२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

गुजरात, २३ कार्तिंक ।

सुरतमा एकैसाथ ७ जनाको सामूहिक आत्महत्याको घटनामा प्रहरीले ठूलो खुलासा गरेको छ ।

 

घटनाको १२ दिनपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा मृतक मनिष सोलंकीका व्यवसायिक साझेदार इन्दरपाल शर्मा रहेका छन् । दुवै फर्निचर व्यवसायमा साझेदार थिए । प्रहरीका अनुसार इन्दरपालले मनिष सोलंकीबाट २० लाख रुपैयाँ लिन चाहेको थियो । इन्दरपालले मनिषलाई यो रकम दीपावलीसम्म तिर्न दबाब दिएका थिए । जुन दबाब सहन नसकेर सोलंकीका परिवारले सामुहिक रुपमा आत्महत्या गरेका थिए ।

 

सूरतका डीसीपी राकेश बारोटले अक्टोबर २९ को बिहान अडाजन थाना क्षेत्रको पालनपुर पटिया क्षेत्रमा रहेको एउटा फ्ल्याटबाट ७ जनाको शव फेला पारेको जानकारी दिए पछि हंगामा मच्चिएको थियो । सुरुमा यो सामूहिक आत्महत्या भएको अनुमान गरिएको थियो तर प्रहरीले अनुसन्धान थालेपछि मृतक मनिष सोलंकीले झुण्डिएर तथा आमाबुवा, श्रीमती र तीनै जनाको विष पिएर मृत्यु भएको खुलेको थियो ।

 

प्रहरीले घटनास्थलमा सुसाइड नोट पनि फेला पारेको थियो, जसमा उनले कसैको नाम नलिई पैसा फिर्ता नगरेको लेखेका थिए । त्यसपछि प्रहरीले यस विषयमा गहिरो अनुसन्धान जारी राखेको छ थियो, सोही बीचमा प्रहरीले मृतक मनिषको अर्को चिठ्ठी पनि प्राप्त गरेको छ, जसमा उनले आफ्ना साथी इन्दरपाल शर्माबाट २० लाख रुपैयाँ लिएका थिए।

 

जो तिर्नका लागि निकै दबाब परेको थियो, जसलाई सहन नसकेर मनिषको परिवारले सामुहिक आत्महत्याको बाटो रोजेको थियो, इन्दरपाललाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिएको छ ।

 

काेलाेराडाे, अमेरिका २३ कार्तिक ।

नासाको लुसी मिसनले पहिलो डाउनलिंक गरिएका तस्बिरहरूमा उल्लेखनीय बाइनरी क्षुद्रग्रह प्रणाली पत्ता लगाएको छ।

 

वैज्ञानिकहरूले अन्तरिक्षयानबाट करिब ४३४ किलोमिटर टाढा रहेको क्षुद्रग्रह डिंकिनेश र यसको  ‘मिनी मुन’को फोटो खिचेका छन् । तर, अचम्म त के भने यी क्षुद्र ग्रहरूले एक अर्काकाे परिक्रमा गरिरहेका थिए ।

 

डिंकिनेश र यसको नयाँ चन्द्रमा पृथ्वीबाट करिब ४८० मिलियन किमी टाढा छन, जो मा मंगल र बृहस्पतिको कक्षा बीचको मुख्य क्षुद्रग्रह बेल्टमा बस्छन्।

 

सुरुमा यो रिपोर्ट गरिएको थियो कि बाइनरीका दुई लोबहरू एकअर्काको छेउमा थिए। तर अन्य फोटोहरूको अध्ययनले प्रणालीको वास्तविक प्रकृति देखाएको छ। यसअघि अन्तरिक्ष यानले पठाएको तस्बिरमा डिंकिनेश वा डिङ्कीको आफ्नै चन्द्रमा रहेको उपग्रह रहेको देखाइएको थियो।

 

अब यस चन्द्रमाको बारेमा केही चकित पार्ने जानकारी बाहिर आएको छ । दिन्किनेशको परिक्रमा गर्ने यो उपग्रह एउटा नभई दुई आपसमा जोडिएका अन्तरिक्ष चट्टान अर्थात् एकअर्काको सम्पर्कमा रहेका दुईवटा साना वस्तु हुन् ।

