सिरहा,०९ कार्तिक २०८०
सूचना माग्ने अभियानका लागि काम गरिरहेको बास नेपाल (बागेश्वरी असल शासन क्लब ) दसैँमा पनि सक्रिय रहेको छ । विभिन्न सरकारी तथा गैर सरकारी निकायसँग सूचना कसरी माग्ने लगायतको बारेमा चेतना जगाउने काम गर्दै बास नेपाललाई पालिका स्तरसम्म फैलाउने काम गरेको हो ।
काठमाडौँ, ९ कात्तिक
प्रतिनिधिसभा सदस्य भएपछिको पहिलो दसैँ सांसद सुनिता बरालका लागि केही भिन्न अनुभूतिको रह्यो । आफन्त र टोल–छिमेकमा छोरी, चेली, बहिनी भनेर विगतमा गरिने व्यवहारमा सायद भूमिकाका हिसाबले केही परिवर्तन पा¥यो होला । उहाँसँग भेटघाटका अवसरमा व्यक्तिगत कुराकानीका साथै विकास, निर्माण र राजनीतिक स्थिति आदिबारे छलफल भए । “देशको राजनीति किन यस्तो भएको होला रु र अबको राजनीति कुन दिशातिर मोडिएला रु” भन्ने प्रश्नहरू सांसद बरालका सामु तेर्सिए । बडादसैँका अवसरमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित गृह जिल्ला झापामा औपचारिक र अनौपचारिक राजनीतिक गतिविधिमा पनि संलग्न उहाँलाई जनस्तरमा राष्ट्रिय राजनीतिबारे देखिएको चिन्ता र जिज्ञासाले आफूहरू थप जिम्मेवार हुनुपर्ने बोध गरायो । कानुनमा स्नातकोत्तर बराल एमालेको समानुपातिकतर्फको प्रतिनिधिसभा सदस्यमा विद्यार्थी सङ्गठनबाट राजनीति गर्दै आउनुभएको हो । विधिशास्त्रमा पढाइएको वा पढिएजस्तो सैद्धान्तिक रेखाबाट राजनीतिको बाटो नकोरिने रहेछ । कानुन निर्माणमा सांसदको भूमिका पनि उही सिद्धान्त वा कुनै मुलुकको अभ्याससँग नमिल्दो रहेछ । एमालेका केन्द्रीय सदस्य उहाँ अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले विधि निर्माण नै सांसदको काम हो भन्नेमा स्पष्ट हुनुहुन्छ तर गत निर्वाचनयता कति कानुन बने रु या त्यसमा सांसदको सक्रिय भूमिका कस्तो रह्यो भन्नेमा सांसद बराल सन्तुष्ट हुनुहुन्न । “कानुन निर्माणका लागि संसद्मा टेबल गर्ने काम सरकारको हो र संसद्लाई गतिशील बनाउन सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । सांसदलाई कानुन निर्माणमा पर्याप्त सहभागी गराउने काममा सरकार चुकिरहेको छ ।” उहाँ भन्नुहुन्छ, “यसमा हाम्रो पनि खबरदारी पुगेको छैन । कतिपय माग सुनुवाइ नभएर सदन नै अवरोध गर्नुपरेको छ । सरकार आफैँ जवाफदेही हुने र हामीले खबरदारी गर्ने कुरामा सन्तुलनको अभाव छ । कानुन बनाउने विषयमा सरकार बढी जिम्मेवारी हुनैपर्छ ।” प्रतिपक्षले उठाएका जायज कुरालाई यथासमयमै सरकारले सहीरुपमा सम्बोधन गरेमा सदन अवरोध गरिरहनु नपर्ने र प्रतिपक्षले पनि धेरै दिनसम्म अवरोध गर्ने कुरामा समीक्षा गर्नुपर्ने सांसद बराललको तर्क छ । संसद्मा आफूहरूले उठाएका विषयमा सरकारले पर्याप्तरुपमा सुनुवाइ नगरेको उहाँको गुनासो छ । “एउटै कुरा कति पटक भन्नु रु सुनेर पनि नसुनेको जस्तो गर्नाले लोकतान्त्रिक व्यवस्थामा जनताप्रतिको जवाफदेहीता प्रदर्शन हुँदैन”, सांसद बराल भन्नुहुन्छ, “सार्वभौम संसद्प्रति सरकार जिम्मेवार हुनुपर्ने हो तर यहाँ त जवाफदेहीता कत्ति पनि पाइएन । संसदीय प्रक्रियामा पनि कमीकमजोरी छन् । संसदीय नियमावली र प्रक्रियालाई फेरबदल गर्नुपर्छ । सांसदले केबल अभिलेख र आत्मसन्तुष्टिका लागि मात्रै बोलेकोजस्तो भएको छ । यसमा परिवर्तन गर्नुपर्छ ।” यस विषयमा कसलाई बढी जिम्मेवार मान्नुहुन्छ रु भन्ने प्रश्नमा सांसद बरालको जवाफ छ, “पहिलादेखि