विराटनगर, २४ माघ ।
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।
ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना
बारा, २४ माघ ।
प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई पक्राउ गरेको हो।
उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना
काठमाडौं, २४ माघ ।
सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् । समिति हतारोमा निर्देशन दिनसमेत उद्धत भएको भन्दै उनले यसले संसदीय समितिको विश्वास घटाउने बताए ।
संसदीय समितिले विश्वास गुमाउँदै गएमा संसदले नै विश्वास गुमाउने उनको भनाइ छ । न्युजकारखाना
बैंकक, २४ माघ ।
थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनमाथि शाही अपमान गरेको आरोप लागेको छ ।
थाई प्रहरीले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि करिब एक दशकअघि गरेको टिप्पणीलाई लिएर राजतन्त्रको अपमान गरेको आरोप लगाएको हो ।
अधिकारीहरूले मंगलबार भने कि सो उजुरी २०१५ को अन्तर्वार्तासँग सम्बन्धित छ, जुन थाक्सिनले दक्षिण कोरियामा हुँदा दिएका थिए।
सम्भावित आरोप उनको सम्भावित पेरोलमा रिहा हुनु केही हप्ता अघि आउँने छ। यद्यपि यो मुद्दा अगाडि बढ्छ कि बढदैन भनेर अझै स्पष्ट छैन् ।
जेलमा रहेका अरबपति देशको कडा लेस म्याजेस्टे कानून अन्तर्गत अभियोगको सामना गर्ने पछिल्लो राजनीतिक व्यक्तित्व हुन् ।
थाक्सिनकी बहिनी यिङलक सिनावात्राको नेतृत्वमा रहेको सरकारलाई मे २०१४ मा सत्ताच्युत गरेपछि थाइल्यान्ड चलाएको सैन्य सरकारले उजुरी दायर गरेको थियो। थाक्सिनले बारम्बार राजतन्त्रप्रति वफादारीको वाचा गर्दै आएका छन् ।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता प्रयुथ पेचरकुनले थाक्सिन यसअघि देशमा नगएको कारण उजुरीमाथि कारबाही गर्न लामो ढिलाइ भएको पत्रकारलाई बताएका छन् ।न्युजकारखाना
काठमाडौं, २४ माघ ।
राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ ।
संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्ने सदस्य सचिव अर्जुन पोखरेलले जानकारी दिए । त्यसका लागि सबै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइसकेका छन ।
संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद् रहने व्यवस्था छ ।
पहिलाे बैठक गत असार १६ गते पाेखरामा बसेकाे थियाे । न्युजकारखाना
मुम्बइ, २४ माघ ।
अदा शर्माको फिल्म द केरला स्टोरी रिलिज हुनेबित्तिकै विवादमा परेको थियो । विवादमा परे पनि आदा शर्माको द केरला स्टोरी बक्स अफिसमा हिट साबित भयो । बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेपछि फ्यानहरू फिल्मको ओटीटी रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए। द केरला स्टोरी रिलिज भएको ९ महिनाभन्दा बढी भइसक्यो तर फिल्म ओटीटीमा रिलिज भएको छैन।
अब अन्ततः ९ महिनाको प्रतिक्षापछि द केरला स्टोरी ओटीटीमा रिलिज हुन लागेको छ । अदाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर यो जानकारी दिएकी हुन् ।
अदा शर्माले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् । अदाले फिल्मको ओटीटी रिलिजको प्रोमो सेयर गरेकी छिन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘अन्तमा… सरप्राइज बहुप्रतिक्षित फिल्म ओटीटीमा चाँडै आउँदैछ। केरला स्टोरी १६ फेब्रुअरीमा जि ५ मा प्रिमियर हुनेछ।’
