काठमाडौँ ।
नेपालले नेदरल्याण्डसलाई १८५ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको हो ।
नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।
त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।न्युज करखाना
काठमाडौँ ।
जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुँदै छ ।
टियु मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेदरल्याण्डसले पहिला बलिङ गर्ने भएको छ ।
जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र
एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अरिफ सेख, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, र अविनाश बोहोरा ।न्युज करखाना
बारा, २२ फागुन ।
बारा प्रहरीले हुण्डी कारोवारमा संलग्न रहेका पाँच जनालाई एकाईस लाखसहित पक्राउ गरेको छ ।
प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ गरेको थियो ।
प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पंचायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रंजित सरार्फ सहित कलैया उपमहानगरपालिका-४ स्थितमा मनि चेन्जर संचालकसमेत रहेका कलैया उपमहानगरपालिका ७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका संचालक बारा महागढीमाई नगरपालिका १ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका- १ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाईकलकम सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लाल प्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रबि शंकर सिंहलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट सोह्र लाख नौ हजार रूपैयासमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरुबाट कुनै पनि बैंकको इजाजत नभएको पाईएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसनधान गर्दा सुरु गर्याे ।

त्यसपछि प्रहरीले गरेको अनुसनधानमा मलेसियामा रहेका नेपालीहरुले मासिक तलब त्यहाँबाट भारत हुदैँ नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिए । उनका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरुले करैडोको कारबार भएको समेत देखिएको समेत बताएको छ ।
पक्राउ परेकाहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।न्युज करखाना
बारा, २२ फागुन ।
निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ ।

प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालिका १ निवासी वर्षीय ४१ शिवशंकर साह र कवाडी सङ्कलन सर्लाही ईश्वरपुर नगरपालिका- ७ निवासि ४६ वर्षीय बिल्टु महत्वलाई प्रहरीले पक्राउ गरेको हो ।
यो संगै पक्राउ पर्नेको सख्या पाँच पुगेको छ । प्रहरीले यसअगि निजगढ ९ मा कवाडी संचालन गरि बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश जैसवाल, कवाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रक चालक निजगढ नगरपालिका–९ स्याक्तान टोलका ४२ वर्षिय बासु तामाङ्ग र सोही ठाँउका सहचालक २५ वर्षिय टिकाराम पाख्रिन पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते छन । निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो ।

यसैबिच, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अनुरोधमा वीरगञ्जस्थित बयोधा अस्पतालले उपचारमा भएको खर्च रकममा छुट्ट दिएको छ ।

उपचारको क्रममा भएको खर्च रकम आफन्तले बुझाउन नसकेपछि अस्पताल प्रशासनले उनीहरुलाई छुट्ट दिएको बयोधा अस्पतालका प्रशासक बिष्णु पटेलले जानकारी दिए । न्युज करखाना
काठमाडौं, २२ फागुन ।
सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयरमा आज आवेदन दिने अन्तिम दिन रहेको छ। आज यसमा कार्यालय समयसम्म आवेदन दिन सकिन्छ।
बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार सिंगटी हाइड्रोले फागुन २ गतेदेखि १.१ अनुपातमा १ करोड ४५ लाख कित्ता शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो। जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ। यस हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ।
तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन्। यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ। यस हकप्रद सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ।
सेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।न्युज करखाना
काठमाडौं, २२ फागुन ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले गैर आवासीय नेपाली संघ शुद्धिकरणको लागि आफ्नो लडाई जारी रहने बताएका छन्।
एक प्रश्नको जवाफमा अध्यक्ष शर्माले सोमबार नेपालमा भएको सत्ता समीकरण परिवर्तनले संघभित्र शुद्धिकरणको लागि जारी लडाईलाई कुनै असर नपर्ने बताए।
कांग्रेस, माओवादीको गठबन्धन भत्किएर एमाले, माओवादीको नयाँ गठबन्धन बनेपछि एनआरएनएमा जारी विवादमा के कस्तो असर पर्ला भन्ने आकलन भै रहेको बेला उनको यस्तो प्रतिक्रिया आएको हो । तर, अध्यक्ष शर्माले आफू राजनीति भन्दा पनि सामाजिक कामका लागि एनआरएनएमा लागेकोले यसको पवित्र उद्देश्यमा कहिल्यै घात नगर्ने बताए ।
शर्माले आफ्नो लडाईं विधि र पद्धतिको लागि भएको भन्दै आफूले अहिलेको टिमलाई कहिल्यै पनि धोका नदिने बताए । ‘११ औं अधिवेशनका बेला सिस्टमको पालना भएको भए वा संस्था कब्जा नगरेर स्वच्छ र निष्पक्ष चुनाव भएको भए अहिलेको अवस्था आउने नै थिएन’ उनले भने ।
११ औं महाधिवेशनमा सिस्टम नै कब्जा गरेर योजनाबद्ध रुपमा धाँधली गरिएको भन्ने उजुरीहरु परे पछि नेपाल सरकारद्वारा गठित छानबिन समितिले अहिले छानविन गरिरहेको छ । अब छानविन समितिको रिपोर्ट आउने बेला सत्ताको राजनीतिलाई जोडेर एनआरएनएको विषयलाई नगिजोल्न उनले सबैलाई आग्रहसमेत गरेका छन् ।
गलतलाई गलत प्रमाणित गर्नका लागि आफ्नो निरन्तर खबरदारी जारी राख्ने बताउँदै शर्माले बुधबारसम्म एक भर्चुअल बैठक बसेर सबै कुरा साथीहरुलाई प्रष्ट पार्ने पनि बताए ।न्युज करखाना
काठमाडौं, २२ फागुन ।
मन्त्री मण्डलको संख्या र कार्यबिभाजन टुंग्याउनका लागि कार्यदलका बैठक बस्दैँछ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
सो बैठकले मन्त्रालय संख्या र जिम्मेवारी बाँडफाँड टुङ्गो लगाउन बारेमा प्रारम्भिक छलफल गर्नेछ ।
मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठलाइ जिम्मेवारी दिइएको छ ।
नयाँ गठबन्धन निर्माण भएसँगै सोमवार नै बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन ।न्युज करखाना
काठमाडौ, २२ फागुन ।
गोर्खाज फाइनान्स लिमिटेडले चैत २ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ ।
सभा, अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।न्युज करखाना
भक्तपुर, २२ फागुन ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा व्लड बैंक (रक्तसञ्चार केन्द्र) स्थापना गरिने भएको छ ।

