२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

आरके श्रीवास्तव,रौतहट,भदौ २४ ।

रौतहट जिल्लाकाे गौर नगरपालिका र चन्द्रपुर नगरपालिका क्षेत्रभित्र सुरक्षाका दृष्टिले संवेदनशील मानिएको क्षेत्रलाई लक्षित गर्दै प्रमुख जिल्ला अधिकारी बिनाेद कुमार खड्काले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन् ।

चन्द्रपुर नगरपालिकामा कर्फ्यू बिहान ११:३० बजेबाट लागू

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार २०८२ साल भदौ २४ गते बिहान ११:३० बजेदेखि लागू हुने गरी चन्द्रपुर नगरपालिकाको निम्न चार किल्लाभित्र कर्फ्यू जारी गरिएको हो ।
उत्तर: गौर-चपुर चौकदेखि गैडटारतर्फ जाने बाटोको पानी ट्यांकी भ्यू टावरसम्म,पूर्व: गौर-चपुर चौकदेखि चाँदी खोलाको पुल पारीसम्म,दक्षिण: गौर-चपुर चौकदेखि घोडदेवी मन्दिरसम्म र पश्चिम: गौर-चपुर चौकदेखि महेन्द्र राजमार्गस्थित जिल्ला ट्राफिक कार्यालयको पोष्टसम्म रहेको जनाइएको छ ।

गौर नगरपालिकामा कर्फ्यू दिउँसो १२:०० बजेबाट लागू

त्यसैगरी, सोही दिन दिउँसो १२:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गौर नगरपालिकाको देहाय बमोजिमको क्षेत्रभित्र पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

उत्तर: गौरको बि.पी. चौकदेखि गौर बसपार्कसम्म,पूर्व: बि.पी. चौकदेखि बरहवा पुल पारीसम्म,दक्षिण: बि.पी. चौकदेखि गौर भन्सार कार्यालयसम्म र पश्चिम: बि.पी. चौकदेखि टिकुलिया गाउँसम्म रहेको छ ।

कर्फ्यू अवधिमा के-के अनुमति?

कर्फ्यू आदेशको अवधिभर निम्न सेवाहरूमा भने सुरक्षाकर्मीको सहजीकरणमा आवतजावत गर्न पाइनेछ ।

अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शववाहन,स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साधन, पर्यटक सवारी साधन,मानव अधिकारकर्मी तथा कुटनीतिक नियोगका सवारी र हवाई टिकट देखाएर यात्रा गर्नुपर्ने यात्रुहरू आवतजावत गर्न पाउने छन् ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयम अपनाउन, तोकिएको सिमाभित्र प्रवेश वा आवतजावत नगर्न र कर्फ्यू आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

बज्जिकाञ्चल संवाददाता, काठमाडौं २४ गते भदौ ।

संसदकाे चाैथाे ठूलाे शक्तिकाे रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा

दिने तयारी गरेका छन् । युवा पुस्ताको आन्दोलन चर्किएको र त्यसमा सरकारले बर्बर दमन गरेपछि रास्वपा सांसदहरूले सामूहिक राजीनामा दिन लागेका हुन् ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा दिएकी छन् ।

सामाजिक सञ्जाल मार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।

‘सांसदको काम भनेको सरकारलाई जबाफदेही बनाउने हो । तर सरकारले जबाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेस सम्हाल्ने काममा सीमित भएको संसद्मा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजीनामा दिँदै छु ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

यस अघि रास्वपाका सांसद असिम साह र तोसिमा कार्कीले पनि राजीनामा दिइसकेका छन् ।

 

बज्जिकाञ्चल संवाददाता,भदाै २४ गते । 

नेपाली जनसम्पर्क समिति, ओमानका महामन्त्री मो. सेराजले वर्तमान गठबन्धन सरकार जनताको विश्वास र आकांक्षाअनुसार अघि बढ्न असफल भएको स्पष्ट आरोप लगाएका छन् ।

