२०८३ भाद्र ४
२०८३ भाद्र ४

वासिंगटन डिसी, १० कार्तिक ।

अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् ।

 

गत बुधवार अर्थात अक्टोबर २५ मा पनि ​​माइन राज्यको लेविस्टन सहरमा भएको गोलीकाण्डमा कुल २२ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

 

तीमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको छ । घटना गराउने व्यक्ति फरार छन् । प्रहरीका अनुसार उनी मानसिक रोगी छन् । उनीसँग बन्दुक पनि छ, जसबाट उनले बुधबार अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । समाचार अनुसार बुधबार मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान रोबर्ट कार्डको रूपमा गरिएको छ। उनी अमेरिकी सेना रिजर्भमा बन्दुक प्रशिक्षक थिए।

 

एसोसिएटेड प्रेसका अनुसार अमेरिकामा यसरी गोलीबारी गरिएकाे यस वर्षको ३६ औं घटना हो । समाचार अनुसार यस वर्ष यस्ता घटनामा कुल १८८ जनाको ज्यान गएको छ ।

 

यो वर्ष अमेरिकालाई हल्लाउने धेरै गोलीकाण्डका घटना भएका छन् । जसमध्ये चर्चित र ठुला गोली काण्डका बारेमा जानकारी दिनेछौं ।

 

लेक टाउनसिप, ओहायो (अगस्त २४) – प्रहरीका अनुसार साे घटनामा तीन बालबालिकासहित एकै परिवारका पाँच जनाको गोली हानी हत्या भएको थियो ।  मृत्यु हुनेमा जेसन डनहम, उनकी श्रीमती मेलिसा र १५, १२ र ९ वर्षका छोराछोरी रहेका छन् । प्रहरीले घटनालाई घरायसी विवाद भएको बताएको छ । यद्यपी गोली प्रहार कसले गर्यो भन्ने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 

एलेन मल्ल, टेक्सास (मे ६) – गत मे ६, २०२३ मा टेक्सासको एलेन प्रिमियम आउटलेट मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको थियो र ७ जना घाइते भएका थिए। यस घटनापछि प्रहरीले बन्दुकधारी एक्लै भएको र उसले अचानक गोली चलाउन थालेको बताएको छ । तर, पछि प्रहरी कारबाहीमा आक्रमणकारी मारिएका थिए ।

 

हेनरिएटा, ओक्लाहोमा (मे १०) – यस घटनामा आक्रमणकारीले पहिले आफ्नी श्रीमती, तीन छोराछोरी र दुई साथीलाई गोली हानेर हत्या गरे र त्यसपछि आफैलाई गोली हानेका थिए । घटनापछि प्रहरीले अभियुक्त यसअघि पनि धेरै मुद्दामा जेल परेको र हालै जेलबाट छुटेको बताएको थियो ।

 

क्लिभल्याण्ड, टेक्सास (अप्रिल २८) – क्लिभल्याण्ड, टेक्सासमा गत अप्रिल २८,२०२३  मा एक परिवारलाई लक्षित गरेर गोलीकाण्ड घटाइएको थियो। प्रहरीका अनुसार आक्रमणकारीले उनको घरको आँगनमा गोली चलाएको थियो जब पीडितहरूले उनलाई रोक्न भनेका थिए। यसले आक्रमणकारीलाई रिस उठ्यो र उसले अन्धाधुन्ध गोली चलाएर पाँच जनाको हत्या गरिदिए ।

 

न्युयोर्क, १० कार्तिक ।

अमेरिकामा गोलीकाण्डका घटना अझै रोकिएका छैनन् ।

 

अमेरिकाको लेविस्टनमा बुधबार अबेर राति भएको गोलीकाण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका थिए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ, उनीहरू अझै अस्पतालमा उपचाररत रहेका छन, यस्तो अवस्थामा मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

 

अमेरिकाको सबैभन्दा ठुलो गोली काण्ड मानिएको यस घटनाको मुख्य दोषी रोबर्ट कार्ड रहेको जनाइएको छ ।

 