 

यसको मतलब यो हो कि सम्पूर्ण प्रणाली एक वा दुई चट्टानहरू मिलेर बनेको छैन तर वास्तवमा तीनवटा अन्तरिक्ष चट्टानहरू छन्। लुसीका प्रमुख अन्वेषक हल लेभिसनले एक विज्ञप्तिमा भने, ‘यो कम्तिमा भन्नु अचम्मको कुरा हो। मैले यो जस्तो देखिने प्रणालीको अपेक्षा गरेको थिइनँ। विशेष गरी म यो बुझ्दिन किन भने उपग्रहका दुई भागहरू एउटै आकारका छन्।’

 

यो पत्ता लगाउन वैज्ञानिक समुदायको लागि रोचक हुनेछ। जबकि सौर्यमण्डलमा सम्पर्क बाइनरीहरू असामान्य छैनन्, तिनीहरूलाई नजिकबाट हेर्न दुर्लभ छ। एउटा क्षुद्रग्रहले अर्कोलाई परिक्रमा गर्ने कुराले यो खोजको विशेष बनाउँछ।

 

डिंकिनेशले उपग्रहको उपस्थितिलाई संकेत गर्ने विशिष्ट चमक भिन्नताहरू अवलोकन गरेका थिए। ‘सम्पर्क बाइनरीहरू सौर्यमण्डलमा धेरै सामान्य देखिन्छन, सान एन्टोनियोको दक्षिणपश्चिम अनुसन्धान संस्थानको शाखा, कोलोराडोको बोल्डरका लुसी उप परियोजना वैज्ञानिक जोन स्पेन्सरले भने। ‘हामीले धेरै क्षुद्रग्रहहरू नजिकबाट देखेका छैनौं, अझ हामीले अर्को क्षुद्रग्रहलाई परिक्रमा गरेको त कहिल्यै पनि देखेका छैनौं।

 

हेमन्त केसी ,जाजरकोट, २३ कार्तिक ।

भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन् । त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गास र बासकै चिन्ता छ । भूकम्पले घरसँगै खाद्यान्न र कत्ताकपडा पुरिएका छन् । अधिकांश पीडितसँग एकसारो कपडाको भरमा छन् ।

 

पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ । सहयोगी निकायले दिएको केही थान चामल र त्रिपाल मात्र पाएका छन् । परिवार र आफन्त गुमाएका नागरिकका आशु पुछिदिने कोही छैन । सरकारले घोषणा गरेको राहत सामग्री पीडितको हातमा पुगेको छैन ।

 

तर भीआइपी (राज्यका उच्च पदस्त)हरु भूकम्प पीडितको आँशुमा रमिता गरिरहेका छन् । भूकम्प गएकै भोलिपल्ट कार्यकारी नेतृत्व (प्रधानमन्त्री) नै घटनाको स्थलगत अनुगमन गरिसकेपछि पनि अनुगमनका नाममा भीआइपीको लस्कर रोकिएको छ । पीडितलाई तत्काल राहत दिनुको पु¥याउनुका सट्टा भीआइपीहरुले शक्ति प्रदर्शन जस्तै गरेर बेर्थको अनुगमन गरेर राज्य शक्ति र स्रोतको दुरुपयोग गरेका छन् ।

 

आतंक नै मच्चाउने गरी भीआइपीहरुले अनुगमनका नाममा स्वार्थको राजनीतिक गरेका छन् । जिल्लामा दिनहु भीआइपीको ओइरो लागेपछि प्रशासनिक निकायले सुरक्षा व्यवस्थापनमा कठिनाइ भएको छ । सिंगो प्रशासनिक निकाय नै भीआइपीको सुरक्षामा लागेपछि राहत वितरणमा ढिलाई भएको छ ।

पीडित ओत लाग्ने टेन्ट हटाएर राष्ट्रिपतिको स्वागत

 

