२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं, १४ कार्तिक ।

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटबार्ता भएको छ ।

अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गगरेका छन ।

 

सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ ।

 

नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताईएकोृ छ ।

 

काठमाडौं, १४ कार्तिक ।

नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ ।

 

आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

 

सो खेल दिउँसो १ः १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ ।

 

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।

नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।

मुम्बइ, १४ कार्तिक ।

टाइगर श्राफ र कृति सेनन अभिनित फिल्म ‘गणपत’ सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म बनेको थियो र त फ्यानहरु यसको रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए ।

 

तर, यो चलचित्र हलमा पुग्दा दर्शकले रूची देखाएनन ।  यो फिल्म रिलिजको पहिलो दिनदेखि नै टिकट विन्डोमा टिक्न संघर्ष गरिरहेको छ । अहिले अवस्था यस्तो छ कि सो फिल्मलाइ लाखमा पनि कमाउन मुस्किल छ । आउनुहोस् यहाँ थाहा पाउनुहोस्  ‘गणपत’ ले रिलिजको ११ औं दिनमा कति कलेक्शन गर्यो ।

 

सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अपेक्षा गरिएको भए पनि त्यस्तो केही भएन र ‘गणपत’ले दोस्रो शनिबार १७ लाख र दोस्रो आइतबार १८ लाख रुपैयाँ मात्रै कमाएको छ । अब ‘गणपत’ रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

 

सकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘गणपत’ले रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबार १० लाख रुपैयाँ मात्रै कमाएको छ । यससँगै  टाइगर श्राफको फिल्मको ११ दिनमा कुल कमाई १२.४० करोड पुगेको छ ।

 

यो फिल्मको कमाई हेर्दा अहिले बक्स अफिसमा यसको खेल पूर्ण रुपमा सकिएको र यो फिल्मले बक्स अफिसमा १३ करोड मात्रै कमाउन सक्ने देखिन्छ ।

मुम्बई, १४ कार्तिक ।

महाराष्ट्रमा मराठा आरक्षणको आन्दोलन चर्किएको छ ।

 

सोमबार मात्रै आन्दोलनकारीले राष्ट्रवादी कांग्रेसका विधायक प्रकाश सोलंकेको घर र बीडस्थित एनसीपीको कार्यालयमा आगजनी गरेका छन ।

 

आन्दोलनकारीको एक समूहले नगरपालिकाको भवनको पहिलो तल्लामा समेत आगजनी गरेको थिए । गंगापुरमा भाजपा विधायक प्रशान्त बम्बको कार्यालयमा तोडफोड भएको छ। यससँगै सुरक्षा कारणले बीडमा धारा १४४ लगाइएको छ भने इन्टरनेट पनि ४८ घण्टाका लागि बन्द गरिएको छ ।

 

समाचार एजेन्सी पीटीआईका अनुसारमराठा समुदायले आरक्षणको माग गर्दै महाराष्ट्रको जालनामा अनिश्चितकालीन अनशनमा बसेका सामाजिक कार्यकर्ता मनोज जरांगेले स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका छन् ।

 

 

पीटीआईसँग कुरा गर्दै जालनाका कार्यवाहक सिभिल सर्जन डा. प्रताप घोडकेले लामो समयसम्म खाना नखाँदा उनीहरूको महत्त्वपूर्ण अंग र स्वास्थ्यमा असर पर्ने बताए।

 

एकनाथको शिवसेनाका दुई सांसदले मराठा आरक्षणको समर्थनमा राजीनामा दिएका छन्। महाराष्ट्रका हिंगोली सांसद हेमन्त पाटिलले सोमबार नयाँ दिल्लीको लोकसभा सचिवालयमा आफ्नो राजीनामा बुझाएका छन्। नासिकका सांसद हेमन्त गोडसेले मुख्यमन्त्री एकनाथ शिन्देलाई राजीनामा पठाएका छन् ।

 

कांग्रेस, उद्धव ठाकरेको शिवसेना र शरद पवारको एनसीपी सम्मिलित महाविकासको एक प्रतिनिधिमण्डलले राज्यपाल रमेश बैसलाई भेटेको छ । यस क्रममा एमवीएले मराठा आरक्षण सम्बन्धी आन्दोलनमा आवश्यक सुझाव दिन माग गर्‍यो। यस बैठकमा कांग्रेस नेता नाना पटोले, अशोक चव्हाण, अभिजित वंजारीलगायत धेरै नेताहरू उपस्थित थिए।

 

महाविकास अघाडी (एमवीए) को प्रतिनिधिमण्डलले गभर्नर रमेश बैसलाई भेटेर विभिन्न माग राखेको थियो । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यवस्थापिकाको विशेष अधिवेशन बोलाएर राष्ट्रपति द्रौपर्दी मुर्मा र प्रधानमन्त्री नरेन्द्रसँग कुरा गर्न राज्यपाल रमेश बैसलाई अपिल गर्नु हो।

 

