बैंग्लोर, ११ फागुन ।
भारतीय महिला प्रिमियर लिग २०२४ आजबाट सुरु हुदैँछ ।
यो लिग यही शुक्रबार अर्थात २३ फेब्रुअरीबाट सुरु हुँदाँ यसको उदघाटन खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ ।
यो खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स बीच हुनेछ । खेल साँझ ७ः३० बजे सुरु हुनेछ तर यस प्रतियोगिताको उद्घाटन समारोह त्यसको एक घण्टा अगाडि अर्थात् साँझ ६ः३० बजेबाट सुरू हुनेछ । जसमा बलिउडका ठूला स्टारहरु तरंग मच्चाउने छन् ।
महिला प्रिमियर लिग २०२४ को उद्घाटन समारोहमा वरुण धवन, टाइगर श्राफ, कार्तिक आर्यन, शाहिद कपूर र सिद्धार्थ मल्होत्रा जस्ता सुपरस्टारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनेछन्। यस क्रममा शाहरुख खान पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् ।
गत वर्षको उदघाटन समारोह भन्दा यस वर्षको उद्घाटन समारोह भव्य हुने अनुमान गरिएको छ ।
महिला प्रिमियर लिगको उद्घाटन समारोहको लाइभ स्ट्रिमिङ जियो सिनेमा एपमा हेर्न सकिन्छ। साथै स्पोर्टस–१८ च्यानलमा प्रत्यक्ष प्रसारण पनि हेर्न सकिनेछ ।
महिला प्रिमियर लिगको यो दोस्रो सिजन हो । पहिलो सिजन एउटै स्थानमा खेलाइएको थियो तर यस पटक लिग दुई स्थानमा खेलाइनेछ । बैंगलोर र दिल्लीलाई यस लिगको आयोजक सहरको रूपमा छनोट गरिएको छ। २३ फेब्रुअरी देखि ४ मार्च सम्मको उद्घाटन खेल देखि सबै खेलहरू बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा खेलाइनेछ।
यसपछि लिग चरणका बाँकी खेलहरू र एलिमिनेटर र फाइनलका खेलहरू मार्च ५ देखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछन्। दुवै स्थानमा ११–११ खेल हुनेछन् ।
यसपटक महिला प्रिमियर लिगमा कुल २२ खेल हुनेछन् । लिग चरणमा पाँच टोलीले एक एक गर्दै आमनेसामने गर्नेछन् । प्रतियोगिताको फाइनल खेल १७ मार्चमा हुनेछ ।न्युज कारखाना
बेइजिङ, ११ फागुन ।
चीनले अमेरिकालाइ उपहार स्वरूप पाण्डा पठाउने भएको छ ।
चीनका अनुसार सान डिएगोको चिडियाखानामा पाण्डाहरू पठाउन चीनले अमेरिकासँग एक सम्झौतामा हस्ताक्षरसमेत गरेको छ ।
चीनका बिदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमार्फत भने, ‘चिनियाँ संस्थाहरूले अमेरिकाको सान डिएगो चिडियाखानासँग सम्झौता गरिसकेका छन्।’
उनले अगाडी भनिन, ‘यो सम्झौता विशाल पाण्डा संरक्षणमा सहयोगको नयाँ चरणमा केन्द्रित रहेको छ ।’ उनले भनिन्।
उनका अनुसार चीनवाट पाण्डा पठाउनका लागि स्पेनको म्याड्रिड सहरको चिडियाखानासँग पनि एउटा सम्झौतामा हस्ताक्षर गरिएको छ भने बेइजिङले वाशिंगटन र भियनाका चिडियाखानाहरूसँग पाण्डाका लागि वार्ता गरिरहेको छ ।
चीनले लामो समयदेखि आफ्नो विदेश नीतिको उद्देश्यलाई अगाडि बढाउन ‘पान्डा कूटनीति’ को रूपमा विभिन्न देशहरूमा फ्लफी राजदूतहरूलाई खटाएको छ।
तर, संयुक्त राज्य अमेरिकामा अन्तिम बाँकी रहेका पाण्डाहरू, जो हाल दक्षिणी शहर एटलान्टाको चिडियाखानामामा रहेका छन, ती भने २०२४ को अन्त्यसम्ममा चीन फर्किनेवाला छन्।
तर गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले ‘चिनियाँ र अमेरिकी जनताबीचको मित्रताका दूत’का रूपमा नयाँ पाण्डा पठाउन सक्ने बताएका थिए। ह्वाइट हाउसले बाँस चपाउने पाण्डा थप पाउँदा खुसी हुने प्रतिक्रिया दिएको थियो ।
