२०८३ श्रावण १९
२०८३ श्रावण १९

काठमाडौँ । बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ ।

योसँगै अर्जुन रामपाल १४ वर्षपछि यो फ्रान्चाइजीको हिस्सा बन्न सक्ने खबर पनि आएको छ । उनले फ्रेन्चाइजको पहिलो फिल्म हाउसफुलमा मेजर कृष्ण रावको भूमिका निभाएका थिए ।

यद्यपी निर्माताहरुले यी दुई कुराको आधिकारिक पुष्टि भने गरेका छैनन् ।

मिड डे रिपोर्टका अनुसार अनिल कपुर र फिल्मका निर्माता साजिद नाडियाडवालाबीच पारिश्रमिकको विषयमा कुरा नमिलेको बताइएको छ । जसका कारण अनिलले यो फिल्म छोडेका छन् ।

यो परिवर्तनपछि निर्माण पक्षले फिल्ममा नाना पाटेकरको चरित्रलाई पुन: लेख्न थालिएको छ । वास्तवमा, यसअघि फिल्ममा अनिल कपूरसँग उनको केमेस्ट्री देखिने थियो । बलिउड हंगामाको रिपोर्ट अनुसार अर्जुन रामपाल यो फ्रेन्चाइजीमा सामेल हुन सक्छन् ।

कास्टिङमा यति ठूलो परिवर्तन भए पनि हाउसफुल ५ को सुटिङ शेड्युलमा कुनै परिवर्तन नभएको रिपोर्टमा उल्लेख छ । फिल्मका निर्देशक तरुण मनसुखानीले अगस्टदेखि बेलायतमा छायांकन सुरु गर्ने भएका छन् । यो फिल्म यस वर्ष दीपावलीको अवसरमा रिलिज हुने भएको थियो । तर अब यो २०२५ मा रिलीज हुनेछ ।

निर्माताहरूले एक विज्ञप्ति जारी गर्दै भनेका थिए- हाउसफुल फ्रेन्चाइजको ठूलो सफलताको श्रेय दर्शकहरूलाई जान्छ । हाउसफुल ५ को कथा एकदमै फरक छ र जनतालाई पक्कै पनि मन पर्नेछ । यसलाई उत्कृष्ट भिएफएक्स पनि चाहिन्छ, जसका कारण रिलीज मिति विस्तार गरिएको छ। फिल्म ६ जुन, २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ । न्युज कारखाना

काठमाडौँ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो । विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५३ रन बनाए भने असिफ सेखले २३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै विन्डवार्ड्स भोल्क्यानोजले २० ओभरमा २०५ रन बनाएको थियो ।

यो हारसँगै नेपालले ३ खेलको सिरिज भने २-१ जितेको छ । विश्वकपको तयारीका लागि सेन्ट भिनसेन्ट पुगेको नेपाली टिम अब अमेरिकाको हस्टन फर्किने तालिका रहेको छ । हस्टनमा नेपालले २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।

आइसीसीले  सार्बजनिक गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।न्युज कारखाना

काठमाडौँ । जर्मनी बुण्डेसलिगामा बायर लिभरकुसेनले अपराजित रहदै सिजनको समाप्त गरेको छ ।

गएराती सम्पन्न सिजनको लिगको अन्तिम खेलमा लिभरकुसेनले अगस्बर्गलाई २-१ गोल अन्तरले पराजित गर्दै सिजनमा अपराजित रहेको हो । यस सिजनमा अपराजित रहदै पहिलो पटक लिभरकुसेनले बुण्डेसलिगाको उपाधि जितेको छ ।

लिभरकुसेन यसअघि ५ पटक उपविजेता बनेपनि लिगको उपाधि पहिलो पटक जितेको हो ।

लिभरकुसेन यस सिजनमा खेलेका सबै ५१ खेलमा अपराजित रहेको छ । त्यस्तै जर्मनी लिगमा भने लिभरकुसेनले ३४ खेलमा २८ जित र ६ बराबरी खेलेको छ । जर्मनी लिगमा लिभरकुसेनले ८९ गोल गर्यो भने २४ गोल खाएको छ ।