सीएनएनका अनुसार राज्य प्रहरीले आफ्नो बुलेटिनमा ४० वर्षीय रोबर्ट दर्तावाल बन्दुक प्रशिक्षक भएको बताएको छ। उनले मानिसहरूलाई बन्दुक कसरी प्रयोग गर्ने भनेर सिकाउने गर्दथे, जो उनी सेनाबाट अवकाश प्राप्त हुन ।

 

यसअघि उनी घरेलु हिंसाको मुद्दामा पनि पक्राउ परिसकेका ब्यक्ति भएको पनि खुलेको छ । यति मात्र होइन उनी मानसिक रोगी समेत रहेको र मानसिक अस्पतालमा उपचार गराइरहेकोसमेत प्रहरीले जनाएको छ ।

 

समाचार अनुसार रोबर्टले अनौठो आवाजमा बोल्दथे । उनले हालै मात्सारै कोमा रहेको नेशनल गार्ड बेसमा गोली हानेर धम्कीसमेत दिएका थिए।

 

यसअघि प्रहरीले बुधबार साँझ सेमी अटोमेटिक राइफल बोकेका एक व्यक्तिको दुई तस्बिर फेसबुकमा सार्वजनिक गरेको थियो । तस्बिरहरूले खैरो हुडी र जीन्स लगाएको दाह्री भएको मानिसलाई गोली चलाउने स्थितिमा हतियार समातेको देखाएको छ ।

 

प्रहरीका अनुसार रोबर्टको दुई पटक सम्बन्धविच्छेद भइसकेको छ । उनी तीन सन्तानका पिता हुन् । उनीसँग घरेलु हिंसा र अन्य अपराधको इतिहास बोकेका ब्यक्तिसमेत हुन । उनी यसअघि पनि पटक पटक पक्राउ परेका थिए ।

 

सो घटना पछि अमेरिकन प्रहरीले लेविस्टनका स्थानीय बासिन्दालाई घरभित्रै बस्न सल्लाह दिएको छ ।यससँगै प्रहरीले रोबर्ट कार्डको खोजी गरिरहेको छ तर उनी अझै प्रहरीको पहुँचबाट बाहिर रहेका छन् ।

 कार्तिक १०,काठमाडौँ ।

नेपाल र  युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा हुदैँछ ।

त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएईका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 

सो प्रतिस्पर्धाको क्रममा आज नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ।

 

 

जारी सिरिजमा लगातार चार वटा खेल जितेको नेपालले युएईलाइ दुइ पटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो ।

 

बेइजिङ, १० कार्तिक ।

एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो ।

 

राज्य नियन्त्रित मिडियाहरुका अनुसार शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन भएको हो । उनी ६८ वर्षका थिए ।

गत वर्षको अन्त्यसम्म चीनको नम्बर २ स्थानमा रहेका ली शक्तिशाली नेता सी जिनपिङको नेतृत्वमा सन् २०१३ देखि यस वर्षको मार्चसम्म एक दशकसम्म देशको प्रधानमन्त्रीको रुपमा रहेका थिए ।

 

चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेताहरूको भुमिकाको क्रममा लीको समय भने गत अक्टोबरमा समाप्त भएको थियो, जब उनलाई पार्टीको केन्द्रीय समितिमा दुई दशकको नेतृत्व फेरबदलको क्रममा नाम दिइएको थिएन, जसले चिनियाँ नेता सी जिनपिङलाई मुख्य सहयोगीको रुपमा लिईएको थियो ।

 

तत्कालीन ६७ वर्षीय ली चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूको अनौपचारिक अवकाशको उमेरभन्दा एक वर्ष कम थिए।

गाजा, १० कार्तिक ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो ।

जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ ।

 

इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल संख्या ७,०२८ रहेको जनाइएको छ ।

 

अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ ।

 

एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्।

 

उता, अल जजीराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्तिमार्फत इजरायली हमलाका कारण करिब ५० इजरायली बन्धक मारिएको अनुमान गरेको छ। उसका अनुसार इजरायलले दानव शैलीमा गरेको हमलामा परी हमासका बन्धक भएका ५० इजरायलीलाइ मारेको उसको जिकिर रहेको छ ।
इजरायली सेनाले दावी गर्दै आएको छ कि हमासले गाजा पट्टीमा कम्तिमा २२४ मानिसहरूलाई बन्धक बनाएको छ।

 

