२०८३ श्रावण १७
२०८३ श्रावण १७

काठमाडौँ । बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्सले अर्को महामारीको चेतावनी दिएका छन्। उनले केही समयपछि अर्को महामारी आउने निश्चित रहेको बताए । पूर्ववैज्ञानिक सल्लाहकारले आगामी सरकारलाई यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

उनले कोरोना जस्तो परिस्थितिसँग जुध्न तयार रहनुपर्ने बताए । महामारीको सामना गर्न हामी अझै तयार नभएको उनले जोड दिए । द गार्डियनको रिपोर्टका अनुसार, एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्यालेन्सले भने, हामीले सुरुमा खतराहरू पत्ता लगाउन राम्रो निगरानी प्रणाली स्थापना गर्न आवश्यक छ ।

भ्यालेन्सले देशमा चुनाव भइरहेका बेला यो उपयुक्त समय भएको बताए । महामारीको खतरालाई चुनावमा मुद्दा बनाउनु महत्त्वपूर्ण छ। उनले चुनावपछि आउने सरकारलाई महामारीको अवस्थामा छिटो निदान परीक्षण, खोप छिटो उपलब्ध गराउने जस्ता विषयमा काम गर्न सुझाव दिएका छन् ।

भ्यालेन्सले २०२१ मा जी ७ देशका नेताहरूको बैठकमा भने,  महामारीको बिरूद्ध एकजुट हुनु आवश्यक छ। यसका लागि हामीले र्‍यापिड डाइग्नोस्टिक टेस्ट, र्‍यापिड भ्याक्सिन र र्‍यापिड ट्रिटमेन्ट गर्नुपर्छ ताकि खतरा कम गर्न सकियोस् ।

भ्यालेन्सले जी ७ ले २०२३ सम्ममा उनको सल्लाह बिर्सिएको आरोप लगाए । उनले जी ७ वा जी २० देशको एजेन्डाबाट महामारीको विषयलाई हटाइयो भने अवस्था पहिले जस्तै हुनसक्ने बताए। उनले महामारीलाई युद्ध जस्तै सामना गर्नुपर्ने बताए ।

उनले भनेका थिए – ‘हामीसँग सेना छ । यो यस वर्ष युद्ध हुने भएकोले होइन । बरु, हामी जान्दछौं कि यो राष्ट्रको अस्तित्वको लागि आवश्यक चीज हो। त्यसैगरी हामीले महामारीलाई पनि हेर्नुपर्छ। यसको सामना गर्न हामी सधैं तयार हुनुपर्छ ।’

उनले कोरोनाको दोस्रो चरणमा सुनकले मानिसलाई मर्न छोडेको आरोप लगाएका थिए ।

यद्यपि, भ्यालेन्सले सुनक सरकारको धुम्रपान विरोधी विधेयकको प्रशंसा गरेका छन्। यो विधेयक पारित भएपछि बेलायतका नाबालिग युवाहरूले सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् । हाल बेलायतमा चुरोट किन्नको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ ।

सुनक सरकार हरेक वर्ष यसलाई बढाउन चाहन्छ । तर, भ्यालेन्सले निर्वाचनअघि विधेयक पारित नहुनेमा आफू निराश भएको बताए ।

प्याट्रिक भ्यालेन्स अप्रिल २०१८ देखि २०२३ सम्म बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार रहेका थिए । उनको कार्यकालमा बेलायतलगायत सम्पूर्ण विश्वले कोरोनाको प्रकोपको सामना गर्नुपरेको थियो । यस अवधिमा भ्यालेन्सले बेलायती सरकारलाई कोरोनाविरुद्ध नीति बनाउन मद्दत गरे। उनको उपलब्धिको लागि, उनलाई सन् २०२२ मा ‘सर’ उपाधि दिइएको थियो । न्युज कारखाना

काठमाडौँ । भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो ।

मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागलेभनेको छ, ‘चक्रवात रेमबाट सुरु भएको आइजवलमा पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ ।

मिजोरम सीएमले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको र पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ ।न्युज कारखाना

काठमाडौँ । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन् ।

साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।

अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो सलमान स्टारर फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए ।

यस महिनाको सुरुमा, मे ९ मा, निर्माताहरूले फिल्मसँग सम्बन्धित अर्को घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए  । न्युज कारखाना

भक्तपुर । नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगितामा दोलखाका आशिश फुँयाल प्रथम हुन सफल भएका छन् । गणतन्त्र दिवसको अवसरमा मंगलबार भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा भएको प्रतियोगितामा बद्रीलाल नेपाली काठमाडौं द्धितीय र धिरेन राई काठमाडौं तृतीय हुन सफल भए ।
प्रतियोगितामा तीन नै जनाले समान अंक प्राप्त गरे पनि टाइ ब्रेकमा आशिश पहिलो हुन सफल भएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयसहित विभिन्न विधामा सर्वाेत्कृष्ट १८ जनालाई नगद, ट्रफीसहित प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै यी तीनसहित कुल १८ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा कुल ८० खेलाडीहरु सहभागी भएका थिए । उनीहरु विभिन्न २४ जिल्लाका रहेका थिए । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइएको थियो ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रायोजक नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण समारोहमा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय अध्यक्ष हेराकाजी महर्जन, प्रतियोगिता सञ्चालन गर्न गठित समितिका संयोजक चेसका भेट्रान्स् गणेशमान दुवाल, प्रमुख निर्णाय ज्ञानेन्द्र खाइजूलगायतले प्रतियोगिताको विविध विषयमा चर्चा गरे ।
प्रतियोगितमा सहभागीमध्ये भक्तपुरबाट सहभागीहरुमा निकेन कुशाथा विजयी भए । उनले नौ राउण्डमा सात अंक प्राप्त गरेका थिए । प्रतियोगितामा भक्तपुरबाट मात्रै ३० जना प्रतिस्पर्धी रहेको कार्यक्रममा जनाइयो ।
प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा भएको हो ।   न्युज कारखाना

