मुम्बई, २५ माघ ।
अभिनेत्री तथा मोडल पुनम पाण्डे सरकारको पाठेघरको मुखको क्यान्सर अभियानको ब्रान्ड एम्बेस्डर बन्ने देखिएको छ ।
पछिल्ला केही दिनदेखि आफ्नो मृत्युको अफवाह फैलाएर चर्चामा रहेकी पाण्डे सर्वाइकल क्यान्सरको बारेमा जनचेतना फैलाउनका लागि भारत सरकारको ब्रान्ड एम्बेसडर बन्न सक्ने देखिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यसका लागि अभिनेत्री पुनम पाण्डे र उनको टोलीले केन्द्रीय स्वास्थ्य मन्त्रालयसँग कुराकानी गरिरहेको छ। पूनम पाण्डे पाठेघरको मुखको क्यान्सर सम्बन्धी सरकारले चलिरहेको सचेतना कार्यक्रमको ब्रान्ड एम्बेसडर बन्न सक्ने भएको उनीहरूले लेखेका छन् ।
वास्तवमा यस महिनाको सुरुमा पाण्डेको पीआर टोलीले उनको आधिकारिक इन्स्टाग्राम खाताबाट अभिनेत्रीको मृत्युको गलत समाचार पोस्ट गरेको थियो। पोस्टमा भनिएको थियो कि अभिनेत्रीको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको हो ।
बिरामी भएर एक्कासी निधन भएको खबरले सबैलाई चकित बनाएको थियो । तर भोलिपल्टै यो खबर झुटो भएको खुलासा भयो र जब पुनमले नै पाठेघरको मुखको क्यान्सरबारे जनचेतना फैलाउन यो स्टन्ट गरेकी बताइन ।
फेब्रुअरी ३ मा पुनम पाण्डेले भिडियो पोस्ट गरेर आफू जीवित रहेको जानकारी दिएकी थिइन् । उनले भनिन्, ‘म यो गर्न बाध्य महसुस गर्छु। म तपाईहरू सबैसँग केही महत्त्वपूर्ण कुराहरू साझा गर्दैछु, म यहाँ छु, जीवित छु। पाठेघरको मुखको क्यान्सरले मलाई मारेको छैन तर यो रोगसँग कसरी लड्ने भन्ने जानकारी नहुँदा हजारौं महिलाको ज्यान लिइसकेको छ ।’
पुनमले अगाडी भनेकी थिइन, ‘अन्य क्यान्सरजस्तै पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। महत्त्वपूर्ण कुरा यो हो कि यसका लागि एचपीभी भ्याक्सिन र प्रारम्भिक पहिचान परीक्षणहरू छन्। यो रोगबाट कसैको मृत्यु नहोस् भन्ने सुनिश्चित गर्ने उपाय हामीसँग छ ।’ पूनमले पाठेघरको मुखको क्यान्सरबारे मानिसहरूलाई सचेत गराउन आफूले मृत्युको नक्कली गरेको बताएकी थिइन् । त्यसपछि उनी निकै चर्चामा आएकी थिइन ।न्युज कारखाना
काठमाडौं, २५ माघ ।
हाम्रो पृथ्वी आफ्नो कक्षमा घुम्छ, जसको कारण दिन र रात हुन्छ। यसले हाम्रो ग्रहमा जीवन फस्टाउन मद्दत गर्दछ। यो परिक्रमाले पृथ्वीको गुरुत्वाकर्षण बललाई पनि असर गर्छ र समुद्री धारादेखि वायुमण्डलीय परिसंचरण ढाँचासम्म सबै कुरालाई आकार दिन्छ।
यदि हाम्रो ग्रह एक सेकेन्डको लागि पनि आफ्नो अक्षमा घुम्न रोक्छ भने के हुन्छ ? यो एक काल्पनिक प्रश्न हो, जसमा वैज्ञानिकहरूले धेरै पटक कुरा गरेका छन्। यसै विषयमा हलिउड फिल्म ‘द कोर’ पनि बनेको छ । यदि पृथ्वीको परिक्रमा रोकियो भने यो हाम्रो लागि कत्ति पनि राम्रो हुनेछैन । फिल्म ‘द कोर’ मा पृथ्वीको भित्री भाग अज्ञात बलका कारण सुस्त हुँदै गएको देखाइएको छ । जसका कारण आम मानिसले पनि फिल्ममा अचानक चरा झर्ने र मर्ने जस्ता अनौठो कुरा देख्न थाल्छन् ।
