दार्चुला, १ कार्तिक ।
दार्चुलाबाट डेढ किलोग्राम चरेसहित दुई जना पक्राउ परेका छन्।
एक किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका हुन्। बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही स्थानका २८ वर्षीय रामबहादुर बोहरा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुरसिंहले बताए।
बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो।
दार्चुला, १ कार्तिक ।
दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
ठगुन्नाको शव सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार फेला परेको हो। असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी उनी सम्पर्कबिहिन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
हेमन्त केसी,सुर्खेत, १ कार्तिक ।
छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानविन गर्न बनेको समिति बुझाएको प्रतिबेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ ।
पटक-पटक खाजा प्रकरणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानमिन समितिले २३ लाख ५८ हजार ४४५ रुयैयाँ रकम हिनामिना भएको निष्कर्स निकालेको हो।
कार्यकापालिकाको बैठक र नगरसभा जनप्रतिनिधिले खाजा र खानामा झण्डै ४२ लाख खर्च गरेको समाचार प्रकाशित भएको थियो। उक्त समाचार प्रकाशित भएपछि छानमिन समिति गठन गरिएको थियो। एक वर्ष अवधिमा (२०७९ जेठ देखि हाल २०८० जेठ ) जम्मा १६ वटा कार्यपालिकाको बैठक र २ वटा नगरसभा बसेको थियो।
उक्त बैठकमा जनप्रतिनिधिले उक्त रकमको खाजा , नास्ता खाए भनि नगरपालिकाको लेखाशाखाबाट फिर्जी बिल प्रयोग गरि ३० लाख ४८ हजार ४६५ रुपैयाँ होटललाई भुक्तानी दिइसकेको निष्कर्ष निकालेको छ। खाजा नास्ताको बिल भन्दा बढी अर्थात २३ लाख ५८ हजार ४४५ रकम झुटा बिल प्रयोग गरेर लेखा शाखाबाट रकम भुक्तानी भएको पाइएको हो।
छानमिनको क्रम्मा कार्यपालिकाका १५ बैठक , २ वटा नगरसभा , भू उपयोगको बैठक २ वटा , जनप्रतिनिधिको बिदाई र स्वागत कार्यक्रम १ वटा , कर्मचारीको परीक्षा सञ्चालन समितिको १ वटा कार्यक्रमको रकम खर्च भुक्तानी भएको छ। प्रतिबेदनमा कर्मचारीले नै खाना र खाजाको रकम अनियमितता गरेको उल्लेख गरिएको छ।
त्यस्तै ११ लाख ४२ हजार १४५ हजार रुपैयाँको अर्को बिल बाँकी रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले तोक आदेश गरेर लेखामा पठाएका थिए । उक्त रकम मध्यबाट बास्तविक रकम भुक्तानी गर्नुपर्ने ६८ हजार ५६० रुपैया मात्र भएको कार्यपालिकाले औल्याएको छानमिन समितिका संयोजक प्रेम खत्रीले जानकारी दिए।
भुक्तानी भएको पहिलो बिल ३० लाख ४८ हजार ४६५ मध्यबाट खाजा , नास्ताको जम्मा ६ लाख ९ हजार २० रुपैया मात्र बास्तविक बिल भएको कार्यपालिकाले निस्कर्ष निकालेको छ। लेखाशाखा र प्रमुख प्रशासकीय अधिकृतसँगै होटल व्यवसायीको मिलेमत्तोमा भारी रकम बदमासी गरेको कार्यपालिकाले नै औल्याएपछि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले सो रकम फिर्ता गर्छु भनेपनि हाल सम्म रकम फिर्ता नगरेको संयोजक खत्रीले बताए। कार्यपालिकाको बैठकमा आएर फर्जी बिल बनाएको कुरा स्वीकार गर्दै उक्त रकम फिर्ता गर्छु भनि असोज २४ गते सम्म समय दिइएपनि रकम नगरपालिकाको खातामा जम्म नभएको उनले बताए।
रोकाय सम्पर्कमा समेत नआएको उनले बताए । यत्ता कार्यपालिकाको मिति २०८० असोज २५ गते बसेको कार्यपालिकाको बैठकले भदौ ३० गते पेश छेडागाड नगरपालिकाको खाजा नास्ता प्रतिबेदन २०८० पटक ,पटक छलफल गरिएको, असोज २५ गते लिखित स्पस्टीकरण मागिएको सो स्पष्टिकरण नआएकोले प्रतिबेदनको राय, सुझाव अनुरुप आलेप र मलेपको परामर्शबाट एकीन गरी सम्वन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरेको छ।
