नयाँदिल्ली, २० फागुन ।
हिजो, गुगलले केही भारतीय एप विकासकर्ताहरू विरुद्ध कडा कारबाही गर्यो र तिनीहरूलाई एन्ड्रोइड प्ले स्टोरबाट हटायो।
वास्तवमा, गुगलले भारतका दश एपहरूले प्ले स्टोरको बिलिङ नीति पालना नगरेको भन्दै गुगल प्ले स्टोरबाट हटाएको बताएको थियो। अहिले भारत सरकारले पनि यस विषयमा हस्तक्षेप गरेको छ । यो समस्याको समाधान खोज्न सरकारले गुगललाई बैठक बोलाएको छ ।
केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने कि सरकारले एप्स डिलिस्टिङको कडा विरोध गर्दछ र यो हुन नदिने छ। पीटीआईले आफ्नो रिपोर्टमा वैष्णवलाई उद्धृत गर्दै भन्यो, …सरकारले प्ले स्टोरबाट गुगलले केही एपहरू हटाउने विषयमा कडा अडान लिएको छ। हामी एपहरूलाई डिलिस्टेड हुन दिने छैनौं।Ú
एक ब्लग पोस्ट जारी गरेपछि, गुगलले मार्च 1, 2024 देखि प्ले स्टोरबाट 10 भारतीय कम्पनीहरूको लोकप्रिय एपहरू हटाएकाे थियाे । यी एपहरूमा विवाह एप्ससहित भारतका धेरै लोकप्रिय एपहरूको नाम समावेश छ। Google ले Play Store बाट Kuku FM, Bharat Matrimony, Shaadi.com, Naukri.com, 99 acres, Truly Madly, Quack Quack, Stage, ALTT (Alt Balaji) हटाएको थियो।
तर, भारत सरकारको प्रतिक्रियापछि केही एपहरू प्ले स्टोरमा फेरि देखिन थालेका छन् । यो समाचार लेख्दासम्म गुगल प्ले स्टोरबाट हटाइएका सबै एपहरू जाँच गर्दा Shaadi.com, Naukri.Com र 99acers का एपहरू फेरि प्ले स्टोरमा लिस्ट गरिएको पाएका थियौं । बकि अन्य सबै एपहरू अझै पनि सूचीबद्ध छन्, ती अहिले सम्म Google Play Store मा उपलब्ध छैन।
अब यो हेर्न बाँकी छ कि गुगलले भारत सरकारसँगको बैठक अघि प्ले स्टोरमा बाँकी एपहरू सूचीबद्ध गर्दछ। सरकारले गुगलसँग आगामी सोमबार बैठक तय गरेको छ । अब गुगल र भारतीय एप्सबीच चलिरहेको यो विवादको समाधान के हुन्छ त्यो हेर्न बाँकी छ ।न्युज कारखाना
रौतहट १९ फागुन।
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीको प्रथम मकवानपुर जिल्ला भेला शनिबार सम्पन्न भएको छ।
हेटौडा स्थित सभा हलमा पार्टी अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला भेला सम्पन्न भएको हो।
गौर हत्याकाण्डका शहीद परिवारहरुलाई सम्मान गर्दै उत्साहजनक जनसहभागितामा हर्षोल्लासपूर्वक भब्यताका साथ सम्पन्न भएको छ ।
आजपाको प्रथम भेलाबाट युवा नेताहरु शिशिर राजथलाको संयोजकत्वमा ५१ सदस्यिय पार्टी जिल्ला कमिटी गठन गरिएको छ। नवगठित कमिटीमा श्रीनिवास शाह र सुदिप रजथलाको सह संयोजक रहेका छन।
त्यसैगरी पुकार थिंगको संयोजकत्वमा जयचन्द साह, अरुण स्याङ्गतान र राधेश्याम कुशवाहाको सहभागितामा भात्री संगठन आईटी आर्मीको ५१ सदस्य मकवानपुर जिल्ला कमिटी सर्वसहमत रुपमा निर्वाचित गरिएको छ।
भेलामा पार्टी मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा लगायत सैयौं मानिसको उपस्थिति रहेको थियो।न्युज कारखाना