उनले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जनतालाई सुशासनको प्रत्याभूति दिने गरी बनाइएको गठबन्धन सरकारले नै त्यो विश्वास तोडेको बताए । “सत्तामा पुगेपछि जनताको म्यान्डेट बिर्सेर नेताहरू व्यक्तिगत वा गुटगत स्वार्थमा केन्द्रित हुनु दुर्भाग्यपूर्ण हो,” उनले भने, “यस्तो प्रवृत्तिले मुलुकलाई अझै पछाडि धकेलिरहेको छ।” महामन्त्री सेराजले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताको अपेक्षा अनुसार जिम्मेवार भूमिका खेल्न नसकेको भन्दै अविलम्ब राजिनामा दिन सुझाव दिएका छन् ।  त्यस्तै, नेपाली कांग्रेसप्रति समेत उनले आलोचनात्मक दृष्टिकोण राख्दै गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताए।

“गठबन्धनमा बसिरहने वा नयाँ जनअपेक्षाअनुसारको विकल्प रोज्ने विषयमा कांग्रेसले अब पुनर्विचार गर्नुपर्छ,” सेराजले जोड दिए। उनका अनुसार अबको नेपाली राजनीति जनताको विश्वास, सुशासन र जवाफदेहितामा आधारित हुनुपर्ने समय आएको छ। “देशलाई अगाडि बढाउन राजनीतिक नेतृत्वले गम्भीर जिम्मेवारीका साथ आत्मसमीक्षा गर्न आवश्यक छ,” उनले अन्त्यमा भने।

काठमाडौं– राजधानीको बानेश्वरमा जेनजी आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन्।

सरकारविरोधी चर्को नाराबाजीसहित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।

कर्फ्यु आदेशका बिच बानेश्वरमा भेला भएका उनीहरुले प्रदर्शन गरिरहेका हुन्।

यस्तै स्थितिलाई नियन्त्रणमा लिने प्रयास स्वरुप प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

राजनीतिमा युवा पुष्ता निस्कृय रहेको भन्ने भाष्य चिर्दै जेन जिको घोषणामा भएको प्रदर्शनमा युवाको तातो रगतले सिञ्चित भयो।

आहुति दिनेको संख्या कति? गौण हो, तर देशको चिन्ता र अब्यब्स्थाका विरुद्ध बगेको हरेक थोपा रगत परिवर्तन्, भ्रष्टाचार, कुसासन,नीतिगत छिद्रमा टेकेर देश पछि धकेल्नेहारुका विरुद्ध पोखिएको पेट्रोल र सल्लाको राँको सँगै हो।

स्कुल कलेज छाडेर अव्यवस्थाविरुद्ध प्रदर्शन गर्न माइतीघरमा बलेको सानो झिल्कोको रुपमा हेर्नै पर्दछ। पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन्। नेपालको राजनीति पुरानो अनुहारको घेराबाट निस्कन सकेको छैन।

साथ के कस्तो समूहले दियो खोजौला तर यो आक्रोश अहिले चल्तीका सत्ताका खेलाडीहरु सासनको चास्निमा चोबलिँदै रसखान थालेपछि जन्मेका युवा हुन् र उनीहरुको असन्तुष्टिको आगो हो।

गएका ३५ वर्षमा जनतालाई झुक्याउने, सत्तामा बस्ने, सत्ता साट्ने बाहेक ठूला उपलब्धि भएका छैनन्। यो अवस्था लामो समय रहिरह्यो भने, युवा पुस्तासँगै देश नै एकदिन अनिवार्य रूपमा उठ्नेछ। त्यो उठान सुधारको रूप लिन सक्छ, वा विद्रोहको।

नेपालको भविष्य युवाको हातमा छ भन्ने कुरा सामान्य भनाइ जस्तो लागे पनि यथार्थमा यसको गहिरो महत्व छ। युवाले केवल नयाँ दल बनाउने वा राजनीतिक आन्दोलन गर्ने मात्र होइन, डिजिटल प्लेटफर्ममार्फत वैकल्पिक राजनीतिक विमर्श सिर्जना गर्न सक्छन्।