अदाको पोस्ट हेरेपछि फ्यानहरु निकै उत्साहित भएका छन् । अहिले उनी फिल्म रिलिजको पर्खाइमा छन । अदाको पोष्टमा एक फ्यानले लेखेका छन्– ‘तपाईँले यो फिल्म अदा कसरी पाउनु भयो ? मेरो मतलब यो तपाईसम्म कसरी पुग्यो । जबकि एकजनाले लेखेका थिए– द केरला स्टोरी ५ पटक हेरेको छु । एकजनाले लेखेका थिए– उत्सुकतापूर्वक पर्खिरहेको थिएँ ।’
द केरला स्टोरीको कुरा गर्दा यो फिल्ममा अदासँगै योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडाही र देवदर्शनी मुख्य भूमिकामा देखिएका थिए । यो फिल्मलाई सुदिप्तो सेन र विपुल अमृतलाल शाहले निर्देशन गरेका हुन् ।न्युजकारखाना
मुम्बइ, २४ माघ ।
किरण राव निर्देशित ‘मिसिंग लेडीज’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।
किरण राव र आमिर खान दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । उनले प्रमोशनका क्रममा फिल्मसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेको देखिन्छ । अब किरण रावले आफ्नो पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भूमिकाका लागि अडिसन दिएको खुलासा गरेकी छन् । तर, किरणले उनलाई यो भूमिकाका लागि कास्ट गर्न अस्वीकार गरिन् । किरणले आमिरलाई कास्ट नगर्नुको कारण पनि बताएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार किरण रावले फिल्मको कास्टिङबारे कुरा गर्दै अमिरलाइ अस्विकार गरेको खुलासा गरेकी छिन । उनका अनुसार आमिरलाई फिल्मको कथा मन परेको र फिल्ममा कास्ट गर्न चाहेको बताएका थिए । किरणले भने, ‘आमिरलाई यो क्यारेक्टर निकै मन परेको थियो र उनले यसको लागि अडिसन पनि दिए । तर, उनी स्टार भएकाले यो क्यारेक्टर निर्वाह गरेमा त्यो पात्रबाट धेरै आशा पलाउला भन्ने लाग्यो । आमिरले क्यारेक्टरमा स्टार ब्यागेज ल्याउने छन् ।’
किरणले अगाडी भनिन, ‘हामीलाई यो क्यारेक्टरका लागि उपयुक्त व्यक्ति चाहिएको थियो । त्यसका लागि रवि किशन उत्कृष्ट छन। मलाई लाग्छ उहाँ भन्दा राम्रो कोही हुन सक्दैन, त्यसैले अमिरलाइ हामीले लिएनौं ।’
मिसिङ लेडीजको कुरा गर्दा नितान्शी गोयल, प्रतिभा रन्त, स्पर्श श्रीवास्तव र छाया कदम मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो र यसले स्ट्यान्डिङ ओभेसन पाएको थियो। अब यो फिल्म १ मार्चबाट हलमा रिलिज हुँदैछ । यो फिल्मलाई किरण रावले निर्देशन गरेका हुन् ।
चलचित्रको कथाको कुरा गर्दा यो दुलही परिवर्तनको कथा हो । बेहुलाले अर्कैसँग बिहे गर्छ र अर्को बेहुली पनि उसको साथमा घर आउँछ । यो आदानप्रदान ट्रेनमा हुन्छ। त्यसपछि प्रहरी भित्रिन्छ । अब प्रहरीले असली दुलही फेला पार्न सक्छ कि सक्दैन भनेर फिल्मको प्रतिक्षा गर्नुपर्नेछ
न्युजकारखाना
मुम्बई, २४ माघ ।
तेजा सज्जाको फिल्म ‘हनुमान’ रिलिज भएको एक महिना बितिसकेको छ ।
अचम्मत त यो छ कि यो फिल्मले बक्स अफिसमा अझै बलियो छ र करोडौं कलेक्सन गरिरहेको छ । सानो बजेटमा बनेको यो चलचित्रले महेश बाबु अभिनित चलचित्र ‘गुंटुर करम’ लगायत धेरै चलचित्रलाई बक्स अफिसमा पछि पार्दै ठूला नोट छापिरहेको छ । ऋतिक रोशन स्टारर फिल्म ‘फाइटर’को अगाडि ‘हनुमान’को कमाईमा गिरावट आएपनि यो फिल्म बक्स अफिसमा झुक्न तयार देखिएको छैन । उसो भए आउनुहोस् जानौं, ‘हनुमान’ ले रिलिजको २६ औं दिनमा कति करोड कमाएको छ ?
