अर्घाखाँची, १३ कात्तिक ।
भुमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।
बिष्णु कुँवरले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बैतडी, १३ कात्तिक ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
आरके श्रीवास्तव,रौतहट, १२ गते कार्तिक।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं ७ धमौरामा नगरस्तरीय मेयर कप २०८० क्रिकेट प्रतियोगिता आईतवार देखि सुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा वृन्दावन क्रिकेट समिति वृन्दावन ६ रौतहटको आयोजनामा आज देखि सुरु भएको सो क्रिकेट प्रतियोगिताको उदघाटन नगर प्रमुख विनोद प्रसाद कुर्मीले आज एक समारोहका विच गरेका हुन्। वृन्दावन नगरपालिका वडा नं.६ र ७ को रुपा नेपाली पाल मा.वि. धमौरा को संयुक्त खेल मैदान मा आयोजित उदघाटन कार्यक्रममा नगर प्रमुख कुर्मीले खिलाडीहरु सँग क्रिकेट खेलेर प्रतियोगिताको उदघाटन गरेका छन्। करिब एक महिना अर्थात मंसिर ७ गते सम्म चल्ने प्रतियोगिताका प्रथम विजेतालाई नगद रु ५५ हजारको साथै मेडल, ट्रफ र दोश्रो विजेता टोलीलाई नगद रु ३५ हजार

रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक आशिषराज पटेल ले जानकारी दिए । कार्यक्रममा बोल्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख कुर्मीले क्रिकेट खेलको माध्यमले मात्र आफ्नो पालिकालाई न भई सिंगै हाम्रो देश लाई नै चिउने माध्यम रहेकोले आफुले आफ्नो पालिका का स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरेर अगाडि बढाउने सोच ले सो मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गरेको बताए। नगर प्रमुख कुर्मीले प्रतियोगितामा भाग लिएर खेल्न आउने वडा नम्बर १ देखि ९ सम्मकै सम्पूर्ण खेलाडीहरुलाई शान्त र शभ्य तरिकाले खेल्न निर्देशन दिदै निर्णायक टोलीलाई पनि काखा पाखा नगरी खेल्न सञ्चालन गर्न आग्रह गरे।उहाँले अबको २०८१ मा हुने मेयर कप सो नगरपालिका वडा नं.९ भुषहामा सञ्चालन गर्ने घोषणा समेत गर्नुभयो। त्यसैगरी सो नगरपालिकाका निमीत प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेलले नरमा भईरहेको ऐतिहासिक मेयरकप क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै उनीहरुको क्षमता अभिवृद्धि गरिरहेको बताउनुभयो।

पटेलले सो प्रतियोगिता मा खेल्न आएका सम्पूर्ण टिमलाई अग्रिम बधाई दिदै उनीहरूलाई खेलमा निरन्तरता दिएर अगाडि बढ्न र अन्तर्राष्ट्रिय खेलाडी समेत बनेर देश र पालिकाको नाम रौशन गर्न आग्रह गरे। त्यति मात्र न भइ अधिकृत पटेलले आफ्नो कार्यकालमन सो नगरपालिका एउटा राम्रो स्टेडियम बनाउन पहल तथा प्रयास गर्ने आस्वासन समेत दिनुभयो। उक्त प्रतियोगितामा वडा नं.१ का वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडाअध्यक्ष मजहर मन्सुर,वडा नं.७ का वडाअध्यक्ष मदन पाल,वडा नं.८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह र वडा नं. ९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान,र कार्यपालिका सदस्य रामबाबु साह लगायत विभिन्न वडा बाट आए का विभिन्न पार्टी प्रतिनिधि तथा खेलाडी र दर्शकहरुको उपस्थिति समेत रहेको थियो। प्रतियोगितामा आज वडा नम्बर ६ र ९ विच भिडन्त भएको छ भने सो मेयर कप क्रिकेट प्रतियोगितामा सो नगरका वडा नं १ देखी ९ वटै वडाका टोलीहरुबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।
काठमाडौं, १३ कात्तिक ।
काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध आठ विकेटको जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन जोड्दा आसिफ शेखले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।
सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।
काठमाडौं, १३ कात्तिक ।
काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा अहिले सिंगापुर र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले विभिजत २९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ९४ रन बनाएको छ । नेपालले आसिफ शेख आउट हुँदा कुशल भुर्तेल र रोहित पौडेलको साझेदारीमा ब्याटिङ गरिरहेको छ ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।
सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।
सागर ठाकुर,राैतहट, १२ गते कार्तिक
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हाकिमको बिषयलाई लियर अवस्था तनावग्रस्त भएको छ । यसै विषयलाई लिएर त्यहाँ विवाद भएको छ । आईतवार नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालय प्रमुखको रुपमा सुरेन्द्र प्रधानलाई हाजिर गराउन खोज्दा वडा अध्यक्षहरु त्यसको विरुद्धमा उत्रिएका छन् । कार्यवाहक नगर प्रमुख खातुनले जसरी भए पनि प्रधानलाई नै हाजिर गराउन खोजे पछि सबै वडाका वडाध्यक्षहरु त्यसका बिरुद्धमा उत्रिएका हुन् । वडा अध्यक्षहरूले प्रधानकाे सट्टा अर्काे हाकिम ल्याउने अडानमा छन् । नगरपालिकामा हाकिमकै बिषयलाई लिएर पलतुवा बिजयपुरमा लामो समय देखि बिवाद चल्दै आएको छ ।