भूकम्प पीडित ओत लाग्ने त्रिपाल उठाएर राष्ट्रिपति रामचन्द्र पौडेलको स्वागत गरिएको छ । मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न राष्ट्रपति जाजरकोट आएका थिए । त्रिभूवन माविको प्राङ्गणमै राष्ट्रपति सवार हेलिकोप्ट बसाल्ने भएपछि त्यहाँ भूकम्प पीडित ओत लाग्न बनाइएका टेन्टहरु हटाउनु परेको थियो । राष्ट्रिपति आउनुअघि धुलो नउडोस भनेर प्राङ्गणमा पानी हालिएको थियो । तर थोरै भागमा पानी हालिएका कारण राष्ट्रिपति सवारी हेलिकोप्टरले पीडितका लागि पठाइएका राहत सामग्री धुलाम्य बन्न पुगे । सरकारलाई निर्देशन दिने बाहेक भूकम्प पीडितका लागि राष्ट्रपति स्वयमले केही पनि गर्न पाउँदैनन् । निर्देशन दिने वा जानकारी लिने काम राष्ट्रपतिले काठमाडौँमै बसेर गर्न सक्थे ।

राष्ट्रिपति आएपछि दिनभरी राहत ढुवानी रोकियो

राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा आएपछि मंगलबार दिनभर राहत ढुवानी रोकिएको छ । राष्ट्रिपति प्रभावित क्षेत्रमा रहुन्जेल अर्काे हेलिकोप्टर स्टेन्टवाइ (उद्दारका लागि तयारी अवस्था) मै राख्नुपर्ने भएका कारण दुई वटै हेलिकोप्टरले राहत सामग्री ढुवानी गर्न पाएनन् । एउटा हेलिकोप्टरले राष्ट्रिपतिलाई घुमाउनु पर्ने र अर्काे हेलिकोप्टर स्टेनवाइ राख्नु पर्ने भएपछि मंगलबार दिनभर राहत सामग्रीको ढुवानी रोकिएको प्रशासनिक स्रोतले जनाएको छ । राष्ट्रपति नआएको भए मंगलबार सुर्खेत, नेपालगञ्ज र दाङबाट नेपाली सेनाले राहत सामग्री हेलिकोप्टरबाट बारेकोट, कुसे र नलगाडका प्रभावित क्षेत्रमा ढुवानी गर्ने कार्यतालिका थियो ।

 

राहत ढुवानी गर्ने हेलिकोप्टरमा नेताहरुको मस्ती
भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा राहत सामग्री पुरयाउने कमाण्ड संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सम्हालिरहेका छन् । संकटको समयमा यही क्षेत्रकै नेता भएका कारण उपप्रधानमन्त्री खड्काले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन् । एक हिसावले भन्दा पीडित बस्तिमै राहत पुरयाउन ठूलो योगदान छ । प्रभावित बस्तिमा पुगेर अनुगमन गर्ने राहत नपुगेको भए तत्काल ठाउँका ठाउँ टेलिफोन गरेर राहत पुरयाउन निर्देशन दिँदै आएका छन् । राहत वितरण कै लागि उनी काठमाडौँ नगएर सुर्खेतबाट संघीय सरकारको कमाण्ड सम्हाली रहेका छन् । घाइतेको उद्दार र पीडित नागरिकको बस्तिसम्म राहत पुरयाउन नेपाली सेनाका सबै हेलिकोप्टरहरु सुर्खेतमै राखिएका छन् ।

 

दुर्भाग्य, राहतका लागि सुर्खेतमा राखिएका हेलिकोप्टरमा भने अनुगमनका नाममा नेताहरु मस्ति गर्न थालेका छन् । सोमबार मात्रै अनुगमनका नाममा नेताहरुले मस्ति गरेका छन् । प्रभावित क्षेत्रमा राहत पुरयाउनुको सट्टाको उपप्रधान मन्त्रीसहित, जलस्रोत उर्जा तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र नेपाली काँग्रेसका प्रदेश पार्टी सभापति ललितजंग शाही, नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्याय र कान्तिपुर टेलिभिजनमा कार्यरत देव रानाले शयर गरे ।

 

