काठमाडौँ । भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल शुरु भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतको नयाँ प्रशिक्षकको आवेदन अहिले खुला गरेको बेला बोर्डले गम्भीरप्रति चासो देखाएको क्रिकइन्फोले उल्लेख गरेको छ । हालका प्रशिक्षक राहुल द्रविडको कार्यकाल आगामी टी-२० विश्वकपपछि समाप्त हुने भएकाले बोर्डले २७ मे सम्मको डेडलाइन दिएर नयाँ प्रशिक्षकक आवेदन खोलेको छ ।
गम्भीर हाल आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर रहेका छन् । उनको मेन्टरसिपमा कोलकोताले उत्कृष्ट प्रदर्शन गरिरहेको बेला उनलाई राष्टिय टिमको प्रशिक्षक बनाउने पहल शुरु भएको विश्लेषण गरिएको छ ।
अब बोर्डले आइपिएल सकिएपछि गम्भीरसँग छलफल गर्ने रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि, भारतको मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने अन्तिम म्याद आईपीएल फाइनलको एक दिनपछि मे २७ सम्म रहेको छ ।
यस अघि राहुल द्रविडले अर्को कार्यकाल प्रशिक्षक नबन्ने बोर्डलाई जानकारी गराइसकेका छन् ।
४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरको कोचिङको अनुभव नभएको भए पनि उनले आईपीएलका दुई फ्रेन्चाइजीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनी आइपिएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्सका मेन्टर थिए । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो ।
गम्भीर भारतको २००७ मा टी-२० विश्वकप विजेता टिम र २०११ मा एकदिवसीय विश्वकप विजेता टिमको महत्वपूर्ण सदस्य थिए । उनले आफ्नो कप्तानमा कोलकोतालाई दुई पटक आइपिएल समेत जिताएका थिए ।न्युज कारखाना
कञ्चनपुर, ५ जेठ । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युज कारखाना
काठमाडौँ । जारी ललितपुर मेयरर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुने छ ।
जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो ।
त्यस्तै सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो हुदै फाइनलमा पुगेको छ ।
ललितपुर मेयर्स कपमा एपीएफ र सुदूरपश्चिमसहित ५ टिमले भाग लिएका छन् । जसमा एपीएफ, सुदूरपश्चिम प्रदेशसहित ललितपुर मेयर एघार, बागमती प्रदेश र कोशी प्रदेशका टिम थिए ।
न्युज कारखाना
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने भएको छ ।
आर्टेमिस-३ मिसन अन्तर्गत सेप्टेम्बर २०२६ मा दुई अन्तरिक्ष यात्री चन्द्रमामा अवतरण गर्नेछन् । यस चन्द्र अभियानका लागि अमेरिकी राज्य एरिजोनाको ज्वालामुखी क्षेत्रमा सिमुलेशन परीक्षण (प्रक्रियाको नक्कल गर्ने) भइरहेको छ । यहाँ अन्तरिक्ष यात्रीहरू चन्द्रमामा पैदल यात्रा गरिरहेका छन् ।
नासाका अन्तरिक्ष यात्री केट रुबिन्स र आन्द्रे डगलसले आर्टेमिस-२ मिसनका लागि छानिएका अन्तरिक्ष यात्रीहरूको भूमिका निभाएका थिए । यस क्रममा उनले स्पेससूट जस्तो देखिने लुगा लगाए र हार्डवेयर जाँच गरे । यस अवधिमा उनले चन्द्रमाको सतहबाट नमूना सङ्कलन गर्ने अभ्यास पनि गरे ।
एक सातासम्म चल्ने यस सिमुलेशन परीक्षणका लागि दुई टोली गठन गरिएको छ । यसमा अन्तरिक्ष यात्रीहरू, इन्जिनियरहरू, क्षेत्र विशेषज्ञहरू, उडान नियन्त्रकहरू र वैज्ञानिकहरू समावेश हुनेछन्। यसले चन्द्र मिशनको हरेक पक्षको परीक्षण गर्नेछ। यसका लागि ४ वटा मुनवाक र ६ वटा अत्याधुनिक प्रविधि परीक्षण गर्ने योजना बनाइएको छ ।
परीक्षणको क्रममा, नासाले चन्द्रमा मिसनमा डाटा सङ्कलनदेखि सञ्चारसम्मका समस्याहरू पहिचान गरी समाधान गर्ने प्रयास गर्नेछ। एरिजोना मरुभूमि १९६९ मा अपोलो ११ मिसन देखि चन्द्र मिशन को लागी एक प्रशिक्षण मैदान को रूप मा प्रयोग गरिएको छ।