यस प्रश्नको जवाफ स्मिथसोनियन म्यागजिनमा लेखिएको छ कि यदि पृथ्वीको परिक्रमा रोकियो भने यो हाम्रो ग्रहको लागि विनाशकारी हुनेछ। सो म्यागेजिनका अनुसार भूमध्य रेखामा पृथ्वीको परिक्रमा सबैभन्दा छिटो हुन्छ। त्यो लगभग एक हजार माइल प्रति घण्टा हो। यदि यो गति अचानक रोकियो भने, चट्टान र महासागरहरू हल्लिएर भूकम्प र सुनामी निम्त्याउने छन्।
यति मात्र होइन, मानिसहरूले पृथ्वीको चुम्बकीय क्षेत्रको असंवेदनशीलता पनि महसुस गर्न सक्छन्। रोटेशन रोक्दा केहि पनि सुरक्षित हुनेछैन। रूखहरू जराबाट उखेलिने छन्।एस्ट्रोफिजिस्ट नील डिग्रास टायसनले पनि एक कार्यक्रममा यसबारे कुरा गरेका थिए । उनले भनेका थिए, यदि यस्तो भयो भने पृथ्वीका सबै मानिस मारिने छन् । मानिसहरू झ्यालबाट बाहिर उड्नेछन्। त्यो पृथ्वीको लागि नराम्रो दिन हुनेछ।न्युज कारखाना
रौतहट,२५ गते माघ ।
गरुडा–पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहिबार रौतहटको गरुडा स्थित चिनी मिलमा हुुने कार्यक्रममा सहभागी हुन आउने भएका छन् ।
नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको उद्धघाटन सत्रको कार्यक्रमलाइ सम्बोधन गर्न रौतहट आउन लाग्नु भएको अधिवेशका प्रचार विभाग प्रमुख रुपेश पटेलले जानकारी गराउनुु भएको हो । आज माघ २५ गते बुधवार देखि नेकपा एमालेको जिल्ला अधिवेशन मध्य रौतहटको गरुडामा शुरु हुँदैछ ।

जसको चहलपहल समेत बढेको छ । अधिवेशनको सम्पूर्ण तयारी पुुरा भएको प्रचार विभाग प्रमुख पटेलले बताए । नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका चार जना आकांक्षी उम्मेदवार देखिएका छन् । अध्यक्षको उम्मेदवारमा रुपेश पटेल,अखिलेश्वर चौधरी, सचिदानन्द साह र बवन सिंह रहेका छन् ।
उनीहरुले आफ्नो उम्मेदवारी घोषणा समेत गरि सकेका छन् । अध्यक्ष पदका उम्मेदवार मध्ये रुपेश पटेलले आफूलाइ यूवाहरुको साथ रहेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी रहने बताएका छन् । पटेलका अनुसार नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको लागि करिब ४ सय मतदाता रहेका छन् ।
रौतहट २५ माघ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने भएका छन् ।
नेकपा एमालेको १० औ जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् ।
एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।
दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन ।न्युजकारखाना
महोत्तरी, २५ माघ ।
महोत्तरी बर्दिवास-४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ ।
घाखोकी, प्रेसर, सुगर जस्ता रोगहरु लागेपछि सोलीघोप्टे वरपरको जंगलमा गाँउलेहरू जडिबुटीजन्य बनस्पति खोज्न धाउने गरेको पोखरेल अहिले पनि सम्झन्छन । उनलाई अझै पनि अस्पताल र स्वास्थ्य चौकीको बिस्वास नै लाग्दैन, बरु चिकित्सकहरुको लापरवाहीका घटनाहरु र गलत औषधिको प्रयोगले ज्यान गएको समाचार सुन्दा अचम्म लाग्छ ।

‘यो समाज कता जादै छ ? हामी किन हाम्रै घरआगनमा भएका औषधि प्रयोग गर्न हिच्किच्याईरहेका छौ ?’ पोखरेल प्रतिप्रश्न गर्छन ।
