२०८३ श्रावण ३१
२०८३ श्रावण ३१

 

काठमाडौं, १२ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १ चैतमा काठमाडौंमा गर्ने वृहत्त जनप्रदर्शनको तयारी सुरु गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न समिति गठन गर्दै प्रदर्शनको तयारीलाई तीव्रता दिएको हो।

चैत्र १ गतेको जनप्रदर्शनलाई प्रभावकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभा गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

आगामी फागुन १८ गते काठमाडौंको १ र ६ नम्बर क्षेत्रबाट कोणसभाको शुभारम्भ हुनेछ। उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुरका धेरै क्षेत्रमा कोणसभा आयोजना हुनेछन्।

बैठकले राजिव पराजुली, केशबराज श्रेष्ठ र दमन बस्नेत रहेको आर्थिक समिति गठन गरिएको छ।

यसैगरि पुरु दाहाल, विकास प्रजापती र कुमार गजुरेल रहेको सामाजिक सञ्जाल परिचालन समिति गठन गरिको छ। राप्रपा नेपालले भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न,
भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने निर्णय गरेको हो।

 

धनकुटा, १२ फागुन ।

धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

बेइजिङ, १२ फागुन ।

पूर्वी चीनको नान्जिङमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

 

सो आगलागीमा परी दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

 

नान्जिङको युहुआताई जिल्लामा रहेको आगो आवासीय भवनको पहिलो तल्लाबाट सुरु भएको थियो, जहाँ विधुतीय मोटर बाइकहरू राखिएको थियो, अधिकारीहरूले प्रारम्भिक अनुसन्धानको नतिजालाई उद्धृत गर्दै पत्रकार सम्मेलनमा भने।

 

बिहान करिब ६ बजे आगो नियन्त्रणमा लिइएको र हाल खोजी तथा उद्धार कार्य पूरा गरिएको अधिकारीहरूले बताएका छन्।

 

चिनियाँ सञ्चारमाध्यमका अनुसार  सो आगलागीमा परी घाइते भएका ४४ जनालाई उपचारको लागि स्थानिय अस्पताल पठाइएको थियो । एक सुरक्षा, अधिकारीहरूका अनुसार ती मध्ये एकको अवस्था निकै गम्भीर रहेको छ ।

 

र, सो आगो निभाउन २५ वटा दमकल परिचालन गरिएको आपतकालीन सेवाले जनाएको छ ।

 

काठमाडौं, १२ फागुन ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन ।

शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन ।

 

प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’

 

नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिनेसमेत उनले बताए ।

 

प्रधानमन्त्रीले भने, ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ। पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ।’

 

बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारीसमेत गराएका छन ।

 

उनले अगाडी भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।’

 

आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित गरेका छन।

 

प्रधानमन्त्रीले भने, ‘आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ। विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस् ।

 

माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूचि रहेको छ।

 

धनुषा, १२ फागुन :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् ।

उनले मधेसको विकास नभइकन देशको विकास नहुनेसमेत उल्लेख गरेका छन् ।

सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए

उनले भने, “अब सङ्घीयता सबल रुपमा कार्यान्वयन हुन्छ, केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।”

प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वाससमेत व्यक्त गरेेका छन् ।

नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए ।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उहाँले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्तसमेत गरेका छन् । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्नेसमेत बताए ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ  एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो।

 

सञ्जय मिश्रा ,रौतहट, १२ फागुन ।

लामो समय देखि तस्करीको जालो तोड्न रौतहट स्थित प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएको अढाई क्विन्टल माछा नष्ट गरेको छ।

 

जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ७ स्थित बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।

भारतबाट अबैध रुपमा भित्र्याइएको अढाई क्विन्टल माछा स्थानिय भद्रभलादमी रोहवरमा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।

 

तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर बिभिन्न जातको भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याएर बिक्रि गर्ने गर्दछन्। नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारत आंध्र प्रदेशमा उत्पादित बचवा लगायत जातको माछा अबैध रुपमा भित्रयाउने गरेका थिए।

आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले उक्त माछा ल्याउन बिभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्।

 

तस्करहरुले सीमा क्षेत्रका नेपाल प्रहरीका युनिटसँगै सशस्त्र प्रहरीलाई समेत प्रलोभनमा पारेर मानव स्वास्थ्यका लागि अतिनै हानिकारक भारतीय माछा रौतहट लगायत मधेश प्रदेशको प्रायः सबै जिल्लाहरुमा अबैध रुपमा ल्याएर बिक्रि गर्दै आएका छन्।

 

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठको पहलको स्थानीयले सराहना गरेका छन।

 

सर्लाही, १२ फागुन ।

सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन ।

 

 

देशकोे पहिचान र बागमती नगरपालीकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटन दिउँसो १ बजे हूने बागमती नगरपालिकाले जनाएको हाे ।

 

नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेकोले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाले जनायको छ ।  “शिक्षा, स्वास्थ्य, रोजगार, त्यसैकालागि पूर्वाधार” भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिए ।

शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । बागमती नगरपालिकाले नगरभित्रका  समुदायलाई सामुदायिक विद्यालयसँग जोड्ने प्रयास  स्वरूप १० हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक झल्किने भेषभुषामा झाँकी सहितको प्रस्तुति रहनेछ । हरेक विद्यालय,टोल र वडाबाट आ–आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै हामी सुधार गछौं, हाम्रो विद्यालय“ जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखा मीनप्रसाद उपाध्यायले बताए  ।

 

उपाध्यायका अनूसार नेपालमै पहिलोपटक सामुदायिक विद्यालयका तीन हजार छात्रछात्राले एकै साथ नृत्य प्रस्तुत गर्ने र छात्रछात्राले मानव चित्र, नेपालको नक्सा, झन्डा लगायतको बिभिन कला प्रदर्शन गर्ने बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

