२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

आरके श्रीवास्तव,राैतहट,१९ गते कार्तिक/

राैतहट जिल्लाकाे गुजरा नगरपालिकामा बालबालिकाहरकाे मुख्य सवाल बारे सराेकारवालाहरू सँग छलफल गरिएको छ । आईतवार गुजरा नगरपालिकाकाे सभा हलमा एक दिने छलफल कार्यक्रम गरिएको हाे ।

गुजरा नगरपालिकामा बाल श्रम न्यूनीकरण परियोजना अन्तर्गत साे कार्यक्रम गरिएको हाे । ग्रामीण विकास केन्द्र नेपाल(आरडिसि) नेपालकाे आयाेजना र किल्डर नट हिल्फकाे आर्थिक सहयोग र गुजरा नगरपालिकाकाे समन्वयमा बालबालिकाहरकाे मुख्य सवाल बारे छलफल गरिएको आरडिसि नेपालका शेख अर्सदले जानकारी गराए । कार्यक्रममा अर्सदले परियोजनाले गरेकाे कामहरू बारे विस्तृत रूपमा जानकारी गराईएकाे थियो ।

उनले नगरस्तरीय बाल अधिकार समिति पुनः गठन ,वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको बताए । साथै युवा तथा सराेकारवालाहरूकाे सहभागी पनि गराईएकाे उनकाे भनाइ थियोे । धार्मिक अगुवा समिति सँग छलफल गरिएकाे बारे बताए । किण्डर नट हिल्फ संस्थाले बाल संरक्षण सम्बन्धि काम गर्दै आएको छ । पञ्च वर्षिय आयाेजना अन्तर्गत बालबालिकाहरूकाे समस्या न्यूनीकरण गर्ने उदेश्यले याे परियाेजना सञ्चालनमा छ । गुजरा नगरपालिकाका बालबालिकाहरूकाे समस्याकाे बारेमा छलफल गरिएको हाे ।

त्यसमा बाल विवाह,भागि विवाह,लागूऔषध दुर्व्यसन ,जंगल बाट दाउरा ल्याउन प्रयाेग गरियो,ईट्टा भठ्ठामा काम लगाइएको पाइयो,लागूपदार्थ सेवनमा लगायतकाे बारेमा चर्चा गरिएको थियोे । जाेखिममा परेकाे बालबालिकाहरू छन् भने आ-आफनाे नजिककाे वडा अध्यक्षलाई जानकारी गराउन आग्रह पनि गरिएको थियोे । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष रामजित चाैधरीले धुम्रपान,मधपान बिक्री गर्नु हुँदैन । रक्सी बेचन कडाइ गर्दा, कटाक्ष र पीडा भाेग्नु परेकाे तितो सत्य सुनाए । राजनीति दलका नेता एक्सनमा आएन भने याे निर्मुल गर्न सकिदैन ।

तसर्थ राजनीति दलका नेताहरू लाई बाेलाएर अन्तरक्रिया गर्ने । गलत राजनीतिक साेच भएका व्यक्तिले बिगारेका छन् । याे निर्मुल पार्न सबैकाे सहयोग चाहिन्छ । यस्तै उप प्रमुख लामाले एकजनाले चाहेर पनि हुन नसक्ने भन्दै,यसमा सबैकाे सहयोग चाहिने कुरामा जाेड दिनु भयाे । साे अवसरमा गुजार नगरपालिकाकि उप प्रमुख रत्ना लामा, वडा नम्बर १ का वडा अध्यक्ष रामजित चाैधरी, वडा नम्बर ६ का वडा अध्यक्ष अब्दुल सलाम,वडा नम्बर ७ का वडा अध्यक्ष शेख अब्दुलका,कार्यपालिका सदस्य ओमप्रकाश साह,गुजरा नपाका अधिकृत जित बहादुर चाैधरी, जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक,कर्मचारीहरू लगायत स्थानीयहरू र सराेकारवालाहरूकाे उपस्थिति रहेको थियाे ।

    