६० बर्षीय पोखरेल मात्र हैन बर्दिवास-४ कै अर्का स्थानीय टेक बहादुर डीमडम पनि स्थानीय सरकार तथा सरोकारवाला निकायको वेवास्ताप्रति चिन्ता ब्यक्त गर्छन । ‘हाम्रो सोलीघोप्टे जंगलमा मात्र सय भन्दा बढी जातका जडिवुटी पाईन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारि छ,’ डीमडमले भने, ‘जडिवुटी हवको रुपमा विकास गर्न सकिने यस्ता ठाउँ स्थानीय सरकारको वेवास्तामा पर्नुले झन् दु:ख लाग्छ ।’

२०३६ सालदेखी यही ठाँउमा बसोबास गर्दै आएका पुर्व वडा अध्यक्ष तथा स्थानीय दिपवहादुर कार्की रचनात्मक व्यवस्थापन गर्न सक्ने जनप्रतिनिधिको अभावले नै यस्ता ठाउँहरु ओझेलमा परेको वताउँछन । आफु वडा अध्यक्ष हुदा समेत जडीबुटी हवको रुपमा विकास गरी वातावरणीय पर्यटन पर्वद्वंन गर्न निक्कै कोशिस गरेको बताउँदै स्थानीय सरकारको वेवास्ताको सिकार बनेको जिकिर गर्छन ।
उनी आफैले पनि यस जंगलको कयौ जडिबुटीहरुको प्रयोग गरी रोग निको बनाउँदै आएका छन् । पायलस, फिस्टुला, झाडापखाला, पिनास, ज्वरो जस्ता सामान्य रोगको लागी अस्पताल वा स्वास्थ्य चौकी अहिलेसम्म नगएको वताउछन । ‘म मात्र हैन गाँउ नै जडीबुटीको प्रयोग गरेर स्वस्थ बन्दै आएका हुन् ।’ उन्ले भने । ‘अव स्थानीय सरकारले संरक्षित क्षेत्र घोषणा गरी दिगो आयआर्जनको विकास गर्नुपर्छ ।’

आयुवेर्दिक चिकित्सक इन्द्र महतो पनि जडिबुटी नै जडिबुटी पाईने यो क्षेत्रलाई जडिबुटी हवकोरुपमा विकास गर्नुपर्ने तर्क गर्छन । सनिवार बर्दिवास उधोग बाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागी भएका चिकित्सक महतोले गौशाला नगरपालिकामा रहेको आयुवेर्दिक कलेजलाई सोलीघोप्टे जंगलसँग जोडन सकिने धारणा राखे ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जंगलमा पाईने जडिबुटी र मनोरम प्राकृतिक दृश्यहरुलाई पर्यटनसँग जोडेर पर्यटकीय केंद्रकोरुपमा समेत विकास गर्नुपर्नेमा जोड दिए । ‘सोलीघोप्टे पहाड उक्लेर चुचुरामा पुग्दा छुट्टै आनन्द प्राप्त हुदो रहेछ ।’ उन्ले भने । ‘नजिकै रहेको बहुचर्चित पंचधुरामाई मन्दिरलाई जोडेर चुरे पदयात्राकोरुपमा समेत विकास गर्न सकिने आधारहरु देखियो ।’
बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले केही दिनदेखी पर्यटकीय गन्तव्यको खोजी गरेको वताउदै नगर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाँउहरुको पहिचान गरी प्रतिवेदन समेत तयार गरिरहेको वताए ।
‘सोलीघोप्टे जंगललाई जडिबुटी हवकोरुपमा विकास गर्न सकिने पहिचान गरेका छौ ।’ उन्ले भने । ‘बर्दिवास नगरको उत्तरी क्षेत्रका चुरे काक्षमा हामीले सम्भावनाहरु खोजी गरिरहेका छौ, देखिएका र सम्भावित गन्तव्यहरुलाई कसरि पर्यटनसँग जोडन सकिन्छ भन्ने अर्को गृहकार्य पनि भईरहेको छ ।’
वि.सं. १९९४ सालमा वनस्पति स्रोतको जर्गेना र प्रयोग गर्ने उदेश्यले वनस्पति गोश्वाराको स्थापना भएको थियो । त्यस पश्चात वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण तथा दिगो विकास गर्ने उदेश्यले वि.सं. २०१६ सालमा वनस्पति विभागको पनि स्थापना भयो । वन तथा वातावरण मन्त्रालय अन्तर्गत विभागका कर्मचारीहरु परिचालन गरि अहिले कार्य सञ्चालन हुदै आएको छ तर उचित ध्यान पुर्र्याउन नसक्दा सोलीघोप्टे जस्ता जंगलहरु संरक्षणको पर्खाईमा छन् ।
