२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं, ११ कार्तिक ।

आज नेपाली कांग्रेसले चियापानको आयोजना गर्दैछ ।

 

दशैं तिहारजस्ता नेपालीहरुको महानपर्बको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो ।

 

सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संबैधानिक आयोगका प्रमुख र सदस्य तथा कुटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका बिभिन्न क्षेत्रका प्रतिनिधित्वहरुको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।

 

कोजाग्रत पुर्णिमाको दिन हरेक बर्ष कांग्रेसले बर्षाै देखी चियापान आयोजना गर्दै आएको छ ।

काठमाडौं, ११ कार्तिक ।

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तसर्थ वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं, १० कार्तिक ।

संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ ।

 

किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।

समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ ।

नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर फाइनलमा जीत हासिल गरेको हो ।

मुम्बई, १० कार्तिक ।

कंगना रनावतको फिल्म तेजसलाई लिएर अहिले चर्चा परिचर्चा चलिरहेको छ ।

 

कंगनाको ‘तेजस’ सिनेमाघरमा रिलिज भइसकेको छ र फ्यानहरु निकै उत्साहित भएका थिए तर त्याे उत्साह लामाे समय टिक्ने देखिएकाे छैन ।

 

तेजसमा कंगना वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । यो फिल्मबाट जति अपेक्षा थियो, त्यो भने खेर गएको मिडिया रिर्पोट आएका छन । यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि त्यति नरुचाएको देखिएको छ ।

 

यसैबिचमा, फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ, जसलाई हेर्दा यसको अवस्था निकै नाजुक रहेको भन्न सकिन्छ ।

कंगना रनौतका यस अघिका धेरै फिल्म फ्लप भएका कारण मानिसहरूले तेजसबाट अपेक्षा गरेका थिए। फिल्मको ट्रेलरलाई धेरै मन पराइएको थियो तर वास्तविकतामा यो फिल्मलाई दर्शकले त्यति मन पराएनन । जसका कारण कंगनाको तेजसको कमाई करोडमा पनि छैन ।

पहिलो दिन कंगना रनौतको तेजस हेर्न निकै कम मानिस गएका थिए । सैकनिल्कको रिपोर्ट अनुसार तेजसले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको छ,  जुन साच्चै नै निकै कम हो ।

 

यदि तेजसको अवस्था यस्तै रह्यो भने यो फिल्म सप्ताहन्तपछि नै हलबाट हटाउन फिल्म सञ्चालकहरु बाध्य हुनेछन् । तर, सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अनुमान भने नगरिएको होइन् ।

 

तेजसको कुरा गर्ने हो भने यसलाई सर्वेश मारवाहले निर्देशन गरेका हुन् । फिल्ममा कंगनासँगै अंशुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी र विशाख नायरको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

काठमाडौं, १० कार्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त भेटघाट भएको हो ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार समसमायिक राजनीतिक बिषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।

काठमाडौं, १० कात्तिक ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत युएईलाई  नेपालले १ सय ६३ रनको लक्ष्य दिएको हो ।

 

त्रिभुवन बिश्वबिद्यालयस्थित खेल मैदानमा जारी खेलमा नेपालले आठ विकेट गुमाएर १ सय ६२ रन बनाउन सफल भएको थियो ।


टस हारेर ब्याटीङमा उत्रेको नेपालले युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउमा छ। नेपालले यसअघि युएईका साथै हङकङलाई पराजित गरेर फाइनल म्याचमा पुगेको हो ।

 

जसअनुसार नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएर अहिलेसम्मको यात्रा तय गरेको थियो ।

धनगढी, १० कार्तिक ।

नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

 

कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो ।

 

यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीयदिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् ।

 

 

कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरुको शव परिवारले बुझेका छन् ।

काठमाडौं, १० कार्तिक ।

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख ब्यक्त गरेका छन् ।

 

शुक्रबार बिहान हृदयघातका कारण सांघाइमा चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको थियो । उनको निधनले चुनौती पुर्ण अबधीमा नेपाललाइ दिएको साथ ओलीले स्मरण गरेका छन् ।

 

‘पूर्व प्रधानमन्त्री ली खछ्याङको आकस्मिक निधनले गहिरो दुःख लागेको छ । मैले हाम्रा भेटहरूका सम्झनाहरू मन पराएको छु, विशेष गरी सन् २०१६ मा भएको नेपालका लागि चुनौतीपूर्ण अवधिमा,’ ओलीले स्मरण गर्दै भनेका छन, ‘उहाँको परिवार र चीनका जनताप्रति मेरो गहिरो र हार्दिक समवेदना छ।’

काठमाडौं, १० कार्तिक ।

यसअघि नै तय भएको नेकपा एमालेको चियापान एक दिन पर सरेको छ ।

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफनो चियापान एक दिन पर सारेको हो । उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएकाे थियाे ।

 

एमालेका कार्यालय सचिव भिष्म अधिकारीका अनुसार अब सो चियापान कात्तिक १५ गते मात्रै हुनेछ ।

‘नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा १४ कात्तिक २०८० मा शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको यहाँहरुलाई अवगत नै छ,’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे १५ कात्तिक २०८० मा आयोजना गर्ने निर्णय भएको छ ।’

 

उनका अनुसार सो चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक १२ः १५ बजेबाट सुरु हुनेछ ।

कतार, १० कार्तिक ।

कतारले भारतीय नौसेनाका आठ पूर्व कर्मचारीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

 

यो विषयलाई भारतले पनि चुनौती दिने भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्  ।

 

सो घटनालाइ लिएर विपक्षी दलहरूले यस विषयमा सरकारलाई घेरा हाल्न थालेका छन् ।  संसदमा यस विषयमा छलफल गर्दा सरकारले गम्भीरताका साथ नदिएको बताएका थिए ।

 

कांग्रेस, एआईएमआईएमलगायत सबै दलले सरकारलाई यस विषयमा घेरा हालिरहेका छन् । गत वर्ष जासुसीसम्बन्धी एउटा मुद्दामा आठ भारतीय पक्राउ परेका थिए ।

 

एआईएमआईएम प्रमुख असदुद्दीन ओवैसीले प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पूर्व कर्मचारीहरूलाई फिर्ता ल्याउनु पर्ने बताएका छन्।

 

ओवैसीले भने, अगस्टमा मैले कतारमा फसेका पूर्व नौसेना अधिकारीहरूको मुद्दा उठाएको थिएँ। आज उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ, प्रधानमन्त्री मोदीले इस्लामिक राष्ट्रहरूले उनलाई कति माया गर्छन् भन्ने कुरामा ठूलो कुरा गर्छन्, यसो हो भने पूर्व पदाधिकारीहरुलाई फिर्ता ल्याउनुपर्छ, मृत्युदण्डको सजाय भोग्नु निकै दुर्भाग्यपूर्ण छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।