कार्यवाहक नगर प्रमुख खातुन र वडा अध्यक्षहरु बिचको विवाद कायमै रहदा त्यसमा कार्यरत शिक्षक,स्वास्थ्यकर्मी,करारका कर्मचारीहरु तलब भत्ता खान्नबाट बञ्चित भएका छन् । त्यस्तै वृद्धवृद्धा जेष्ट नागरिक र बालबालिकाहरु पनि बालपोषण भत्ता खानबाट बन्चित भएका छन् । जनप्रतिनिधिहरु बिचको आन्तरिक विवादका कारणले असारमा गर्नु पर्ने नगर सभा समयमा नहुँदा विकास निर्माणका कार्यहरु अगाडि बढन सकेका छैन् । तलबभत्ता खान्नबाट बन्चित भएका कर्मचारीहरु तलब पाउनु पर्ने माग गर्दै गएको असोज १९ गते नगरपालिकामा ताल्चा लगाएका थिए । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख खातुनले कर्मचारीहररूलाई समयमै तलब भता खुवाउन नसके पछि आक्रोशित कर्मचारीहरुले नगरपालिकामा लगाइएको ताल्चा वडा अध्यक्ष राकेश यादवको नेतृत्वमा गएका वडा अध्यक्षहरुको टोलीले शुक्रबार खुलाएका थिए । आफुहरू छठ भन्दा अघिनै तलबभत्ता खुवाउने प्रतिबद्धता जनाए पछि कर्मचारीहरुले लगाएको ताल्चा खोलिएकाे थियोे ।

हिन्दुहरुको महान चाड शुभ दिपावली र छठ पर्व नजिकिए पनि तलब भत्ता खुवाउन कार्यवाह नगर प्रमुखलाई पटक पटक आग्रह गरे पनि केही वास्ता न गरे पछि सो ताल्चा स्थानिय प्रहरी ,संचारकर्मि,कर्मचारी,जनप्रतिनिधि र स्थानीयहरूको रोहबरमा कार्तिक ११ गते ताल्चा खुलाईएको हो । बिगत लामो समय देखि बन्द रहेको नगरपालिका ताल्चा खुले पछि अब पुर्ण रुपमा संचालनमा आएको वडा अध्यक्ष राकेश यादव( पप्पु) जानकारी दिनु भयो । यस बिषयमा वडा अध्यक्षहरुको तर्फबाट वडाध्यक्ष राकेश यादव संग बुझदा आफुहरु यो पालिकामा यस भन्दा पहिला पनि हाकिमको रुपमा सुरेन्द्र प्रधान हुदाँ ठुलो भ्रष्टचार गरेको भन्दै त्यसलाई कुनै हालतमा हाजिर हुन नदिने अडान लिएको बताउदै आएका छन् । वडा अध्यक्ष यादवले प्रधानको सट्टामा अर्को हाकिम मन्त्रालयबाट ल्याउन माग राखेका छन । तर कार्यवाहक नगर प्रमुखले भने प्रधानलाई नै हाजिर गराउन खोजेका छन् । सोही बिषयलाई लियर कार्यवाहक प्रमुख खातुन संग बुझदा वहाँले अहिले छठ पर्व नजिकै आएका कारण सुरेन्द्र प्रधानलाई नै हाजिर गराएर कर्मचारहरु,बालबालिका वृद्धवृद्धा र जेष्ट नागररिकहरुको समाजिक सुरक्षा भत्ता खुवाउन आफनो चाहना रहेको बताउनु भयो । ताला खुले पछि नगरपालिकामा आईतबार हाकिम हाजिर गराउन खोज्दा वडाध्यक्षहरु त्यसको बिरुद्धमा उत्रिदा अवस्था तनाव ग्रस्त भएको थियो । नगरपालिकामा जनप्रतिनिधीहरुको बिवादले गर्दा अवस्था तनावग्रस्त भएपछि ठुलो संख्यमा प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीको बाक्लो उपस्थितीले गर्दा पालिकामा ठुलो घटनाबाट जोगिएकाे हाे ।
काठमाडौं,१२ गते कात्तिक ।
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दिपेन्द्रकुमार यादव, अभयकुमार यादव र रितेश कुशवाहा छन् । उनीहरुले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका बिभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए । अनलाइन खबर
काठमाडौं, १३ कात्तिक ।
लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ । सोमबार तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।
अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।
काठमाडौं, १३ कात्तिक ।
प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढेको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८१ अंक बढेर १८७६.४७ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि–ओपन सेसनमा ०.८१ अंकले बढेको हो ।
सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको यो सेसनमा १२ स्टकको ५४ हजार ९६२ रुपैयाँ ५० पैसाबराबरको ५४६ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ ।
काठमाडौं, १३ कात्तिक ।
काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए । सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।