राैतहट,०३ गते पुस ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नं.१ बलेरीको ब्रहम स्थान देखि चाँदी खोला सम्मको,बिश्रामपुर जाने बाटोमा आज कालोपत्रको शिलान्यास गरिएको छ। मंगलबार वृन्दावनका नगर प्रमुख विनोद प्रसाद कुर्मीले अबको १५ दिन भित्रमै सम्पन्न हुने गरि सो कची बाटोमा कालोपत्र को शिलान्यास गरेका हुन् ।

विगत लामो समय देखि कची बाटो रहेको र विगतका दिनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले सो बाटोमा केही नगरेको जनगुनासो सुने पश्चात् चुनावमा जनताहरुसँग गरेको प्रतिबद्धता अनुसार आफुले नगर स्तरीय योजनाबाट छुट्याइएको जम्मा रकम ५८ लाख ७६ हजार ६७५.५० को लागतमा सो कालोपत्र भइरहेको नगर प्रमुख कुर्मीले बताए । कालोपत्रको शिलान्यास गर्दै नगर प्रमुख कुर्मीले नगरको चौतर्फी विकासको लागि आफू कमर कसेर लागेता पनि विपक्षीहरुले जालझेल गरि आफुलाई असफल बनाउन लागिपरेको बताए।
उहाँले विपक्षीहरु विगतका दिनमा निर्वाचित भएर पनि केही न गरेको र भ्रष्टाचारमा लिप्त भएर आफ्नो कार्यकाल बिताएको र हाल आफु निर्वाचित भएपश्चात सो नगरपालिकामा चौतर्फी विकास गर्न खोजेपछि आफुलाई असफल बनाउन विपक्षीहरु विभिन्न जालझेल गरिरहेता पनि ती सारा जालझेलहरुलाई चिरेर आफू नगरको विकासको लागि अगाडि बढीरहेको बताउनुभयो।
त्यसैगरी सो वडाका वडा अध्यक्ष रामनाथ सहनीले पनि विपक्षीको रवैया हेरेर आफू साह्रै चिन्तित रहेको बताउनुभयो। विगतका मेयर तथा वडा अध्यक्षले विगत पाँच वर्ष मा गरणन न सकेको काम हाल विभिन्न बाधा र अबरोधको बावजुद पनि आफुहरु एक वर्षमै गरेर देखाएको र अझै धेरै काम गर्न खोजिरहेकोले नगर प्रमुख कुर्मी र आफुलाई असफल बनाउन विपक्षीहरु कमर कसेर लागेको बताए।
विगत लामो समयदेखि कची बाटो रहेको सो सडक बलेरी गाउँबाट नगरपालिकाको कार्यालय हुँदै हर्षाहा चौकमा आउने मुल बाटो रहेकोले सो सडकमा कालो पिच भएपछि त्यहाँका बासिन्दाहरु प्रत्यक्ष लाभ लिन पाउने छन्। उक्त शिलान्यास कार्यक्रममा वृन्दावनका नगर प्रमुख विनोद प्रसाद कुर्मी,नि.प्रमुख प्रसासकिय अधिकृत रासनारायण पटेल,वडा नं.१ का वडा अध्यक्ष रामनाथ साहनी,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी)सो नगर पालिका का ईन्जिनियर दिलिप यादव,कमलेश कुश्वाहा र धिरज पटेल लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति समेत रहेको थियो।

काठमाडौँ पुस ३,
— सर्वोच्च अदालतले सेयर खरिद-बिक्रीबारे दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । त्यस्तै, एनसेल आजियटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरणलाई छलफलका लागि पनि बोलाएको छ ।
सांसद अमरेशकुमार सिंहले पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको सेयर खरिदबिक्रीसँग सम्बन्धित निर्णय तथा पत्रहरू इजलाससमक्ष पेस गर्न पनि आदेश गरेको छ ।
‘प्रस्तुत रिट निवेदनसँग सम्बन्धित सम्बद्ध निर्णय तथा पत्रहरू विपक्षी एनसेल आजियटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण, जमलको हकमा आफै वा आफ्नो कानुन व्यवसायीमार्फत र अन्य विपक्षीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धी छलफलको सुनुवाइको क्रममा इजलास समक्ष अवलोकनार्थ पेस गर्नुहोला ।’
त्यस्तै, सर्वोच्चले अन्तरिम आदेशका विषयमा छलफल गर्नका लागि एनसेल आजियटा र दूरसञ्चार प्राधिकरणलाई बोलाएको छ ।
न्यायाधीश राउतको एकल इजलासले सांसद सिंहले पेस गरेको निवेदनमाथि सुनुवाइ गरेपछि जारी आदेशमा अन्तरिम आदेशका विषयमा रिट निवेदक र विपक्षीलाई राखेर छलफल गराउनु उपयुक्त भएको देखिएको उल्लेख छ । अन्तरिम आदेशमाथि छलफल प्रयोजनका लागि निवेदक र विपक्षीहरू एनसेल आजियटा, नेपाल दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चले बोलाएको हो ।
सर्वोच्चले १५ दिनभित्र रिट निवेदक सिंहको मागअनुसार परमादेश जारी किन नहुनुपर्ने हो भन्ने जवाफ लेखिपठाउन पनि विपक्षीहरूका नाममा आदेश जारी गरेको छ ।
सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले कम्पनीको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको जनाएको छ।
मोरङ पुस ३,/
— सशस्त्र प्रहरीले विराटनगर-७ प्रशासन रोडबाट स्रोत नखुलेको १६ लाख १० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा बल रानीको गस्ती टोलीले उक्त रकमसहित विराटनगर-१५ रानीका ४० लक्ष्मणप्रसाद साहलाई पक्राउ गरेको हो । को१९प ४४३४ नम्बरको मोटरसाइकलमा सवार रहेका साहलाई जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले बताए ।
उनले बरामद भएको मोटरसाइकल र नगदसहित साहलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको बताए ।
काठमाडौँ मंसिर २०,/
– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार निर्माण गर्ने बताएका छन्।
केपी ओलीकप टि २० क्रिकेट प्रतियोगितामा जित हासिल गरेको मधेस प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई बधाई दिँदै उनले आफू आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको बताए।
उनले प्रदेशका विजयी टिमलाई पाँच लाख रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गर्ने घोषणा गरे। उक्त अवसरमा मुख्यमन्त्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए।
पोखरामा मंसिर १५ गते भएको रोमाञ्चक फाइनलमा मधेश प्रदेशले दश जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लवलाई ११ रनले पराजित गरेको थियो। यसअघि धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताए।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेलाडीले सारा देश र प्रदेशलाई खुशी दिन्छ तसर्थ खुशीयाली दिनेहरुका खुशीको बाटो खोल्न, खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह गरेका थिए।
सुर्खेत २० मङ्सिर।
मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले थप तथ्य फेला पारेको छ । हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको करिब आधा महिनापछि मृतक श्रीदेवी बोहोराले प्रयोग गर्दै आएको मोबाइल पत्ता लागेको हो ।
परासी मंसिर २०,/
: छात्रामाथि निर्घात कुटपिट गर्ने एक शिक्षकमाथि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मुद्दा चलाएको छ। जिल्लाको सरावल गाउँपालिका-७ बर्गदवास्थित कालिका इङ्गलिस बोडिङ स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवले ९ वर्षीया छात्रा कञ्चना राजभरलाई सोमबार निर्घात कुटपिट गरेका थिए। उनी सोही विद्यालयको कक्षा १ मा अध्ययनरत छात्रा हुन्।
शिक्षक यादवले छात्राकोको टाउको, पिठ्युँ र कम्मरमा निलडाम हुने गरी निर्घात कुटेका थिए। कुटपिटपछि छात्राका परिवारले प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका थिए।
काठमाण्डौ,मंसिर २०,/
– गैरकानुनी रूपमा नेपाली युवालाई रूसी सेनामा पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । रूस–युक्रेन युद्धपछि नेपाली युवालाई विदेश पठाएको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।
उनीहरूमध्ये हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र ईश्वरी अधिकारी प्रमुख व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विश्वकर्माले १८ जना पठाएको र ११ जनालाई पठाउने क्रममा रहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताउनुभयो ।
एसएसपी खत्रीका अनुसार विश्वकर्मा पूर्व सैनिक हुन् । सुजाता दाहालले कन्सल्टेन्सी खोलेरै युवालाई रूस पठाउने गरेकी र उनको समूहमा पाँच जना रहेको प्रहरीले जनाएको छ । रूसी सेनामा पूर्व सुरक्षाकर्मीको माग धेरै रहेको र कतिपय सुरक्षाकर्मी समेत जागिर छाडेर जाने तयारीमा रहेको पाइएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा खत्रीले यो शुरुवात भएको र रुस पठाउनेको सङ्ख्या ठूलो हुन सक्ने बताउनुभयो । प्रहरीले सुजाता दाहालको कार्यालयबाट रुस पठाउने भनेर विभिन्न व्यक्तिबाट सङ्कलन गरिएको १४ लाख १८ हजार पाँच सय रुपैयाँ र २७ जनाको राहदानी बरामद गरेको छ । यस्तै ईश्वरी अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ र १६ जनाको राहदानी पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ मंसिर २०,/
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एकसाथ दुई वटा म्युजिक भिडिओ सार्वजनिक भएका छन्। म्युजिक भिडिओ ‘मायाकै संसार’ र ‘ए माया’ सार्वजनिक भएका हुन्।
काठमाडौँ मंसिर २०,
– कोका–कोला बेभरेज नेपालले आफ्नो मोबाइल एप कोक बडी सार्वजनिक गरेको छ। काठमाडाैँमा बुधबार एक कार्यक्रम आयाेजना गरी आफ्नो वितरणलाई प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थित सुदृढ गर्ने उद्देश्यले कोक बडी एप सार्वजनिक गरिएकाे कम्पनीले जनाएकाे छ।
यस एपबाट कुनै पनि स्थानबाट डिस्ट्रब्युटरमार्फत कोकाकोलाका पेय पदार्थ अर्डर गर्न सहज हुने बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर दीपकनाथ योगीले जानकारी दिए।
उनले भने, ‘अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उधोगको लागि ३६५ दिन नै २४ घण्टा चाँडोभन्दा चाँडो अर्डर लिन र दिन मिल्ने क्षमता भएको यो एउटा ठूलो परिवर्तन हो। जसले गर्दा हाम्रा ग्राहकलाई अझ राम्रो सेवा मिल्नेछ।’
नेपालभरका २ सय ५६ वितरक र १ लाख ५६ हजार आउअटलेटलाई जोड्दै यो एपले कोकाकोलाका उत्पादन वितरण गरिने शैलीलाई डिजिटल रुपमा रुपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ।