लिभरकुसेनले यस सिजनमा अझै दुई ट्रफी जित्न सक्ने देखिएको छ । लिभरकुसेन अब मे २३ मा युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्ने छ भने मे २५ मा जर्मनीको डिएफबी पोकलको फाइनलमा एफसी काइसेरस्लाउटर्नसँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।

म्यानचेस्टर सीटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । फोडेनले यस सिजनको लिगमा १७ गोल गरेका छन् भने कुल २५ गोलमा योगदान गरेका छन् ।

आइतबार हुने प्रिमियर लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई पराजित गरेमा लिगको उपाधि जित्ने छ ।

प्रिमियर लिगको उत्कृष्ट खेलाडीको सूचीमा फोडेनसहित म्यानचेस्टर सिटीकै इर्लिंग हालाण्ड, आर्सनलका मार्टिन ओडेगार्ड र डेकन राइस, लिभरपुलका भिर्गिल भान डाइक, न्यूक्यासलका एलेक्जेन्डर इसक, एस्टन भिल्लाका ओली वाटकिन्स तथा चेल्सीका कोले पाल्मर दौडमा थिए ।

चेल्सीका पाल्मर यस सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा भएका छन् । न्युज कारखाना

काठमाडौँ ।  रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १९१ रन बनाएपछि खेल बैंगलुरुले २७ रनले जितेको थियो । चेन्नईले प्लेअफमा स्थान बनाउन २०१ रन बनाउनुपर्नेमा चेन्नई सो रन बनाउन असफल भएको थियो ।

त्यसपछि बैंगलुरु समान १४ अंक भएपनि रनरेटका आधारमा प्लेअफमा छानिएको थियो ।

योसँगै यस सिजनको आइपिएलमा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।  जसमा कोलकोता, राजस्थान, सनराइजर्स र बैंगलुरु रहेका छन् । कोलकोता अंक तालिकामा शिर्ष स्थानमा कायम रहेको छ भने बैंगलुरु चौथो स्थानमा रहने पक्का भएको छ ।  अब आज हुने अन्तिम खेलले दोस्रो र तेस्रो स्थानको टुंगो लगाउने छ ।

आइपिएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुदै छन् ।  आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकोता र राजस्थान खेल्दै छन् । न्युज कारखाना

काठमाडौँ । इजरायली सेनाले गाजामा तीन इजरायली बन्धकहरूको शव फेला पारेको छ । तीमध्ये एक केटीको शव पनि छ, जसलाई हमास लडाकुहरूले गाजाको सडकमा तानेर परेड गरेको थियो । नोभेम्बर २०२३ मा सेनाले यी बालिकाको काटिएको टाउको फेला पारेको थियो ।

युवतीको पहिचान इजरायली मूलकी जर्मन शनि लुकको रूपमा भएको थियो । २२ वर्षीय शनि ६ अक्टोबर २०२३ मा आयोजित नोभा म्युजिक फेस्टिभलमा सहभागी हुन आएकी थिइन् । यहाँ ७ अक्टोबरको बिहान, हमास लडाकुहरूले आक्रमण र गोलीबारी गरेर धेरै मानिसहरूलाई बन्धक बनाएका थिए ।

समाचार एजेन्सी एपीका अनुसार अन्य दुई शव २८ वर्षीय अमित बुस्किला र ५६ वर्षीय इत्जाक गेलेर्न्टरको रूपमा पहिचान गरिएको छ । तीनै जना आफ्नो ज्यान जोगाउन म्युजिक फेस्टिभबाट भागेका थिए तर हमास लडाकुहरूले समातेका थिए ।

इजरायली सेनाले गाजाको कुन क्षेत्रमा शव फेला परेको बताएको छैन । अहिले रफाह क्षेत्रमा सेनाले आक्रमण गरिरहेको छ । सेनाले रफाह क्षेत्रमा बन्धकहरूलाई कब्जामा लिएको सूचना प्राप्त भएको बताएको छ । उनीहरुको उद्दारका लागि सो क्षेत्रमा अभियान चलिरहेको छ ।