हङकङ, चिली वा युरोपका धेरै मुलुकमा युवाको डिजिटल क्रान्तिले शासन प्रणालीमा ठूलो दबाब सिर्जना गरेको छ। नेपालमा पनि फेसबुक, टिकटक, युट्युब जस्ता सञ्जाललाई केवल मनोरञ्जनमा सीमित नराखी, सामाजिक परिवर्तनको औजार बनाउन जरुरी छ।

देशको राजनीति अझै पनि पुराना अनुहारकै छायाँमा छ। जनताको सपना होइन, नेताहरूको पद प्राथमिकतामा परेको छ। तर इतिहास, तथ्यांक र युवाको असन्तोषले प्रष्ट सन्देश दिएको छ-अब सुधार वा विद्रोह अपरिहार्य छ।

यदि पुराना अनुहारले समयमै सुधारको बाटो नअपनाए, जेन-जी पुस्ताको विद्रोह सडकमा मात्र होइन, सामाजिक सञ्जाल र आगामी निर्वाचनमा प्रत्यक्ष देखिनेछ। नेपालको भविष्य युवाको हातमा छ, र उनीहरूले पुरानो नेतृत्वलाई बिदा गरेर नयाँ नेपाल निर्माण गर्नेछन्। यो सुरुवात हो।

हेरौं न, झलनाथ खनाल, माधब नेपाल, बामदेव गौतम, बिद्या भण्डारी, कृष्ण सिटौला, केपी वली, प्रचण्डदेखि वर्षमान सम्म, नारायणकाजीदेखि बालकृष्ण खाँड, बिजय गच्छदार, बिमलेन्द्र निधि, शरत सिं भण्डारीदेखि कमल थापा सम्म! सुजातदेखि शेखर कोइरालाहरु सम्म!

उनीहरु लगायत सयौ अनुहार सधै राजनीतिको अग्रभागमा छन्। जसकाे न कुनै विचार न योजना छ, सबै टेस्टेड एन्ड फेल्ड हुन्। तर उनीहरुलाई देश चलाउन सकेनौं भन्ने अनुभूति छैन यो देशका लागि घातक कुरा हो। हुँदो हो त ईश्वर पोख्रेलहरु ट्यांकी मै हुँदा हुन र राष्ट्राध्यक्ष बनिसकेकी विद्या भण्डारीहरु संबिधानले तोकेको जनताको करले सुशी जीवन काटेक हुँदा हुन्। नत नन्दकिशोर पुनहरु नयाँ शासकीय स्वाद दिन १७ हजार मार्दै निस्किएर फेरि पार्टी सदस्यता लिन जने थिएनन्।

यस्को सिधा अर्थ हो त्यो सिनियर पुष्ता लोकतन्त्रका निम्ती न बफादार छन्, न महत्व बुझ्दछन्। न उनीहरुमा परिवर्तनको कुनै तिलस्मी योजना नै बाँकी छ। फेरि पनि उनीहरु बुढो गोरुले कोरली ओगटे है ओगटेर बसेकै छन्।

राजा महेन्द्रलाई गाली गरेर उदाएका अहिलेका नेताहरु अहिलेसम्म उनैले बसालिदिएका संरचना र विकासको जगमा सासनमा बसिरहे। यसो भन्दा कतिलाई पिरो लाग्ला तर सत्य यही हो।

यो पुस्ताले गरेका कामको फेहरिस्त तल छ। ब्यबस्था परिवर्तन मात्रै देशको गन्तब्य हुन सक्दैन। लोकतन्त्र त ब्यबहार पनि हो, उनीहरुले देखाउन सकेनन् बरु सत्ता लागि कलम थापाहरु मिसाउँदै गए, ज्ञानेन्द्रसँग तर्सिनु सामान्य मान्न सकिन्छ।

भ्रष्टाचार र घोटालाको संस्कृतिः पुरानो अनुहारको दाग

सिंहदरबारको पर्खालभित्र दशकौँदेखि उस्तै अनुहारहरू छन्, भित्तामा असफल नेता र आफ्नो अनुकुलताका लागि नेतापनि नचाउने कर्मचारीका सुकिला तस्विर झुण्डिएका छन्। तर बाहिर जनताको जीवन बढ्दो समस्यामा छ।