मनोज जरांगे पाटिलको स्वास्थ्य निकै नाजुक छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो यो समस्या समाधान गर्नुपर्छ । सरकारले विशेष अधिवेशन बोलाउनु अघि आरक्षण कानूनको मस्यौदा सार्वजनिक गर्नुपर्छ ।

काठमाडौं, १४ कार्तिक ।
काठमाडौं मेडिकल कलेजमा एक ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको शल्यक्रिया नगरी सफलतापूर्वक उपचार गरिएको छ । केएमसीका इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहको नेतृत्वमा काठमाडौंकी ६० वर्षीय महिलाको टाउकाको चिरफार नगरीकन न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट उपचार गरिएको हो । ब्रेन हेमोरेज-सबएरेकनोइड हेमोरेज भएर आएकी ती महिलाको रक्तनलीबाट मस्तिस्कमा पुगेर ब्लक भएको रक्तनली खुलाइएको इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहले जानकारी दिए । ‘एक महिना अगाडी उहाँलाई ब्रेन ह्याम्रेज भएर केएमसीमा ल्याइएको थियो । बिरामीको ब्रेनको पछिलो भागको रक्तनलीमा फूकुन्डो, जसलाई ब्रेन अनेउरीसम भनिन्छ, फुटेर मस्तिस्कमा रक्तस्राव भएकाे थियो । हामीले न्युरो इन्डोभास्कुलर कोइलिङ प्रविधिबाट बिरामीको टाउको नचिरीकन सफलतापूर्वक कॉइलिंग पद्धतिबाट सो फुटेको फुकुन्दोमा रक्तप्रवाह बन्द गरेर सफलतापूर्वक उपचार गर्यौं ।’ डा. सिंहले भने । परम्परागत न्यूरोसर्जरीमा टाउको चिरेर अप्रेसन गर्दा न्यूरोसर्जरी पश्चात स्वास्थ्य सम्बन्धि जटिलता बढी हुने र बिरामीको आइसीयू बसाई लामो हुन जान्छ । तर, केएमसीकाे नविनतम न्यूरो इन्टरवेंशन प्रविधिमा उपचार गर्दा बिरामी लामाे समय अस्पताल भर्ना भएर बस्नुपर्दैन । टाउकामा ठूला घाउ पारेर अप्रेसन गर्नु पर्दैन, स्वास्थ्य जाेखिम कम हुन्छ । केएमसीले भित्र्याएको न्यूरो इन्टरवेंशन प्रविधिका कारण नसा तथा मस्तिस्क, मेरुदण्ड लगायत गम्भिर प्रकारका रोगको उपचारमा ठूलो सफलता मिल्दै गएको छ ।
खासगरी मस्तिष्कको रक्तनली ब्लक भएर ब्रेन- अटैक/पक्षघात, ब्रेन ह्याम्ब्रेज भएका, सवारी दुर्घटनामा टाउकोमा गम्भिर रूपमा रक्तनली फुटेका, भएका बिरामीहरुको उपचारमा केएमसीको न्यूरो इन्टरवेंशनल प्रविधि बरदान साबीत भएको छ । न्यूरो इन्टरवेंशनल प्रविधिमा बिरामीको तल्लो पेट, तिघ्राको बिचको भाग अथवा नाडीसँगै भएको रक्तनलीबाट मुटुभन्दा माथि रक्त सञ्चार गर्ने रक्तनलीमा प्रवेश गरी मस्तिष्कमा ब्लक भएर बसेको रगतको थेग्लो फुटाएर निकालिन्छ । गर्धनको रक्तनली साँघुरो भएकोमा रक्तनलीमा एन्जियोप्लास्टी, रक्तनली अवरुद्ध भएर हुने पक्षघात हुन जोगाउन मैकेनिकल थ्रोमबेक्टमी, रक्तनलीको फुकुन्दो फुटेर हुने ब्रेन ह्यामरेजमा कॉइलिंग/स्पास्मोलीसिस तथा रक्तनलीको बनावट नमिलेको-चुंगी बनेकोमा एम्बोलाइजेसन जस्ता प्रवाधिहरुबाट बिभिन्न मस्तिस्क रोगको टाउको नचिरिकीन उपचार गर्न सहज हुने डा. समर्थ सिंहको दावी छ । केएमसीका जनरल मेनेजर नारायण दाहालले नेपालकाे स्वास्थ्य क्षेत्रमा केएमसीले भित्र्याएकाे नयाँ सेवाहरू विश्वस्तरीय रहेकाे जिकीर गरे । ‘हामीसँग भएको न्यूरो इन्टरवेंशनल प्रविधि विश्वकै स्वास्थ्य क्षेत्रको नविनतम उपकरण हो । यो प्रविधिबाट टाउको तथा मेरुदण्डका जस्तोसुकै गम्भिर रोगको पहिचान गर्न र उपचार गर्न सकिन्छ ।’ दाहालले भने । केएमसी शिक्षण अस्पतालको न्यूरो साइन्स सेवा अन्तर्गत न्यूरोइंटरवेंसन डा. समर्थ सिंह, न्यूरोलॉजिस्ट डा. पारस रायमाझी तथा न्यूराेसजर्न डा. अमित थापाले सेवा दिइरहेका छन् । केएमसीको न्यूरो इन्टरवेंशनल प्रविधिबाट निम्न प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ । ब्रेन एन्युरिज्म (कोइलिङ, वेब, एफडी), ब्रेन स्ट्रोक (थ्रोम्बेक्टॉमी, स्टेन्टिङ, बेलुन एन्जियोप्लास्टी), क्यारोटिड स्टेनोसिस (स्टेन्टिङ, बेलुन एन्जियोप्लास्टी), ब्रेन ट्युमर र ए भी एम् (एम्बोलाइजेशन), एपिस्टेक्सिस-नाकको रक्तस्राव (एम्बोलाइजेशन), हेड नेक ट्युमर (एम्बोलाइजेशन), क्यारोटिड ब्लोआउट्, रक्तस्राव (बेलुन अवरोध, एम्बोलाइजेशन), आँखाको स्ट्रोक (थ्रोम्बोलाईसीस), आँखाको ट्युमर (एम्बोलाइजेशन), कैरोटिकोकैवेरनस फिसचुला(ग्राफ्ट स्टेन्टिङ, कोइलिङ) आदि केएमसीले भित्र्याएको यस प्रविधिबाट उपचार गर्दा अन्य अस्पतालहरुको दाँजोमा कम शुल्क लिएको बताइएको छ । आम जनतालाई सर्वसुलभ शुल्कमा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न केएमसी प्रतिबद्ध रहेको कार्यकारी अध्यक्ष सोयना शर्माले बताएकी छन् । केएमसीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने जस तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्मालाई जान्छ । डा. शर्माले तीन वर्षअघि केएमसी लिएसँगै त्यहाँको स्वास्थ्य सेवालाई आधुनिकीकरण गरेका हुन् । तीन वर्षमा दक्ष जनशक्तिसँगै अत्याधुनिक स्वास्थ्य उपकरणहरु भित्र्याइएकाले गम्भिर प्रकारका रोगहरुको उपचारमा लाखौं खर्च गरेर विदेश गइरहनु पर्ने बाध्यता समेत कम भइरहेको केएमसीले जनाएको छ ।