चल्दै आएको संसदीय अभ्यासलाई निरन्तरता दिने मनोविज्ञानको नेतृत्व र जवाफदेही नभए पनि फरक पर्दैन भन्ने सरकारको सोच गलत छ ।” सांसद विकास निर्माणका कामका लागि मन्त्रालयतिर धाउनुपर्ने स्थितिको अन्त्य नभएको स्वीकार गर्दै उहाँ विकास निर्माणसँग जोडिएका काम स्थानीय तहबाट हुन्छ भन्ने आफूहरूले बुझाउन नसकेको, भौतिक पूर्वाधारका काम नभए जनताले नपत्याउने र फेरि जित्न नसक्ने खालको निर्वाचनको ढाँचाका कारण यस्तो भएको टिप्पणी गर्नुहुन्छ । जनताले पनि सङ्घीयताप्रतिको ढाँचालाई सहीरुपमा आत्मसात् गर्नुपर्ने सांसद बरालको सुझाव छ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएका उहाँले सांसदमा शिक्षाका विषयलाई नै केन्द्रमा राखेर बढी आफूले बोल्ने गरेको बताउनुहुन्छ । अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा रहेकाले त्यस समितिका दायरामा पर्ने विषयमा रुचि बढाउँदै बोल्ने गरेको जानकारी दिँदै सांसद बराल सदनमा आफ्नो पहिलो मन्तव्यमा सङ्घीय शिक्षा ऐन छिटो ल्याउन माग गरिएको उल्लेख गर्नुहुन्छ । अहिले उक्त ऐन विचाराधीन अवस्थामा छ । विद्यालय शिक्षा विधेयक, २०८० लाई विद्यालयको संरचनागत सुधार, लगानीवृद्धि, गुणस्तर र सङ्घीयता अनुकूल हुनेगरी परिमार्जन गर्न उहाँले संशोधन प्रस्ताव पेश गर्नुभएको छ । नेपाल शिक्षक महासङ्घसँगका सहमतिको कार्यान्वयन कसरी हुन्छ त भन्ने प्रश्नमा सांसद बराल सहमतिका अतिरिक्त सङ्घीयतालाई आत्मसात् गर्दै स्थानीय सरकारको संवैधानिक भूमिकालाई सम्मान गर्ने गरी विधेयकलाई परिकृष्त गर्नुपर्ने जोड दिनुहुन्छ । रासस
काठमाडौं, ९ कात्तिक, २०८०
भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्।
खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे बैंग्लुरुमा हुनेछ। जारी विश्वकपमा लगातार दुई खेल हारेको इंग्ल्याण्ड आजको खेलमा जित निकाल्न चाहन्छ।
उता पछिल्लो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको श्रीलंका उच्च मनोबलका साथै मैदान उत्रिँदै हार्न चाहँदैन।
इंग्ल्याण्ड र श्रीलंकाबीच यसअघि भएका पाँच एकदिवसीय खेलमा दुवैले समान दुई-दुई खेलमा जित निकालेका छन्। एक खेल भने रद्ध भएको थियो।
यो खेलसँगै विश्वकपको हरेक टोलीले पाँच-पाँच खेल खेल्नेछन्।
श्रीलंका चार खेलमा एकमा जित निकाल्दै दुई अंकसहित सातौं स्थानमा रहँदा समान खेल र समान अंकसहित इंग्ल्याण्ड आठौं स्थानमा छ।
विश्वकप अंकतालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः १०, ८ र ८ अंकसहित भारत, दक्षिण अफ्रिका र न्यूजिल्याण्ड छन्।
चौथो स्थानमा ६ अंकसहित अस्ट्रेलिया रहँदा समान ४-४ अंकसहित पाकिस्तान र अफगानिस्तान क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।
समान दुई अंकसहित बंगलादेश र नेदरल्याण्ड्स क्रमशः नवौं र दशौं स्थानमा छन्। उकेरा संवाददाता
रौतहट,०९ कार्तिक २०८०
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अवैध बाटोबाट पैसा बिदेसिएको कारण नेपालमा आर्थिक सङ्कट देखिएको कताएका छन् ।
बारा,९ कात्तिक, २०८०
बाराको निजगढ नगरपालिकाका किसानले असारमा रोपेको धान अहिलेसम्म पसाएको छैन । बाला लाग्ने समयमा धानको बोट फस्टाएको छ तर पसाउने सुरसार छैन । धान खेतमा पटकपटक गोडमेल गरे पनि धान घाँसजस्तै देखिएको छ ।