 पवन घिमिरे ,कार्तिक १९ गते ।

रौतहट स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्षीक साधारण सभा सपन्न गरेको छ । शनिवार चन्द्रपुर २ स्मृति पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृषी सहकारी मन्त्री गोबिन्द न्यौपाने प्रमुख अतिथिका रुपमा रहेका थिय भने सोही मन्त्रालयका उप सचिव राममणि अधिकारीको समेत उपस्तिथि रहेको थियो । प्रमुख अतिथि द्वारा द्दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उदघाटन गरिएको थियो साथै संस्थाका उपाध्यक्ष ऋसबदेब आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

उक्त बार्ष्रीक साधारण सभामा समिती द्वारा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । साधारण सभालाई सम्बोधन गर्नुहुदै भुमी ब्यवस्था कृषि सहकारी मन्त्री गोबिन्द न्यौपानेले सहकारीलाई अझ नितिगत रुपमा मधेस प्रदेशमा अगाडि बढाइ सहकारी प्रती प्रदेश सरकारले खेल्न सक्ने भुमिकामा कमि नरहने बताउनु भयो ।

उक्त कार्यक्रममा उपस्थित सहकारी अभियान्ताहरुले एकीकृत बचत तथा ऋण सहकारी संस्थालाई सफलता शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सहकारी शाखा प्रमुख नसरे आलम , गुन्जन रेडियो स्टेशन म्यानेजर संजय कार्की , नव बिकासका राजु तिवारी , स्वस्तिक बचतका नरेन्द्र राना , सफल बचत प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा विभिन्न बिधा तर्फ जेष्ठ नागरिक लगाएत बाल बालिकालाइ समान सहित शेयर सदस्य लाई चिठा मार्फत सम्मान गरिएको थियो ।

संस्थामा तीन हजार भन्दा बढी शेयर सदस्य रहेका छन भने करोडौको कारोबार गर्न संस्था सफल भएको छ ।

०८० कार्तिक , १९ आइतबार , पबन घिमिरे   ।

शनिवार चन्द्रपुर २ स्मृति पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृष्री सहकारी मन्त्री गोबिन्द न्यौपाने प्रमुख अतिथिका रुपमा रहेका थिय भने सोही मन्त्रालयका उप सचिव राममणि अधिकारीको समेत उपस्तिथि रहेको थियो ।

प्रमुख अतिथि द्वारा द्दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उदघाटन गरिएको थियो साथै संस्थाका उपाध्यक्ष ऋसबदेब आचार्यले स्वागत मन्तव्य राखेका थिए । उक्त बार्ष्रीक साधारण सभामा समिती द्वारा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । साधारण सभालाई सम्बोधन गर्नुहुदै भुमी ब्यवस्था कृषि सहकारी मन्त्री गोबिन्द न्यौपानेले सहकारीलाई अझ नितिगत रुपमा मधेस प्रदेशमा अगाडि बढाइ सहकारी प्रती प्रदेश सरकारले खेल्न सक्ने भुमिकामा कमि नरहने बताउनु भयो ।

उक्त कार्यक्रममा उपस्थित सहकारी अभियान्ताहरुले एकीकृत बचत तथा ऋण सहकारी संस्थालाई सफलता शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सहकारी शाखा प्रमुख नसरे आलम , गुन्जन रेडियो स्टेशन म्यानेजर संजय कार्की , नव बिकासका राजु तिवारी , स्वस्तिक बचतका नरेन्द्र राना , सफल बचत प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा विभिन्न बिधा तर्फ जेष्ठ नागरिक लगाएत बाल बालिकालाइ समान सहित शेयर सदस्य लाई चिठा मार्फत सम्मान गरिएको थियो । संस्थामा तीन हजार भन्दा बढी शेयर सदस्य रहेका छन भने करोडौको कारोबार गर्न संस्था सफल भएको छ ।

काठमाण्डा कात्तिक २०

– नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ ।

एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ ।

आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २५ सय वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ ।  एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।

आयात गरिएका मोबाइल सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर नि:शुल्क दर्ता गराउन सकिन्छ ।

काठमाडौं, २० कात्तिक ।

आजको लागि अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६८ पैसा र विक्रिदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५८ पैसा र विक्रिदर ८६ रुपैयाँ ९७ पैसा रहेको बैंकले जनाएको छ ।