१४ कार्तिक

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मधेस प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिराहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको बैठकले ललितपुरको रानीबुमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको छ ।

जसका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सिताराम साह रहेका छन् । बैठकले गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरेको छ ।

त्यसैगरी चुरे उत्खनन् गरी निकासी पैठारी सम्बन्धी सरकारी निर्णयको पार्टीले बिरोध गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय कार्यालय समितिको अध्यक्ष भन्ने वाक्यांशलाई अब उप्रान्त केन्द्रीय कार्यालय सचिवको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ

गाजा, १४ कार्तिक ।

मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ।

 

वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो।

 

तिनीहरू माकोसी र बकरी परिवारका थिए, जो गाजा पट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएका थिए।

गाजा, १४ कार्तिक ।

उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल– कुड्स अस्पतालको आसपास तोपखाना र हवाई आक्रमणका आवाज सुनिएका छन् ।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले अल– कुड्स अस्पतालको वरपरको उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा लगातार तोपखाना र हवाई आक्रमणहरू भईरहेको रिर्पोट गरेको छ ।

 

‘जसका कारण भवनहरु काँपिरहेको छ र विस्थापित नागरिकहरू र काम गर्ने टोलीहरूले डर र त्रासको अनुभव गरिरहेका छन्,’ रेड क्रिसेन्टले सामाजिक सञ्जाल पोस्टमा भन्यो।

 

सो अस्पतालले हाल गाजाका सयौं बिरामी र १२ हजार भन्दा बढी विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको छ ।

 

सोमबार रेड क्रिसेन्टले भने कि इजरायलले तत्काल अस्पताल खाली गर्न चेतावनी दिएको थियो।

 

तर, मानव अधिकार विशेषज्ञहरूले चेतावनी दिएका छन कि अस्पतालको सुविधामा प्रत्यक्ष प्रहार युद्ध अपराध हुनेछ।

काठमाडौं, १४ कार्तिक ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

 

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा कायम गरेको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा कायम गरेको राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८६ पैसा तथा बिक्री दर ८५ रुपैयाँ ५ पैसा तथा क्यानेडियन डलर खरिददर ९५ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ९६ रुपैयाँ ३९ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
 

जापनीज ऐन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ८ रूपैयाँ ९२ पैसामा तथा चाइनिज युआन १ को खरिददर १८.१७ रुपैयाँ तथा बिक्री दर १८.२५ रुपैयामा कारोबार हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा कारोबार हुन सक्ने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३५ रुपैयाँ ५९ पैसा र युएई दिराम १ को खरिददर ३६.१९ पैसा तथा बिक्रिी दर ३६.३५ रुपैयाँमा कारोबार हुनेछ ।

काठमाडौं, १४ कार्तिक ।

प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।

आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्नेछन् ।

 

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी बुधवार फर्कदैँछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।