काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको दाबि गरेका हुन् । उनले भने- ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रम भएकाले मैले यसलाई सामान्य लिएको छैन ।’
उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो । आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए । उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए ।
रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डरौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए ।
आज आफूमाथि भौतिक आक्रमण भएको सुनाउँदै उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिडिङ बोलाउनु भएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यो । संस्थापक केन्द्रीय समस्य भनिएको थियो । २१ जनालाई बोलाइएको थियो ।
महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय समस्यको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रुपको ढोकाको मात्रै चुक्कुल लागइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’
कसैले कुटपिट गरेको खण्डमा, कही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेमश चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ । उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण गराए । आफूहरुले रेमशलाल चौधरीलाई संरक्षक मानेपनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको उनको भनाइ छ । तर, रेशमको भनाइ भने ‘मेरो निर्णय मान्दैनौं भने पार्टीमा बस्न पाइँदैन’ भन्ने रहेको उनले बताए । आफू थारुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए । सरकार टिकाउनकै लागि आफूहरुलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ ।न्युज कारखाना
हेटौडा ।
बागमती प्रदेश सभाको बैठक तोकिएको समयमा बस्न सकेको छैन । यस अघि आज १ बजे बस्ने भनिएको बैठक सत्ता समीकरण दलमा सहमति नजुटेका कारण ४ बजेसम्मका लागि सारिएको छ ।
आजको बैठकमा मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठकमा २ सांसद बैठकमा उपस्थित नहुने भएपछि बैठक सारिएको बताइएको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीकी सांसद खड्गी र एकीकृत समाजवादीकी सांसद रमा आले उपस्थित नहुने भएपछि बैठक सारिएको बुझिएको छ ।
दुई सांसद उपस्थित नभएमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको छ । अब ४ बजेका लागि तोकिएको बैठकमा दुई सांसदको उपस्थिति हुने नहुने स्पष्ट रहेको छैन ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । कांग्रेस, राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।न्युज कारखाना
सिरहा, १९ चैत ।
सिरहाको विष्णुपुर गाउँ कार्यापालिकाको कार्यालय होटलबाटै सञ्चालन हुने गरेको छ। कार्यालय विरलै जाने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले गोलबजारका होटलहरूबाटै कार्यालय चलाउँदै आएको हो।
अधिकृत सिंह कार्यालय नगई महत्वपूर्ण कागजात र चेकहरूसमेत बोकेर लेखाका कर्मचारीलाई गोलबजारको होटलहरुमा बोलाउने गरेको विष्णुपुरका एक सेवा ग्राहिले बताए। विद्यालयका प्रधानाध्यापक समेत रहेका उनले भने, ‘हामी प्रशासकीय अधिकृतलाई काम विशेषले कार्यालय पुग्दा कहिल्यै भेटिनु हुन्न। उहाँ कार्यालय बाहिरै बसेर काम गर्न रुचाउनु हुन्छ। कार्यालय किन आउनु हुन्न हामीले जान्नै सकेका छैनौं।’
यतिमात्र हैन गाउँ पालिकाका अध्यक्षसँग हुने छलफल र काजगात मिलान समेत होटलमा गरिने गरेको स्रोतले जनाएको छ। पछिल्लो पटक गत शुक्रबार कार्यालयको समयमा पालिका अध्यक्ष, आर्थिक शाखाका एक कर्मचारी र प्रशासकीय अधिकृतको गोप्य बैठक गोलबजारको एक होटलमा बसेको स्रोतको दावी छ।
गाउँ पालिकाको गत वर्षको १८ नम्वर फायलको तीन करोडभन्दाबढी भुक्तानी दिनुपर्ने भएपनि प्रशासकीय अधिकृत कार्यालय नबस्दा काम हुन नसकेको वडा अध्यक्षहरुको गुनासो रहेको छ। वडा नम्वर ३ का वडा अध्यक्ष जय कुमार यादवले आफ्नो वडाको पनि काम गरेको भुक्तानी लिन बाँकी रहेको बताए। उनले भने, ‘काम भएको ८/९ महिना वितिसक्यो, उपभोक्ताको त्यत्रो लगानी लागेको छ। अधिकृत कार्यालयमा नबस्दा उपभोक्ताको लगानी फसिरहेको छ।’
अर्का एक वडा अध्यक्षले नाम नखोल्ने सर्तमा अध्यक्षले गराएको एउटा विवादित कामको भुक्तानीको विषयमा कुरा नमिल्द अहिलेसम्म १८ नम्वरको भुक्तानीमा समस्या भएको बताए। उनले भने, ‘अध्यक्ष त्यसको भुक्तानी नभई अरुको हुँदैन भन्ने अडान लिएपछि सवैको भुक्तानी रोकीएको छ।’
यहिँ भुक्तानीहरुको विषयमा आर्थिक बार्गेनिङ गर्न गाउँ पालिका अध्यक्ष र प्रशासकीय अधिकृत सिंहको विष्णुपुर बाहिरका होटलहरुमा गोप्य बार्ता हुनेगरेको स्रोतले जनाएको छ।
पालिकाले लाखौं रकम खर्चेर प्रशासकीय कार्यालय, अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यालय, बैठक तथा सभाकक्षहरु भडामा लिएका छन्। सुविधा सम्पन्न कार्यालय, सबारी सुविधा हुँदाहुँदै प्रशासकीय अधिकृत सिंह कार्यालय भने विरलै जाने गरेको सा्रेतको दावी छ।
आर्थिक प्रशासन शाखाका सहायक कर्मचारी गंगा प्रसाद यादवले कहिलेकाही विशेष अवस्थामा मात्र सरले बोलाएको ठाउँमा चेक सहितका फायल लिएर जाने गरेको स्विकारेका छन्। उनले भने, ‘कहिले काही विशेष अवस्थामा मात्र जाने गरेको हो। अर्को कुरा हामी कर्मचारीलाई हाकीमले बोलाएपछि त जानै पर्छ।’