महोत्तरी, १९ फागुन ।
उधोग बाणिज्य महासंघ मधेश प्रदेशले बर्दिवास उधोग बाणिज्य संघलाई सम्मान गरेको छ ।
छोटो समयमा नै संघले उत्कृष्ट काम गरेको भन्दै माहासंघले पाचौं प्रदेशसभाको अवसर पारेर सम्मान गरेको हो ।
बाणिज्य, व्यापार तथा व्यापारीहरुको हकहित र विकासका कामहरुमा समेत उल्लेखनीय भुमिका निर्वाह गरेको निष्कर्षसहित सम्मान गरेको माहासंघ मधेशका अध्यक्ष अशोक कुमार टेमानीले वताए ।

महासंघले गरेको मुल्यांकन सहितको सम्मानले उधोग बाणिज्य संघलाई थप काम गर्न प्रेरित र उर्जा थपेको भन्दै संघका अध्यक्ष बिष्णु खडकाले खुसी ब्यक्त गरेका छन ।
`महासंघ मधेशको सम्मानले हामीलाई थप जिम्मेवारीबोध भएको छ,´ अध्यक्ष खडकाले भने ।` हाम्रो टिम विकास र व्यापारीहरुको हकहितको लागी फेरि पनि सक्रिय हुने बिस्वास दिलाउँदछौ ।´
माहासंघका अध्यक्ष टेमानीले संघका अध्यक्ष खडकालाई सम्मानपत्र हस्तान्तरण गर्दै व्यापारीहरुको लागी अभिभावकिय जिम्मेवारी निर्वाह गरेको प्रतिक्रिया दिए ।
व्यापारीहरुको समस्यालाई उदृढ गर्दै सरोकारवालाहरुलाई सजग गराउनु र समाजसेवाका क्षेत्रमा समेत अग्रणी भुमिका निर्वाह गर्नु वास्तव मै अनुकरणीय भएको अध्यक्ष टेमानीको भनाई छ ।
हरेक उधोग बाणिज्य संघहरुले बर्दिवासले गरेका कामहरुवाट सिक्नुपर्ने वताउदै आगामी दिनमा राम्रा र उपलब्धिमुलक काम हुनेमा उनले बिस्वास ब्यक्त गरे ।
उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठले माहासंघले गरेको सम्मानप्रती उत्साहित हुँदै अध्यक्ष टेमारीले दिएको सल्लाह र सुझाव गम्भिरताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन ।
खडका अध्यक्षमा निर्वाचित भएदेखी नै उन्को टिमले बर्दिवासमा व्यापारी हकहितको लागी निक्कै योगदान पुर्याउदै आएको छ ।
नगरभित्रका पर्यटकीय गन्तव्यहरुको खोजी गरि पर्वद्वन गर्नेदेखी उधमी र आत्मनिर्भर वनाउन सक्रियता देखाईरहेको स्वयम व्यापारीहरु वताउछन ।न्युज कारखाना
रौतहट,१९ गते फागुन ।
रौतहट–मुस्लिम ईत्तेहाद संगठनकाे मधेस प्रदेश विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लाकाे चन्द्रपुर स्थित नेकपा एसमाजवादिकाे पार्टी कार्यालयमा साे बैठक बाेलाईएकाे थियाे ।

संगठनकाे मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सलामाेदिन दर्जिकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा केन्द्रीय अध्यक्ष ताज महम्द मियाँ रह्नु भएको थियाे । जावेद अन्सारीले सञ्चालन गरेको कार्यक्रममा शेख हसनले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै मधेस प्रदेश ईन्चार्ज गुलाम सराेबरले बैठककाे एजेन्डा प्रस्तुत गरेका थिए ।

