२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं, १७ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच खेल भइरहेको छ ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् । उनले ३९ बलमा ५० रन बनाएका हुन् ।

यो समाचार तयार पर्दासम्म नेपाल १४ ओभरको समाप्तिमा २ विकेट गुमाएर ९६ रन बनाएको छ ।
यसअघि मुलपाानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

काठमाडौं, १७ कात्तिक ।

रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको हो ।

 

उडान सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा उनीहरुको लाइसेन्स निलम्बन गरिएको र थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने भन्ने विषयमा निर्णय गरिने प्राधिकरणाले जनाएकाके छ ।

काठमाडौं, १७ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

मुलपाानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

जारी खेलको विजेता टी २० विश्वकपमा छनोट हुनेछ ।

काठमाडौं,१७ कात्तिक ।

नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३÷११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ ।


जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बंगलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल समशेर हेलिस्टनले संयुक्त रुपमा रातामाटे सबस्टेसन उद्घाटन गरे ।

यसैगरी, प्राधिकरणका कार्र्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एशियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले  संयुक्त रुपमा कालिकास्थान सबस्टेसनको उद्घाटन गरेका थिए । उक्त सबस्टेसनहरुबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिइएको छ ।

जर्मन सरकारले केएफडब्लू विकास बैंकमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरणप्रणाली सञ्जाल पुनर्निर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो (करिब ७० करोड रुपैयाँ) अनुदान रकम दिएको थियो । उक्त अनुदान रकमबाट दुईवटा वितरण सबस्टेसन, ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको छ । यसबाट दुई जिल्लाका १ हजार २ सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने छन् ।


उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरु निर्माणमा केएफडब्लरुको ठूलो सहयोग रहेको उल्लेख गर्दै सबस्टेसन निर्माणबाट त्यस क्षेत्रका उपभोक्ताहरुले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाइरहेको बताए । उनले विद्युत् आपूर्ति सुधार भएपछि यस क्षेत्रमा घरेलु उद्योग खोल्न प्रोत्साहन मिल्ने बताए ।

 

केएफडब्लूका हेलिस्टर्न र क्रिगरले नेपाल र जर्मनीबीचको सम्बन्ध ६० वर्षभन्दा बढी पुरानो रहेको ऊर्जा क्षेत्रमा ४० वर्षदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अब विद्युत् प्रसारण र वितरणतर्फ सहयोग गर्ने बताए ।

काठमाडौं, १७ कात्तिक ।

मान्डु हाइड्रोपावरले साधामरणसभा आह्वान गरेको छ । साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले मंसिर १५ गते विकन ११ बजे साधारणसभा बोलाएको हो ।

काठमाडौं, १७ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।

मुलपानीस्थित क्रिकेट मैदानमाम हुने खेलमाा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने छ । टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । सन्दीप जोरा बाहिरिएका छन् ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हुन् । समूह बी बाट ओमान विजेता र बहराइन उपविजेता भए । फाइनलमा प्रवेश गर्ने दुई टिम टी २० विश्वकपमा छनोट हुनेछन् ।

काठमाडौं, १७ कार्तिक ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुइ नेताका बिचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ।

 

केही दिन अघि सो समितिमा भएको एउटा सम्बादको भिडियो दृश्य यतिखेर भाईरल भईरहेको हो ।

 

खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले गृह मन्त्री हुदाँ सो समितिका सभापति सांसद मात्रै हुदाँ रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै ?’ भन्दै प्रश्न गरेका थिए । उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन् ।

 

तर, लामिछाने यतिखेर गृह मन्त्रीको जिम्मेबारी भन्दा बाहिर रहेका छन र खतिवडाको पार्टी नेपाली कांग्रेस सरकारमा सामेल छ । यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न गरेका थिएँ तर लामिछानको प्रश्नको भने खतिवडाले कुनै जवाफ दिएनन, बरु शिर निहुराएर निरुत्तर हुन पुगेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको हो ।

 

‘लक्ष्मी कोइरी महतो खोइ भनेर सभापतिज्युले बढो सोध्नु भएको थियो, अब म तपाइलाइ सोध्न चाहान्छु, तपाइको पार्टी सरकारमा छ, सबैभन्दा ठुलो दलको रूपमा छ, लक्ष्मी महतो कोइरी खै ?’  उनले यो प्रश्न गरे पछि सभापति खतिवडाले शिर निहुराएका थिए । जसलाई अहिले भाईरल बनाईएको छ ।

काभ्रे, १७ कात्तिक ।

काभ्रेबाट १० क्विन्टल चिनी बरामद गरिएको छ ।

 

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो ।

विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको सूचना पाएपछि प्रहरीले गरेको चेपजाँचका क्रममा अवैध रुपमाा ल्याइएको उक्त चिनी बरामद गरेको हो ।

काठमाडौं, १७ कार्तिक ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएइ) का बिचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुदैँछ ।

 

आइसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मुलपानीस्थित क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।

तर, खेल सुरु हुनु अघि नै टिकट ‘सोल्ड आउट’ भईसकेको छ भने नेपाली फ्यानहरु एक घन्टा अघि नै क्रिकेट मैदानमा पुगेका छन । जसको तस्विर नेपाल क्रिकेट संघले सार्बजनिक गरेको छ ।

यसअघि क्यानले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको थियो ।

आफनो टविटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टि २० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन् ।’

 

जाकार्ता, १७ कार्तिक ।

युद्दग्रस्त गाजाबाट चार इन्डोनेसियाली नागरिकलाई निकालिएको छ ।

 

इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदीका अनुसार चार इन्डोनेसियाली नागरिक र एक इन्डोनेसियालीकी श्रीमतीलाई हिजो अर्थात नोभेम्बर २ मा गाजाबाट बाहिर निकालिएको हो ।

 

यसरी गाजाबाट उद्धार गरिएका इन्डोनेशियाली पुरूष र एक इन्डोनेशायली नागरिककी श्रीमती अहिले कायरोमा छन्, रेट्नोलाई रोयटर्स समाचार एजेन्सीलाइ जानकारी दिदै भनेका छन ।

उनले थपिन् कि जकार्ताले अझै पनि तीन अन्य इन्डोनेसियाली नागरिकहरूलाई प्यालेस्टाइन क्षेत्रबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।