उक्त क्षेत्रमा किसानले रोपेको धानको नाम हो, ‘डेल्टा रानी’ । निजगढ नगरपालिका–९ का किसान मानबहादुर श्रेष्ठले ८ कट्ठा खेतमा ‘डेल्टा रानी’ जातको धान रोपेका थिए । श्रेष्ठले निजगढकै एउटा एग्रोभेटबाट ‘डेल्टा रानी’ जातको नयाँ बिउ ल्याएर रोपेका हुन् । धान फल्ला र वर्षभरि खाउँला भन्ने आशामा रोपेको धानमा बाला नलागेपछि यतिबेला उनी निराश छन् ।
राम्रो धान हो, फल राम्रो लाग्छ, चाँडो पनि पाक्छ भन्ने वितरकको कुरा सुन्दा अहिले आफू समस्यामा परेको उनी बताउँछन् । श्रेष्ठ मात्र होइन, निजगढका धेरै किसानको व्यथा उस्तै छ । उक्त नगरपालिकाको २, ३, ७, ८ र ९ नम्बर वडाका किसानले लगायको ‘डेल्टा रानी’ जातमा समस्या देखापरेको निजगढ नगरपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत रिनीचा भण्डारीले बताइन् ।
उनका अनुसार कति किसानकोमा समस्या देखिएको छ भनेर यकिन भने भइसकेको छैन । ‘धानमा बाला नलाग्ने समस्याले धेरै किसान पीडित छन्,’ भण्डारीले भनिन्, ‘कति किसानले उक्त जातको धान लगाएका थिए भन्ने यकिन तथ्याङ्क संकलन भइसकेको छैन । केही किसानको धान बालीमा म आफै गएर पनि हेरेको थिए । ‘डेल्टा रानी’ जातको धान रोपेका कुनै पनि खेतमा बाला लागेको छैन ।’
डेल्टा रानी धान लगाउने निजगढका किसानले यसपालि चामल किनेर खाने अवस्था आएको उनको भनाइ छ । पसाउन नसकेको सबै धान ‘डेल्टा रानी’ जातको धान हो । अरू जातको धान सबै ठाउँमा पहेँलपुर भइसक्यो भने कतै धान भित्र्याएर किसानले तोरी छरिसकेका छन् ।
पाक्ने समयसम्म पनि बाला नलागेर किसान पीडित भएको यो पहिलोपटक भने होइन । हरेक वर्ष विभिन्न जिल्लाका किसानले यस्तो समस्या झेल्दै आएका छन् । विगत वर्षमा चाइनिज धान डीवाई २८ हाइव्रिड, ‘युएस ३१२’ हाइब्रिड, सावा मन्सुली, गरिमा वर्णशङ्कर (हाइब्रिड) लगायत धेरै जातको बिउमा धान नलाग्ने समस्या देखिएको थियो । विभिन्न क्षेत्रका किसानले बर्सेनि यस्ता समस्या झेल्दै आए पनि सरकारले भने बेवास्ता गर्दै आएको छ ।
सूचीकृत जातको बिउले पनि किन दिन्छ धोका ?
‘डेल्टा रानी’ जातको बिउ नेपाल सरकारबाट २०७२ सालमा सूचीकृत जात हो । यो निजगढ जस्तै तराई र भित्री मधेशका लागि सिफारिस गरिएको छ । तर, सिफारिस जातमा पनि बाला नलागेपछि कसरी यस्तो भयो भन्ने धेरैको मनमा प्रश्न उब्जिएको छ ।
हुन त निजगढ नगरपालिकाको केशमा ‘डेल्टा रानी’ जात धानमा नै बाला नलागेको हो, होइन भन्ने पुष्टि भइसकेको छैन । तर, किसानले बाहिर प्याकेटमा लेखिएको नामअनुसार ‘डेल्टा रानी’ जातकै धान हो । यो विषयमा सम्बन्धित निकाय भने बेखबर छ ।
बिउ बिजन गुणस्तर केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले यो विषयमा कार्यालयलाई आधिकारिकरूपमा कुनै जानकारी नभएको बताउँछन् । ‘धानमा बाला नलागेको भन्ने खबर हामीलाई थाहा छैन,’ उनी भन्छन्, ‘यो खबर यहाँसम्म नआएको हुनाले अहिले नै किन यस्तो भयो भनेर भन्न सकिँदैन । ‘डेल्टा रानी जात नै हो, होइन त्यो पहिला पहिचान गरेपछि मात्रै समस्याको पहिचान हुन्छ ।’

यद्यपि कहिलेकाही सिफारिस जातमै पनि यस्तो समस्या आउने कृषि अनुसन्धान परिषद् राष्ट्रिय प्रजनन बाली तथा अनुवाशिंक अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत डा. उज्ज्वलकुमार सिंह कुशवाहा बताउँछन् । उनका अनुसार बिउ पुरानो हुँदै गए उत्पादकत्व घट्दै जान्छ । एउटा हाइब्रिड जातको बिउको आयु बढीमा १० वर्षको हुन्छ । तर, नेपालमा एउटा हाइब्रिड जातको बिउ सिफारिस भयो भने अनिश्चित कालसम्म प्रयोग गरिन्छ ।