त्यस्तै झुटा ,फर्जी बिल पेश गर्ने होटल ,पसल व्यवसायीलाई कार्यपालिकाको कार्यालयले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उक्त स्ष्पटीकरण चित्त बुझदो नआए अन्य कारबाहीको लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको खत्रीले बताए। न्युज कारखाना
काठमाडौं, १कात्तिक ।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले हालै सम्पन्न १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता तथा प्रशिक्षकहरुलाई सम्मान गरेका छन् ।
नेपाललाई विभिन्न खेलमा पदक जिताएपनि सरकारद्वारा वेवास्ता गरिएको भन्दै सांसद चौधरीले खेलाडीहरुको आत्मसम्मान् र उत्प्रेरणा बढाउने उदेश्यले सम्मान गरेका हुन् । सांसद चौधरीका अनुसार विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरु गरेर ८५ जनालाई सम्मानीत गरिएको छ । सोही कार्यक्रमको अबसरमा थारु जातिका विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मानित गरिएको छ ।

‘हाम्रो देशलाई खेलाडीहरुले विभिन्न खेल मार्फत विश्वभर चिनाइरहेका छन् । तर, सरकारले उनीहरुलाई आवश्यक तालिम, प्रशिक्षण पनि राम्रोसँग दिएको पाइँदैन् । खेलाडीहरुका थुप्रै समस्याहरु छन्, आवश्यक र उचित सेवा सुबिधा पनि दिइँदैन’, उनले भने, ‘सरकारले आगामी दिनमा आम खेलाडीहरुको तमाम समस्या बुझेर त्यसको समाधान गर्दै उच्च सम्मान दिएर उत्प्रेरित गर्दै जानुपर्छ ।’
सरकारले खेल क्षेत्र र खेलाडीहरुका हकहितको संरक्षण नगरेका कारण पछिल्लो समय नेपाली खेलाडीहरु पलायन हुन थालेको बताउँदै यस्तो परिस्थितिको सिर्जना हुँँदा राष्ट्रलाई अतुलनीय क्षति हुने सांसद चौधरीको तर्क छ ।
चीनको होङ्झाओमा भएको एसियाली खेलकुद प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो । कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । महिला कबड्डी टोली एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो । त्यसैले यो पदक पनि नेपाली खेलकुदका लागि ऐतिहासिक बनेको छ ।
प्रतियोगितामा कराते तर्फ रजतपदक विजेता एरिका गुरुङले यस्ता कार्यक्रमले खेलाडीको मनोवल उच्च हुने भन्दै खुसी व्यक्त गरिन् ।
‘खेल मार्फत देशलाई चिनाउन पाउँदा खुसी लागेको छ । देशका लागि खेलेर फर्कँदा यसरी पाउने सम्मानले आगामी दिनमा थप मिहिनेत गर्दै अघि बढ्ने उत्प्रेरणाा मिल्छ’, गुरुङले भनिन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद संघका अध्यक्ष दिपक श्रेष्ठ, कबड्डी प्रशिक्षक पार्वती राई, कराते प्रशिक्षक बिर कृष्ण शाही, छोरी डङ्गोल, कुशल श्रेष्ठ, कबड्डी कास्य पदक विजेताका सम्पूर्ण खेलाडीहरु लगायतको उपस्थिती रहेको थियो ।
काठमाडौं, १ कार्तिक ।
टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रूपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा युएई नेपालसँग सात विकेटले पराजित भएको छ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।
नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३४ रनको अविजित इनिङ खेले। त्यसअघि ओपनर कुशल भुर्तेलले १४ रन बनाउँदा आशिफ शेख २३ रनमा आउट भए। त्यस्तै कुशल मल्लले ११ रन बनाएका थिए। युएईका लागि निलन्सा केशवानाले १-१ विकेट लिएका थिए।
युएईका लागि बसिल हमीदले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अली नसिरले ३२ रन बनाए। त्यस्तै असिफ खानले १५ रन बनाउँदा कप्तान मुहम्मद वासिमले १७ रन बनाए। नेपालका लागि करण केसीले ३ विकेट लिंदा गुल्सन झाले २ तथा सोमपाल कामी र अभिनास बोहोराले समान १-१ विकेट लिएका थिए।