‘विशाल पाण्डाहरू चीनको राष्ट्रिय खजाना हुन् र संसारभरका मानिसहरूले तिनीहरूलाई गहिरो माया गर्छन्,’ माओले बिहीबार भनिन्, ‘हामी सम्बन्धित देशहरूसँग विशाल पाण्डाहरूको संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगको नयाँ चरणको लागि तत्पर छौं ।’
वातावरणीय समूह विश्व बन्यजन्तु काेषकाअनुसार जंगलमा अनुमानित १८६० विशाल पाण्डाहरू मात्रै बाँकी छन्, र लगभग ६०० वटा पाण्डा केन्द्र र चिडियाखाना र विश्वव्यापी वन्यजन्तु पार्कहरूमा कैद रहेका छन।न्युज कारखाना
काठमाडौँ, १० फागुन ।
बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ ।
४० बर्षिय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो ।
आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन् ।
आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबि गरेपनि २३ बर्ह्सिय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफुलाई बलात्कार गरेको आरोप लगाउदै उजुरी गरेकी थिइन् ।
अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पिडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ ।
आल्भेजका वकिलहरुले भने आफुहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड बीच खेल हुदैँछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थितमैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि शुरु हुदैँछ ।
लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो ।
त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो । नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म केवल २ एक दिवसीय खेल भएका छन् । जसमा दुवै खेल नेदरल्याण्डसले जितेको छ ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । यो खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
राष्ट्रियसभा बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक, २०८०’ सभा समक्ष पेश गर्नेछन भने भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित बिधायन सबन्धी बिधेयक २०८० माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन साथै सो बिधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ।
साथै, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको थियो । तर, बैठक सञ्चालनका लागि आवाश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।
गृहमन्त्री श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न सभामुख देबराज घिमिरेसँग माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा हिजोको बैठकमा ६५ जना मात्र उपस्थित देखिए पछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।
यसैगरी, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार ताेकिएकाे सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने छन भने कृषी, सहकारी तथा प्राकृतिक स्राेत समितिकी सभापति अारजु राणाले राष्ट्रियसभामा उत्पति भएकाे ‘खाध्ध स्वच्छता तथा गुणस्तर बिधेयक सबन्धी समितिकाे प्रतिबेदन २०८०’ पेश गर्ने छिन् ।