‘एकपटक सिफारिस भएको जात पुरानो हुँदै जाँदा समयअनुसार त्यसको गुण परिवर्तन हुन सक्छ र वातावरणीय प्रभाव पर्न सक्छ,’ कुशवाहा स्पष्ट पार्छन्, ‘डेल्टा रानी जातमा पनि त्यही भएको हुन सक्छ । यो जात पुरानो भइसक्यो । अहिले ८ वर्ष पुगिसक्यो । दुई वर्ष ट्रायल समय हुन्छ । यो हिसाबले १० वर्ष पुगिसक्यो ।’
सिफारिस गरिएको समयमा उक्त जात राम्रो हुन सक्छ । तर , ८/१० वर्ष पछि जुनसुकै बेला त्यो भेराइटी फेल हुन सक्ने उनी बताउँछन् । त्यसको लागि सरकारले नीति नियम नै बनाउनु पर्ने उनको सुझाव छ । ‘बाला नलाग्ने समस्या सल्ट्याउँन सरकारले नियम कानुन नै बनाउनुपर्छ,’ उनी भन्छन्, ‘१०/१२ वर्ष पछि कि सरकारले फेरि एक पटक भेराइटी टेस्ट गरेर मात्र किसानलाई खेती गर्न दिनुपर्यो, कि त्यो भेराइटी नै उक्त समयपश्चात स्वतः विस्थापित गर्ने नियम ल्याउनुपर्छ । नभए भोलिका दिनमा स्थिती अझै भयावह हुनसक्छ ।’
कुशवाहाका अनुसार नेपाल सरकारले एउटा जातको सिफारिस गरेपछि त्यो अनिश्चितकालसम्म सिफारिस नै रहन्छ । दोस्रोपटक बिउको परीक्षणसमेत हुँदैन । त्यसकारण विदेशी हाइब्रिड १०/१२ वर्षमा स्वतः अस्वीकृत हुने नीति नियम बनाउनुपर्ने सरकारलाई उनको सुझाव छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार हाइब्रिड बिउको १०/१२ वर्ष मात्रै आयु हुन्छ । विदेशमा उक्त समयपश्चात स्वतः बिउ बिक्री/वितरण बन्द हुन्छ । तर, नेपालमा अनिश्तिकालसम्म प्रयोग भइरहने उनको भनाइ छ । ‘केही वर्षअघि गरिमा धानको बिउमा पनि यस्तै समस्या देखिएको थियो । तर, अहिले पनि त्यो बिउ किसानले लगाउन छोडेको छैन । यदि त्यही केश विदेशमा हुन्थ्यो भने स्वतः रोकिन्थ्यो,’ प्राविधिक अधिकृत कुशवाहा उदाहरण दिँदै भन्छन्, ‘नेपालमा नीति नियम नभएका कारण यस्तो समस्या पटक–पटक आइरहन्छ । सरकारले यस्ता नीति नियम बनाउने हो भने यस्ता समस्या स्वतः घट्न थाल्छ ।’
धानको हाइब्रिड बिउ एकदमै संवेदनशील हुन्छ । ‘मकै गहुँलगायत अरू बालीको बिउभन्दा धानको बिउ एकदमै संवेदनशील हुन्छ,’ कुशवाहा भन्छन्, ‘अलिकति तापक्रम घटीबढी भयो भने दाना नै लाग्दैन । निजगढको केशमा पनि तापक्रम नमिलेको हुन सक्छ ।’
प्रत्येक वर्ष श्रेष्ठले ‘शंखर युएस–३१२’ जातको धान रोप्दै आएका थिए । यो वर्ष पनि उनी त्यही जातको धान रोप्ने तरखरमा थिए । तर, उक्त बिउ पाइएन । बिउ वितरकले पनि अन्य जातभन्दा बढी उत्पादन दिन्छ भनेपछि आफूले पनि ‘डेल्टा रानी’ जातको बिउ लगाएको उनको भनाइ छ । श्रेष्ठले प्रतिकेजी २/३ सय तिरेर चार किलो बिउ किनेका थिए ।
साथै हाइब्रिड बिउ पुरानो हुँदै जाँदा उक्त जातबाट आउने प्रतिफल घट्दै जाने, अर्कोतर्फ मलजल र विषादीको लागत बढ्ने भएकाले धेरै पुरानो बिउ बढी प्रयोग गर्न नहुने प्राविधिक अधिकृत डा. कुशवाहा बताउँछन् । ‘नेपालमा निर्वाहमुखी खेती गरिने भएकाले पुरानो जात बढी प्रयोग भइरहेको छ । बजारमा सहजै बिउ पाइने वातावरण निर्माण, मूल्य श्रृङ्खलामा हस्तक्षेप गर्न सक्यो भने नयाँ जातको प्रयोग बढ्ने हो भने धान उत्पादन पनि बढ्ने थियो,’ उनले भने ।
नयाँ जातको बिउ बदलिँदो वातावरणसँगै हुर्कन सक्ने भएकाले उत्पादकत्व बढाउन पुराना बिउ प्रतिस्थापन गर्नु पर्ने डा. कुशवाहाकोे भनाइ छ ।
के भन्छ सरकार ?