उनले पार्टीकाे सदस्यता वितरण र संगठन विस्तारकाे एजेन्डा बारे प्रष्ट पारेका थिए । यता कार्यक्रममा मुस्लिम भोट बैंकले नै एसमाजवादी थ्रेस होल्ड पार गर्ने मुुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रिय अध्यक्ष ताज महम्द मियाँले दाबी गर्नुु भएको छ । जिल्लाको चन्द्रपुरमा आयोजित मुुस्लिम इत्तेहाद संगठन नेपाल मधेश प्रदेशको विस्तारित बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले मुस्लिम समुदायले आफनो हक अधिकारका लागि लडनुपर्छ । तब मात्र अधिकार प्राप्त हुने उनको भनाइ थियो । त्यस्तै समाजवाद उन्मुुख पार्टी नेपाल कम्युुनिष्ट पार्टी एकिकृत समाजवादी रहेको रौतहट क्षेत्र नम्बर २ ख बाट निर्वाचित मधेश प्रदेश सांसद कनिश पटेलले बताएका हुन् । जिल्लाको चन्द्रपुरमा आयोजित मुुस्लिम इत्तेहाद संगठन नेपाल मधेश प्रदेशको विस्तारित बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने,‘मुुस्लिम समुुदायले देश राष्ट्रियता जोगाउन ठूलो महत्वपूर्ण निर्वाह गरेको स्मरण गराए ।

त्यसप्रति उनले सादुवाद पनि व्यक्त गरेका थिए । जनसंख्याको हिसाबले रौतहटमा मुुस्लिम समुदाय अगाडी रहेको बताउँदै । उनले मधेश प्रदेशमा मुुस्लिम समुुदायको उल्लेखनिय उपस्थित नै रहेको छ । आफूले बारम्बार सांसदमा मुस्लिम समुदायको हक अधिकारका लागि सबभन्दा ठूलो स्वरले आवाज उठाउने गरेको बताए । त्यस्तै उनले मुस्लिम समुदाय कम्युनिष्ट पार्टीमा लाग्नुुपर्नेमा उनको जोड थियो ।

सिमान्कृत समुदायको आवाज उठाउने काम कम्युनिष्ट पार्टी अर्थात् एसमाजवादीले गर्ने गरेकोले सम्पूर्ण मुस्लिम समुदायलाइ कम्युुनिष्ट पार्टीमा नै गोलबद्ध हुनुपर्ने जरुरी देखिन्छ । मुुस्लिम समुदायको अधिकारको लागि बोल दिने पार्टी छ भने त्यो कम्युुनिष्ट पार्टी रहेको दाबी गरे ।

कम्युुनिष्ट पार्टीलाइ एकताबद्ध गरेर मूलधारमा आफूलाइ ल्याउनका निमित कम्युुनिष्ट आन्दोलनको परिवेशलाइ नकारात्मक दिशातिर धकेल्दै गरेका केही नेतृत्वहरुका विरुद्ध बाध्यात्मक हिसाबले एसमाजवादी विद्रोहमा उत्रिएको प्रष्ट पारे ।

कार्यक्रमका अध्यक्ष सलामुदिन दर्जीले मदरसा शिक्षालाइ देशको मूलधारको शिक्षा ल्याउनुुपर्नेमा जोड दिए । सो विस्तारीत बैठकमा संगठनको जिल्ला कमिटी विस्तारका लागि जिल्ला संयोजक पनि तोकिएको छ ।

सप्तरीका लागि मो.हारुन,सिरहाका लागि मो.अनिस राइन,धनुुषाका लागि शोख हसन,महोक्तरीका लागि अहम्द अन्सारी,सर्लाहीको लागि जुल्फेकार,पर्साका लागि शेख हारुन,बारा फुलमहम्द र रौतहटका लागि शेष अब्दुल हक लाइ संयोजकको जिम्मेवारी तोकिएको छ ।
फागुन १९ वीरगन्ज ।
वीरगन्जको मुख्य बजार घण्टाघर स्थीत समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा महासचिव बन्जाराले रगतको पोका दिएर कार्यक्रमको उद्धघाटन गरेका थिए। सो अवसरमा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका हुन्।