नेताहरूले नीतिगत सुधारभन्दा पनि घोटालाको संस्कृतिलाई नै बढावा दिए। नेपालका ठूला घोटालाहरूको सूची आफैंमा पुराना नेताहरूको चरित्र प्रमाणित गर्छः

• लाउडा एअर घोटाला (१९९३)

• वाइड-बडी एयरक्राफ्ट घोटाला (२०१८)

• ललिता निवास जग्गा घोटाला

• गिरीबन्धु चिया बगान जग्गा घोटाला

• मेलम्ची ठेक्का र निर्माण घोटाला

•ॐअनी स्क्याण्डल

• टेरेमोक्स औषधि खरिद घोटाला

•लडाकु शिविर घोटाला,

•बैंक लुट्नेदेखि नगरिक हत्या गर्ने

• भुटानी शरणार्थी घोटाला (२०२३)

• सहकारी घोटाला

यी घटनाले जनताको विश्वास खोस्नु मात्र होइन, देशको विकासलाई दशकौँ पछाडि धकेले।

पछिल्लो उदाहरण हेरौं, करिब ७० लाख नागरिकको दुख-जिलोको सहकारिमा संकलीत करोडौ रुपैयाँ ठगीका मुद्दा सार्वजनिक भए। अनुसन्धानका नाममा केही स्टण्ट देखिए तर जेल चलान एउटा युवा जो राजनीतिमा चुनौती बन्दै थियो।

भ्रष्टाचार, बेथितिको-रवि लामिछाने, उनी मात्रै! अनि त्यती ठूलो मुद्दा ओझेलमा पारियो। यसले देखाउ छ अहिले सकृय पुस्ता अन्यायमा लिप्तछ । उनीहरुले जानेकै सिकेकै त्यती मात्रै हो।

तसर्थ जेन जि पुस्ता ब्यबसायिक शैक्षिक जिन्दगी छोडेर राजनीति र शासनमाथि धावा बोल्न बाध्य बने। यो पुस्तालाई पाखा लगेर मात्रै थाक्नु पर्दछ। त्यसैले नेतालाई घेरौं, तर उसको बेडरुम होइन-उसको बेइमानीलाई-जनताको विश्वासप्रति गरिएको विश्वासघातलाई।

नेपालको राजनीति बलियो तब हुन्छ जब नागरिकले नेताको निजी स्क्यान्डल होइन, सार्वजनिक नीतिमा accountability खोज्छन्।

अब समय आयो-
हामी दर्शक मात्र होइन,खेलाडी बन्ने।

विश्वास गर्न नालायक नेता

युवाहरु बल्ल जाग्न थाले। तर तथ्यांकले पहिल्लेदेखि बोली रहे यी नेताहरुप्रति विश्वास नगरौं।

IDEA को Global State of Democracy Report 2023 अनुसार नेपाल दक्षिण एशियामै राजनीतिक विश्वासको हिसाबले तल खसेको छ। Interdisciplinary Analysts (2022) को सर्वेक्षणले ७२% युवाले राजनीतिज्ञप्रति अविश्वास प्रकट गरेको तथ्य देखाउँछ। ७० लाखभन्दा बढी नेपाली युवा विदेशमा बसिरहेका छन्। यो केवल brain drain मात्र होइन, hope drain पनि हो। त्यो सबै को प्रस्फुटन हिजोबाट भयो।

नौटंकी बन्द गर

जब आन्दोलनको स्वरुपमा नागरिक देखिन थाल्छन तब त्यही पुराना टेस्टेड र फेल्डहरुको विवेकहीन समर्थ र विरोधको रोइलो सुरु हुन्छ। र, यो जेन जि प्रदर्शनको पक्षामा पनि सुरु भयो। नेपालको राजनीतिमा पेसेवार भँडुवा बाबुराम भट्टराई सधैं अघि लागेको देखिन्छ।