काठमाडौँ, कात्तिक २० गते । जाजरकोट भूकम्पपीडितलाई राहत र घाइते उद्धारमा जुट्न कलाकारले आग्रह गरेका छन् । उनीहरूले सबै कलाकारलाई आफूहरूले सकेको सहयोग गर्न आग्रहसमेत गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारीले सामाजिक सञ्जालमार्फत आफूसँग भएको पाँच हजार ७० थान त्रिपाल पीडितलाई सहयोग गर्ने जनाउनुभएको छ ।

चलचित्र निर्माता कम्पनी आसुसेन फिल्म्सले आइतबार प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५०० रुपियाँ जम्मा गरेको छ । सामाजिक सञ्जालमार्फत निर्माता सन्तोष सेनले चाँडै चलचित्रको एक टोली प्रभावित क्षेत्रमा राहत वितरणका लागि पुग्ने र यसबारे सरकारसँग समन्वय गर्ने बताउनुभयो ।

त्यस्तै गायक सञ्जय श्रेष्ठले आगामी गीत ‘देउसी रे’ को युट्युबको कमाइलाई भूकम्प प्रभावितको सहयोगार्थ प्रदान गर्ने बताउनुभएको छ । कलाकार दीपकराज गिरी लेख्नुहुन्छ, “जाजरकोट र रुकुम दुखेको छ ! आआफ्नो क्षमता अनुसार मलम लगाऔँ ।” त्यस्तै नायिका स्वस्तिमा खड्काले नेताहरूलाई अनुरोध गर्दै भन्नुभएको छ, “तपाईंहरू उड्ने हेलिकोप्टरमा उद्धारकर्मी र राहत सामग्री पठाइदिनूस् । पीडितलाई तपाईंहरूको अनुहारभन्दा उद्धारकर्मी र राहतकर्ताको अनुहार आफ्नो लाग्छ ।” हास्य कलाकार मनोज गजुरेलले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै उहाँले पीडितलाई तत्काल राहत र उद्धारका लागि सबैसँग अनुरोधसमेत गर्नुभएको छ ।

गायक प्रमोद खरेल, राजेशपायल राईले सरकार र सक्ने जति सबैले उद्धार कार्यमा हातेमालो गर्न आग्रह गर्नुभएको छ । अभिनेता दयाहाङ राई, निर्देशक निश्चल बस्नेत, निर्मल शर्मासहित कलाकारले सामाजिक सञ्जालमा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।

मिथिला शर्मा लेख्नुहुन्छ,  “दुःखद खबर ! रुकुम र जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनुभएका दिवङ्गत सबैमा हार्दिक श्रद्धाञ्जली र घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु । साथै उद्धार तथा राहतको कार्य युद्धस्तरमा होस् भनी सरकारसँग अनुरोध गर्छु  । अभिनेतृ करिश्मा मानन्धर तत्काल राहत, उपचार र उद्धार कार्यमा कमी नहोस् भनेर लेख्नुहुन्छ ।  घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुहुन्छ ।

काठमाडौं ।

आगामी मंसिर १३–१५ हुने तयारी गरिएको नेपाली कांग्रेसको महासमिति बैठक जाजरकोट र रूकुममा गएको विनासकारी भूकम्पका कारण सरेको छ । भूकम्प प्रभावितको उद्धार राहत र पुनःस्थापनाको काममा पार्टीपंक्ति खटिनुपर्ने भएकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो भेला मंसिर २९ देखि पुस २ सम्म गर्ने गरी सारेको हो ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बसेर उक्त निर्णय गरिएको नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले बताउनुभयो । देशभरका २५ भन्दा बढी जिल्लाबाट अझै महासमिति सदस्यको निर्वाचित विवरण आइनसकेकाले समेत बैठकलाई प्रभाव परेको कतिपय नेताले बताएका छन् । हालसम्म ५० जिल्लाको नामावली कार्यालयमा प्राप्त भएको र बाँकीको आउने क्रम जारी रहेको नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