रक्तदान गर्नेहरूमा रिमि कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुण कमार साह, बिकास साह कानु, लगायतका रहेका छन्।
रक्तसन्चार केन्द्रमा रगतको अभाव भएकोले सोही विषयलाई मध्यनजर गर्दै कार्यक्रमको रक्तदान कार्यक्तमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताए।
कार्यक्रममा प्रहरी निरीक्षक धर्मजंग थिङ भास्कर खतिवडा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, संस्थाका सचीव राहुल साह, कोषाध्यक्ष रोशन सराफ, सहसचिव धर्मेन्द्र पटेल, एसके चौरसीया, राजन साह ,संदिप महतो, अभिशेक पटेल, भगवान पटेल चन्दन पटेल लगायतकाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए।न्युज कारखाना
बेइजिङ, २० फागुन ।
अफ्रिकामा गधाको छालामा प्रतिबन्ध लगाए पछि चीनलाई ठूलो झट्का लागेको छ । वास्तवमा, चीनमा, गधाको छाला धेरै वर्षदेखि अजियाओ औषधि बनाउन प्रयोग हुँदै आएको छ।
तर, ५५ राष्ट्रको अन्तरसरकारी अफ्रिकन युनियनले आगामी १५ वर्षसम्म गधाको हत्यामा प्रतिबन्ध लगाएको छ । यो समस्या चीनका लागि टाउको दुखाइ बनेको छ । गत १८ फेब्रुअरीमा इथियोपियामा आयोजित ३७ औं अफ्रिकन युनियन शिखर सम्मेलनमा अफ्रिकी राष्ट्र प्रमुखहरूले छालाको गधाको बधमा प्रतिबन्ध लगाउन सहमत भएका हुन ।
अफ्रिकामा गधालाई गरिबको आम्दानीको स्रोत मानिन्छ। चीनमा गधाको बढ्दो मागका कारण यो जनावरको अस्तित्व खतरामा परेको जनाउँदै आइएको थियो । । यही कारणले गर्दा अफ्रिकी संघले आगामी १५ वर्षसम्म छालाकाे लागि गधाको हत्यामा प्रतिबन्ध लगाएको छ । चीनमा अजियाओ बनाउने व्यवसायीले विगत एक दशक देखि अफ्रिकी महादेशबाट ठूलो संख्यामा गधा आयात गर्दै आएका थिए तर त्यहाँ गधा मार्न प्रतिबन्ध लागेपछि उनीहरूसँग अब एउटै देशमा भर परेको छ । त्यो हो– पाकिस्तान ।
चीनले अहिले पाकिस्तानबाट धेरै अपेक्षा गरेको छ । पछिल्ला केही वर्षमा पाकिस्तानले चीनमा धेरै गधा निर्यात गरेको छ। यति मात्र होइन, चीनमा गधाको बढ्दो मागलाई ध्यानमा राख्दै पाकिस्तानका किसानहरूले पनि ठूलो संख्यामा गधा पालिरहेका छन् ।
अफ्रिकी महादेशमा गधालाई गरिबको सहारा मानिन्छ। गधाहरूले आफ्नो जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि विश्वमा ४२ देखि ५३ करोड गधा मध्ये १ करोड ३० लाख गधा अफ्रिकामा मात्र पाइन्छ ।
मिडिया रिपोर्टका अनुसार चीनसँग व्यापार सुरु भएपछि अफ्रिकामा गधाको संख्यामा तीव्र कमी आएको थियो । गधा वैश्विक स्तरमा सन २०२१ मा विश्वव्यापी रूपमा मारिएका गधाको संख्या ५९ लाख रहेको छ ।न्युज कारखाना
न्युयोर्क, २० फागुन ।
अमेरिकाको लस एन्जलसमा रहेको २१ वर्ष पुरानो एउटा मुद्दामा अदालतले आश्चर्यजनक फैसला दिएको छ ।
अदालतले मौखिक सम्झौतालाई लिखित सम्झौता बराबर मानेर सो आदेश दिए पछि नयाँ बहस सुरू भएको छ ।