आफूलाई विद्वान बताउन पछि नहट्ने बाबुरामको डिग्री त्यत्ति बेला नै दुषित भए जतिबेला उनीपनि १७ हजारको ज्यान लिने हत्या हिंसाको बाटोमा हिँडे। प्रचण्ड र उनीहरुले देशलाई के दिनका लागि त्यति अनुपम मानिसको ज्यान, अर्बौंको राज्यको सम्पत्तिमा बम र बारुदको प्राक्टिस गरे देशलाई जवाफ दिनै पर्दछ। के लडाकुका नाममा घोटाला गेरेर निश्चित ब्यक्तिले राज्य कोषबाट कमाउनु नै उद्देश्य थियो वा प्रचण्डका सन्तानको सोख पूरा गराउनु थियो?

आन्दोलनमा ढुंगा हानेर नेता बनेका गगन थापा/ रामकुमारी झाँक्री वा योगेश भट्टराइहरुको पुस्ताले सताको चास्नीमा डुबेको रुमालले मुख छोप्दै अरुको गल्ती औंल्याएर चोखिने दुसशाहसपनि नगर्दा राम्रो।

किन कि देशको त्यो तहमा पुगिसकेर चर्का कुरा बाहेक केही नगर्ने र यो दिनको परिकल्पना र समाधान खोज्न नसक्ने जो सुकै होस्, त्यो रोइलोको कुनै अर्थ छैन। दर्ता भएका कुनै दल/नेताले अब सन्देस-समर्थन देखाउनु लाज छोपेको बाहेक केही होइन।

पञ्चायतमा भएका बिद्रोहपनि सुसासन कै माग थिए र जेन-जी मागपनि त्यही नै रहे। अनि लोकतान्त्रिक प्रणालीमा माग राख्ने जनताको रगतमाथि यस्तो होली त पञ्चायती शासक र राणाहरूलेपनि खेलेका इतिहास छैनन्। दरवारले पैसा दिएर बिपी कोइरालाको क्यान्सर उपचारमा अमेरिका जान सघाएको थियो।

तपाईंहरूको शासनमा देश कति लुटियो? सार्वजनिक सम्पत्तिको दोहन कसरी भयो? सरकारी संस्था कसरी तपाईंहरूका बफादारहरूका लागि डुबाइए? शासन कति दुरुपायोग भए त्यसको लेखाजोखा त हुने नै छ, तर लोकतन्त्रले अस्तित्व र अधिकार खोज्ने छोराछोरीलाई गोली दागेर शान्त पार्ने दुस्साहस लोकतान्त्रिक!  माथिका उदाहरणमा मुछिएकाहरुलाई के गर्ने सरकार? जोगाउने, चोख्याउने, सुन-पानी छर्किने? कि सार्वजनिक समारोह आयोजना गरेर टुँडिखेल मै भुट्ने?

नेपाल अहिले एक किसिमको सामाजिक संक्रमणमा छ। कानुनी सुधार, राजनीतिक आचारसंहिता, सामाजिक चेतना र युवाको अग्रसरता-यी चार आधारले मात्रै देशलाई नयाँ दिशातर्फ डोर्याउन सक्छन्।

इतिहासका धेरै उदाहरणले देखाउँछन्, जब कानुनी स्पष्टता, नीतिगत बहस, सकारात्मक चेतना र युवाको ऊर्जा एउटै प्लेटफर्ममा आउँछ, समाजले अद्भुत परिवर्तनको यात्रा तय गर्छ। नेपाल पनि त्यसबाट अपवाद होइन।

जेन-जीको यो आन्दोलन न कुनै राजनीतिक वादबाट न कुनै राजनीतिक दलले झण्डा बोकेर सुर भयो। सबै नेपालको झण्डा देखियो। अनि माग रख्ने यूवामाथि गोली, यो समाज लोकतन्त्रमा हुन सक्दैन। तसर्थ लोकतन्त्र नबुझ्ने नेता आफैं घर जान उचित छ। थप आन्दोलनले बाङ्गलादेश वा श्रीलङ्का बनाउँदै थप अनुपम जिन्दगीहरु नस्ट गर्ने काम हजुर बा पुस्ताले रोक्न जरुरी छ।