त्यसका लागि नगरपालिका अस्पताल प्रशाशन र लायन्स क्लववीच सम्झौता भएको छ । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, लायन्स क्लवका प्रतिनिधि दीपक प्रजापति र अस्पतालकोतर्फबाट डा. डि के रोशनले हस्ताक्षर गरे । अस्पताल मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित छ ।
मध्यपुर थिमि नगरपालिका र लायन्स क्लवको संयुक्त लगानीमा ब्लड बैंक स्थापना गर्ने सम्झौता भएको हो । यसका लागि एक लाख डलर आवश्यक पर्ने लागत इष्टमेट गरिएको छ । यो रकम लायन्स क्ल्वबाट ७५ प्रतिशत र नगरपालिकाबाट २५ प्रतिशत लगानी गर्ने जनाएको छ । ब्लड बैंकको भौतिक पूर्वाधार नगरपालिकाले तयार गर्नुका साथै आवश्यक कर्मचारी पनि नगरपालिकाले ब्यहोर्ने गरी समझौता भएको हो ।

त्रिभुवन विश्वविद्यालय र लायन्स क्ल्व अफ नेपालको सहकार्यमा स्थापना भएको रक्तसन्चार केन्द्रसङ्ग मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने गरी कार्यक्रमबीच नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सम्झौता भएको हो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, महाशाखा प्रमुख केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रुपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
ब्लड बैंकको स्थापनापछि मध्यपुर थिमि नगरपालिकामा रक्तसंचारमा धेरै सहज हुने विश्वास गरिएको छ । यसले रगतको लागि भौतारिनुपर्ने अवस्थाको अन्त हुने विश्वास नगरपालिकाको छ ।न्युज करखाना
सियोल, २२ फागुन ।
दक्षिण कोरियाको चिप उपकरण बनाउने कम्पनी उत्तर कोरियाले ह्याक गरेको छ ।
दक्षिण कोरियाको जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाली ह्याकरहरूले दक्षिण कोरियाली चिप उपकरण निर्माताको सिस्टम ह्याक गरेका हुन ।
प्योङयाङले आफ्नो हतियार कार्यक्रमहरूको लागि अर्धचालकहरू बनाउन खोजिरहेको बेला यो ह्यक गरिएको नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस)ले जनाएको छ ।
राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले आगामी चुनावमा हस्तक्षेप गर्न साइबर हमलाजस्ता उत्तेजक गतिविधि गर्न सक्ने चेतावनी दिएको एक महिनापछि यो घटना बाहिर आएको हो।
गत वर्ष पनि उत्तर कोरियाले राष्ट्रपति युनका सहयोगीको इमेल ह्याक गरेको थियो ।
‘हामी विश्वास गर्छौं कि उत्तर कोरियाले प्रतिबन्धका कारण तिनीहरूलाई खरीद गर्न कठिनाइहरूको सामना गर्दा सम्भवतः आफ्नै सेमिकन्डक्टरहरू उत्पादन गर्ने तयारी गरिरहेको हुन सक्छ,’ उसले एक विज्ञप्तिमा भन्यो।
उसका अनुसार प्योङयाङको प्रयासहरू उपग्रह र मिसाइलहरू लगायतका हतियार कार्यक्रमहरूको लागि चिप्सको आवश्यकताबाट प्रेरित भएको देखिन्छ । न्युज करखाना