२०८३ भाद्र १
२०८३ भाद्र १

काठमाडौं, २५ माघ ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युजकारखाना

आजमिति २०८० साल माघ २५ गते तदअनुसार फ्रेब्रुअरी ८, सन् २०२४ विहिवार, कृष्णपक्षको त्रयोदशी तिथि, श्रवण नक्षत्र, सिद्दि योग ११:३२ एएम सम्म तत्पश्चात व्यतिपात, धनु राशिमा चन्द्रमा, व्यतिपात योग अति अशुभ मानिन्छ।

अभिजित् मुहूर्त: बिहान ११:५७ देखि १२:४१ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:४७

• सुर्यास्त: बेलुका ०५:४९बजे

 

 

मेष

नियमित व्यायामलाई प्राथमिकता दिनुहोस्। बजेट र वित्तीय योजनामा ​​ध्यान केन्द्रित गर्नुहोस्। आफ्नो पार्टनरको प्रशंसा गर्नुहोस्। रमाइलो पारिवारिक गतिविधिको योजना बनाउनुहोस्।

 

शुभ अंक : ९

शुभ रङ: किरण

 

वृष राशि

सन्तुलित आहार लिनुहोस्। तपाईंको दीर्घकालीन वित्तीय लक्ष्यहरूको मूल्याङ्कन गर्नुहोस्। आफ्ना प्रियजनहरूसँग खुलेर कुराकानी गर्नुहोस्। गुणस्तरीय समय मार्फत बन्धनलाई बलियो बनाउनुहोस्।

 

शुभ अंक : ५

शुभ रङ: अर्थी ब्राउन

 

मिथुन

 

मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। प्रमुख निर्णयहरूको लागि आर्थिक सल्लाह खोज्नुहोस्। नयाँ रोमान्टिक सम्भावनाहरूको लागि खुला रहनुहोस्। विस्तारित परिवारका सदस्यहरूसँग जोड्नुहोस्।

 

शुभ अंक : ३

शुभ रङ: स्काई नीलो

 

कर्कट

भावनात्मक सन्तुलनमा ध्यान दिनुहोस्। आवेगपूर्ण खर्चमा सावधान रहनुहोस्। तपाईंको रोमान्टिक जडानहरू पालनपोषण गर्नुहोस्। परिवारका सदस्यहरूसँग आफ्ना आकांक्षाहरू साझा गर्नुहोस्।

 

शुभ अंक : ६

शुभ रंग: मोती सेतो

 

सिंह

 

पर्याप्त आराम र विश्राम सुनिश्चित गर्नुहोस्।भविष्यको आर्थिक सुरक्षाको लागि योजना। आफ्नो पार्टनरसँग भावनात्मक बन्धन सुदृढ बनाउनुहोस्। विशेष पारिवारिक भ्रमणको योजना बनाउनुहोस्।

 

शुभ अंक : १

शुभ रंग: सुनौलो पहेंलो

 

कन्या

समग्र स्वास्थ्यमा ध्यान दिनुहोस्। आर्थिक वृद्धिको लागि नयाँ अवसरहरू अन्वेषण गर्नुहोस्। आफ्नो पार्टनरको आवश्यकतामा ध्यान दिनुहोस्। आरामदायी पारिवारिक रात्रिभोजको योजना बनाउनुहोस्।

 

शुभ अंक : ७

शुभ रंग: वन हरियो

 

तुला

नियमित व्यायाममा जोड दिनुहोस्।आर्थिक साझेदारीमा सावधान रहनुहोस्। सम्बन्धमा सद्भाव बढाउनुहोस्। रचनात्मक पारिवारिक गतिविधिमा संलग्न हुनुहोस्।

 

शुभ अंक : २

शुभ रङ: ल्याभेन्डर

 

वृश्चिक

 

तनाव व्यवस्थापनलाई प्राथमिकता दिनुहोस्। दीर्घकालीन वित्तीय योजनामा ​​ध्यान केन्द्रित गर्नुहोस्।आफ्ना भावनाहरू खुलेर व्यक्त गर्नुहोस्। प्रियजनहरूसँग सप्ताहन्तमा छुट्टीको योजना बनाउनुहोस्।

