२०८३ भाद्र ४
२०८३ भाद्र ४

लस एन्जलस, १२ कार्तिक ।

अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् ।

 

अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला माेडल दुई महिनाकी गर्भवतीसमेत थिइन् ।

 

ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैं आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन्।

 

विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन (एक कोकेन मेटाबोलाइट) साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यूयोर्क पोस्टले उल्लेख गरेको छ । उक्त समाचारमा भनिएको छ कि पोस्टमार्टमको समयमा शरीरमा चोटपटकको अवस्था हेर्दा यी ज्यान जोखिममा पर्ने चोटहरू थिएनन् भन्ने अनुमान गर्न सकिन्छ।

 

मुनी फेला परेको परिस्थितिले मृत्यु हुनु अघि उनी माथी काेही शारीरिक हिंसामा संलग्न भएको संकेत गरेको छ । समाचार अनुसार प्रहरीले मुनीको शव फ्रिजमा रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो । उनको मुख बन्द थियो, हात खुट्टा बाँधिएको थियो। महिलाको घाँटी थिचेको पनि प्रमाण भेटिएको छ ।

 

मोडेल मुनीकी बहिनीले एक न्युज च्यानललाई भनिन्,  ‘मेरी दिदीले त्याे समय कसरी गुजारेकी हाेलिन, जुन बेला उनी माथी हमला भएकाे थियाे, म कल्पना पनि गर्न सक्दिनँ, यो सोचेर मात्रै पनि म अहिले पनि काँपिरहेको छु ।’

 

मुनीको फोन र म्याकबुकसँग जोडिएको आइक्लाउडमा अलर्ट रहेको प्रहरीले जनाएको छ। जसको मतलब उसको फोन अरू कसैले प्रयोग गरिरहेको थियो भन्ने देखिएकाे छ । त्यसैमा टेकेर प्रहरीले अनुसन्धान अघि बढाएकाे छ ।

 

काठमाडौं, १२ कार्तिक ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

 

जस अनुसार भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसामा कारोबार हुदाँ युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा कायम हुदाँ अष्ट्रेलियन डलर एकको खरिददर ८४.४७ पैसा तथा बिक्रि दर ८४.८५ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९६.३१ रुपैयाँ र बिक्री दर ९६.७५ रुपैयाँ कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ८ं.८६ तथा बिक्रि दर ८.९० रुपैयाँ कायम हुदाँ सिंगापुर डलर १ को खरिददर ९७.०५ रुपैयाँ तथा बिक्रि दर ९७.४९ रुपैयामा कारोबार हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ .४४ रूपैयाँ र बिक्री दर ३६.६० रूपैयाँ कायम गरेको जनाएको राष्ट्र बैंकले युएई दिराम एकको खरिद दर ३६.१८ तथा बिक्रिी दर ३ट.३५ रुपैयाँमा खरिदबिक्रीका लागि अनुमति दिएको छ ।

तेल अहिब, १२ कार्तिक ।

इजरायलले गाजामा आफ्नो जमिनमा सेना परिचालन विस्तार गरेपछि हमाससँगको युद्धको अर्को चरण सुरु भएको बताएको छ ।

 

‘गाजा भित्रको युद्ध लामो हुने छ,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार चेतावनी दिएका थिए । उनका अनुसार यस चरणको लक्ष्य हमासलाई नष्ट गर्ने र आतंकवादी समूहद्वारा बन्धकहरूलाई फिर्ता गर्ने हो।

 

इजरायली सुरक्षा बलहरूका अनुसार रातभर एन्क्लेभमा प्रवेश गरे पछि इजरायली सेना गाजा भुमी भित्र रहेको छ। इजरायलमा हमासले अक्टोबर ८ मा गरेको हमला पछि जमिनमार्फत आक्रमणको व्यापक अपेक्षा गरिएको थियो । तर, यो क्षेत्रको ठूलो मात्रामा कब्जा गर्ने र कब्जा गर्ने उद्देश्यले कुनै ठूलो अपरेशन अझै चलिरहेको नदेखिरहेको बेला इजरायलले दोस्रो चरणको युद्ध सुरु भएको बताएको हो ।

 

गाजामा २०० भन्दा बढी बन्धकहरूका परिवारहरू आफ्ना बेपत्ता प्रियजनहरू फिर्ता ल्याउनका लागि इजरायलले मेहनत गरिरहेको छ । त्यसका लागि डराउँदै भए पनि इजरायलले एन्क्लेभमा आफ्नो कार्यहरू बढाउँदै लगेको जनाईएको छ ।

 

उता, गाजावासीहरूले अस्पतालहरूमा शरण लिदैँ  रातभर द्वन्द्वको सबैभन्दा ठूलो हवाई हमला सहेको बताएका छन्। सञ्चार अवरुद्ध हुँदा आपतकालीन सेवाहरू अवरुद्ध भएका छन् र परिवारका सदस्यहरू बीचको सम्पर्क विच्छेद भएको जनाईएको छ ।