 

यसैबिच, रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हमासको प्रतिनिधिमण्डल मस्को भ्रमणमा रहेका छन् । एजेन्सीले प्यालेस्टिनी प्रतिनिधिमण्डलको एक स्रोतलाई उद्धृत गर्दै मस्को भ्रमण गर्नेहरूमा हमासका वरिष्ठ सदस्य अबु मारजुक पनि थिए।

रसियाको इजरायल, इरान, प्यालेस्टिनी प्राधिकरण र हमास लगायत मध्यपूर्वका सबैसँग राम्रो सम्बन्ध रहेको छ।

गाजा, १० कार्तिक ।

गाजामा इजरायली हमलामा कम्तिमा पनि ३३ को मृत्यु भएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार गाजामा कम्तिमा तीनवटा आवासीय भवनहरु माथी भएको इजरायली हवाई हमलामा परी कम्तिमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो समाचार एजेन्सीका अनुसार सो क्रममा धेरैजना घाइते हुन पुगेका छन् ।

 

रातभरको बन्दको अवस्थामा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

 

गाजा सहरको दक्षिणपूर्वमा रहेको अल जायटौन छिमेकमा रहेको अल नादिम परिवारको स्वामित्वमा रहेको चार तले घरमा इजरायली हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार कुनै चेतावनी बिना नै सो हमला गरिएको थियो ।

 

उता, नुसेरात शरणार्थी शिविरमा रहेको अल हुर परिवारको घरमा इजरायली हवाई आक्रमणमा परी अन्य आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

 

यसैगरी, दक्षिणी गाजामा अवस्थित खान युनिस शरणार्थी शिविरमा सत्री परिवारको घरमा विमानले बमबारी गर्दा तीन बासिन्दाको मृत्यु भएको थियो र अरू धेरै घाइते भएका थिए।

 

वाफा संवाददाताहरूका अनुसार हमयादा परिवारको घरमा भएको इजरायली हमला पछि एक बच्चा र पाँच महिला सहित १२ जनाको मृत्यु भएको छ । कतिजना घाइते भएका छन, त्यसको एकिन बिवरण नआईसकेको भए पनि दर्जनौंको संख्यामा घाइते भएको उनीहरुले जनाएका छन् ।

तेल अहिब, १० कार्तिक ।

इजरायली बन्धकहरूका परिवार र उनीहरूका आफन्तहरूले उपचारका लागि रेडक्रसका कर्मचारीहरूलाई भेट गर्न दिन आग्रह गरेका छन ।

 

‘हामी रेडक्रस कहाँ छ भनेर हेर्न चाहन्छौं। हामीलाई थाहा छ रेडक्रस गाजामा छ, त्यसैले हामी संसारलाई रेडक्रसलाई गएर हाम्रो परिवारमा के भइरहेको छ भनेर हेर्न भन्न चाहन्छौं,’ मेरभ मोर रविभले भने । गाजामा हमासले आक्रामण गरे पछि उनकी छोरी पनि अपहरणमा परेकी छिन, जसमा उनका काका र काकी पनि रहेका छन ।

 

हमास हमलाका क्रममा अपहरण गरिएका बन्धकहरूका अन्य चार आफन्तले पनि उक्त आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ ।

 

‘हमासले हाम्रो परिवारलाई हेर्न र भेटन अझै दिइरहेको छैन। त्यसकारण हामीलाई तपाईं (रेडक्रस)को मद्दत चाहन्छौं,’ बन्धकहरूमध्ये एककी छोरी मायन सेगल कोरेनले भनिन्।

 

रोयटर्सका अनुसार बन्धकहरूका आफन्तहरूले इजरायलको परराष्ट्र मन्त्रालयको सहयोगमा युरोपेली सहरहरूको भ्रमण गरिरहेका छन्, उनीहरूको मुद्दा अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनका लागि उनीहरु युरोप निस्केका हुन् ।

काठमाडौं, १० कार्तिक ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तसर्थ वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