२५ भन्दा बढी जिल्लाबाट कांग्रेसमा अझै महासमिति सदस्यहरूको विवरण आइ नपुगेको उहाँको भनाइ छ । तर, यही कारण बैठक सरेको नभई भूकम्पपीडितको राहत, उद्धार र पुनःस्थापनामै पार्टीको सबै शक्ति खर्च हुने भएकाले समयको पावन्दी र बैठक स्थलल व्यवस्थापन अभावले भेला सरेको पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । पार्टीले मंसिर २४ सम्ममा सबै जिल्लाका महासमिति सदस्य निर्वाचन वा सहमतिबाट सदस्य छनोट गरी विवरण पठाउन अन्तिम मिति तोकेर निर्वाचन समितिलाई पत्र काटेको थियो । तर, दुई दर्जन जिल्लामा सहमति हुन सकेको छैन् ।

पार्टीको माहधिवेशन भएको करिब दुई वर्षपछि महासमिति बैठक गर्न लागेको पार्टीले उक्त भेलामा सहभागिता हुने महासमिति सदस्य चयनमा अझै सहमति हुन नसकेको कतिपय जिल्लाका नेताहरूले गुनासो गरेका छन् । काठमाडौं, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घाखाँची, दैलेख, सिन्धुली, डोटी, कञ्चनपुर र जुम्लाको कुनै पनि निर्वाचन क्षेत्रबाट प्रतिनिधिको छनोट हुन सकेका छैन ।

त्यस्तै, मोरङका सुनसरी, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, बारा, पाल्पा, कैलालीमा समेतको महासमिति सदस्यहरूको विवरण पार्टी कार्यालयमा आइनपुगेको बताइएको छ । धनुषामा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले महाधिवेशन प्रतिनिधिहरूलाई थाहै नदिई आफूअनुकूलका व्यक्तिहरूलाई छनोट गरेर पठाएको महाधिवेशन प्रतिनिधि अरविन्दकुमार महतोले गुनासो गर्नुभयो ।
जिल्लाका महत्वपूर्ण र पार्टीमा लामो समय बिताएका नेताहरूलाई बाइपास गरेर आफन्तहरूको नाम पठाएको उहाँले आरोप लगाउनुभयो । विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोटलगत्तै महासमितिको मनोनयन हुने र महाधिवेशन प्रतिनिधिमध्येबाट त्यही बखत महासमिति सदस्यको छनोट गर्नुपर्ने व्यवस्था छ ।

महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसहमत छनोट गर्ने यदि सबै सहमत हुन नसके वडाबाटै छनोट भएर आएका क्षत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । तर, कांग्रेसले त्यसलाई व्यावहारिक तवरबाट लागू गर्न सकेको छैन । समयमै नामावली नआएका जिल्लाले महासमितिको बैठकमा भाग लिन नपाउने कांग्रेसले कडाइका साथ निर्देशन गरेको सहमहामन्त्री भीष्मराज आङदेम्बेले बताउनुभयो । कांग्रेसको विधानअनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहनेछन् । कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

निधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् । १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ ।

त्यस्तै, ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ । कांग्रेसको महासमितिले पार्टीको विधान, नीति नियम बनाउने काम गर्दछ । ०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको काम धमाधम भइरहेको कांग्रेसले जनाएको छ ।

 

काठमाडौं ।

तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ ।

“चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम घट्दै जान्छ, त्यसैले यसबाट बच्न सतर्क रहनु पर्ने देखिन्छ,” मौसमविद् राजु प्रधानाङ बाह्रखरीसँग भन्छन्, “आज बिहान काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । तुलनात्मक रुपमा हिजोभन्दा आज तापक्रम केही बढे पनि अब क्रमशः तापक्रम घट्दै जान्छ ।”

आइतबार (हिजो) काठमाडौंको तापक्रम १०.८ डिग्री सेल्सियस थियो ।

यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टुबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि नै छ ।

नेपालमा अहिले पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण केही भू–भागमा वर्षा र हिमपात भइरहेको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ ।

 

भैरहवा, १९ कार्तिक ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल सहयोग गर्ने नगरपालिकाले निर्णय गरेको हो।

आइतबार बसेको नगरकार्यपालिकाको बैठकले भूकम्पले बढी क्षति पुरर्‍याएको जाजरकोट र रुकुम पश्चिमका पीडितहरुका लागि दुवै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्ड अनुसार पाँच/पाँच लाख रुपैयाँ प्रदान निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।

 

भरतपुर, १९ कात्तिक ।

भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

आज बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए।

भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको हो।

जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।