अक्टोबर ७ मा भएको आक्रमणमा २५३ जनालाई बन्धक बनाइएको थियो । तीमध्ये करिब १३० इजरायली नागरिक अझै हमासको बन्दीमा छन्। नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविराम थियो । यस क्रममा धेरै बन्धकहरूलाई रिहा गरियो । त्यसयता युद्धविरामका लागि विभिन्न प्रयासहरु भएपनि सफलता भने पाउन सकेको छैन ।न्युज कारखाना

काठमाडौँ । प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ ।

संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरूपमा अघि बढ्ने विश्वास गरिएको छ ।

छानबिन समिति गठन गर्ने विषयमा शनिबार छलफल भएको थियो । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले सत्तारुढ दलका नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए ।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजे बस्ने गरि बोलाइएको छ ।
न्युज कारखाना

काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको वैठक बिना अवरोध चल्ने देखिएको छ ।

यद्यपी संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ । टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ ।न्युज कारखाना

रौतहट,०५ गते जेठ । अहिले मिडिया संकटमा छन् यसलाइ बचाउने जिम्मा राज्यकै रहेको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् । रौतहटको चन्द्रपुरमा हाइवे न्यूज दैनिकको १२ औं वार्षिकोत्सवमा प्रमुख अतिथीको आसन बाट बोल्दै उनले यस्तो बताएका छन् । सञ्चारमाध्यम,पत्रपत्रिका अहिले पिडामा छन् । राज्यका विभिन्न निकायले पत्रपत्रिका जोगाउनुु पर्छ । यसको संरक्षण गर्ने प्रमुख दायित्व राज्य पक्ष बाटै हुनुु पर्दछ यसमा राज्य धेरै ठूलो हात हुन्छ भन्ने उनको धारणा थियो । आम रुपमा सञ्चारमाध्यम देश र जनताको लागि भएकोले बचाउने जिम्मा पनि देशकै हुन्छ । तर सरकारले यो कुरा बुुझन नसक्नु धेरै दुःखको कुुरा रहेको बताए । राजनितिक दललाइ केही अप्ठ्यारो पर्यो भन्ने,व्यस्थामाथि खलल पुुग्न थाल्यो भने सबैभन्दा पहिला सञ्चारमाध्यम लाइ गुहार्ने चलन छ । तर सञ्चारकर्मी अप्ठ्यारोमा परेको काही कतैबाट हतपती आवाज सुनेको पाइदैन् । सबभन्दा पहिला फ्रान्टमा सञ्चारमाध्यमनै आउने गर्छ । तर यसकै लागि सरकारी तवर बाट वेवास्ता गरेको देखिन्छ । उनले भने,अहिले पत्रपत्रिका संकटमा छन् । त्यसैले राज्यले विज्ञापन नितिमा विभेद गर्नुु हुँदैन् । स्थानिय सरकारलाइ स्थानिय स्तरको सञ्चार माध्यमलाइ प्राथमिकता दिन पनि आग्रह गरे । पत्रकारितामा अहिले डिजिटल युुग भएकोले सञ्चार माध्यमहरुले पनि आफूले सोहीअनुरुप ढाल्नुपर्ने सुुझाव दिए । समय अनुसार सञ्चार माध्यम चल्न सकेन भने पत्रकारिताको विकास हुन सकदैन् । डिजिटल युुग अनुसार सञ्चारमाध्यमले फडको मार्न सकेन्न् भने अगाडी बढन् सक्दैन् । त्यस्तै सामाजिक संजाललाइ आफनो हितमा कसरी सदुपयोग गर्ने मिडियाको हितमा काम गर्न सकिनछ यतातिर ध्यान दिनुपर्ने जरुरी छ । यसो गर्दा सबैतिर पहुँच भएपछि सबैतिर बाट विज्ञापन आउने विश्वास व्यक्त गरे । सबैभन्दा प्रभावकारी सञ्चार माध्यम रेडियो डुबि रहँदा चिन्ता पनि व्यक्त गरे । यसमा हामी अलि समय सापेक्ष भएर समाचार सम्बन्धि र विज्ञापन सम्बन्धि नितिमा बहस गरेर सुुधारेर अगाडी बढने हो भने यी सबै चिजको सामाधान हुन सक्ने बताए । पत्रकारहरु अब खोजी अनुुसंधान मूलक समाचार अरु भन्दा फरक बनाउनुु पर्नेमा उनको जोड थियो । अहिलेको पत्रकारितामा मौलीक प्रस्तुती कम आइरहेको छ । त्यसलाइ बढाउनु पर्छ भन्ने उनको भनाइ थियो । पत्रकारिता अरु पेशा भन्दा फरक विदा हो । त्यसैले अलि फरक ढंगले जानुुपर्छ । महांघको सुद्धिकरण अभियानको बारेमा महासंघलाइ रिन्यू गर्नुपर्ने जरुरी रहेको सुुझाव दिए । पत्रकारिता भित्र परिपक्कताको खोजने प्रवृतिको खडेरी लागेको बताए । साथै उनले डिजिटल मिडिया बाट पिडित हुुनेको संख्या बढेको छ । काउन्सिलमा उजुरीको चांग लागेको लागेको जानकारी गराए । एक अर्को प्रसंगमा उनले, अब मिडियाको एजेण्डा पनि जलवायुु परिवर्तनको एजेण्डा हुनुुपर्छ भन्ने धारणा राखे । रचनात्मक काम वा अभियान अब मिडियाको कन्टेन्ट हुनुपर्छ । राजनितिक किचलो मात्रै होइन् राम्रो कामको बारेमा पनि मिडियाको कन्टेन्ट हुनुपर्छ । समृद्धिका कथाहरु पनि लेख्नु पर्यो । समाचारका विषयवस्तुपरिवर्तन गर्न सकेनौ भने पत्रिकाको पुर्नजागरण हुने सम्भावना कमै छ । इतिहासमा थियो भने समय आउन सकछ । त्यसैले राज्य यसमा गम्भिर हुनुुपर्ने आवश्यकता देखिएको बताए ।

