२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं, ११ कार्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनको पुर्व प्रधानमन्त्री ली खछ्याङको निधनमा दुःख ब्यक्त गरेका छन ।

जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङ निधनको दुखद खबरले गहिरो दुःख ब्यक्त गरेका हुन ।

 

‘जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्रीको निधनले नेपालले असल साथी गुमाएको छ,’ प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गर्दै भनेका छन, ‘नेपाल सरकार र मेरो आफ्नै तर्फबाट उहाँको शोकसन्तप्त परिवार, सरकार र चीनका जनताप्रति गहिरो समवेदना।’

 

चीनका पुर्व प्रधानमन्त्री लीको हिजो सांघाइमा हृदयघातका कारण निधन भएको थियो ।

काठमाडौं ११ कार्तिक  ।

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।

आगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा आज गरेको हो।

 

जसअनुसार कप्तान रोहित पौडेलको नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी परेका छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन ।

सो प्रतिस्पर्धामा कुल ८ देश सहभागी हुनेछन, जसका लागि २ समूह बनाइएको छ। घरेलु मैदानमा सो खेल खेल्न लागेको नेपाल भने समूह ‘ए’ मा परेको छ, जुन समुहमा मलेसिया, ओमन र सिंगापुर रहेका छन भने समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र युएईको टिम रहेको छ  ।

 

एसिया छनोट खेल आगामी कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन भने समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

न्युयोर्क, ११ कार्तिक  ।

आज हमास-इजरायल संघर्षको २२ औं दिन हो।

 

यस युद्धमा अहिलेसम्म हजारौंको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघले पनि समस्याको समाधान खोजिरहेको छ तर सो प्रयास प्रति प्यालेस्टाइन र इजरायल बिभाजित भएका छन्  ।

 

संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव हालै पारित गरिएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ।

 

यो प्रस्तावको पक्षमा नेपालको सहित १२० राष्ट्रले पक्षमा मतदान गरेका थिए भने विपक्षमा इजरायलसहित १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले भने मतदान प्रक्रियामा सहभागी नै भएनन । इजरायलले युद्ध बिरामको सो प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

इजरायली विदेशमन्त्रीले युद्धविरामको आह्वान गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावको निन्दा गरेका छन् भने गाजामा कब्जा जमाएको हमासले संयुक्त राष्ट्रसंघको वक्तव्यको प्रशंसा गरेको छ । हमासले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘हमासले गाजामा युद्धविरामको लागि अनुरोध गर्ने संयुक्त राष्ट्र महासभाको प्रस्ताव पारित गरेकोमा स्वागत गर्दछ र गाजा पट्टीमा नागरिकहरूको लागि इन्धन र राहत सामग्रीहरू प्रवेश गर्न आह्वान गरेको छ ।’

प्यालेस्टिनी प्राधिकरणले पनि प्रस्तावको स्वागत गरेको छ । हमासको प्रतिद्वन्द्वी प्यालेस्टिनी प्राधिकरणले पनि संयुक्त राष्ट्रसंघको प्रस्तावको स्वागत गरेको हो ।

काठमाडौं, ११ कार्तिक ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा तथा युरोपियन युरो १ को खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा कायम गराएको जानकारी दिएको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसाले भाउ पाउँदा अष्ट्रेलियन डलर १ को खरिददर ८४.४ पैसा तथा क्यानेडियन डलर १ को खरिददर ९६.३१ पैसा तथा बिक्रिदर ९६.७५ पैसा कायम गरेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

लिस्वन, अमेरिका, ११ कार्तिक ।

अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन ।

 

लिस्वनको मेन सहरमा भएको गोलीकाण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन ।

 

सिएनएनका अनुसार गत बुधबार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन । सिएनएनका अनुसार उनले आफैले गोली हानेको अवस्थामा भेटिएका थिए ।

 

समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जंगलमा फेला परेको थियो, जहाँबाट बुधवार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो । उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माईल टाढा फेला परेको हो  । उनको शव फेला परेको स्थान रिसाइक्लिंग प्लान्टको नजिक रहेको छ ।