 

शुभ अंक : ८

शुभ रंग: पहेलो

 

धनु

बाहिरी गतिविधिहरू समावेश गर्नुहोस्। आवेगपूर्ण आर्थिक निर्णयहरूमा सावधान रहनुहोस्।सहज रोमान्टिक इशाराहरूको लागि खुला हुनुहोस्। हृदयदेखि हृदयको लागि दाजुभाइसँग जोड्नुहोस्।

 

शुभ अंक : ४

शुभ रंग: निलो

 

मकर

 

स्वस्थ दिनचर्यालाई प्राथमिकता दिनुहोस्। आफ्नो लगानी पोर्टफोलियो मूल्याङ्कन गर्नुहोस्। आफ्नो पार्टनरसँग भावनात्मक सम्बन्धको पालनपोषण गर्नुहोस्। पारिवारिक जमघट रातको योजना बनाउनुहोस्।

 

शुभ अंक : ५

शुभ रंग: चारकोल खैरो

 

कुम्भ

सन्तुलित जीवन शैली कायम राख्नुहोस्। आम्दानीका नयाँ स्रोतहरू विचार गर्नुहोस्। आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्नुहोस्। प्रियजनहरूसँग चलचित्र रातको योजना बनाउनुहोस्।

 

शुभ अंक : ७

शुभ रंग: निलो

 

मीन

भावनात्मक कल्याणमा ध्यान दिनुहोस्।आर्थिक निर्णयमा सावधान रहनुहोस्। तपाईंको रोमान्टिक सम्बन्ध बलियो बनाउनुहोस्। हार्दिक पारिवारिक जमघटको योजना बनाउनुहोस्।

 

शुभ अंक : २

शुभ रंग: हरियो

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । सल्लाह, सुझाव र परामर्शका लागि ९८६६८९५२१३

न्युजकारखाना

काठमाडौं, २४ माघ ।

आउँदो ६ फागुनमा बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर मितिबारे जानकारी गराएका हुन् ।

यसका लागि २ फागुन दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउनुपर्ने सभामुख घिमिरेले जानकारी दिए ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ । न्युजकारखाना

काठमाडौं, २४ माघ ।

प्रतिनिधिसभाले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले बुढाथोकीको निधनमा सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

‘पूर्वसामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ पारित शोक प्रस्तावमा उल्लेख गरिएको छ ।

 

बैठकले बुढाथोकीको निधनमा एक मिनेट मौन धारण पनि गरेको छ । बुढाथोकी नेपाली कांग्रेस पार्टीबाट २०६४ र २०७० सालको संविधानसभा सदस्य हुन् । न्युजकारखाना

काठमाडौं, २४ माघ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो।

 

रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन। तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न भने थाल्छ।

 

डिफ्युजन नोटिस इन्टरपोलसँग आवद्ध राष्ट्रहरूबीच फरार प्रतिवादीलाई पक्राउको लागि समन्वय गर्ने एउटा माध्यम भने हो। रोका सुनकाण्डमा मुछिएका बेल्जियन नागरिक दाबा छिरिङकी श्रीमती हुन्। ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।

 

साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भएको करिब ६० किलो सुन बरामद गरेको थियो। उक्त प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो।

 

उनीहरूसँग ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गरिएको थियो। सात जनालाई प्रहरीले मुद्दा चलाउन नपर्ने राय दिएको थियो। सुन प्रकरणमा अन्य ४८ जना संलग्न रहेको अनुसन्धानमा खुलेको थियो। बाँकी व्यक्तिहरू फरार रहेको अवस्थामै मुद्दा दर्ता गरिएको थियो।

 

साउन २ गते त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन राजश्व अनुसन्‍धान विभागले बरामद गरेको थियो।

 

उक्त सुन गाल्दा ६० किलो ७१६ ग्राम भएको थियो। उक्त सुन रेडी ट्रेड प्रालिले ल्याएको ब्रेक सुमा फेला परेको थियो।

 

सुन तस्करी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई दिइएको थियो।न्युजकारखाना

 