राैतहट,०५ गते जेठ । विदाकाे दिन पनि सरकारी कार्यालयमा सेवा प्रभाव भएको हाे भन्दा पत्यार नलाग्न सक्छ । तर यस्ताे चाहिँ भएको हाे । राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ४ काे वडा कार्यालयमा विदाकाे दिन पनि सेवा प्रवाह भएको छ । शनिबार राष्ट्रिय परिचयपत्र बनाउने काम उक्त वडा बाट गरिएको वडाका कर्मचारी छाेटेलाल मिश्रले जानकारी गराएका हुन् । साे वडाका वडा अध्यक्ष चन्दन कुशवाहा विदाकाे दिनमा आफै कार्यालयमा पुगेपछि कर्मचारीहरूले पनि हाेस्टेमा हईसे गर्दै सेवा प्रवाह गरेका हुन् । सरकारी कार्यालयमा कर्मचारीहरू समयमा आउँदैन । सेवा प्रवाहमा ढिलासुस्ती गर्ने गरेकाे गुणासाे आउने गरेका छन् । तर यस लाई चिर्दै साे वडाका कर्मचारीहरूले उदाहरणीय काम गरेका छन् । कतिपय सरकारी कार्यालयमा ११/१२ कार्यालयमा पुग्ने र छिट्टै अफिसबाट निस्किहाल्ने बानी धेरै कर्मचारीहरूकाे हुन्छन् । तर यसरी कर्मचारीहरूले सेवा प्रवाह गर्ने हाे भने विस्तारै सेवाग्राहीकाे मन जित्न सकिन्छ । अहिले कटहरिया नगरपालिकाकाे विभिन्न वडाहरूमा राष्ट्रिय परिचयपत्र बनाउने काम भईरहेकाे छ । यसै क्रममा राष्ट्रिय परिचयपत्र बनाउने टाेली उक्त वडामा पुगेको छ । टाेलीकाे काममा सहयोग पुगाेस् र सबै वडावासीकाे राष्ट्रिय परिचयपत्र बनाेस् तथा काेही पनि नछुटुन भन्ने उदेश्य विदा दिन पनि सेवा प्रवाह भएको वडा चन्दन कुशवाहाले बताए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।