अर्थ मन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८०’ माथी बिचार गरियाेस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘बैंकिङ कसुर तथा सजायँ (दाेस्राे संसाेधन) बिधेयक २०८०’ लाइ दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयाेस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ । न्युज कारखाना
काठमाडौं, ११ फागुन ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भुभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।न्युज कारखाना
आजमिति २०८० साल फागुन ११ गते तदअनुसार फ्रेब्रुअरी २३, सन् २०२४ बुधवार, शुक्लपक्षको चतुर्दशी तिथि, अश्लेषा नक्षत्र, सोभन योग, कर्कट राशिमा चन्द्रमा, यो योगमा गरिने कार्य शुभ हुनेछ।
अभिजित् मुहूर्त: बिहान ११:५५ देखि १२:४० सम्म
• काठमाण्डौमा सुर्योदय: बिहान ०६:३५
• सुर्यास्त: बेलुका ०६:०० बजे
• मेष: तपाईंले आफूले चाहेको कुरा पत्ता लगाउन सक्नुहुन्छ। तपाईको पैसाको स्थिति साना इच्छाहरूमा लगानी गर्नको लागि उपयुक्त छ। प्रेममा, तपाईंले आफ्नो पार्टनरलाई थप धैर्यता, प्रतिबद्धता र स्वतन्त्रता देखाउन आवश्यक पर्दछ। पारिवारिक स्वास्थ्यको बारेमा राम्रो समाचार ल्याउँछ। शुभ रङ तथा अंक:
• वृष: तपाईलाई आफ्नो अवस्थाको अनुकूलताको बारेमा शंका हुन सक्छ। तपाईंले कुनै पनि निर्णय गर्नु अघि फाइदा र बेफाइदा तौल गर्न आवश्यक हुन सक्छ। प्रेममा, तपाईंले केही व्यक्तिगत संकटको सामना गर्न सक्नुहुन्छ। पारिवार वा आफन्तले सामान्य भन्दा फरक मनोवृत्ति देखाउन सक्छ। मांसपेशीसम्बन्धी रोग लाग्न सक्छ। शुभ रङ तथा अंक:
• मिथुन: पैसाको सावधानी अपनाउनु पर्ने हुन सक्छ । प्रेममा, तपाईंले आफ्नो सम्बन्धलाई निको पार्न र विकास गर्न समय लिन आवश्यक हुन सक्छ। पारिवारिक ऊर्जाको अनुभव गर्न सक्नुहुन्छ । शुभ रङ तथा अंक: सेतो, ५
• कर्कट: आफ्नो उपलब्धिहरूको लागि मान्यता वा प्रशंसा पनि प्राप्त गर्न सक्नुहुन्छ। आर्थिक अवस्था स्थिर छ र तपाईले केहि विलासिता वा आरामको आनन्द लिन सक्नुहुन्छ। प्रेममा, तपाईं अधिक रोमान्टिक, भावुक र साहसी महसुस गर्न सक्नुहुन्छ। तपाईं आफ्नो साथीलाई इशारा वा उपहारको साथ आश्चर्यचकित गर्न सक्नुहुन्छ। तपाईं राम्रो शारीरिक र मानसिक स्वास्थ्य प्रति सकारात्मक दृष्टिकोण हुन सक्छ। शुभ रङ तथा अंक: निलो, २
. सिंह: तपाईंले काममा केही चुनौती वा अवरोधहरू, आलोचना वा ढिलाइको सामना गर्नुपर्ने हुन सक्छ। पैसाको बचत नहुन सक्छ। प्रेममा, निराश, बोर, वा आफ्नो पार्टनरबाट टाढा महसुस गर्न सक्नुहुन्छ। केहि विवाद पनि हुन सक्छ। तपाईंले आफ्नो स्वास्थ्य, विशेष गरी तपाईंको मुटु र रक्तचापको ख्याल राख्नु पर्ने हुन सक्छ। शुभ रङ तथा अंक: सुनौलो,१
. कन्या: तपाईले अरूसँग सहकार्य र सहयोग गर्न सक्नुहुन्छ। तपाइँ केहि नयाँ सिक्न वा सुधार गर्न सक्नुहुन्छ। तपाईंको वृद्धि, वा उपहार मार्फत बढ्न सक्छ। प्रेममा, तपाईं आफ्नो पार्टनरसँग बढी जोडिएको, घनिष्ठ र खुशी महसुस गर्न सक्नुहुन्छ। तपाईं परिवारसँगै रमाइलो गर्न सक्नुहुन्छ। राम्रो स्वास्थ्य, र सन्तुलन र कल्याणको भावनाको आनन्द लिन सक्नुहुन्छ। शुभ रङ तथा अंक: हरियो, ५