 

बुधवार साँझको लेविस्टनको बलिङ्ग गल्ली र रेस्टुरेन्टमा भएको गोलीबारी पछि उनी बेपत्ता भएका थिए, जसलाइ खोज्नका लागि प्रहरीले दुइ दिनसम्म कठिन मेहनत गरेको थियो । सो गोलीकाण्ड मच्चाए पछि बेपत्ता भएका उनले पुनः हमला गर्न सक्ने भन्दै सो क्षेत्रका आश्रयस्थल, स्कूल र व्यवसायहरूसमेत बन्द गराइएको थियो ।

गत वर्ष टेक्सासको उभाल्डेको एक विद्यालयमा भएको नरसंहार पछिको यो हमला सबैभन्दा घातक अमेरिकी सामूहिक गोलीबारीको रूपमा हेरिएको छ ।

 

उनको मृत शरिर फेला परे पछि अमेरिकी अधिकारीहरूले राति १० बजे पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी दिने बताएका छन् ।

गाजा, ११ कार्तिक ।

प्यालेस्टिनका कुटनीतिक अधिकारी हुसम जोम्लोटले गाजामा आफ्नो परिवारलाई भेट्न नपाएका बताएका छन् ।

युनाइटेड किंगडममा प्यालेस्टिनी मिसनका प्रमुख हुसम जोम्लोटले गाजा क्षेत्रमा सञ्चार ब्ल्याकआउटका कारण आफूले गाजामा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न नसकेकाे बताएका हुन ।

जोमलोटले सामाजिक सञ्जाल पोष्टमा लेखेका छन्, ‘म घण्टौं देखी गाजामा रहेको मेरो परिवारसम्म पुग्ने प्रयास गरिरहेको छु।’

 

उनले अगाडी लेखेका छन, ‘सबै दूरसञ्चार र इन्टरनेट काटिएको छ, ती सबै  इजरायली हमलाहरुले नष्ट भएका छन, शाब्दिक रूपमा गाजालाई हवाई भूमि र समुद्रबाट नष्ट गरिदैँछ, अझै कति निर्दोष मानिसहरू, बच्चाहरू, आमाबाबु र हजुरबा हजुरआमाहरूकाे ज्यान जाने हाे ? त्याे अझै एकिन गर्न सक्ने अवस्थामा छैन, नयाँ संसारमा फर्कनु अघि नै सम्भवतः सबै सकिनेछ ।’

जोम्लोट प्यालेस्टिनी अधिकारका लागि एक मुखर वकिल र द्वन्द्वमा प्यालेस्टिनी परिप्रेक्ष्यको लागि जानकार ब्यक्ति हुन् ।

सागर संगम ठाकुर रौतहट कार्तिक १० गते

रौतहटको फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे छ । शुक्रबार वडा अध्यक्ष राकेश यादवको नेतृत्वमा गएका वडा अध्यक्षहरुकाे टाेलीले नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे हाे । नगरपालिका अन्तर्गतका शिक्षक,शिक्षिका, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले तलबभत्ताकाे माग गर्दै नगरपालिकामा ताल्चा लगाईएकाे थियोे । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बया खातुनले कर्मचारीहरुलाई समयमै तलब भता खुवाउन नसके पछि आक्राेशित कर्मचारीहरुले नगरपालिकामा ताल्चा लागाएका थिए। वडा अध्यक्ष यादव नेतृत्वमा गएका वडा अध्यक्षहरुले आफुहरु छठ भन्दा अघिनै तलबभत्ता खुवाउने प्रतिबद्धता जनाए पछि लगाईएकाे ताल्चा खाेलिएकाे छ । बिगत लामो समय देखि बन्द रहेको नगरपालिका ताल्चा खुले पछि अब पुर्ण रुपमा संचालनमा आएको वडा अध्यक्ष राकेश यादव जानकारी दिनु भयो । कार्यवाहक नगर प्रमुखले ताल्चा खुलाउने विषयमा कुनै पहल नगरेपछि वडा अध्यक्षहरू आफैं सक्रिय भई ताल्चा खुलाएका हुन् ।

