रौतहट १६ फागुन।
नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गरेका छन।
बुधवार काठमाण्डौ स्थित पार्टी अध्यक्ष साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशी नेता माझी लाई पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खाँदा ओढाएर टिका लगाएर स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।न्युज कारखाना
जोहानेसबर्ग, १६ फागुन ।
आत्महत्यालाई मानसिक विकार मानिन्छ। यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन्। अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ । यस देशको नाम लेसोथो हो। अहिलेसम्म फिल्ममा मात्रै लेसोथोको नाम सुनेको होला तर यो वास्तवमा चारैतिरबाट जमिनले घेरिएको देश हो ।
दशकौंसम्म लेसोथोका मानिसहरूले छिमेकी दक्षिण अफ्रिकाको खानीहरूमा काम गर्न आफ्नो घर छाडने गर्दथे । यसले टुटेको परिवार र विवाहलाई असर गरेको थियो । अहिले त्यो क्रम रोकिएको छ तर विगत एक दशकमा देशको जीडीपी घट्दै गएपछि पैसा र सम्भावनाको अभावले जनतामाथि दबाब बढेको छ। विशेषगरी पुरुषमा आत्महत्याको दर बढी रहेको छ ।
दक्षिण अफ्रिकाले घेरिएको २३ लाख जनसंख्या भएको यो पहाडी देशमा विश्वमा सबैभन्दा बढी आत्महत्या दर रहेको छ । लेसोथोमा प्रति १ लाख मानिसहरूमा ८७.५ जनाले आत्महत्या गर्दछन ।
‘परम्परागत रूपमा हाम्रो देशमा पुरुषहरू सेवा प्रदायक हुन्, त्यसैले उनीहरूसँग जागिर छैन, श्रीमती र बच्चाहरू छन् र उनीहरूले उनीहरूलाई समर्थन गर्न सक्दैनन्, यसले मनोवैज्ञानिक समस्याहरू सिर्जना गर्दछ,’ एक ब्यक्ति मोचाबा भन्छन्।
लेसोथोका मानिसहरू मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दैनन् र अरूले उनीहरूलाई कमजोर ठान्छन् कि भनेर डराउँछन्। लेसोथोमा मानिसहरूले आत्महत्या गर्नुका विभिन्न कारणहरू छन्। कोही किशोरावस्थामा टुहुरा बनेका छन् भने कोही राम्रो जागिर पाउन संघर्ष गरिरहेका छन् । यो देशका अधिकांश जनताले आफ्नो महत्वाकांक्षा पहुँचभन्दा बाहिर गएपछि मृत्युलाई अँगालो हाल्ने गर्दछन ।
टेलिग्राफको रिपोर्ट अनुसार विश्वमा हरेक वर्ष करिब ७ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्या भनेको छ। यो लेसोथोमा भन्दा गम्भीर कतै छैन। बेलायतमा यो संख्या १०.७ छ, साइप्रसमा ३.५, ग्रीसमा ४, इटालीमा ५.६ र स्लोभाकियामा ६.९ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ ।न्युज कारखाना
मुम्बइ, १६ फागुन ।
बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ यतिबेला ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’का कारण चर्चामा छन् ।कहिले फिल्मको बारेमा नयाँ अपडेट आउँछ भने कहिले नयाँ फिल्मको कथा बाहिर आउँछ। दुवै कलाकार पछिल्लो समय चलचित्रको प्रमोशनमा व्यस्त छन् ।
हालै लखनउमा फिल्मको प्रमोशनका क्रममा टाइगर श्राफले अक्षयलाई ‘भारतको टम क्रुज’ भन्दै तारिफ गर्न थालेका थिए ।
हाई ओक्टेन एक्शन ड्रामा फिल्मबाट दुबै कलाकार पहिलो पटक ठूलो पर्दामा सँगै देखिन लागेका हुन् । प्यानल छलफलको क्रममा टाइगर श्राफले आफ्ना स्टार अक्षय कुमारको शक्तिशाली स्टन्ट र कार्यको लागि प्रशंसा गरेका छन् । टाइगरले अक्षयको तारिफ गर्दै भने, ‘बलिउडमा यति धेरै वर्षदेखि अक्षय कुमारले आफ्नो स्टन्टको स्तरमाथि राखेका छन्, जसरी टम क्रुज हलिउडमा देखिएका छन् ।’
प्यानल डिस्कशनमा टाइगर श्राफले अगाडी भने, ‘जब हामी सबै हलिउड फिल्म ‘ मिसनः इम्पोसिबल’ मा टम क्रुजको कामको तारिफ गर्दा थाकेका छैनौं, तब एक मिनेटको लागि रोकिएर सोच्नुपर्छ कि हाम्रो देशमा छ, टम क्रूज यहाँ छन्।’