अझ प्रकृति संरक्षण एवं सदुपयोगको मान्यताअनुरूप पूजा गर्दा प्राणी, वनस्पतिलगायत सम्पूर्ण चराचर जगतको शान्तिको कामना गर्दै …अन्तरिक्षः शान्तिः, … वनस्पतय शान्तिः…” मन्त्रोच्चारण गर्ने परम्परा छ। जस्ले जडिबुटीजन्य बनस्पतिको महत्व र आवस्यकतालाई प्रमाणित गर्दछ ।
न्युज कारखाना
इस्लामावाद, २५ माघ ।
पाकिस्तानमा आज निर्वाचन हुदैँछ ।
आज हुन लागेको आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पाकिस्तानी अधिकारीहरूका अनुसार यस चुनावमा १२.८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन्।
‘रेडियो पाकिस्तान’ को समाचार अनुसार मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा प्रहरी, नागरिक सशस्त्र बल र सशस्त्र बलका कर्मचारीहरू पर्छन्। मतदान बिहीबार बिहान ८ बजेबाट सुरु भई साँझ ५ बजेसम्म चल्नेछ ।
पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुल १२ करोड ८५ लाख ८५ हजार ७६० जनाले मतदाता मतदान गर्न योग्य रहेका छन्। राष्ट्रिय सभा सिटका लागि ४ हजार ८०७ पुरुष, ३१२ महिला र दुई तेस्रोलिङ्गी गरी ५ हजार १२१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
चार प्रदेश सभाका लागि १२ हजार १२३ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी गरी १२ हजार ६ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन् । पाकिस्तानको निर्वाचन आयोगका एक अधिकारीले भने कि मजिस्ट्रेटको विशेष अधिकार पाएका पीठासीन अधिकारीहरूले पुलिस र सेनाको सुरक्षामा मतदान केन्द्रहरूमा मतदान सामग्री लगेका छन् ।
निर्वाचन आयोगले देशभर ९ लाख ७ हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरेको छ, जसमा पुरुषका लागि २५ हजार ३२०, महिलाका लागि २३ हजार ९५२ र अन्य ४१ हजार ४०३ मिश्रित मतदान केन्द्र रहेका छन् ।
निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् भने २९ हजार ९ सय ८५ संवेदनशील र १६ हजार ७६६ अति संवेदनशील भनेर छुटाइएको छ । आतङ्ककारी समूहको आक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।न्युजकारखाना
काठमाडौं, २४ माघ ।
आयोजक कतार एशियन कपको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो ।
कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए ।
त्यसैगरी इरानका लागि सरदार अजमोउन र् अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९०औ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए ।
एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्ने छ । योसँगै तीन पटक एशियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ ।
यस अघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।न्युजकारखाना
मस्को, २५ माघ ।
रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस हालैका केही अन्तरिक्ष अभियानहरूमा असफल भएको छ तर आज पनि यो यस क्षेत्रमा ठूलो खेलाडी हो भन्ने पुनः पुष्टी भएको छ ।