खासमा, अदालतले भारतीय मूलका एक व्यापारीलाई उनका चार दाजुभाइलाई २ हजार करोड रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो । अदालतले दक्षिणी क्यालिफोर्नियामा रहेका १७ हजार अपार्टमेन्टमा पनि सेयर दिन आदेश दिएको छ । यसमा हीराको विवाद पनि जोडिएको छ ।
ब्लुमबर्गका अनुसार यो निर्णय २१ वर्ष पुरानो जग्गा विवादमा आएको हो, जसमा भारतीय मूलका हरेश जोगानी नामका व्यापारीले आफ्ना चार दाजुभाइलाई चल अचल सम्पत्तिमा आफ्नो हिस्सा दिनु पर्ने छ। यस मुद्दामा धेरै न्यायाधीश र धेरै वकिलहरू परिवर्तन भएका थिए, मुद्दामा धेरै फैसला पछि १८ वटा पुनरावेदन परे पनि अब अन्ततः अदालतले मौखिक सम्झौतालाई लिखित सम्झौता बराबर मान्दै फैसला दिएको हो ।
समाचार अनुसार गुजरातका मूल निवासी जोगनी भाइहरूले युरोप, अफ्रिका, उत्तर अमेरिका र मध्यपूर्वमा हीराको व्यापार गरेर धेरै पैसा कमाएका थिए । सन् २००३ मा दर्ता भएको उजुरी अनुसार शशिकान्त जोगानी सन् १९६९ मा क्यालिफोर्निया गएर हिरा व्यवसाय र सम्पत्ति पोर्टफोलियोमा आफ्नै फर्म खोलेर बसेका थिए ।
सन् १९९० को शुरुमा मन्दीका कारण उनको सम्पत्तिमा नोक्सानी हुँदा शशिकान्त जोगानीले आफ्ना चार दाजुभाइलाई साथमा ल्याएर आफ्नो दृढ साझेदार बनाए । शशिकान्त जोगानीले व्यावसायमा सुधार आए पछि हरेश जोगानी नाम गरेका भाइलाई फर्मबाट ‘जबरदस्ती निकाले’ र पैसा दिन मानेनन ।
शशिकान्त जोगानीको उजुरी अनुसार फर्मले क्यालिफोर्नियामा करिब १७,००० अपार्टमेन्टहरू खरिद गर्न थाले पछि यस्तो भएको हो। यस मुद्दामा हरेश जोगानीले लिखित सम्झौता विना दाजुभाइले आफूसँग सम्झौता भएको प्रमाणित गर्न नसक्ने तर्क गरिरहेका थिए ।
तर लस एन्जलस अदालतले हरेशले मौखिक सम्झौताको उल्लंघन गरेको पत्ता लगाएको छ। अदालतले स्वीकार गर्यो कि हीरा व्यापार र गुजराती समुदायमा मौखिक सम्झौताहरू पहिले नै अवस्थित थिए।
ब्लुमबर्गका अनुसार शशिकान्त जोगानीका वकिलले भने कि कानूनले कसैले मौखिक सम्झौता गर्न सक्छ, जुन लिखित सम्झौता जत्तिकै मूल्यवान रहेको हुन्छ।न्युज कारखाना
काबुल, २० फागुन ।
सन् २०२१ मा तालिबानले अफगानिस्तानमाथि कब्जा जमायो र त्यसबेला देखि यहाँको महिलाको जीवन झन खराब हुदैँ गएको छ, तालिवानी सरकारले केटीहरूलाई विद्यालय जान नदिने देखि महिलाको पहिरनसम्बन्धी नियमसम्म धेरै कडा कदम चालेको छ ।
सुरुमा अधिनायकवादी समूहले महिला विद्यार्थीहरूलाई हाई स्कूलमा जान निषेध गरेको थियो, त्यसपछि डिसेम्बर २०२१ मा केटीहरूलाई प्राथमिक विद्यालयमा जान प्रतिबन्ध लगाइ दियो । यी प्रतिबन्धहरूको पश्चिमी सरकारहरू र विश्वभरका मानव अधिकार समूहहरूले व्यापक रूपमा निन्दा गरिरहेका छन ।