यति मात्र होइन टाइगर श्राफले ‘एम १७’ मा टम क्रुजले गरेको सास फेर्ने साहसी हवाईजहाज स्टन्टको स्मरण गराउँदै भारतको टम क्रुज अर्थात् अक्षय कुमारले सन् १९९९ देखि अहिलेसम्म यही काम गरिरहेको बताए ।
अक्षय कुमारको फिल्म ‘खिलाडी ४२०’ को बारेमा कुरा गर्दै टाइगरले भने कि यस फिल्ममा अक्षय कुमार स्टन्ट प्लेनमा चढेर १००० फिटको उचाइबाट हट एयर बेलुनमा हाम फालेका थिए । यस्तो स्टन्ट गर्ने बलिउडमा अक्षय कुमार एक्लो हुन सक्छन् ।
सो प्यानल डिस्कसमा ्जरब अक्षय कुमारलाई कुनै सुरक्षा प्रोटोकल बिना स्टन्ट पुल अफ गर्ने बारे सोधिएको थियो, अक्षय कुमारले धेरै सरलताका साथ जवाफ दिए, ‘हो, म भर्खरै उफ्रिएँ।’
यसपछि जब अक्षयलाई सोधियो कि उनले यो स्टन्ट कसरी गरे ? त्यसको जवाफमा अक्षय कुमारले भने, ‘म अलिकति मानसिक रूपमा विचलित थिएँ ।
अक्षय कुमार र टाइगर श्राफको बहुप्रतिक्षित आगामी फिल्म बडे मियाँ छोटे मियाँ चाँडै ठूलो पर्दामा रिलिज हुँदैछ । यो चलचित्रको रिलिज मिति अप्रिल ९ राखिएको छ । अली अब्बासले निर्देशन गरेको यो फिल्मको बजेट ३५० करोड भारु भनिएको छ । अब यो स्टन्ट र केमेस्ट्रीले भरिपूर्ण फिल्मलाई फ्यानहरुले कति रुचाउछन् त्यो हेर्न बाँकी छ ।
यस फिल्ममा अक्षय कुमारसँगै टाइगर श्राफ, मानुषी छिल्लर र अलाया एफ र सोनाक्षी सिन्हा मुख्य भूमिकामा देखिनेछन् ।न्युज कारखाना
इस्लामबाद, १५ फागुन ।
पाकिस्तान सुपर लिगमा सोमबार पेशावर लाजिमीका लागि बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेका छन् ।
बाबर आजमले ६३ बलमा १११ रनको इनिङ खेले । योसँगै बाबर आजमको टोली पेशावर जाल्मीलाई जिताउन सफल भयो । उनका कारण पेशावर जाल्मी ८ रनले विजयी हुन सफल भए पछि यसले नयाँ रोचक मोड लिएको छ ।
सो खेलमा पहिले ब्याटिङ गरेको पेशावर जाल्मीले बाबर आजमको शतकको मद्दतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो । तर, यो जितपछि पेशावर जाल्मीका मालिकले बाबर आजमलाई विशेष उपहार दिएका छन् ।
समाचार अनुसार बाबर आजमको शानदार शतकपछि पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले उपहारस्वरूप लक्जरी कार दिने घोषणा गरेका छन् । पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले बाबर आजमलाई एमजी एचएस एसेन्स कार उपहार स्वरुप दिने बताएका हुन । जसलाइ अनाैंठाे कारकाे संज्ञा दिइएकाे छ ।
हामी तपाईलाई बताउछौं कि यो लग्जरी कार भारतमा उपलब्ध छैन। जावेद अफ्रिदीले ट्वीट गर्दै यो लग्जरी कार पाकिस्तानमा बनेको लेखेका छन् । उनका अनुसार बाबर आजम यो कार चलाउने पहिलो पाकिस्तानी हुनेछन्।
तथ्याङ्कले देखाउँछ कि बाबर आजमले टी–२० ढाँचामा ११ पटक शतकको अंक पार गरेका छन्। बाबर आजम टी–२० ढाँचामा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन् । यो सूचीमा वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान क्रिस गेल शीर्ष स्थानमा छन् । टी–२० ढाँचामा क्रिस गेलको नाममा २२ शतक छ । यसबाहेक बाबर आजमले टी–२० ढाँचामा १० हजार रनको जादुई अंक पार गरेका छन् ।न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलर संगै युरोको भाउ बढेको छ भने र बेलायती पाउण्डको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०१ पैसाले बढेको हो। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसामा भएको थियो।
बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रूपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले बढेको हो। मंगलबार यसको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १२ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६५ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १६८ रूपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७७ पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ७९ पैसा र बिक्रीदर २७ रूपैयाँ ९२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना
मुम्बइ, १६ फागुन ।
सुपरस्टार रजनीकान्तको फ्यान फलोइङ सधैं उच्च रहेको छ ।
दक्षिण भारत देखि उत्तर भारतसम्म लाखौं फ्यानहरू उनको अभिनय र फिल्मका लागि पागल हुने गरेका छन ।
साउथ मुभी बाहेक रजनीकान्तले बलिउड फिल्ममा पनि काम गरिसकेका छन्, जहाँ पनि दर्शकको माया पाएका छन् । तर, दिग्गज सुपरस्टार २४ वर्षदेखि बलिउड फिल्मबाट टाढा रहेका थिए तर अब रजनीकान्तले आफ्नो २४ वर्षको निर्वासन अन्त्य गर्ने निर्णय गरेका छन् । उनी फेरि बलिउड फिल्ममा कमब्याक गर्न तयार देखिएका छन ।
रजनीकान्तले चर्चित बलिउड निर्माता–निर्देशक साजिद नाडियाडवालासँग सहकार्य गर्ने पक्का भएको छ । साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले आफ्नो एक्स अकाउन्टमा रजनीकान्तसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘महान रजनीकान्त सरसँग सहकार्य गर्न पाउनु साँचो सम्मान हो, हामी सँगै यो अविस्मरणीय यात्रामा लाग्ने तयारी गर्दैछौं ।’
सलमान खानको फिल्म किकलाई साजिद नाडियाडवालाले निर्देशन गरेका हुन् । पछिल्लो पटक उनले वरुण धवनको फिल्म ‘बावल’ निर्माण गरेका थिए ।
रजनीकान्तको कुरा गर्दा बलिउडमा उनको अन्तिम फिल्म ‘बुलन्दी’ थियो । यो फिल्म सन् २००० मा सिनेमाघरमा रिलिज भएको थियो । यो फिल्म ‘बुलन्दी’ मा रजनीकान्तसँगै अनिल कपूर, रविना टण्डन र रेखा मुख्य भूमिकामा थिए।
उनी पछिल्लो पटक फिल्म लाल सलाममा देखिएका थिए । तर, उनको फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । लाल सलामलाई ऐश्वर्या रजनीकान्तले निर्देशन गरेका हुन् ।न्युज कारखाना
न्युयोर्क, १६ फागुन ।
अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् ।
उनीविरुद्ध मानव बेचबिखनलगायत ज्यान मार्ने मुद्दा दर्ता गरिएको छ । दुई वर्षअघि हर्षकुमारले गुजरातबाट आफ्नो पूरै परिवारलाई भिसा बिना अमेरिका प्रवेश गराउन खोजेका थिए तर हिउँको आँधीका कारण तीनीहरू सबैको मृत्यु भएको घटनामा उनलाइ पक्राउ गरिएको हो ।
सीबीसी न्यूजका अनुसार डर्टी ह्यारी, परम सिंह र हरेश रमेशलाल पटेल भनेर चिनिने हर्ष कुमार पटेललाई गत हप्ता शिकागो एयरपोर्टबाट पक्राउ गरिएको हो । हर्ष कुमार पटेलमाथि फ्लोरिडाका निवासी स्टिभ सान्डलाई अमेरिका प्रवेश गर्न सहयोग गरेको आरोप पनि लागेको छ । प्रहरीका अनुसार हर्ष पटेल ुएक संगठित मानव बेचबिखन समूहको हिस्सा थिए, जसले भारतीय नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्न सहयोग गर्दै आएका थिए ।
खासमा जनवरी १९, २०२२ मा पुलिसले अमेरिका–क्यानडा सीमामा ४ शव फेला पारेको थियो। यी सबै शव भारतको गुजरातमा बस्ने एक परिवारका थिए । यी शव जगदीश बलदेवभाई पटेल, उनकी पत्नी वैशालीबेन जगदीशकुमार पटेल र उनीहरूका छोराछोरी विहांगी जगदीशकुमार र धार्मिकका थिए। तिनीहरू सबैको शव १९ जनवरी २०२२ मा इमर्सन, मनिटोबा नजिकै बरफमा जमेको फेला परेको थियो ।
