाहा हुन्छ, कसरी यस देशका राजाहरूले लुटपाट र आक्रमण गरेर आफ्नो खजाना भरेका थिए ।

 

यदि हामी चौथो नम्बरको कुरा गर्छौं भने, फ्रान्स यो नम्बरमा छ। फ्रान्ससँग २४३६.३५ टन सुन छ। कुनै समय फ्रान्सले विश्वमा प्रभुत्व जमाएको थियो, त्यही बेला उसले यो भण्डारण गरेको हो ।

 

रुस पाँचौं नम्बरमा छ । रुससँग २२९८.५३ टन सुन छ । दोस्रो विश्वयुद्धका बेला रुस र अमेरिका मात्र शक्तिका दुई केन्द्र थिए, रुस शक्ति केन्द्रमा रहदाँ यति धेरै संख्यामा सुन भण्डारण गरेको हो ।

 

तर, भारतको कुरा गर्ने हो भने यो सूचीमा भारत ९ औं स्थानमा छ । गोल्ड हबको रिपोर्ट अनुसार भारतसँग ७४३.८३ टन सुनको भण्डार छ। तथापि, इतिहासमा एक समय थियो, जब भारत सुनको भण्डार भएको देश थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।