युवाको आन्दोलन : रगतको आह्वान र भविष्यको विकल्प

नेपालमा पछिल्ला दिनहरूमा देखा परेको जनरेशन–जेड (Gen Z) को आक्रोश र प्रदर्शनहरू केवल सडकमा उत्रिएको आवेग मात्र होइनन्, बरु विगत तीन दशकदेखि निरन्तर दोहोरिँदै आएको असफल नेतृत्वविरुद्धको ऐतिहासिक चुनौती पनि हो।

रगतको मूल्य

राजनीतिक नेतृत्वले युवालाई भविष्यको आधारशिला भनेर भाषणमा भने पनि व्यवहारमा उनीहरूलाई लगातार बेवास्ता गरेको छ।

• लाखौं युवा श्रम बेच्न बाध्य भएर विदेशतर्फ बगिरहेका छन्।

• गाउँ–सहरका टोलहरू युवाविहीन भइसकेका छन्।

• देशभित्र काम गर्न चाहनेलाई रोजगारी, उद्यम वा अवसर दिन सरकार असफल छ।

यसको परिणाम स्वरूप, “देमोग्राफिक डिभिडेन्ड” जस्तो बहुमूल्य सम्पत्ति सुनौलो अवसर होइन, सुनौलो क्षतिमा परिणत भइरहेको छ।

सत्ता र सडकमै रगत

सत्तामा बसेका नेताहरूले आफ्ना कुशासन, बेथिति र भ्रष्टाचारलाई ढाकछोप गर्न युवाको आवाजलाई बलपूर्वक दबाउने प्रवृत्ति बढाइरहेका छन्। सडकमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार राख्ने युवालाई दमन गर्दै रगत बगाइएको ताजा घटनाले नेपालको लोकतन्त्रमा गहिरो प्रश्न उठाएको छ। लोकतन्त्र भनेको नागरिकको आवाज सुन्ने प्रणाली हो, तर नेपालमा यो सत्ताधारीको हित जोगाउने ढालमा सीमित भइरहेको छ।

प्रतिनिधित्वको संकट

नेपालको जनसंख्याको ४०% भन्दा बढी युवा भए पनि संसदमा उनीहरूको प्रत्यक्ष प्रतिनिधित्व १५% भन्दा कम छ।

• नीतिनिर्माण गर्ने ठाउँमा युवा आवाज सुन्न पाइँदैन।

• दलहरूले युवालाई केवल नाराको स्तरमा मात्र प्रयोग गर्छन्।

• नेतृत्व हस्तान्तरणको संस्कृति विकास हुन सकेको छैन।

यो प्रतिनिधित्वको खालीपनले नै आज युवालाई सडकमा उतार्ने प्रमुख कारण बनेको हो।

वैकल्पिक विमर्श र डिजिटल आन्दोलन

अब युवाले केवल नयाँ दल बनाउने कुरा मात्र होइन, डिजिटल प्लेटफर्ममार्फत वैकल्पिक विमर्श सिर्जना गर्नुपर्छ।

• विश्वका धेरै मुलुकमा ट्विटर, फेसबुक, इन्स्टाग्राम वा टिकटोकजस्ता प्लेटफर्मले शासन प्रणालीमा दबाब सिर्जना गरेका उदाहरण प्रशस्त छन्।

• अरब स्प्रिङदेखि हङकङको प्रजातान्त्रिक आन्दोलनसम्म, डिजिटल आन्दोलनको शक्ति देखिएको छ।

• नेपालमा पनि युवाले यही बाटो अँगालेर सत्ता संरचनामा दबाब बढाउन सक्नेछन्।

परिवर्तनको अपरिहार्य

यो आक्रोश केवल उग्र प्रदर्शनमा सीमित हुनु हुँदैन।

• यसले संरचनागत परिवर्तनको आभास दिनुपर्छ।

• नीति निर्माणमा पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा र सीप विकास जस्ता मूल मुद्दालाई अघि बढाउनुपर्छ।