यस मामिलामा प्रहरीले यसअघि हर्ष पटेलका सहयोगी स्टिभ सान्ड नामक व्यक्तिलाई पक्राउ गरेको थियो। जब यो पूरै प्रकरण बाहिर आयो, मुख्य अभियुक्त हर्ष पटेललाई पनि पक्राउ गरिएको हो ।
शव फेला परेपछि सीमाको क्यानाडातर्फ कुनै पनि बेवारिसे गाडी नभेटिए पछि उनले पटेल परिवारलाई सिमानामा छाडेर फर्केको कसैले स्पष्ट पारेको प्रहरीले जनाएको छ । प्रहरीले चालक र गाडीको पनि खोजी गरिरहेको छ तर चालक भने अझै फेला परेको छैन ।न्युज कारखाना
इस्लामबाद, १६ फागुन ।
पाकिस्तानी पत्रकार र भिडियो ब्लगर असद अली तूर पक्राउ परेका छन् ।
संघीय अधिकारीहरूले राज्य र यसका अधिकारीहरू विरुद्ध दुर्भावनापूर्ण अभियान सञ्चालन गरेको आरोपमा उनलाइ गिरफ्तार गरेका हुन ।
उनीहरूका अनुसार सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सरकार विरुद्ध जबरदस्ती, धम्की दिने र हिंसा भड्काउने उद्देश्यका साथ पोष्ट गरेको भन्दै उनी पक्राउ परेको जनाइएको छ ।
संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले दुई दिनअघि तूरलाई ८ घण्टाभन्दा बढी समयसम्म हिरासतमा राखेको थियो, जसमा उनीसँग सोही सबन्धित आरोपमा सोधपुछसमेत गरिएको थियो ।
उनको प्रतिनिधित्व गर्ने वकिल इमान मजारी हाजिरले भने कि उनलाई मंगलबार बिहान इस्लामावादको एक अदालतमा ल्याइएको थियो र त्यसपछि पाँच दिनको लागि हिरासतमा पठाइएको छ ।
‘एफआईएले १० दिन हिरासत मागेको थियो तर अदालतले पाँच दिनको म्याद दिएको छ, हामी यस अवधिमा उहाँलाई सकेसम्म धेरै पहुँच प्राप्त गर्ने प्रयास गर्नेछौं र हामी उहाँको लागि जमानत खोज्ने प्रयास गर्नेछौं,’ उनले भनिन्। मजारी हाजिरका अनुसार कानून प्रवर्तन अधिकारीहरूले यसका लागि पूर्ण सहयोग गरिरहेको छन।
पत्रकार तुरलाइ फेब्रुअरी २३ मा एफआईएमा हाजिर भएका थिए, जब उनलाइ विश्वास देखाउनको लागि विधिवत रूपमा नोटिस पठाइएको भने थिएन तर पनि उनलाई ८ घण्टा हिरासतमा राखिएको थियो । त्यसपछि सोमवार उनलाई सोमबार उपस्थित हुन २४ घण्टा भित्र अर्को सूचना पठाइएको थियो ।न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
नेपालका लागि प्रिती राईले खेलको ९५औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी हुन्। यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६औ मिनेटमा बराबरी गोल गरेकी थिइन्। सावित्राको यस प्रतियोगितामा यो नवौं गोल हो।
त्यस्तै लेबनानका लागि नेपालकी पुजा रानाले खेलको ३७औं मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले शुरुवाती अग्रता लिएको थियो।
यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो।
अब फाइनल नेपालले जोर्डनको सामना गर्ने छ। फाइनल खेल विहिबार हुने छ।न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेकोमा संस्थापनइतर समूहले बहिष्कार गरेको छ।
दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ तदर्थ समितिले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा पहिलो बैठक नै विवादमा परेको हो।
कांग्रेस संस्थापनइतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन्। उनीहरूले सभापति शेरबहादुर देउवाले मंगलबार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए।
उनीहरूको आग्रहपछि देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए।
सभापति देउवानिकट नेविसंघले केन्द्रीय समिति बैठक सुरू गराएको हो। बैठक उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख अतिथि रहेका छन्।न्युज कारखाना