५३ वर्षपछि अमेरिकाले फेरि अर्टेमिस मिसनमार्फत चन्द्रमामा मानिस पठाउने तयारी गरेको छ । यसलाई तीन भागमा विभाजन गरिएको छ। आर्टेमिस-१, २ र ३ । आर्टेमिस-१ ले चन्द्रमाको वरिपरि परिक्रमा गर्यो, केही साना उपग्रहहरू प्रक्षेपण गर्यो र चन्द्रमाको धेरै महत्त्वपूर्ण फोटो र भिडियोहरू प्रदान गर्यो ।
आर्टेमिस- २ २०२५ लन्च हुनेछ। यसमा केही अन्तरिक्ष यात्री पनि जानेछन् तर चन्द्रमामा पाइला राख्ने छैनन् । तिनीहरू केवल चन्द्रमाको कक्षमा परिक्रमा गर्नेछन् र फिर्ता आउनेछन्। यो मिसनको अवधि लामो हुनेछ। यसपछि अन्तिम मिसन आर्टेमिस-३ प्रक्षेपण गरिनेछ। यसमा जाने अन्तरिक्ष यात्रीले चन्द्रमामा अवतरण गर्नेछन् । यो मिसन २०२६ मा सुरु हुनसक्ने नासाले जनाएको छ ।
पहिलो पटक महिलाहरु पनि मानव चन्द्र अभियानको हिस्सा बन्नेछन् । यसमा रङको व्यक्ति (सेतो भन्दा फरक जातको व्यक्ति) पनि चालक दलको सदस्य हुनेछ। अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको पानी र बरफमा अनुसन्धान गर्नेछन्।
नासा महानिरीक्षकको कार्यालयले गरेको लेखापरीक्षण अनुसार २०१२ देखि २०२५ सम्म यो परियोजनामा ९३ अर्ब डलर लाग्ने छ । त्यसैगरी, प्रत्येक उडानमा ४ अर्ब १ करोड डलर खर्च हुनेछ । यो आयोजनामा हालसम्म ३७ अर्ब डलर खर्च भइसकेको छ ।
आर्टेमिस मिसनको दोस्रो भाग आर्टेमिस-२ का लागि गत वर्ष ४ सदस्यीय अन्तरिक्ष यात्रीहरूको टोली घोषणा गरिएको थियो । यस मिशनमा पहिलो पटक कालो अन्तरिक्ष यात्रीसँगै एक महिला पनि सामेल थिए ।
अपोलो मिसनको अन्तिम र १७औं उडान सन् १९७२ मा भएको थियो । सोभियत संघलाई हराउनका लागि पूर्व अमेरिकी राष्ट्रपति जेएफ केनेडीले यो मिशनको परिकल्पना गरेका थिए। विज्ञान र प्रविधिको क्षेत्रमा अमेरिकालाई विश्वमा पहिलो स्थानमा राख्ने उनको लक्ष्य थियो । तर, करिब ५० वर्षपछि वातावरण फरक छ ।
न्युज कारखाना
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केहि सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबि गरिएको छ ।
काटालन रेडियो स्टेसन आरएसी-१ ले बार्सिलोनाका प्रेसिडेन्ट जोन लापोर्टाले जाभीलाई बर्खास्तको तयारी गरेका हुन् ।
यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए ।
तर केहि साता अघि मात्र प्रेसिडेन्ट लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरुसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए । साथै जाभीले बार्सिलोनाको आर्थिक अवस्था राम्रो नभएकोले रियल म्याड्रिडसँग प्रतिष्पर्धा गर्न मुश्किल भएको धारणा व्यक्त गरेका छन् ।
रिपोर्टका अनुसार बार्सिलोनाका केहि खेलाडीको विषयमा जाभी र व्यवस्थापनबीच फरक धारणा बनेपछि जाभीलाई हटाउने निष्कर्ष निकालिएको छ । साथै जाभीले हाल क्लबमा रहेका खेलाडीको क्षमता अनुसारको नतिजा निकाल्न नसकेको बोर्डको निष्कर्ष समेत रहेको बताइएको छ ।
न्युज कारखाना
रौतहट,०४ गते जेठ । रौतहटको बौधिमाई नगरापलिकामा कालेपत्रको मेयर प्रदिप यादवले शिलान्यास गरेका छन् । शुक्रबारको दिन बौधिमाई नगरपालिका वडा नम्बर ५ कोपवाको वडा कार्यालय देखि ईनारवारी जाने बाटोको बिजुली यादवको घरको मोड सम्म नगर स्तरिय योजनामा कालोपत्र सडकको लम्बाई ४१७ मि. र चौडाई ७ मि. को शिलान्यास .नगर प्रमुख यादव द्वारा सम्मपन्न भएको छ । आजको शिलान्यास कार्यक्रमको अध्यक्षता लक्ष्मी नारायण यादवले गर्न भएको थियो भने सो अवसरमा प्रमुख प्रशाकिय अधिकृत प्रमोद यादव ,विशिष्ट अतिथि वार्ड अध्यक्ष,तुरन्त नारायण यादव ,बिन्देशवर यादव कार्यपालिका, सदस्य सुनिल प्रसाद जयसवाल, आशा बैठा शिक्षा शाखा प्रमुख रमेश यादव साथै विभिन्न पार्टी को नेताकार्यकर्ता ,भर भलादमी हरु को उपस्थिती मा कालोपत्रे सडक को शिलन्यास कार्य सम्प्पन भएको छ।