काठमाडौं, २४ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस दिन सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। यसअघि आयोगको टोलीले वडाध्यक्ष कार्कीलाई घुस रकमसहित पक्राउ गरेको थियो।न्युजकारखाना

काठमाडौं, २४ माघ । 

वैदेशिक रोजगारीका लागि छ्यासछ्यास्ती खुलेका मेनपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ।

वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भई हाल ललिपुर-१८ बस्ने २७ वर्षीय रामसेवक सिंह छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ललितपुर-९ मिलन टोलबाट पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनीहरूले राजकुमार बजगाईंसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।

प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र युरोप पुगेपछि मासिक १ लाख ५५ हजार रुपैयाँ तलब हुने भन्दै दुबै जनालाई पटक-पटक गरी पीडितहरूबाट उक्त परिमाणको रकम उठाएको केसीले बताए।

‘रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए,’ केसीले भने, ‘खोजी तथा अनुसन्धानको सिलसिलामा दुबै जनालाई उनीहरू बसेको स्थानबाट पक्राउ गरिएको हो।’

केसीका अनुसार रामेश्वर सिंहले आफूलाई सरोज यादव र नागेन्द्र यादव बताउने गरेका थिए। रामसेवकले आफूलाई सरोज यादव रहेको बताउँथे।

रामसेवक रामेश्वरका ज्वाइँ हुन्। उनीहरूले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ओभरसिज नै खोलेको पाइएको छ।

रामेश्वर बजाज ओभरसिजमा २०७४ सालदेखि कर्मचारीको रूपमा एक वर्ष काम गरेका व्यक्ति हुन्। उनले त्यही साल फागुनमा भेरी ओभरसिज किनेर सञ्चालन गरेका थिए।

उक्त ओभरसिजमा सक्रिय रहँदा उनले दुई सय जनाबाट तीन करोड ठगी गरेको पाइएको छ। उक्त ठगीमा उनी एक वर्ष ६ महिना जेल बसेर छुटेको केसीले बताए।

भेरी ओभरसिजमा विदेश जान पेश गरेका धनुषाका सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण पत्रमा उनले आफ्ना ज्वाइँ रामसेवकको फोटो टाँसे। त्यसबाट उनले विराट कन्सल्टेन्सी विर्तामोड, गडिमाई कन्सल्टेन्सी काठमाडौं र कमलामाई कन्सल्टेन्सी दर्ता गरेका थिए।

ती ओभरसिजबाट उनले रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी ४८ जनाबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएका थिए।

सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआइसी एसिया बैंक र कामना विकास बैंकमा खाता खोलेको भेटिएको छ। ती तिनै बैंकमा कारोबार रामसेवक सिंहबाट गर्ने गरेको खुलेको छ।

यादवत्रयलाई भने आफ्नो नागरिकता दुरुपयोग भएर धेरै व्यक्ति ठगिएको जानकारी थिएन। उनीहरू सबै जना गाउँमा कृषि पेशा गरेर बस्थे।

यता, पीडितहरूले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिए। यसपछि अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्ना ज्वाइँ रामसेवक सिंहको फोटो टाँसेर ती व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुलेको केसीले बताए।

रामेश्वरविरूद्ध २०७८ सालमा ठगी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा उनी फरार थिए।

२०७९ सालमा सिन्धुली जिल्लामा लागुऔषध मुद्दा चलेकोमा उनी २४ दिन कैद र दुई जरिवाना भई मुक्त भएका थिए।

पक्राउ परेकाको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको छ।

दुबैविरूद्ध ठगी, किर्ते जालसाजी, बैकिङ कसुरलगायतका मुद्दामा अनुसन्धान हुने केसीले बताए।न्युजकारखाना

बारा, २४ माघ ।

बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको हो।

बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।न्युजकारखाना

काठमाडौं, २४ माघ ।

नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै घुस रकमसहित पक्राउ गरेको हो।

चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस रकम बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भन्दै उनीहरूले घुस लिएका थिए।न्युजकारखाना

काठमाडौं, २४ माघ ।

सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले  उक्त  विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।

गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ । न्युजकारखाना

ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।