कुनै हाइब्रिड बिउमा समस्या देखा परे नेपालमा पनि सूचीकृत जातबाट हटाउन सकिने प्रावधान रहेको बिउविजन गुणस्तर केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा. आचार्यले कुनै जातमा समस्या देखियो भने अनि मात्र सूचीबाट हटाउन सकिने बताए ।
‘विदेशमा जस्तै नेपालमा पनि धानको बिउलाई सूचीकृत जातबाट हटाउन सकिने प्रावधान छ,’ उनी स्पष्ट पार्छन्, ‘तर, जब जब त्यो जातले जेनेटिक प्युरिटि मेन्टेन गर्न सकिएन, रोग कीराको एकदमै समस्या पर्यो भने हामीले पनि सूचीबाट हटाउँछौँ । तर, यति वर्षमा नै हटाउनु पर्छ भन्ने प्रावधान छैन ।’
यस्तै, कुनै जातमा समस्या देखा परे पनि त्यसको सुधार गरेर फेरि प्रयोग पनि गर्न सकिन्छ । कृषि अनुसन्धान परिषद् (नार्क) ले बिउको जातीय सुधार अन्तर्गत प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तथा मेन्टेन गर्ने काम गर्छ । जसले गर्दा ४०/५० वर्ष अघिका धानका जात अहिले पनि किसानहरूले प्रयोग गर्दै आएको उनको भनाइ छ ।
‘हुन त नयाँ–नयाँ जातको खोज अनुसन्धान गरेर पत्ता लगाउनु पर्ने आवश्यकता त छ,’ केन्द्रका सूचना अधिकारी डा. आचार्य भन्छन्, ‘तर, १०/१२ वर्ष भन्दा धेरै वर्ष पुराना जातहरू अहिले पनि नेपालमा प्रयोग भइरहेका छन् । नार्कले बिउको मेन्टेन गरेर उत्पादन पनि राम्रो दिइरहेको छ । यति वर्ष पछि हटाउनै पर्छ भन्ने हुँदैन ।’

सूचीकृत जात भए पनि हाइब्रिड बिउमा जुनसुकै देशमा समस्या देखिने उनी बताउँछन् । हाइब्रिड बिउ एकदमै संवेदनशील हुन्छ । थोरै हावापानी, तापक्रममा तलमाथि हुनेबित्तिकै समस्या देखा पर्ने आचार्यको भनाइ छ । नेपालमा अधिकांश विदेशी हाइब्रिड धानको बिउ किसानको रोजाइमा पर्ने गरेको छ । नेपालमा हालसम्म दुई वटा हाइब्रिड धानको बिउ विकास भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हर्दिनाथ हाइब्रिड–१ र हर्दिनाथ हाइब्रिड–३ गरी दुई जात मात्र विकास गरेको छ । उक्त हाइब्रिड बिउ धेरैजसो तराई क्षेत्रमा लगाइन्छ । पछिल्लो समय किसानमा हाइब्रिड जातको बिउ प्रति आकर्षित हुँदा बिउमा परनिर्भरता बढेको छ । जसले गर्दा प्रत्येक वर्ष किसान ठगिने गरेका छन् ।
पछिल्लो समय सरकारले नै सूचीकृत गरेको हाइब्रिड धानको बिउबाट बाला नै नलागे समस्या देखा परिरहेको छ । मुख्य अन्न बाली नै सप्रिन नसकेपछि बर्सेनि धानको उत्पादकत्व घट्दै गएको छ । फरकधार
काठमाडौं,कात्तिक ९, २०८०
बुधबार काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले १ हजार ९७ सवारीका चालकलाई कारबाही गरेको हो।
जसमा ओभर स्पिड चलाउने ४७१, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १००, लेनको पालना नगर्ने २०, रेड लाइटमा सवारी चलाउने १३, जथाभाबी हर्न बजाउने १५, नम्बर प्लेट प्रष्ट नभएका ६ र अन्य ४७२ रहेका छन्। अन्नपूर्ण
तराईमा पहिले पहिले बालविवाह सामान्य मानिन्थ्यो । सांसद सुनिता मोचीको विवाह पनि आठ वर्षकै उमेरमा सिरहा सुखीपुरका रामकुमार मोचीसँग भयो । बिहे भएको एक वर्षपछि ससुरालमा बस्न थालेकी सुनिताको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आइपर्यो । नाबालकमै विरामी सासु ससुराको सेवा गर्दै सुनिताको दिन बित्थ्यो ।