• मुलुकलाई decades देखि कब्जा जमाएर बसेका पुराना नेताहरूलाई पाखा लगाएर नयाँ पुस्तालाई अगाडि ल्याउने काम सुरु गर्नैपर्छ।

नेपालको भविष्य युवाको हातमै छ। रगतको मूल्य केवल बलिदानमा सीमित नहोस्, बरु त्यो रगतबाट नयाँ राजनीतिक चेतना र वैकल्पिक भविष्य निर्माण होस्। यही हो आजको पुस्ताको आह्वान।

देशमा रहने नागरिक सबै दलका ३०-३२ लाख जती स्थायी कार्यकर्ता छन उनिहरु नै सुरक्षित छ्न । अन्यलाई कि गोली हान्ने, कि बिदेस धकेल्ने, कि आफ्ना कार्यकर्ता लगाएर बद्नाम गरेर समाजमाबस्न बाँच्नै न दिने । यनी हो त लोकतन्त्र ? होईन र त्यस्तो धेरै दिन चल्न दिनुहुन्न ।

यो आन्दोलनले अर्को चरणमा माथी लेखिएका अनुमानित स्थायी नेता, उनिहरुको बाँच्ने आय-ब्ययका श्रोत, विलासी जीवनका श्रोत खोजेर सता-शक्ती दुरुपायोग बाट आर्जित देखिने सिरक डसना समेत लिलाम गर्नुपर्दछ र त्यो समूहलाई आजिवन राजनिती होईन नै सर्वजनिक रुपमा हिड्नपनि असहज हुने गरी बन्देज गराईनु पर्दछ । त्यती नपुगे तीनका सन्तानहरुलाई समेत निश्चित क्षेत्र मा सुधारको मौका सहित बन्देज लगाउनै पर्दछ ।

अब…

सिंहदरवारको भित्री भागमा रहेका बिइल्डिङका सुरक्षित कोठाहरुमा हालसम्म तर खाई रहेका सुसासन र थिती बसाल्न असफल, बेथिति, भ्रष्टाचार, बेईमानि, ठगि, कानुनको ब्याख्या आफ्नै तरिकाले गरेर आफू र आफ्नाका नाम अकुत कमाउने, चोख्याउने, कमसल निर्माणको ठेक्का अनुमतीमा ठेकेदार सँग कमिसन बुझ्ने,
दिगो विकासको सट्टा अपूर्ण नक्सादेखि डिजाइनबाटै बर्षेनी परिमार्जनको नाममा खाने सबै नेता कार्यकर्ता, र कर्मचरी ( ६० वर्ष केहि गर्न नसक्ने तर रिटायर भएको भोलीपल्टै नियूक्ति लिएर सरकारी काम फत्ते नगर्ने, प्रेसर सुगरका औष्धी खाने थलोका रुपमा विभिन्न आयोग मा टाँसिने, पोरेस नागरिक ले भिड्न समेत न दिने समेत) का तस्विर सिंहदरवारको बाहिर वाल र देशै भरी आम मानिसको आवत जवत हुने स्थानमा पोन्त पर्द छ । ताकी आउदो चुनाबमा त्यस्ता अनुहार टाउको उठाउन समेत नसकुन ।

हरेक नागरिक ले आफ्नो विकास, सम्बृद्धी यात्रा का बाधक अनुहार चिन्न सकुन ।

सबै भिजिबल्, सोसल मिडियामा ब्यापक बनाउनै पर्दछ ।

र, यो त्यही समय हो । यो उनिहरुलाई नै बाध्य पारेर ल्याई दिएको समय हो ।

युवाको असन्तोष बढ्नु स्वाभाविक हो, तर दीर्घकालीन समाधानका लागि केवल विरोध होइन, ठोस कार्ययोजना आवश्यक छ:

• नेतृत्वको हस्तान्तरण

पुराना नेताले सत्ता–कुर्सीलाई जीवनको अन्तिम लक्ष्यजस्तै बनाएर बसेका छन्। अब दलहरूले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट नीति ल्याउनुपर्छ। उमेर सीमा, कार्यकाल सीमा, र आन्तरिक लोकतन्त्रलाई कडाइका साथ लागू गरे मात्र नयाँ नेतृत्वको सम्भावना खुल्छ।