उनीहरु पीडित बस्तिमै नपुगेर नेताहरुले हेलिकोप्टरबाट नै प्रभावित क्षेत्रको अनुगमन गरे । जिल्ला सदरमुकामका कोही बस्तिमा स्थलगत अनुगमन गरेपनि रिम्ना, बारेकोट, कुसे र आठविसकोटमा हेलिकोप्टर बस्ने स्थानमै स्थानीयसँग राहत वितरण र प्रभावित नागरिकको जानकारी लिए ।

 

जुन अनुगमन कुनै पनि हिसावले आवश्यक थिएन् । बरु अनुगमनको सट्टा राहत सामग्री सम्बन्धित ठाउँमा पु¥याएको भए पीडितलाई केही राहत हुन्थ्यो । तर सोमबार दिनभर नेपाली सेनाको हेलिकोप्टर नेताहरुलाई प्रभावित क्षेत्रमा घुमाउनमै व्यस्त भयो । भलै सोही हेलिकोप्टरबाट रुकुमपश्चिमको आठविसकोटबाट सानोभेरी गाउँपालिका–४ का डाइमन्ड चन्दको उद्दार गरियो । भूकम्प परेर घाइते भएका उनको दाँया खुट्टा भाँचिएको थियो । आठविस अस्पतालमा खुट्टाको अप्रेशन सम्भव नभएपछि उनलाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत पु¥याइएको हो ।

हेलिकोप्टर आतंक बन्द गर्न नगर प्रमुखको आग्रह
यता भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भीआईपीहरुको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर घर्तीले विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका हुन् ।

उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज्न पनि चेतावनी दिएका छन् । भेरी नगरपालिका सदरमुकामसमेत रहेको नगरपालिका हो । यहाँ दैनिक नेपाली सेनाको हेलिकप्टरमा भीआईपीहरु सवारले पीडितलाई राहत वितरणमा ढिलाई भएपछि उनले यस्तो आग्रह गरेका हुन् ।

 

उत्खनन्को पर्खाइमा छन् ११ सय घरधुरी
 

भेरी नगरपालिका ३ विश्वविक्रम शाहका ६ ओटा घर पूर्णरुपमा क्षति भएका भएका छन् । घरमा रहेका सम्पूर्ण धनसम्पक्ति पुरिएका छन् । भूकम्प गएको चार दिनसम्म पनि उनले पुरिएका सामान निकाल्न पाएका छैनन् । पुरिएको सामान निकाल्दिनका लागि प्रहरीलाई आग्रह गरेका छन् । तर जिर्ण घरमा जोखिम रहेका कारण प्रहरीले पनि सामान निकाल्न सकेको छैन । ‘घरमा रहेका होटल रिद्धि, डाँफे बिल्डर्स र डाँफे युवा क्लवका सम्पूर्ण सामग्री पुरिएका छन्’ उनले भने, ‘तर कसले निकाल्दिने ?’

भेरी नगरपालिका ३ माथिल्लो थाप्लेकी जानकी भण्डारीको पनि भूकम्पले घर पूर्ण रुपमा क्षति भएको छ । भूकम्प परेर दुई जनाको ज्यान गएको छ । घरसँगै पुरिएको सामानहरु उत्खनन् गर्न पाएकी छैन । ‘उत्खनन गरिदिएको भए केही सम्पत्ति जोखिन्थ्यो’ भण्डारीका छोरा किरणकुमार भण्डारी भने, ‘समयमै उत्खनन् नहुँदा सबै गुम्ने भयो ।’

विश्वविक्रम र जानकीको मात्र होइन जिल्लाभर ११ सय घरधुरी उत्खननको पखाइमा रहेका छन् । भूकम्पले क्षतिभएका आठ हजार ३ सय ३६ घरधुरीमध्ये एक हजार एक सय ७० घरहरु उत्खननको पखाइमा रहेको विल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले बताए । जसमध्ये भेरी नगरपालिकामा ३ सय ४४ घर, नलगाड नगरपालिकामा २ सय, छेडागाडमा एकसय, कुशेमा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालयमा एक र जुनीचाँदेमा २ सय ७० पूर्ण क्षति भएका छन् । पूर्ण क्षति भएका सबै घर उत्खनन् गर्नुपर्ने अवस्थामा छन् ।

 