बिहे भएको केही वर्षमै उनको सासु र ससुरा बिते । जेठी बुहारी भएका कारणले घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । उनी भन्छिन्, त्यतिबेला मेरो उमेर कति थियो याद छैन । सासु–ससुराको निधनपछि मैले छोरी जन्माएकी थिएँ । छोरीसँगै दुई देवरको समेत हेरचाह मेरै जिम्मामा थियो ।’
सुनिताका श्रीमान् रामकुमार काठमाडौँमा जुत्ता सिलाउने काम गर्थे । यता सुखीपुरस्थित घरमा सुनिताले देवरसहित आफ्ना छोरी गरी तीनजना बच्चा एक्लै सम्हाल्थिन् । ‘१० कठ्ठा पुख्र्यौली जमिन थियो । श्रीमान्ले काठमाडौंबाट अलिअलि पैसा पठाउनु हुन्थ्यो । त्यत्तिले खान नपुगेर कहिलेकाहीँ गाउँमा मजदुरीले गर्जो टथ्र्यो । तर, निकै गाह्रो हुन्थ्यो ।’ उनले ती दिनका दुःख सुनाइन् ।
किशोर वयमा जेठो देवरको बिहे भयो । तर, विहे गरेर समस्या समाधान भएन । परिवारमा सदस्य थपिएर झन् खर्च बढ्यो, आम्दानी बढेन । त्यसपछि जे जे दुःख गर्नुपर्छ काठमाडौंमा सँगै गरौंला भनेर सुनितालाई श्रीमान्ले काठमाडौं बोलाए ।
काठमाडौंको यात्रा
सुनिताले आफ्ना छोरी र कान्छा देवरलाई साथमा लिएर काठमाडौं आइन् । त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रको विरुद्धमा काठमाडौंमा आन्दोलन चर्किरहेको थियो, माहोल राम्रो थिएन । त्यस अवस्थामा पनि रामकुमार मोचीले बबरमहलको सडकपेटीमा बसेर जुत्ता सिलाईको काम गरिरहेका थिए । एक दिन जुत्ता नसिलाउँदा घरको चुल्हो बल्दैनथ्यो ।
गैरीगाउँको सुकम्बासी वस्तीमा महिनाको पाँच सय रुपैँयामा एउटा साँगुरो कोठा भाडामा लिएर बसेका रामकुमारले त्यसैमा श्रीमती, छोरी र भाइलाई साथमा राखे ।
यता, सुनितालाई आर्थिक अवस्थाले मात्र होइन, काठमाडौंको परिवेशले पनि गाह्रो भइरहेको थियो । यहाँको भेषभुसा, भाषाले ‘एडस्ट’ गर्न निकै गाह्रो भइरहेको थियो । उनलाई पछि लाग्न थल्यो, बरु यो भन्दा सुख त सुखीपुर गाउँमै थियो ।
उनी अधिकांश समय कोठमा नै बिताउँथिन् । छोरी र देवर स्कूल भर्ना भएकाले खर्च ह्वात्तै बढेको थियो । त्यसैले, त्यसरी सधँै कोठामै बिताउनु उचित पनि थिएन । भन्छिन्, ‘आर्थिक रुपले हाम्रो अवस्था दिनदिनै खराब हुँदै गइरहेको थियो । जुत्ता सिउन बस्दा कहिलेकाहीँ नगरप्रहरीले सडकपेटीबाट धपाउँथ्यो । आन्दोलन पनि चलिरहेको थियो ।’
अनि बेच्न थालिन् साग
अब आफू पनि केही गर्नुपर्छ भनि श्रीमान्सँग सल्लाह गरेर सुनिताले तरकारी बेच्ने निधो गरिन् । उनी भक्तपुर किसानको बारीमै गएर साग ल्याउँथिन् र काठमाडौं, शान्तिनगरस्थित पिस्टन स्कूलको अगाडि बसेर बेच्थिन् । तीन चार महिना साग बेचेर १८ सय रुपियाँ बचत गरिन् । त्यसले एउटा सानो कठघारा (घुम्ती) किनेर पान पसल चलाउन थालिन् ।
सुनिताले खोलेको पान पसल सोचे जस्तो चलेन । कारण थियो, सुनिता दलित हुनु । वरपरका पसलेहरुले सुनिता दलित भएको जानकारी दिँदा पसलमा विस्तारै ग्राहक आउन छाडे । तर, त्यसमध्ये एक ग्राहक थिए, तत्कालीन सद्भावना पार्टीका नेता सुभलाल यादव, जो सुनिताको पान पसल जान कहिल्यै छाडेनन् ।
पान पसलबाट खासै आम्दानी नभएपछि सुनिताको आर्थिक अवस्था फेरि बिग्रिन थाल्यो । पसल सञ्चालनको क्रममा सुनिता मोचीको सम्पर्क विशेश्वर रजक र चन्देश्वर खत्वेसँग भयो । उनीहरुले मधेशी दलित विकास महासंघ गठन गरेका थिए । त्यसमा एकजना महिलाको आवश्यकता थियो, जसमा सुनिता मोचीको नाम इन्ट्री भयो ।