सागर संगम ठाकुर, रौतहट, कार्तिक ९ गते

रौतहटको धरहरीमा भुमिहिन दलित सुकुम्बासी र अब्यवस्थित बसाेबास गर्नेहरुकाे लागि जग्गा उलब्ध गराउनकाे लागि विभिन्न समितिहरु गठन गरिएको छ । विहिबार जिल्लाको देवाही गाेनाही नगरपालिका-९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहकाे अध्यक्षतामा बसेको बैठकबाट विभिन्न राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र दलितबाट सदस्य रहने गरि समिति चयन गरिएको हाे । राष्ट्रिय भुमि आयाेग गठन २०७८ दफा ६ काे खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरि राष्ट्रिय भुमी आयाेगले बनाएको कार्य बिधि अनुसार समिति गठन गरिएको छ । नव गठित समितिको सदस्यहरुमा नेकपा एमालेबाट रामअज्ञा ठाकुर,माओवादीबाट शंकर साह,नेपाली कांग्रेसका,बच्चु साह,आम जनता पार्टीका रंजन साह,एकीकृत समाजबादीका,जयशंकर दास,राष्ट्रिय स्वतन्त्र पार्टीका बिपत राय,जनमतका,नरेन्द्र साह(नबिलाल) दलितबाट राम सेवक दास,अलपसंख्यकबाट रमनवा देवी र नागेन्द्र ठाकुरलाई चयन गरिएको वडा अध्यक्ष वीर बहादुर साहले जानकारी दिनु भयो ।

गठित समितिले वडामा रहेका बास्तबिक भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसाेबास गर्ने नागरिकहरूलाई सहि पहिचान गरि नाम छनाैट गर्नुपर्ने प्रवधान रहेको अध्यक्ष साहले बताए । आयाेगले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क. को उपदफा (३) र दफा ५२ख. को उपदफा (६) बमोजिमको अधिकार प्रयोग गरी नेपाल सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि राष्ट्रिय भूमि आयोग गठन गरेको छ । यस आयाेगका मुख्य काम कर्तव्य अधिकार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आधार र मापदण्ड तोक्ने, ।भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने ।भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीय तह मार्फत गर्ने ।सम्बन्धित मालपोत. कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नाप जाँच गरी नक्सा स्रेस्ता तयार गर्ने वा गराउने ।स्थानीय तहबाट प्राप्त तथ्याङ्कको विश्लेषण गर्न आवश्यक प्रणालीको विकास गरी सोही प्रणालीको आधारमा अव्यवस्थित बसोबासीको जग्गाको वर्गीकरण गर्ने ।

अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराए बापत ऐन बमोजिमको दस्तुर लिने ।ऐनको दफा ५२ख. को उपदफा (४) बमोजिमको जग्गा हो वा होइन भज्ने सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहको समन्वयमा यकिन गर्ने वा गराउने । स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरण सम्बन्धी तथ्याङ्क प्राप्त भएपछि सोही बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन . र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न कार्य प्रक्रिया सुरु गर्ने ।स्थानीय विशिष्टता समेतको आधारमा सहरी क्षेत्रमा सामूहिक आवास वा जग्गा विकासको माध्यमबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्णय गर्ने ।भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने सम्बन्धमा यो आदेश र प्रचलित अन्य कानुनको अधीनमा रही आवश्यक निर्णय गर्ने ।कार्यक्षेत्रसँग सम्बन्धित विषयमा जुनसुकै निकायसँग कागजात माग गर्न, व्यक्तिलाई झिकाई बुझ्न , कागज गराउन, स्थलगत सर्जमिन गर्न वा गराउन सक्ने ।हदबन्दी भन्दा बढी भई रोक्का रहेका जग्गा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई उपलब्ध गराउने जस्ता कार्यहरू छन ।

काठमाडौं,२०८० कार्तिक ९ गते ।

नेकपा एमाले प्रथम मधेश प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम कार्तिक १८ गते वीरगञ्जमा हुने भएको छ ।

प्रदेश सदस्यहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।

कार्यक्रमको व्यवस्थापन एमाले पर्सा जिल्लाले गर्नेछ । मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

असोज २४ देखि २७ गतेसम्म चलेको प्रथम अधिवेशनले ५ जना पदाधिकारीसहित २३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो ।

प्रदेश कमिटी सदस्यहरु, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराइने कार्यक्रममा केन्द्रीय सदस्यहरु र केन्द्रीय निकायका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।