 

सञ्जय मिश्रा ,रौतहट १२ फागुन।

रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।

 

दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्गा भगवती  २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

 

हत्यामा संलग्न एकजना मानिस पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन।

 

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थल सदरमुकाम गौर देखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ।

 

रौतहट,११ गते फागुन ।

बिजयपुर–रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन २० गतेदेखि सुरु हुने भएको छ ।

आज फतुवा बिजयपुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

बिजयपुर स्थित शहिद मनरुप स्मृती भवनमा ११ वटै वडाका वडाध्यक्षहरु,बिधालयका प्रधानाध्यापकहरु,स्वास्थ्य संस्थाका इन्चार्ज ,सञ्चारकर्मी,यूवा कल्ब संगको अभिमूखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत हरेन्द्र गुुप्ताले दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए ।

फतुवा बिजयपुरका स्वास्थ्य संयोजक प्रमोद गुप्ताका अनुसार दोस्रो चरण अन्तर्गत फागुन २० गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत १४ हजार ५ सय ८१ जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । सो अभियान नगर भरि फागुन २४ गते सम्म चल्ने छ ।

उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी ५८ खोप केन्द्र स्थापना गरिने छ । सो अभियान सफल पार्न २२ जना कर्मचारी परिचालन गरिने बताए । शुक्रबार भएको अभिमूखीकरण कार्यक्रममा गुुप्ताले यो अभियानलाई सफल पार्न सबैजनाको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे ।

सो अवसरमा सबै वडाका वडाध्यक्ष,प्रधानाध्यापकहरु, स्वास्थ्य शाखा

का कर्मचारी,सञ्चारकर्मी लगायतका व्यक्तीहरुको पनि सहभागीता रहेको थियो ।

 

 रौतहट,११ गते फागुुन ।

कटहरिया–सामाजिक उक्तरदायित्व अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कटहरिया शाखाको वित्तीय साक्षरता एवम् केन्द्र प्रमुखको गोष्ठी बिहिवार सम्पन्न भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा एक दिने गोष्ठी आयोजन गरिएको हो ।

कटहरिया नगरपालिकाकी उपप्रमुख रिता देवी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कटहरिया शाखा अन्र्तगतका केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध(सम्पत्ती सुद्धिकरण),कर्जा तथा बचतको महक्तव ,कर्जाको सही उपयोग ,लिएको कर्जा कति लिने र कसरी तिर्ने,संस्थाले उपलब्ध गरेका कर्जा निति ,नेपाल राष्ट्र बैंकको पहिलो श्रेणीको संस्था निति र व्यवसायीक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको डिप्रोक्स लघुविक्त कटहरिया शाखाले जनाएको हो ।

संस्थाको उदेश्यको बारेमा सहभागीहरुलाई भिडियो मार्फत समेत जानकारी गराइएको थियो । सो कार्यक्रममा कटहरिया शाखा अन्तर्गत ८ वटा पालिकाबाट ७५ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले यस्ता कार्यक्रमले समाजमा लघुविक्त विक्तिय संस्था विरुद्ध फैलाइएको अफवाह हटाउन मदत पुुग्ने विश्वास व्यक्त गरेका थिए । अन्य वक्ताहरुले लघुविक्त संस्थाले विना धिता ऋण दिने भएकोले नेपालमा गरिबी उन्मूलनमा लघुवितको ठूूलो भूमिका रहेको उल्लेख गरेका थिए ।

विना धितो ७ लाख सम्म ऋण उपलब्ध गराउने भएकोले लघुविक्त संस्था सबैको हकहितका लागि फाइदाजनक रहेको धारण राखेका थिए । कार्यक्रममा सहभागि बौधीमाइ नगरपालिका वडा नम्बर २ इनरवा केन्द्र नम्बर १४५ कि प्रमुख रेखा कुमारी पटेल गाउँघरमा पुुरुष माथि निर्भर रहेका पिछडीएका महिलाहरुको हकमा लघुविक्त संस्था वरदानको रुपमा स्थापित भएको बताइन्् ।

उनले भनिन्,‘हामी लघुविक्त संस्था बाट जुुन प्रायोजनको लागि ऋण उठाएका छौं । त्यसमा खर्च नगरी अन्य शिर्षकमा खर्च गरेको कारण अहिले ऋण तिर्न नसक्ने अवस्था उत्पन्न भएको बताइन् । अहिले जुन ऋण काढेर ऋण सधाउने मानसिकता बसेको छ ।

त्यसलाइ परिवर्तन गर्नुपर्दछ उनले भनिन् । लघुविक्त बैंकले सानो सानो व्यापार गराएर आफनो खुुट्टा उभिन सिकाएको बताइन् । लघुुविक्त केवल कर्जाको लागि नभइ बचत गरेर आफनो भविष्य सुरक्षित राख्ने भरपर्दो माध्यम रहेको बताइन् । यता कार्यक्रममा बैंकिङ अपराध तथा साक्षरता सम्बन्धि जानकारी मधेश प्रदेश प्रमुख देशबन्धु चौधरीले गराएका थिए । कार्यक्रममा कटहरिया शाखा प्रबन्धक बैजु दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

वि.स २०७० साल जेठ २१ गते कटहरिया बजारमा स्थापना भएको यस शाखामा २ हजार ८ सय ९५ सक्रिय सदस्य रहेका छन् । १७ सय ५५ जना ऋणीमा संस्थाले ४२ करोड भन्दा बढी लगानी गरेको जनाइएको हो । सो अवसरमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका मधेश प्रदेश प्रमुख देशबन्धुु चौधरी सहित अनुुगमन अधिकृत सूूर्य विष्ट, लगायत केन्द्रका प्रमुखहरु,लघुविक्तका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।