दलित अभियानमा सक्रियता
महासंघमा सुनिता केन्द्रीय सदस्य भइन् । त्यसमार्फत् उनले मधेशी दलितको अवाज उठाउन थालिन् । उनले बाल्यकालदेखि भोग्दै आएकी छुवाछूतको बारेमा बोल्न थालिन् । महासंघले आयोजना गर्ने कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा उनी नियमित सहभागी हुन थालिन् । कार्यक्रमहरु जाँदा पाइने भत्ताले उनलाई केही सहज भयो ।
कहिलेकाहीँ कार्यक्रमहरुमा उपत्यका बाहिर पनि जान्थिन् । कार्यक्रममा धेरैसँगको सहकार्यले उनी खुल्दै गइन् । घुमाई पनि र केही आम्दानी पनि हुन थालेपछि सुनिता महासंघमै रमाउन थालिन् । तर, उता उनको पान पसल भने बन्द भयो ।

महासंघमा सक्रिय भएपछि उनको सम्पर्क विभिन्न राजनीतिक दलका नेताहरुसँग नहुने कुरै थिएन । पार्टीका कार्यक्रममा नेताहरुसँग सम्पर्क बढ्दै गएपछि पहिलो संविधान सभामा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सुनिता मोचीको नाम समानुपातिक सूचीमा समावेश गरेका थिए । उनको नाम एक नम्बरमै थियो तर उनी संविधानसभा सदस्यमा चयन हुन सकिनन् ।
काठमाडौंमा पढाइ
आठ वर्षमै बेहुली भएपछि सुनिताका लागि शिक्षा कुन चरीको नाम हो थाहै भिएन । उनी दुई वर्षको छँदै उनकी आमाको निधन भयो । उनको लालनपालन दाइ भाउजु र बुवाले गरे । बुवा तत्कालीन गाविसमा कार्यालय सहयोगी थिए । आम्दानी थोरै, खानेमुख धेरै । त्यसमाथि छोरीलाई पढाउने चलनै थिएन ।
तर, जब उनी काठमाडौं टेकिन् र ठूलावडासँग संगत गरिन्, पढाइको आवश्यकता महसुस भयो । साग बेच्न अनि पान पसल सुरु गरेदेखि नै उनलाई हिसाब किताब गर्न गाह्रो भइरहेको थियो ।
त्यसमाथि सामाजिक काममा लागेपछि उनलाई झनै पढाईको आवश्यकता महसुस भयो । एकातिर पान पसल, अर्कोतिर दलित महासंघदेखि राजनीतिक दलको कार्यक्रमकै चटारोबिच उनी ट्युशन पढ्न थालिन् । सुनिता भन्छिन्, ‘पान पसल खोलेपछि मलाई पढाईको आवश्यकता महसुस भएको थियो तर पढ्ने मौका नै मिलिरहेको थिएन । नपढी नहुने भएपछि साइकल चढी मिथिला कर्णको घरमै गएर ट्युशन पढ्न थाले ।’
सुनिता भन्छिन्, ‘मसँग शिक्षाको कुनै पनि औपचारिक सर्टिफिकेट छैन । स्कुल पढेर सर्टिफिकेट लिउँ कि जस्तो पनि लाग्छ तर फुर्सद छैन । ट्युशनबाटै अहिले सबथोक बुझ्ने भएकी छु । नेपालीमा लेखिएका सबै विषयबस्तु पढ्न सक्छु । अलिअलि अंग्रेजी पनि आउँछ, सामान्य हिसाब सबै आउँछ ।’ उनलाई यति भए के चाहियो ।
सद्भावना पार्टी छाडेर सुनिता तत्कालीन मधेशी जनअधिकार फोरम पार्टीमा प्रवेश गरेकी थिइन् । फोरममा गएपछि उनले महिला संगठनमा काम गर्न थालिन् । संविधानमा मधेसको अधिकार सुनिश्चित गराउन फोरमले काठमाडौँकेन्द्रीत आन्दोलन गरेको थियो । त्यसमा सुनिताको सक्रिय सहभागिता थियो ।
आन्दोलनको हरेक ठाउँमा उनको उपस्थिति रहन्थ्यो । विहानै उठ्ने, खाना पकाउने, बच्चाहरुलाई स्कूल पुर्याएर कोठाबाट निस्केपछि एकैपटक राती फर्किन्थिन् । पसलमा समय न दिन सकेपछि १३ सयमा पान पसल बेचिन् । त्यही पैसाले श्रीमान्को पसल सडकपेटीबाट सटरमा लगिन् । बरु त्यो पसल राम्रो चल्न थाल्यो । मान्छेको हेराइमा पनि परिवर्तन भयो ।
दोस्रो संविधान सभाको चर्चादेखि प्रदेशसभा सदस्यसम्म