गाउँ पालिका उपाध्यक्ष गीता कुमारी सिंहले प्रशासकीय अधिकृत नियमित कार्यालय नआउने गुनासो आउने गरेको बताए। उनले भने, ‘म सँगपनि सेवा ग्राहिहरुले प्रशासकीय अधिकृतको विषयमा गुनासो गर्ने गरेको छ। यस विषयमा एक पटक भेटेको बेलामा कुरा गरेको थिएँ तर, उहाँले वास्ता गर्नु भएन। उहाँका यस्ता गुनासा धेरै छन्।’
‘यस विषयमा फोन गरेर कुरा गर्ने प्रयास गरे पनि हाकीमले कहिल्यै फोन उठउदैन; उपाध्यक्ष सिंहले भने, ‘मैले फोनमा पनि कुरा गर्न खोजे, कहिल्यै फोन नै उठ्दैन।’
गाउँ पालिका अध्यक्ष सत्य नारायण यादवले पालिकामा केही समस्याहरु रहेको भन्दै आज बस्ने कार्यपालिकाको बैठकबाट समाधान गर्ने प्रयास हुने बताए। उनले भने, ‘पालिकामा केही समस्या त छ। त्यसैको लागि हामी आज कार्यपालिका बस्दै छौं। समाधानको प्रयास गर्दै छौं।’
यस विषयमा बुझ्न प्रशासकीय अधिकृत सिंहलाई पटक पटक फोन गर्दा पनि उठेन र म्यासेज गर्दा पनि त्यसको कुनै प्रतिकृया आएन। न्युज कारखाना
लेटाङ ।
मोरङको लेटाङ नगरपालिका—२ मा रहेको एकिकृत जनभावना वचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरीभएपछि सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका छन् ।
एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएको महिनौं बितिसक्दा पनि छानवीन नभएको भन्दै सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका हुन् । सेयर सदस्य तथा स्थानिय संघ संस्थाले गम्भिर ध्यानाकर्षण भएको भन्दै सत्यतत्य छानबिनका लागि सहकारीको सन्चालक समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
गत फागुन १५ गते सहकारीको करिब १३ लाख चोरी भएको थियो । ‘एकिकृत जनभावना सहकारी मोरङको दोस्रो ठुलो सहकारी हुनु आफैमा गौरवको कुरा हो, ज्ञापन पत्रमा भनिएको छ, सहकारी ऐन र मुल्य र मान्यतामा सहकारी नचल्नुमा हाम्रो आपत्ति छ ।
ठकुरी समाज महासंघका अध्यक्ष तथा सेयर सदस्य महेन्द्र ठकुरीले घटनालाई सञ्चालक समितिले मिलेमतो र राजनितिक आडमा सामसुम पार्ने खेल गरिरहेको बताए । उनले सत्यतथ्य घटना बाहिर नल्याए दुर्घटनाको स्थिति निम्तिने उल्लेख गरे ।
सेयर सदस्यहरुले घटनाबारे सोधखोज गरे सन्चालक समिति गैह्र जिम्मेवारीपन देखाउदैं, सिसिटिभि फुटेज गायव पारिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको हो ।
नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।न्युज कारखाना
काठमाडौं, चैत १९ ।
अर्थ मन्त्रालयले बजेट बनाउन सबैसंग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट मस्यौदा लेखनको काम शुरू गरिरहेको छ ।
मन्त्रालयले एक सुचना प्रकाशीत गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।
मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ ।
त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ । न्युज कारखाना
काठमाडौँ ।
आरिफ सेखले आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्धशतक बनाएका छन् ।
जारी टी-२० सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सेखले आक्रामक ब्याटिंग गर्दै ३० बलमा ५१ रन पुरा गरेका हुन् ।
नेपालले यस खेलमा यो समाचार तयार गरुन्जेल १४.१ ओभरमा ५ विकेट गुमाउदै १२० रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु अर्थात १९ लाख २० बजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको छ । आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना लगाइएको हो ।
पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका छन् । आईपीएलको १७औं सिजनमा दिल्ली क्यापिटल्सले आइतबार पहिलो जित हात पारेको थियो । टोलीले डिफेन्डिङ च्याम्पियन र पहिलो २ खेल जितेको चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको थियो । यो खेलपछि डिसीका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो ।
आईपीएलको यस सिजनमा यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि जरिवाना गरिएको थियो । चेन्नईविरुद्धकै खेलमा गिललाई पनि स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवाना गरिएको थियो । न्युज कारखाना
हेटौडा ।
वागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ ।
एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।
यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफुले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबण्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो । अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।
बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ ।
यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ । भारतले चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको छ ।
चीनको आधिकारिक पत्रिका ‘ग्लोबल टाइम्स’ को रिपोर्ट अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको हो ।
रिपोर्टमा २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । जसमा ६ वटा नयाँ नाम समावेश भएका थिए । २०२१ मा १५ स्थानको नयाँ नाम दिइएको थियो । जहाँ २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो । हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा पनि आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए ।
चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले त्यसको जवाफ दिदै अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो ।न्युज कारखाना