• तुला: तपाईको काममा व्यस्त र तनावपूर्ण दिन हुन सक्छ, धेरै कार्यहरू, समयसीमा वा मागहरूको सामना गर्नुपर्ने हुन सक्छ। केही समस्या वा त्रुटिहरू पनि सामना गर्न सक्नुहुन्छ जुन । पैसा अस्थिर हुन सक्छ र तपाइँ केहि अप्रत्याशित खर्च वा घाटा सामना गर्न सक्नुहुन्छ। प्रेममा, तपाईं आफ्नो पार्टनरको असुरक्षित, ईर्ष्या वा स्वामित्व महसुस गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो स्वास्थ्यलाई आराम र आराम गर्न आवश्यक हुन सक्छ, र अत्यधिक परिश्रम वा चिन्ताबाट बच्न सक्नुहुन्छ।
शुभ रङ तथा अंक: कालो , ८
• वृश्चिक: तपाईंको काममा रोमाञ्चक दिन हुन सक्छ, जहाँ तपाईंले आफ्नो मौलिकता र नवीनता प्रदर्शन गर्न सक्नुहुन्छ। तपाईंसँग केही अवसरहरू वा परिवर्तनहरू पनि हुन सक्छन् जसले तपाईंको लागि नयाँ ढोका खोल्छ। तपाईको पैसामा उतारचढाव आउन सक्छ र तपाईलाई केहि लाभ र हानि हुन सक्छ। प्रेममा, तपाईं आफ्नो पार्टनरसँग बढी आकर्षित, जिज्ञासु र चंचल महसुस गर्न सक्नुहुन्छ। तपाईं राम्रो स्वास्थ्य, र उच्च ऊर्जा स्तर हुन सक्छ। शुभ रङ तथा अंक: रातो म, ९
• धनु: काममा स्थिर र सुरक्षित दिन हुन सक्छ, तपाईलाई वरिष्ठ वा विशेषज्ञबाट केही सहयोग वा मार्गदर्शन हुन सक्छ। तपाईंको पैसा बिस्तारै स्थिर रूपमा बढ्न सक्छ, आज सेयर मार्केट वा लामो अवधि वा मूल्यवान चीजमा लगानी गर्न सक्नुहुन्छ। प्रेममा, तपाईं आफ्नो पार्टनरप्रति बढी वफादार, प्रतिबद्ध र जिम्मेवार महसुस गर्न सक्नुहुन्छ। परिवारमा आफ्ना भावनाहरू व्यावहारिक वा मूर्त रूपमा पनि व्यक्त गर्न सक्नुहुन्छ। तपाईंसँग राम्रो स्वास्थ्य, र बलियो प्रतिरक्षा प्रणाली हुन सक्छ। शुभ रङ तथा अंक: पहेलो, ३
. मकर : तपाईंसँग काममा स्थिर र सुरक्षित दिन छ, तपाईलाई वरिष्ठ वा विशेषज्ञबाट केही सहयोग वा मार्गदर्शन पनि हुन सक्छ। पैसा बिस्तारै तर स्थिर रूपमा बढ्न सक्छ, र तपाईंले लामो अवधि वा मूल्यवान चीजमा लगानी गर्न सक्नुहुन्छ। प्रेममा, तपाईं आफ्नो पार्टनरप्रति बढी वफादार, प्रतिबद्ध र जिम्मेवार महसुस गर्न सक्नुहुन्छ। परिवारमा आफ्ना भावनाहरू व्यावहारिक वा मूर्त रूपमा पनि व्यक्त गर्न सक्नुहुन्छ। तपाईको स्वास्थ्य राम्रो हुन सक्छ, र बलियो प्रतिरक्षा प्रणाली रहनेछ । शुभ रङ तथा अंक: कालो, ८
• कुम्भ: आफ्नो कार्यहरूमा ध्यान केन्द्रितनहुन सक्छ । तपाईंको पैसा दान, कर, वा ऋण मार्फत घट्न सक्छ। प्रेममा, तपाईं आफ्नो पार्टनरबाट स्वतन्त्र र अलग महसुस गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो स्वास्थ्य, विशेष गरी तपाईंको स्नायु प्रणाली र तपाईंको निद्रामा ध्यान दिन आवश्यक हुन सक्छ। शुभ रङ तथा अंक: निलो, ४
• मीन: तपाईंको काममा आफ्नो उत्साह र आत्मविश्वास व्यक्त गर्न सक्नुहुन्छ। मनोबल बढ्नेछ। तपाईंको पैसा बढ्न सक्छ। प्रेममा, तपाईं आफ्नो पार्टनरसँग बढी उदार, मायालु र साहसी महसुस गर्न सक्नुहुन्छ। पारिवारिक केही यात्रा वा अन्वेषण योजनाहरू पनि सँगै हुन सक्छन्। राम्रो स्वास्थ्य, र सकारात्मक दृष्टिकोण हुन सक्छ। शुभ रङ तथा अंक: सेतो, ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
(राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्, सल्लाह, सुझाव र परामर्शको लागि : ९७६६८९५२१३)
न्युज कारखाना
काठमाडौं ११ फागुन ।
न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् ।