तर, तालिवानको शिक्षा प्रतिबन्धको बावजुद ६०० भन्दा बढी अफगान महिला र केटीहरूले यी कट्टरपन्थीहरूको अगाडि झुक्न अस्वीकार गरेका छन्। एबीसी न्यूज (अमेरिकन ब्रोडकास्ट कर्पोरेशन)का अनुसार तालिबान महिलाहरू बिना डर आफ्नो पढाइ पूरा गर्न अहिले पनि व्यस्त छन्। एसआरएके नामक दर्ता नभएको एनजीओ २५ वर्षीय परास्तोले चलाइरहेका छन् । यो एनजीओ भूमिगत छ, जहाँ गोप्य नेटवर्क स्कूल चलाइरहेको छ।
एबीसी न्यूजसँगको अन्तर्वार्तामा पारस्तोले भनेका छन्, ‘काबुलको पतन हाम्रा लागि सजिलो कुरा थिएन, युवा पुस्ताका लागि विशेषगरी शिक्षित र सपना देख्नेहरूका लागि तर अब सबै समाप्त भएको छ। मैले टिभीमा केटीहरू विद्यालयबाट बाहिर निस्केर रोइरहेका थिए र उनीहरूलाई घर फर्कन भनिएको देखेँ। यो विनाशकारी थियो।’
पारस्तोले भनिन् कि उनी घरमा बसेर यो सबै हेर्न सक्दिनन्, त्यसैले उनले अफगान केटीहरूलाई गोप्य रूपमा आफ्नो अध्ययन जारी राख्न स्कूलहरूको भूमिगत स्कूल खोलिन्। शिक्षकहरूको लागि उसले आफ्ना साथीहरूलाई समावेश गरिन् । एबीसीसँग कुरा गर्दै १६ वर्षीया विद्यार्थीले स्कुल जाँदा आफूलाई खुसी लागेको र आफूले त्यहाँ धेरै समय बिताउन सकोस् भन्ने कामना गरेको बताइन् ।
यद्यपि, तालिवानको नजरमा यी भूमिगत विद्यालयहरू अवैध छन्। सधैं शिक्षक र विद्यार्थीहरू समातिने डर कायमै रहेको छ। तालिबानले कसैको घरभित्र गोप्य विद्यालय सञ्चालन गरिरहेको थाहा पाए, जब उनीहरूले घरको मालिकसँग सोधपुछ गर्न थाले। यो राहतको कुरा थियो कि तालिबान अधिकारीहरूले विद्यालयमा खोजी गर्दा त्यहाँ कुनै विद्यार्थी वा शिक्षक उपस्थित थिएनन्।
परास्तो भन्छिन्, ‘जब आफू भूमिगत विद्यालयमा आउँदा डराउँछिन् यद्यपि, उनी यो पनि भन्छिन् कि डरमा पर्नु भनेको मर्ने बाटो हो।’ तर, तालिवानले घर खोज्न थालेपछि केही समय विद्यालय बन्द गर्नुपरेको परस्तोले बताए । यदि यो विद्यालय बन्द भयो भने यी बालिकाको विवाह गर्न बाध्य हुने परस्तोले बताइन ।
सानै उमेरमा विवाह भएका कारण बच्चा जन्माउँदा उनको ज्यान जान सक्छ । यहाँ कुनै पनि क्लिनिकको पहुँच छैन। सीमित स्रोतसाधनका कारण भूमिगत विद्यालय लामो समयसम्म सञ्चालन गर्न नसकिएको परस्तोले बताए । धेरै विद्यालयहरूमा विद्यार्थीहरूलाई अध्ययन गर्दा न्यानो राख्न बिजुली छैन, र धेरै शिक्षकहरूले तलब बिना काम गर्छन्।न्युज कारखाना
नयाँदिल्ली, २० फागुन ।
भारतमा पछिल्ला केही वर्षयता घृणापूर्ण भाषणका घटनामा वृद्धि भएको छ।
राष्ट्रिय अपराध अभिलेख ब्यूरोको प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा २०२२ मा घृणायुक्त भाषणमा ३१ प्रतिशत बढी मुद्दा दर्ता भएको छ ।
हालै अमेरिकाको वासिङ्टनमा रहेको इन्डिया हेट ल्याब ग्रुपले यो आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२३ मा भारतमा मुस्लिम समुदायका मानिसहरू विरुद्ध ६६८ घृणायुक्त भाषणहरू भएको दाबी यस रिपोर्टमा गरिएको छ।