‘हनु मान’ एक तेलुगु सुपरहिरो फिल्म हो। यो चलचित्र यही संक्रान्तिमा हलमा रिलिज भएको हो । ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ र योसँगै फिल्मले बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ । ‘हनुमान’ सिनेमाघरमा रिलिज भएको चार साता भइसकेको छ र यसले हरेक दिन करोडौंको कलेक्सन गरिरहेको छ ।
फिल्मको कमाईको कुरा गर्दा ‘ हनुमान’ ले पहिलो हप्तामा ८९.८ करोड कमाएको थियो । दोस्रो हप्तामा ‘हनुमान’ले ६०.६ करोड कमाएको थियो । तेस्रो हप्तामा ‘हनुमान’ले २९.९५ करोड कमाएको छ । यो फिल्म अहिले रिलिजको चौथो हप्तामा छ । ‘हनुमान’ ले रिलिजको चौथो शुक्रबार १.४५ करोड, चौथो शनिबार २.८५ करोड, चौथो आइतबार ४ करोड र चौथो सोमबार १.१८ करोड कमाएको छ । अब ‘हनुमान’ को रिलिजको चौथो मंगलबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।
सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार, हनुमानु ले चौथो मंगलबार अर्थात् रिलिजको २६ औं दिनमा १.१० करोड भारु कलेक्सन गरेको छ।
योसँगै ‘हनु मान’को २६ दिनमा कुल कमाई भारतमा १९०.९३ करोड पुगेको छ ।
‘हनुमान’ ले देशमा मात्रै नभई विश्वभर बक्स अफिसमा हिट भएको छ । यो फिल्मले रिलिज भएको २६ दिन बितिसक्दा पनि विश्वभर करोडौं कलेक्सन गरिरहेको छ । ट्रेड एनालिस्ट मनोबाला विजयबलनले ‘हनुमान’को विश्वव्यापी कमाइको तथ्यांक साझा गरेकी छिन्, जसअनुसार तेजा सज्जाको फिल्मले रिलिज भएको २५ दिनमा विश्वभर ३०० करोडको आँकडा पार गरेको छ र योसँगै ‘हनुमान’ को कुल कलेक्सन अहिले रु ३००.२३ करोड पुगेको छ।न्युजकारखाना
कतार, २४ माघ ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन्।
शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटपछि आएको हो। कतारका प्रधानमन्त्रीले भने कि हमासको प्रतिक्रिया सामान्यतया सकारात्मक छ। अमेरिकी विदेशमन्त्रीले यसबारे इजरायली नेताहरूलाई जानकारी दिनेसमेत जनाएका छन् ।
मंगलबार जारी गरिएको विज्ञप्तिमा हमासले युद्धविराम प्रस्तावलाई सकारात्मक भावनामा प्रतिक्रिया दिएको तर अझै पूर्ण युद्धविराम र आक्रमणको अन्त्य चाहेको युरो न्यूजले जनाएको छ।
कतारले हमाससँग लामो समयदेखि मध्यस्थता गर्दै आएको छ र युद्धविरामको लागि अमेरिका र इजिप्टसँग काम गरिरहेको छ, जसमा युद्धको दीर्घकालीन रोक र गाजामा अझै पनि रहेका १०० भन्दा बढी बन्धकहरूको रिहाई समावेश गरिएको छ।
कतारका प्रधानमन्त्रीले हमासको प्रतिक्रियाको बारेमा कुनै विवरण दिएनन् तर सो समूहले टिप्पणी गरेको भने जानकारी दिएका छन । एन्टोनी ब्लिन्केनले अधिकारीहरूले हमासको प्रतिक्रिया पाएको पुष्टि गरे ।
अल जजीराका अनुसार हमासले बन्धक सम्झौतालाई आधिकारिक रूपमा सकारात्मक प्रतिक्रिया दिएको बताएको छ तर अमेरिका र कतारले गाजामा लडाइँ रोक्न समय लाग्ने बताएका छन्।न्युजकारखाना
पर्थ, २४ माघ ।
अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् ।
नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनियताका शपथ लिएका छन् ।
गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भगवद गीताको सपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाइँ केही गर्नको लागी पहिलो हुनुहुन्छ, तपाइँ निश्चित हुनुपर्दछ कि तपाइँ अन्तिम हुनु हुन्न।’
लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो।
पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

वरुण घोषले भर्खरै आफ्नो छनोटमा भनेका थिए, ‘म राम्रो शिक्षा पाउँदा भाग्यशाली थिएँ र म दृढतापूर्वक विश्वास गर्छु कि उच्च गुणस्तरको शिक्षा र प्रशिक्षण सबैका लागि उपलब्ध हुनुपर्छ।’ अष्ट्रेलियका समाचार संस्थाहरूका अनुसार अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, जुन १८ बर्ष पछि उनी सिनेटरमा निर्वाचित भए ।न्युजकारखाना