उत्खननका लागि तीनसयजनशक्ति परिचालनको तयारी गरिएको सहायक जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । प्रभावितलाई राहतको प्राथामिकताका कारण उत्खनन्मा ढिलाई भएको सहायक प्रमुख जिल्ला अधिकारी शमाले बताए । तीन पटै सुरक्षा निकाय तयारी अवस्थामा रहेकोले तत्काल उत्खननको लागि परिचालन गर्ने शर्माले बताए । प्रत्येक ठाउँमा १० जना पुरिएका घरहरु उत्खनन गर्ने तयारी गरिएको छ ।

 

 

गाजापट्टी, २३ कार्तिक ।

जबलिया, साबरा र खान युनिसमा पछिल्लो इजरायली हमलामा दर्जनौं मारिएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले बिहीबार बिहान उत्तरी गाजाको जबलियामा इजरायली बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको जानकारी दिएको छ।

 

समाचार अनुसार शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनलाई ध्वस्त पार्ने क्रममा भएको सो आक्रमणमा परी दर्जनौं घाइते भएका छन् ।

 

वाफाको रिपोर्ट अनुसार इजरायली विमानले जबलियाको अल–यमन अल–सईद अस्पतालको छेउमा एउटा नागरिक कारलाई निशाना बनाएको थियो, जसमा १९ व्यक्तिको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए।

 

जबलियाको एक घरमा बम विष्फोट भएपछि थप पाँच जनाको शव इन्डोनेसियाली अस्पताल र दुई जनाको कमल अडवान अस्पतालमा लगिएको थियो ।

 

उता, गाजाको पश्चिमी भागमा रहेको अल–सब्रामा पनि कम्तीमा आठ जनाको मृत्यु भएको बताइएको छ।

 

यसैबीच, खान युनिसको पूर्वमा रहेको बानी सुहैला सहरमा रहेको अबु तैम परिवारको घरमा छुट्टाछुट्टै आक्रमणमा एक बालकसहित १० जनाको मृत्यु भएको छ ।

 

काठमाडौं, २३ कार्तिक ।

नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ रुपैयाँ ४२ पैसामा कारोबारको अनुमति दिएको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७७ पैसा र बिक्री दर १६३ रुपैयाँ ५१ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ४० पैसा तथा बिक्री दर ८५ रूपैयाँ ७९ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ४२ पैसा तथा बिक्री दर ९६ रूपैयाँ ८५ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो भने बिहिवार त्यसको भाउ घटेको छ ।

 

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८६ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ २६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ३४ पैसा कायम गरिएको छ ।

 

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६० पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १९ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३६ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

वासिंगटन डिसी, २३ कार्तिक 

इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ ।

यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गर्‍यो, जसमा इरानी समर्थित समूहका कुल ९ जना मारिएका छन  । अमेरिकाले इरान समर्थित मिलिशियाले प्रयोग गरेको हतियार गोदाममा यो पछिल्लो हमला गरेको हो ।

 

२ एफ–१५ लडाकु विमानको सहयोगमा अमेरिकाले इरानको रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदाममा आक्रमण गरेको थियो । यो जानकारी अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले दिएका हुन् । उनले भनेका छन्,  ‘हाम्रो लागि अमेरिकी सैनिकको सुरक्षा गर्नुभन्दा महत्वपूर्ण केही छैन । यस कारबाहीबाट हामीले प्रमाणित गर्‍यौं कि अमेरिकाले आफ्ना सैनिकहरूको हितका लागि जे पनि गर्छ।’

 

पछिल्लो दुई हप्तामा दोस्रो पटक अमेरिकाले सिरियामा रहेको इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदामहरूलाई निशाना बनाएको हो । अमेरिकाले अक्टोबर १७ यता कम्तीमा ४० वटा यस्ता हमला भएको जानकारी दिएको छ, जसमा अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाइएको छ ।

अमेरिकाले इरान र उसका सहयोगीहरूलाई इजरायल–हमास द्वन्द्वलाई क्षेत्रीय युद्धमा परिणत गर्नबाट रोक्न खोजिरहेको छ। जसका कारण इरानले समर्थन गरेको आधार हो । यस कारणले इरान समर्थित लक्ष्यहरूमा आक्रमण र नियन्त्रण गरिरहेको छ ।