काठमाडौँ ,। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ को आयोजना गर्दै छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिएका छन् ।

भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुनेछ ।

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ । भेला जेठ १६ र १७ गते प्रज्ञा भवन कमलालीमा सञ्चालन हुनेछ ।

भेलामा सहभागीहरुले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेका केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् ।न्युज कारखाना

राैतहट,१५ गते जेठ । देशमा सबैभन्दा कम साक्षरता रहेको जिल्लाका तिन विद्यालय देशमै उत्कृष्ट देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको माध्यमिक शिक्षा परीक्षासम्बन्धी तथ्यांकमा रौतहटका तिन सामुदायिक विद्यालय उत्कृष्ट देखिएका हुन् । कम्तीमा एक सयभन्दा बढी विद्यार्थी सहभागी गराई तिस प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अंक (जिपिए) ३.२ वा सोभन्दा माथि प्राप्त गर्ने सामुदायिक विद्यालय देशभरमा १५ रहेकामा रौतहटका तिन विद्यालय परेका छन् । मन्त्रालयको स्रोतमा १५ विद्यालयमध्ये रौतहटका विद्यालय माथिल्लो दशभित्रै परेका छन् । देशमा मावि गरुडाले तेस्रो स्थान प्राप्त गरेको छ । १८८ विद्यार्थी एसइइमा समावेश गराएको गरुडा नगरपालिका ४ स्थित माध्यमिक विद्यालयले ६१.१४ प्रतिशत विद्यार्थीसहित देशमा तेस्रो स्थान हासिल गरेको हो । विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेलले विद्यालयमा शिक्षक विद्यार्थी अनुपात नमिलेको भए पनि शिक्षक विद्यार्थीहरुको परिश्रमका साथै आफ्नो योजनाबद्ध शैक्षिक योजनालाई कार्यरुप दिँदा विद्यालयले शैक्षिक उपलब्धि हासिल गरेको बताएका छन् । यसै गरी ४४१ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै जुद्ध मावि गौर ५२.८३ प्रतिशत विद्यार्थीसहित देशमा पाँचौँ तथा २४८ विद्यार्थीलाई एसइइमा सहभागी गराउँदै सरस्वती मावि पिपरा भलोहिया ४७.९८ प्रतिशत विद्यार्थीसहित देशमा सातौँ स्थान ग्रहण गरेका छन् । देशका १५ उत्कृष्ट विद्यालयमा मधेश प्रदेशको अन्य जिल्लाका कुनै पनि विद्यालय परेका छैनन् ।

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ।

हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। ।कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।न्युज कारखाना

 

 

आजमिति २०८१ साल जेठ १६ गते बुधवार तदअनुसार मे २९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको षष्ठी तिथी,श्रवण नक्षत्र, । ईन्द्र योग  ।  चन्द्र राशि मकर । यो  शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२९ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१०

• सुर्यास्त: बेलुका ०६:५३ बजे

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

मैष

आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।

 

• शुभ रंग: रातो

 

• शुभ अंक – ९

 

 

बृष

 

समय ठिक छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

 

 

 

शुभ रंग: सेतो

 

• शुभ अंक – ८

 

मिथुन

समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

 

 

• शुभ रंग: हरीयो

 

• शुभ अंक – ३

 

कर्कट

समय मध्यम छ । साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।अनावश्यक खर्चबाट बच्नुहोस।

समय मध्यम छ। शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। काममा ध्यान दिनुहोस् । आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्। मनलाई शान्त बनाउनुहोस् । आर्थिक स्थिति सुधार हुन सक्छ। बचतमा विचार गर्नुहोस्।

शुभ रङ्ग: चादि

 

• शुभ अंक – ९

 

 

 

 

 

शिंह

समय ठिकै छ ।

धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

 

 

• शुभ रंग: निलो

 

• शुभ अंक – ८

 

कन्या

 

 

समय मध्यम छ । स्वास्थ्यमा ध्यान दिनुहोस्। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

 

• शुभ रंग: हरियो

 

• शुभ अंक – २

 

तुला

 

समय राम्रो छ। शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। काममा ध्यान दिनुहोस् । आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।

 

• शुभ रंग: सेतो

 

• शुभ अंक – ७

 

 

 

बृश्चिक

 

 

समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, आर्थिक वचत गर्नुहोस्। प्रेमका लागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् । ठुलो र एकल निर्णय गर्दा विचार पुर्याउनुहोला ।

 

 

 

• शुभ रंग: हरियो

 

• शुभ अंक – ६

 

 

 

 

 

धनु

समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

 

 

• शुभ रंग: पहेलो

 

• शुभ अंक – ४

 

 

 

मकर

 

 

 

समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

 

 

• शुभ रंग: निलो

• शुभ अंक – २

 

 

 

कुम्भ

समय मध्यम छ । स्वास्थ्यको लागि समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र अनावश्यक खर्चबाट जोगिदै बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् । स्थिर मनबाट फाईदा हुनेछ ।

• शुभ अंक – ६

 

• शुभ रंग : कालो

 

 

मिन

समय ठिकै छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

 

• शुभ रंग: हरियो

 

• शुभ अंक – ५

 

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना

काठमाडौँ । सरकारले एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा सहकारी ठगि सम्बन्धि संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।

७ सदस्यीय समितिमा एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् ।  त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन् ।

आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।