रूसको रोस्कोसमोस अन्तरिक्ष यात्रीले अन्तरिक्षमा सबैभन्दा लामो समय बसेर नयाँ कीर्तिमान बनाएका छन् र आफ्ना एक सहकर्मीको अघिल्लो रेकर्ड तोडेका छन्। जानकारीका अनुसार रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने यात्रु बनेका छन् ।
यसअघि ५९ वर्षीय ओलेगले ८७८ दिन १२ घण्टाभन्दा बढी अन्तरिक्षमा बिताएर यो रेकर्ड कायम गरेका हुन । उनका सहकर्मी गेन्नाडी पडल्काले सन् २०१५ मा ८७८ दिन ११ घण्टा २९ मिनेट ४८ सेकेण्ड अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए, जुन अहिले तोडिएको छ ।
तर, ओलेग कोनोनेन्कोले यो कीर्तिमान आफ्नो एक अन्तरिक्ष यात्रामा नभई सन् २००८ देखि ५ वटा अन्तरिक्ष यात्रामा बनाएका हुन । यो उल्लेखनीय छ कि रसिया र अमेरिका लगायत अन्य देशका अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट ४०० किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा रहन जाने गर्छन् र त्यहीँ बसेर अन्तरिक्ष अभियान पूरा गर्छन्।
पेशाले इन्जिनियर ओलेगले रुसको सरकारी समाचार एजेन्सी तासलाई भने कि आइएसएसको निरन्तर स्तरोन्नतिको कारणले आइएसएसको प्रत्येक यात्रा सावधानीपूर्वक तयारी आवश्यक छ। उनले आफूलाई अन्तरिक्षमा उड्न मन लागेको बताए । कीर्तिमान बनाउने उद्देश्यले उनी त्यहाँ गएका भने होइनन । ओलेगले भने कि उनी बाल्यकालदेखि नै अन्तरिक्ष यात्री बन्न चाहन्थे।
ओलेग कोनेनेंको पछिल्लो यात्रा १५ सेप्टेम्बर २०२३ मा उडान भरेका छन । नासाका अन्तरिक्ष यात्री लोरल ओहारा र उनका सहकर्मी निकोलाई चुबसँग उडान भरेका हुन । अब उनी फर्किएपछि अन्तरिक्षमा १ हजार दिन पूरा गर्ने विश्वास गरिएको छ ।न्युजकारखाना
काठमाडौं, २५ माघ ।
संङघीय संसदका तीन समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा समितिमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ भने राष्ट्रिय सरोकार समितिमा १६ औं पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरुका सम्बन्धमा छलपफल हुनेछ ।
साथै, दिगो बिकास समितिमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।न्युजकारखाना
काठमाडौं, २५ माघ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ ।
यो खेल त्रिभुवन बिश्व बिधालयकाे खेल मैदानमा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ ।
क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ ।
क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानडाविरुद्ध रिजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा सामावेश गरिएको छ भने करण केसी, दिपेन्द्र सिंह ऐरी लगायतलाई भने क्यानाडाविरुद्धको खेलमा आराम दिइएको छ ।
क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो । त्यस्तै क्यानडाले आईसीसी टी(२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।
क्यानडाविरुद्धको सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।न्युजकारखाना