रौतहट,०४ गते जेठ । रौतहटको गरुडाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले आज नगरपालिकाको वडा न.–५ शिवनगरमा ऐतिहासिक कार्यको शुरूवात गरेका छन् । शिवनगर गौर चन्द्रनिगाहपुर सडक खण्ड देखि अनुमानित २५० मिटर पुर्व शिव मन्दिर जोड्ने नयाँ बाटोको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले शुक्रबार शिलान्यास गरेका हुन् । जिल्लाको प्रसिद्ध धार्मिक स्थल शिवनगरमा विगत २० औं वर्ष देखी न निस्केको नयाँ बाटो सडक आज नगर प्रमुख जयसवालले निकालेर ऐतिहासिक कार्यको थालनी गरेको स्थानीयहरुले बताएका छन् । मेन रोडको सहायक बाटो नहुदा धार्मिक नगरी शिवनगरमा आज सम्म कुनै किसिमको विकास निर्माणकार्य नभएर यो ठाँउ जिल्लामै पछाडी परेको स्थानीय बासीले दुख व्यक्त गरे । अरुले गर्न न सकेको कार्य नगर प्रमुख जयसवालले गर्दा स्थानीयहरु खुशी हुँदै नगर प्रमुख जयसवालको खुलेर प्रशँसा एवं सराहना गरेका छन् ।
रौतहट,०४ गते जेठ । रौतहटको कटहरियामा आज जानकी जयन्ती मनाइएको छ । कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख शियाराम कुशवाहको सक्रियतामा जिल्लाको कटहरिया नगरपालिका स्थित कटहरियामा रहेको जानकि मन्दिर देखि झाकी समेत निकालि धुमधामका साथ जानकी नवमी मनाइएको छ ।
कटहरिया स्थित रहेको राम जानकी मठ (त्यागी बाबा)को मन्दिरबाट निकालिएको शोभायात्रा कटहरिया गाउँ बजार परिक्रमा गरिएको थियो ।
विभिन्न बजागजा सहित शोभायात्रा निकालिएको हो । शोभायात्रामा कटहरिया नगरपालिकाका पुर्व नगर प्रमुख सियाराम कुशवाहा, स्थानिय भद्र भलादमी, महिला लगायत विभिन्न राजनितिक दलका नेता कार्यकर्ता श्रद्धालु भक्तजन, मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । नेपालकी राष्ट्रिय विभूति जगत जननी सिता माताको जन्मोत्सव आज कटहरियामा पुर्व मेयर सियाराम कुशवाहाको नेतृत्वमा बिशेष भव्यताका साथ मनाईएकोछ । सिता माताको रथयात्रा सहित त्यागी बाबा मठमा आयोजित जानकी जयन्ती बिशेष समारोहमा विभिन्न सांस्कृतिक टोलीद्वारा धार्मिक कला प्रस्तुति गरिएको थियो ।
कटहरिया नगरपालिकामा तत्कालीन मेयर सियाराम कुशवाहाले २०७६ साल देखि निरन्तर जानकी जयन्ती मनाउदै आएकोछ । नगरप्रमुखमा सियाराम कुशवाहा पराजित भएपनि व्यक्तिगत पहलमा प्रत्येक वर्ष जानकी जयन्ती मनाईदै आएका छन् ।
गौर, ४ जेष्ठ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित पूर्व पछिम राजमार्गमा शुक्रबार बिहान यात्रु बाहक बस दुर्घटना भएको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने लच्कामा पूर्व बाट पछिम तर्फ आउदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो। जनकपुर बाट बिरगंज तर्फ जादै गरेको ना ४ ख ४१२४ नम्बरको यात्रु बाहक बस राजमार्गको लच्कामा दुर्घटना हुदा चालक सहित ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा परि घाइते हुने यात्रुहरुको अवस्था खतरामुक्त रहेको छ। बसको चालक धनुषा जनकपुर ७ घर भएका राजकुमार मण्डललाइ प्रहरीले हिरासतमा लिन सफल भएका छन् मण्डलको बाया हातमा चोट लागेका हुन। दुर्घटनामा परि रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका १ का मानबहादुर परियार, सर्लाही हरिवन–१ का सुरज कुमार भुजेल, उनको श्रीमती रीता भुजेल र २ वर्षकी छोरी रिसुजा भुजेल,बरहथवा–४ का अकल बहादुर विक, बरहथवा–५ का रुबी बेगम र उनको छोरा मोहम्मद अली हुसेनको टाउकोमा चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा ओभर टेक गर्न खोज्दा दुर्घटना हुन पुगेको अनुमान रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक गौरब महतले जनाएको छ। घाइते भएका मध्ये १२ जना सामान्य उपचार पछि घर फर्किएका छन् भने १ जनालाइ चन्द्रपुर अस्पतालले थप उपचारको लागि काठमाडौँ पठाएका छन् बाकी २० जनाको सिविल अस्पतालमा उपचार भई रहेको उहाले जानकारी दिएका छन्।