तेल अहिब, १२ कार्तिक ।

इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औं दिनमा पुगेको छ ।

 

यसबिचमा भएका आक्रामणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाईसकेका छन् ।

 

गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथी आक्रामण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकासतिनै स्थानवाट आक्रामण गरिरहेको छ ।

 

संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आब्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आब्हानलाई अस्विकार गरेका थिए । उनीहरुले युद्ध जारी राख्ने पक्षमा आफनो मत प्रकट गरेका थिए  ।

 

हिजाे मात्रै युद्द राेक्नका लागि राष्ट्र संघले गरेकाे अाब्हानलाइ अस्विकार गर्दै गाजामा इजरायलको युद्ध  ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन्

 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रबक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन ।

 

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौं।’

काठमाडौं, १२ कार्तिक ।

प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्  ।

 

सचिवालयका अनुसार आइतवारको बैठकमा अर्थमन्त्री  प्रकाशशरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।

काठमाडौं, १२ कार्तिक ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भएका छन् ।

 

नेपालको चार दिने औपचारिक भ्रमणका गए राती आएका महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्नेसम्मको कार्यक्रम रहेको छ ।

गए राती १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटबार्ता गर्नेछन् ।

 

थप औपचारिक भेटबार्ता र संबाद सम्पन्न गरे पछि महासचिव गुटेरेस पाटन दरबार क्षेत्रको पनि अवलोकनमा निस्कने छन, आज उनै महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी जनाउने छन् ।

 

परराष्ट्र मन्त्रालयका अनुसार आफनो चार दिने भ्रमणका क्रममा महासचिव गुटेरेस सोमबार भने सगरमाथाको अवलोकन गर्न नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

साथै, मङ्गलबारको कार्यसुची अनुसार अपराह्न ४ः०० बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले यसअघि नै जनाईसकेको छ ।

 

काठमाडौं, १२ कार्तिक ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट औपचारिक संबाद सुरु गर्नेछन् ।

 

गए राती १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटबार्ता गर्नेछन् ।


परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन्।

 

यसैबिच, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसले शिष्टचार भेटबार्ता गर्नेछन्  ।

काठमाडौं, १२ कार्तिक ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइ पुगेका छन् ।

 

आफनो चार दिने भ्रमणका लागि उनी आइतबार राती १ः०० बजे नेपाल आइपुगेका हुन् ।

नेपालको चार दिने औपचारिक भ्रमणका लागि गए राती आइपुगेका उनलाई  विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग शान्ति प्रक्रिया र जलबायु परिवर्तनका बारेमा छलफल गर्नेछन् । उनले आज अपरान्ह १ः१५ बजे पछि प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भेटबार्ता गर्नेछन् ।

यस भ्रमणको क्रममा महासचिव गुटेरेस स्याङबुचे जानेछन भने पोखरासहित अन्नपुर्ण पदमार्ग पुग्ने र लुम्बिनीमा शान्ति ध्यान गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं, १२ कार्तिक ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तसर्थ वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

नयाँदिल्ली, ११ कार्तिक ।

भारतको सुरत शहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ ।

 

यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदयविदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् ।

एक परिवारका श्रीमान श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्बजनिक भएको हो ।

 

शान्तिलाल सोलंकीले झुण्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो ।

 

प्रहरीका अनुसार यो दुखद घटना शनिबार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्। घटना अडाजनको पालनपुर पटियास्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो ।

 

शान्तिलाल सोलंकीले पहिले आफ्नी श्रीमती, आमा, बुबा र तीन छोराछोरीसहित परिवारका सदस्यलाई विष दिएर पछि आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए ।

 

घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अडाजन प्रहरी र वरिष्ठ प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए ।

 

यो घटनाले पालनपुर पटियामा बसोबास गर्ने जनतामा शोकको लहर फैलिएको छ । मृत्युको कारण खुल्नका लागि प्रहरीले शव पोष्टमार्टमका लागि नयाँ सिभिल अस्पतालमा राखेको छ ।

 

प्रहरी अधिकारीहरूले परिवार र उनीहरूको आर्थिक अवस्थाबारे थप जानकारी लिन छिमेकीहरू र क्षेत्रका अन्य मानिसहरूसँग सोधपुछ गर्न थालेका छन्। यो सामूहिक आत्महत्याको कारण के हो ? भनेर अहिलेसम्म कसैलाई थाहा छैन। तर, आर्थिक समस्या, पारिवारिक विवादलगायत सबै पक्षमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रहरीका अनुसार सुरतमा भएको सामूहिक आत्महत्याको घटनामा एकैसाथ सात जनाको मृत्यु हुनेमा शान्तिलाल सोलंकी र उनकी श्रीमती रीता सोलंकी, उनका छोरी काव्या सोलंकी र दीक्षा सोलंकी, छोरा कुशल सोलंकी, शान्तिलाल सोलंकीका बुवा कानुभाइ सोलंकी र आमा शिलाबेन रहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।