‘ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा कर्मचारी र जग्गा खरिद गर्नेहरुमात्र मात्र दोषी हुन् भन्दै नीतिगत निर्णय गर्ने तत्कालिन मन्त्रीहरुलाई चोख्याउने काम भएको छ । मन्त्रीको निर्देशन विना कर्मचारीहरुले मात्रै सरकारी जग्गा किर्ते गर्न सक्दैनन् ।’ निर्णयमा सदर लेख्नेहरुलाई सुनपानी छर्किने न्यायालयको विवादास्पद फैसलाले समग्र न्यायालयलाई नै विटुलो बनाइदिएको जिकीर गर्दै उनले भनिन्,‘नीतिगत रुपमा आदेश दिने, निर्णय गर्ने, सदर गर्नेलाई सुनपानी छर्केर चोख्याउने जुन काम भएको छ यसमा कर्मचारीहरु मात्रै दोषी हुने हो भने अहिलेको यो गणतन्त्रमा आम जनतालाई हामी के सन्देश दिइरहेका छौं रु’ ललिता निवास जग्गा प्रकरणको फैसला न्यायको सिद्धान्त अनुरुप नभएको चौधरीको जिकीर छ ।
सरकारले शक्तिशाली स्वतन्त्र आयोग बनाएर ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणको पुनः अनुसन्धान गर्नुपर्ने पूर्वमन्त्री समेत रहेकी चौधरीको भनाई छ । विषेश अदालतले ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गर्दा तत्कालिन मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठलाई सफाई दिएको थियो । विशेष अदालतका सदस्यहरू डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा गच्छदार र श्रेष्ठलाई सफाई दिएको थियो ।
रौतहट,१० गते फागुन ।
भारतको तमिलनाडु प्रान्त स्थित कोयम्बतुरमा रहेको अमृता स्कुल अफ एग्रिकल्चरल साइन्सेजमा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरुले किसानसित अन्तरक्रियात्मक प्रदर्शन गरेका छन् । विश्वविद्यालयको रावे RAWE कार्यक्रमको एक भाग को रूपमा बीउ प्राइमिंग र बीउ छर्राबारे कोयम्बतुर जिल्लाको माइलेरिपलायम पञ्चायत अन्तर्गत एलुर गाउँमा विद्यार्थीहरुद्वारा एक प्रदर्शन आयोजित गरिएको थियो ।
सीड प्राइमिङ भनेको बीउको नियन्त्रित हाइड्रेशनको प्रक्रिया हो जसले प्रि–जर्मिनेटिभ मेटाबोलिक गतिविधिलाई अगाडि बढ्न अनुमति दिन्छ, तर रेडिकलको वास्तविक उदयलाई रोक्छ । यसले उदयको द्रुत गतिमा मद्दत गर्दछ । यसले प्रतिकूल कृषि–जलवायु परिस्थितिहरूमा पनि बीउ अंकुराउन र उभर्न सक्षम बनाउँछ । बीज प्रिमिङले बीउको शेल्फ लाइफ बढाउँछ भनेर विद्यार्थीहरुले कृषकलाई बुझाउन सफल भएका छन् ।
साथै सीड पेलेटिङ् भनेको बायोएक्टिभ केमिकलसहितको टाँसेको प्रयोग गरी फिलर सामग्रीमा बीउलाई घेर्नु हो र सजिलैसँग ह्यान्डल गर्नको लागि बीउको एकल र आकार बढ्छ । बीउको टुक्राले सानो बीउको आकार र तौल बढाउन मद्दत गर्छ, यसरी सटीक रोपण बढाउँछ र यसले खेत वा ट्रेमा एकै किसिमको बिरुवा निस्कन मद्दत गर्छ । एक समान आकार र आकार, पर्याप्त तौलको साथमा, मेकानिकल पृथकीकरणलाई हावा बनाउँदछ र रोपण कार्यको क्रममा सहज, सहज प्रवाह सुनिश्चित गर्दछ ।
एभििभतष्लनले वृद्धि नियामकहरू र सूक्ष्म पोषक तत्वहरू आपूर्ति गर्न मद्दत गर्दछ र प्रत्येक बिरुवाको लागि, फंगी वा कीराहरूबाट सुरक्षात्मक ढाल प्रदान गर्दछ । हामीले सहभागी कृषकहरूलाई यस्तो महत्वपूर्ण विषयको बारेमा जानकारी दिएकोमा सकारात्मक प्रतिक्रिया पायौ ं। विद्यालयका डीन डा.सुधीश मनालिलका साथै समूह सहजकर्ताहरू, डा. वी मार्तण्डन, डा. जी. बुपाथी र डा. वी वनिताको नेतृत्वमा प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको प्रदर्शनमा सहभागी रौतहटकी छात्रा सृष्टि गुप्ताले जानकारी गराएकी छन् ।