गत महिना अक्टोबर ७ मा इजरायलमा हमास समूहले हमला गरेको थियो जसमा हालसम्म १४०० इजरायलीको मृत्यु भइसकेको छ । इजरायलले इरानले हमासलाई सहयोग गरिरहेको दाबी गरेको छ, जसका कारण इरान समर्थित समूहले पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेपछि अमेरिकाले पनि जवाफी कारबाही गरेको जनाईएको छ ।

 

नयाँदिल्ली, २३ कार्तिक ।

दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी भएको छ ।

 

सो घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ ।

यो बस गुरुग्रामबाट महोबा जाँदै थियो। सुरुमा १०–१२ जनाले बसको झ्यालबाट हाम फालेर ज्यान बचाएको जानकारी आएको थियो भने अर्कोतर्फ जानकारी पाए लगत्तै स्थानीय प्रशासनले उद्धार कार्य सुरु गरेको थियो ।

बसमा फसेका यात्रुको उद्धार गरिएको छ भने बस पूर्णरुपमा जलेर खरानी भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जब यात्रुहरु  दिल्ली– जयपुर एक्सप्रेस वेमा बस नम्बर ए आर ०१ के ७७०७  मा चढेका थिए, केही समय पछि नै सो बसमा अचानक आगलागी भएको सुुरु भएको थियो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । आगलागीबाट बस कसरी जलेको प्रष्ट देख्न सकिन्छ । तर, आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

यो दुर्घटना ३२ माइलस्टोन भवन अगाडि गए राति ९ बजे भएको हो । गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ, ‘अहिले आगो नियन्त्रणमा ल्याएको छ। यस दुर्घटनामा घाइते भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ। अवस्था पूर्ण रूपमा नियन्त्रणमा छ।’

 

काठमाडौं, २३ कार्तिक ।

पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनको नयाँ पुस्तक आजवाट बजारमा आउने भएको छ ।

 

पुर्व उपराष्ट्रपति पुनले लेखेको ‘यात्रा जिन्दगी’ नामक पुस्तक आजबाट बजारमा आउन लागेको हो ।

 

सो पुस्तकको बिमोचन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे पछि बजारमा आउन लागेको हो । सो पुस्तकको बिमोचन आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिमोचन हुदैँछ ।

 

काठमाडौं, २३ कार्तिक ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ ।

 

बाग्मती प्रदेशको राजधानीमा हेटौडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुनेछ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने भन्दै लिखित निवेदन दिएका थिए ।

नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिव विरुद्ध बर्खास्तको माग आए पछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामाना गर्दैछन् ।

 

एन्फाको नेतृत्वमा कुल १०५ सदस्य रहेका छन्, जसमध्ये साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।

 

गाजा, २३ कार्तिक ।

सहयाता सामाग्री बोकेको सबैभन्दा बढी मात्रामा ट्रकहरु गाजा प्रवेश गरेका छन् ।

 

इजिप्टको सिमा क्षेत्रबाट सहयाता सामाग्री बोकेको १०६ वटा ट्रकहरु गाजामा प्रवेश गरेका हुन ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार बुधवार १०६ ट्रक रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका हुन, जसले धेरै आवश्यक सहायता ल्याएको थियो। र्दैनिक ३० वटा ट्रक मात्रै प्रवेश गर्दै आएकोमा बुधवार भने झन्डै चार गुणा बढी ट्रक गाजामा प्रवेश गरेका हुन् ।

 

कुवेतबाट पनि पाँचवटा एम्बुलेन्स गाडी क्रसिङ हुँदै आएको जनाईएको छ ।

पिआरसिएसकाका अनुसार अक्टोबर २७ यता प्रवेश गरेका ट्रकहरूको कुल संख्या अहिले ७५६ रहेको छ ।

 

तर, यो अझै पनि घेरिएको एन्क्लेभको आवश्यकता भन्दा धेरै कम छ र इन्धनलाई अझै प्रवेश गर्न अनुमति दिईएको छैन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।