२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि फोरमले सुनिता मोचीको नाम समानुपातिक सूचीमा राखेको थियो । तर जब सूचीबाट उम्मेदवार चयन गर्ने कुरा भयो, उनको नाम आएन । तैपनि उनी बिचलित भइनन् । उनी झन सक्रिय भएर राजनीतिमा लागिन् ।
उनले भनिन्, ‘समानुपातिकमा मेरो नाम दुई दुई पटक राखियो तर संसदमा जान सकिएन । त्यसले मलाई दुःख लागेन । बरु, मेरो मेहनत पुगेन कि, मेरा बेला अझै भएको छैन कि सोचेर राजनीतिमा झनै सक्रिय भएँ ।’
२०७४ को चुनावमा फोरमले सुनिताको नाम प्रदेश सभाको समानुपातिकमा राख्यो । अनि, प्रदेश सभा सदस्यमा चयन पनि भइन्, त्यो दिन उनका लागि सबैभन्दा खुशीको दिन थियो । सुनिताभन्दा पनि बढी उनका श्रीमान् रामकुमार मोची खुशी थिए । दुबैलाई बधाईको ओइरो लाग्यो । सुनिता भन्छिन्, ‘यसपाली पार्टीले ममाथि ठूलो विश्वास गर्यो ।’ साधारण परिवारका बुवा मकुन चमार र आमा रामरती चमारका छोरी सुनिता सांसद भएकी थिइन् ।
प्रदेश सभामा गएपछि सबैभन्दा बढी मधेसी दलितको चेतनाका लागि काम गरिन् । विभिन्न कानुन, ऐन निर्माण हुँदा त्यहाँ मधेसी दलितको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ, त्यसका लागि उनले निकै मेहनत गरिन् ।
पछिल्लो २०७९ मंसिर ४ को चुनावमा सुनिताको नाम पार्टीले समानुपातिकमा राखेन । त्यसमा उनको कुनै चित्त दुखाई थिएन । उनको ईच्छा त प्रत्यक्ष चुनाव लड्ने थियो तर आर्थिक अवस्थाका कारण त्यो संभव थिएन ।
उनी अहिल्यैदेखि नै २०८४ को चुनावको तयारीमा लागेकी छिन् । पार्टीले समानुपातिकमा राख्यो भने ठिकै छ, नभए जेमा टिकट दिन्छ, त्यसैमा चुनाव लड्ने बताउँछिन् ।
सुनिताका एक छोरी र एक छोरा छन् । छोरीको विहे भइसकेको छ भने छोरा काठमाडौंमै ब्याच्लर अध्ययन गरिरहेका छन् । काठमाडौंमा उनको श्रीमान्को जुत्ता पसल छँदैछ । अहिले गाउँमै पक्की घर बनाएकी उनको सोच काठमाडौको पसल गाउँमै चलाउने योजना छ ।
श्रीमान् रामकुमार मोचीले बालबच्चा सम्हाल्नेदेखि घरका अन्य काममा पनि सहयोग गरेपछि सुनिता बाहिर राजनीतिलगायत पढाई, सामाजिक कार्यक्रम भ्याइन् । र, आज यो अवस्थासम्म आइपुगेकी छिन् । रामकुमार मोचीले भने, ‘सुनिताले जे गरिरहनु भएको छ, त्यो हाम्रो सोचभन्दा धेरै टाढाको कुरा थियो । तर, उहाँले गरेर देखाई दिनुभयो, त्यसमा मलाई गर्व छ । रातोपाटी





आरके श्रीवास्तव,राैतहट,०८ गते कार्तिक रौतहट ।
रौतहटको माैलापुर नगरपालिकामा रहेकाे नेपाल विधुत प्राधिकरण माैलापुर वितरण केन्द्रमा बुधबार विश्वकर्मा मन्दिरको शिलान्यास गरिएको छ ।

माैलापुर वितरण केन्द्रका प्रमुख ई.दिनेश यादवले एक कार्यक्रमका बिच विधिवत् रूपमा शिलान्यास गर्नु भएको हाे । कर्मचारीहरूले आर्थिक सहयोग जुटाएर कार्यालय परिसर भित्र मन्दिर निर्माण गराउन लागेका हुन् । कार्यालय स्थापना भएपनि मन्दिर भने निर्माण हुन सकेको थिएन् ।

यादवले कार्यालय प्रमुखकाे जिम्मेवारी सम्हाले देखिनै मन्दिर निर्माण साेच राखेका थिए । त्यसै अनुरूप नै उनले पहल गरि सम्पूर्ण कर्मचारीहरूकाे सहयोगमा मन्दिर बनाउन लागेका हुन् । शिलान्यास पछि छिट्टै मन्दिर निर्माणकाे काम अगाडि बढाइने प्रमुख यादवले बताउनु भयाे । साे अवसरमा माैलापुर वितरण केन्द्रका कर्मचारीहरूकाे उपस्थिति रहेको थियाे ।