विराटनगर, १ काात्तिक ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् ।
बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ८६ मत पर्दा विपक्षमा ५ मत मात्रै परेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ सिट भएको राप्रपाबाहेक सबै दलले उनलाई विश्वासको मत दिएको हो ।
राप्रपाका एक सांसद अनुपस्थित रहे ।
काठमाडौं, १ कात्तिक ।
नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।
पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य दिए । कांग्रेसको बार्हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए ।
महामन्त्री पदमा मनोनयन गरेपछी अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने बिश्वास समेत लिएको सामाजिक संजाल मार्फत प्रतिक्रिया दिएका छन् ।
दशैंलगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
काठमाडौं, १ कात्तिक । सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले उद्घाटन गरेसँगै सेवा सुचारु भएको छ । यसअघि बाँकेका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरिएको हो ।
२०७८ चैत १७ गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशाला, रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्री श्रेष्ठले चुस्तदुरुस्तका साथ निर्णय कार्यान्वयन गर्न लागि परेकी छिन् ।

सेवा शुभारम्भ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मालपोत तथा नापी कार्यालयमा जाँदा विभिन्न प्राविधिक समस्याहरु भोग्न पर्ने भन्दै आएका गुनासो न्यूनीकरण गर्न आफू लागि परेको बताइन् ।
‘हाम्रो मातहतका कार्यालयमा सेवा लिन जाँदा विभिन्न खाले समस्याहरु भएको भन्दै समयसमयमा गुनासो आउने गरेको छ । नागरिकहरूबाट आएको गुनासोलाई मैले नजिकबाट नियालेको छु ’, मन्त्री श्रेष्ठले भनिन्, ‘यस्ता खालका गुनासो न्यूनीकरण गर्दै नापनक्सा तथा जग्गा प्रशासन कार्यलाई थप प्रभावकारी, उत्तरदायी, पारदर्शी र गुणस्तरीय बनाउने कार्यमा म र मेरो नेतृत्वको सम्पूर्ण मन्त्रालय तथा विभागका कर्मचारीहरु क्रियाशील हुँदै आवश्यक नीति तथा कार्यक्रम बनाएर निरन्तर कार्यान्वयन गरिरहेका छौँ ।’
आम नागरिकहरूबाट आएको सुझावलाई मध्यनजर
उदयपुर, १ कात्तिक ।
आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पिटरले घरायसी बिवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बेइजिङ १ कात्तिक । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्टिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका गृहमन्त्री श्रेष्ठले आज यहाँ आयोजित बीआरएफ शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् ।
राजधानी बेइजिङमा आयोजित उद्घाटन समारोहमा चीनका राष्ट्पति सी चिनफिङले मुख्य सम्बोधन गरे । सम्मलेनलाई सम्बोधन गर्दै राष्टपति सी ले १० वर्षयता बेल्ट एन्ड रोड अन्तरर्गतका कार्यक्रमले प्रशस्त उपलब्धि हासिल गरेको उल्लेख गर्देै सूचना राजमार्ग, रेल राजमार्ग, विमानस्थल, बन्दरगाहलगायतका माध्यमबाट विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न सफल भएको र यसले विभिन्न मुलुकका सामान, पूँजी, प्रविधि तथा मानवीय आवतजावतसमेत प्रभावकारी बनेको विचार व्यक्त गरे ।
राष्टपति सिलगायत विभिन्न मुलुकका राष्टध्यक्षहरुले उद्घाटन सम्बोधन गरे । यस सम्मेलनमा सहभागि हुने आउने एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरूलाई चीनले स्वागत गरेको बताइएको छ ।
सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठसगैँ चीनका लागि नेपालका राजदुत विष्णुपुकार श्रेष्ठसमेत सहभागी छन् । उपप्रधानमन्त्री श्रेष्ठले आजै आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।