नयाँदिल्ली, ११ कार्तिक ।

टाटा समूहले भारतमा आइफोन एसेम्बल गर्न विस्ट्रोन प्लान्ट खरिद गरेको छ ।

 

इलेक्ट्रोनिक्स तथा प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले अक्टोबर २७ मा सामाजिक सञ्जालमार्फत टाटा समूहले भारतमा आइफोन उत्पादन र एसेम्बल गरिरहेको जानकारी दिएका थिए ।

 

राजीव चन्द्रशेखरले लेखेका थिए, ‘तपाईको योगदानको लागि विस्ट्रोनलाई धन्यवाद र यो भारतीय कम्पनीहरूसँग भारतबाट विश्वव्यापी आपूर्ति श्रृंखला निर्माण गर्न एप्पलको धेरै राम्रो कदम हो।’

 

समाचार अनुसार विस्ट्रोनको कारखानाको मूल्य करिब १२ करोड ५० लाख डलर रहेको अनुमान गरिएको छ । यो सम्झौताका लागि टाटा समूह र विस्ट्रोनबीच विगत एक वर्षदेखि वार्ता भइरहेको छ । विस्ट्रोनको यो प्लान्ट आईफोन–१४ मोडलको उत्पादनका लागि परिचित छ। हाल यस प्लान्टमा १० हजारभन्दा बढी कामदार कार्यरत छन् ।

 

विस्ट्रोनले सन् २००८ मा भारतीय बजारमा प्रवेश गरेको थियो जब कम्पनीले धेरै उपकरणहरूको मर्मत सुविधा उपलब्ध गराएको थियो। यस पछि २०१७ मा कम्पनीले आफ्नो सञ्चालन विस्तार गर्यो र एप्पलको लागी आईफोनको उत्पादन सुरु गर्यो।

 

तपाईलाई बताउन दिनुहोस् कि टाटा समूह नुन बेच्ने देखि प्राविधिक सेवा प्रदान गर्ने धेरै प्रकारका व्यवसायहरूमा संलग्न रहेकाे छ। हालका वर्षहरूमा समूहले इलेक्ट्रोनिक्स उत्पादन र ई–कमर्सको क्षेत्रमा प्रवेश गर्न यात्रा सुरु गरेको छ।

 

समूहले हाल तमिलनाडु राज्यको आफ्नो कारखानामा आईफोन चेसिस उत्पादन गर्दछ, जसले उपकरणको मेटल बडी बनाउँछ। थप रूपमा अध्यक्ष एन चन्द्र शेखरनले पहिले पनि चिप मेकिंग व्यवसायमा प्रवेश गर्ने आकांक्षा व्यक्त गरिसकेका छन्।

गाजा, ११ कार्तिक ।

उत्तरी गाजा पट्टीबाट रिपोर्ट गर्दै अल जजीराको सफवत काहलोउटले साक्षीहरूलाई उद्धृत गर्दै भने कि इजरायलले इन्डोनेसियाली अस्पताल र अल शिफा अस्पताल वरपर बमबारी गरिरहेको छन् ।

 

हमासले अल शिफा अस्पताललाई आधार र ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको थियो, जसलाई प्यालेस्टिनी समूह हमासलेले दृढतापूर्वक अस्वीकार गर्दै आएको छ । यसैबेला इजरायलले सो अस्पताल वरपर बमबारी गरेको हो ।

 

‘हामीलाई थाहा छैन कि अल शिफा अस्पताल वरपरको यो बमबारी एक प्रकारको चेतावनी हो वा गाजा शहर र गाजाको बाँकी भागमा तीव्र भइरहेको इजरायली हवाई आक्रमणको विस्तार हो, तर जे होस बमबारी भईरहेको छ,’ संबाददाता काहलौटले भने।

काठमाडौं ।

नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुदैँछ ।

 

गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन हुन लागेको हो ।

नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखी समापन हुनेछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिनेछ, जसका लागि रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ ।

बडा दशैं समापन भएसँगै टिका ग्रहण कार्य पनि रोकिनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।