• रोजगार र उद्यमशीलताको वातावरण

देशभित्र रोजगारी नहुँदा युवा विदेश जान बाध्य छन्। सरकारले ठूला पूर्वाधार परियोजना, कृषि आधुनिकीकरण, सूचना प्रविधि, पर्यटन र हरित ऊर्जामा लगानी गरेर लाखौँ रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि सार्नुपर्छ। साथै, स्टार्टअप तथा साना उद्यमका लागि कर छुट, लगानी सहजता र वित्तीय पहुँच बढाउनुपर्छ।

• स्वास्थ्य र शिक्षा सुधार

स्वास्थ्य र शिक्षा प्रणाली अझै पनि विदेश पलायनलाई प्रोत्साहित गर्ने खालको छ। अब विश्वविद्यालय र तालिम संस्थाहरूले बजारसँग जोडिएको सीपमुखी कार्यक्रम ल्याउनुपर्छ। व्यावसायिक तालिम, प्रविधि-मैत्री पाठ्यक्रम र अन्तर्राष्ट्रिय साझेदारीमार्फत युवालाई यहाँ नै अवसर दिने वातावरण बनाउन सकिन्छ।विश्वबिद्यालय दलका कार्यकर्ताले सधै बन्द गर्ने खोल्ने । आगो लगाउजे स्थान होईन त्यस्ता मनिस दण्डित हुनु पर्दछ ।

तमासा अति धेरै भयो ।पढेलेखेकाको आन्दोलन आगजनी त्यो पनि ज्ञान लिने स्थान हुनै सक्दैन । त्यस्तै कर्मबाट नेता बनेका मानिस सत्तामा पुग्दा देश आज स्थ्तिमा पुगेको हो ।रोक्नै पर्दछ ।

• डिजिटल प्लेटफर्मको प्रयोग

युवाले आफ्नो असन्तोषलाई केवल सडकमा मात्र होइन, डिजिटल आन्दोलनमार्फत पनि नीतिगत दबाब सिर्जना गर्नुपर्छ। अनलाइन अभियान, तथ्यमा आधारित बहस र वैकल्पिक नीति–प्रस्तावमार्फत सरकारले ध्यान दिन बाध्य हुन्छ, पार्नु पर्दछ ।

• सुशासन र पारदर्शिता

भ्रष्टाचार र कुशासनविरुद्ध कडा कदम नचालेसम्म युवाको विश्वास पुनः स्थापित हुन सक्दैन। त्यसका लागि स्वतन्त्र निकायलाई सबल बनाउन, ई-गभर्नेन्स प्रणाली लागू गर्न र जनतासँग प्रत्यक्ष जवाफदेही हुने व्यवस्था गर्नुपर्छ।

dcnepal

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले सांसद पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनलाई सांसद भएर समर्थन गर्न नसकिने भन्दै उनले सांसद पदबाट राजीनामा दिएको जनाएका छन् ।

सांसद साहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

‘संसदमा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता,  मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ’, साहले लेखेका छन् ।

रास्वपाका सबै सांसदले राजीनामा दिने विषय पनि चर्चामा आएको छ तर, अहिलेसम्म पार्टीले औपचारिक निर्णय भने गरेको छैन ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पद त्याग गरेको घोषणा गरेकी छिन् ।

जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनप्रति समर्थन जनाउँदै उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेकी हुन् ।

‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला । तर आज भाद्र २४ गते ११ः५५ बजे देखिनै यो अपराधी र संवेदनहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु,’ सांसद कार्कीले लेखेकी छिन् ।

बज्जिकाञ्चल संवाददाता, काठमाडौं २४ गते भदौ ।
messenger sharing button

प्रधानमन्त्री केपी शर्मा अााेलीले सर्वदलीय बैठक बाेलाएका छन् । केहि बेर अघि वालुवाटारमा प्रधानमन्त्रीले साँझ ६ बजे मन्त्रीपरिषद बैठक बस्ने गरी सूचना आएकाे एक मन्त्रीले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।