रिपोर्टका अनुसार यी ६६८ घृणित भाषणका घटनाहरूमध्ये ७५ प्रतिशत घटना अर्थात लगभग ४९८ घृणायुक्त भाषण बीजेपी शासित राज्य र केन्द्र शासित प्रदेशहरूमा दिइएको छ। मुस्लिम विरुद्धको हिंसा, लभ जिहाद र हलाल जिहादजस्ता धेरै मुद्दाहरू यी घृणित भाषणहरूमा उल्लेख गरिएको छ।
जहाँ ३६ प्रतिशत अर्थात् करिब २३९ घटनामा मुस्लिम माथिको हिंसाको प्रत्यक्ष कुरा भएको थियो भने २५ प्रतिशत भाषणमा मुसलमानको धार्मिक स्थललाई निशाना बनाउने आह्वान गरिएको थियो ।
यी घटनाहरूलाई विस्तृत रूपमा वर्णन गर्दै यो भनिएको छ कि घृणायुक्त भाषणका घटनाहरू अगस्ट र नोभेम्बर २०२३ को बीचमा चरममा थिए। यो समय
त्यही थियो, जहाँ राजस्थान, मध्य प्रदेश, तेलंगाना र छत्तीसगढमा विधानसभा चुनाव हुन लागेको थियो।
यस अवधिमा सबैभन्दा बढी घृणित भाषण दिने राज्य महाराष्ट्र थियो। यहाँ ११८ घृणायुक्त भाषणहरू दिइएको थियो। दोस्रो स्थानमा उत्तर प्रदेश रहेको छ जहाँ १०४, मध्य प्रदेशमा ६५, राजस्थानमा ६४, हरियाणामा ४८, उत्तराखण्डमा ४१, कर्नाटकमा ४०, गुजरातमा ३१, छत्तीसगढमा २१ र बिहारमा १८ वटा घृणायुक्त भाषणका घटना भएका छन् ।
यहाँ एउटा रोचक कुरा के छ भने भाजपा शासित राज्यहरूमा भन्दा गैर भाजपा शासित राज्यहरूमा भाजपा नेताहरू यस्ता घटनाहरूमा संलग्न भएको देखिएको छ । रिपोर्टमा भनिएको छ कि भाजपा शासित राज्यहरूमा मात्र १०.६ प्रतिशत घटनाहरूमा भाजपा नेताहरू संलग्न छन् भने जबकि यो संख्या गैर भाजपा शासित राज्यहरूमा २७.६ मा बढेको छ।
तथ्याङ्कअनुसार ३२ प्रतिशत अर्थात् विश्व हिन्दू परिषद् र बजरंग दलद्वारा आयोजित सार्वजनिक सभामा घृणापूर्ण भाषणका १२६ घटना भएका छन् । उही समयमा चुनावी र्यालीहरूमा ५० घृणायुक्त भाषणहरू दिइयो, जसको आयोजनाको लागि बीजेपी आफैं जिम्मेवार थियो।न्युज कारखाना
नयाँ दिल्ली, २० फागुन ।
भारतीय जनता पार्टीले आगामी लोकसभा चुनावका लागि १९५ उम्मेदवारहरूको पहिलो सूची जारी गरेको छ।
यसमा पार्टीले केरलाको मलाप्पुरमबाट एकमात्र मुस्लिम उम्मेदवार डा. अब्दुल सलामलाई उम्मेदवार बनाउने जानकारी दिएको छ ।
डा अब्दुल सलामले २०२१ को विधानसभा चुनावमा तिरुर विधानसभा सिटबाट चुनाव लडेका थिए। उनी यो सिटमा तेस्रो भए । दोस्रो स्थानमा रहेका स्वतन्त्र अशरफलाई पराजित गर्दै आईयूएमएलका उम्मेदवार कुरुकोली मोइदिन विजयी भए पनि भाजपाले मलप्पुरम लोकसभा सीटबाट डा सलामलाई उम्मेदवार बनाएको हाे ।
भारतीय जनता पार्टीले पहिलो सूचीमा उत्तर प्रदेशका ८० मध्ये ५१ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ । योसँगै पश्चिम बंगालमा २६, मध्य प्रदेशमा २४, राजस्थानमा १५, केरलामा १२, तेलंगानामा ९, असममा ११, गुजरातमा १५, झारखण्डमा ११, दिल्लीमा ५, जम्मू र २ सिट छन्। कश्मीर, उत्तराखण्डमा ३, यसका अलावा छत्तीसगढ, गोवा, अण्डमान र दमन दीवमा १–१ सिटमा पनि नाम घोषणा गरिएको छ ।न्युज कारखाना