काठमाडौं । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ ।
एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको हो ।
त्यस्तै गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताएका छन् । प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् ।
स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । पृथ्वी सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टिकरण सोधेको गण्डकीमा चर्चा रहेको छ । गुरुङ कास्की ३ को क बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डकरीलाई दोब्बरमतले हराउँदै निर्वाचित भएका हुन् ।न्युज कारखाना
काठमाडौँ । नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ ।
सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।
नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।
यस समुहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ । त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।न्युज कारखाना
काठमाडौँ । बेलायतको शाही परिवारकी प्रिन्सेस अफ वेल्स केट मिडलटनले आफ्नो क्यान्सर उपचारको बारेमा अपडेट दिएकी छिन् । मिडलटनले आफू केमोथेरापी लिइरहेको र स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा खतरामुक्त नभएको जानकारी गराएकी छन् । साथै उनले उपचारका क्रममा राम्रा र नराम्रा दिनहरू देखिरहेको बताएकी छन् ।
केटले अबको केही महिनामा केही सार्वजनिक हुने आशा पनि व्यक्त गरेकी छन् ।
केट मिडलटनले मार्चमा एउटा भिडियो जारी गर्दै आफू क्यान्सरका कारण केमोथेरापी लिइरहेको बताएकी थिइन् । केट गत डिसेम्बरदेखि सार्वजनिक रूपमा देखा परेकी थिइनन् ।
केटले भनेकी छन्, ‘मानिसको सन्देशबाट मलाई साहस मिलेको छ । पछिल्ला केही महिनामा मानिसहरूले मलाई समर्थन गर्दै सन्देश पठाएका छन् । यी सन्देशहरूले विलियम र मलाई धेरै साहस दिएको छ । मेरो अवस्था सुधार हुँदैछ, तर केमोथेरापीबाट गुज्रिएका जो कोहीलाई थाहा छ, केमोथेरापीका राम्रा र नराम्रा दिनहरू हुन्छन् । खराब दिनहरूमा तपाईं कमजोर र थकित महसुस गर्नुहुन्छ र तपाईंले आफ्नो शरीरलाई आराम गर्न आवश्यक छ । तर राम्रो दिनहरूमा तपाईं बलियो महसुस गर्नुहुन्छ र तपाईं यस समयलाई सकेसम्म बाँच्न चाहनुहुन्छ ।’
मिडलटनले गत मार्च २२ मा उनको क्यान्सरको बारेमा जानकारी दिँदै एक भिडियो सन्देश जारी गरेकी थिइन् । केटको पेटको शल्यक्रिया जनवरी २०२४ मा भएको थियो । उनी दुई साता अस्पतालमै बसकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । जसका कारण उनको स्वास्थ्यमा धेरै प्रश्न उठ्न थालेको थियो ।
जनवरीमा राजा चार्ल्सलाई पनि क्यान्सर भएको खबर बाहिर आएको थियो । उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । त्यतिबेला उनको शरीरमा अन्य रोगको लक्षण देखा परेको थियो । यसपछि बकिङ्घम प्यालेसले ती लक्षणहरूको अनुसन्धानले एक प्रकारको क्यान्सर भएको पुष्टि गरेको बताएको छ । न्युज कारखाना
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा १६०० ले बढेको छ ।
आज सुन तोलामा एक लाख ४२ हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस अघि शुक्रबार सुनको मूल्य १ लाख ४१ हजार २०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।
दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए ।
“चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ,” प्रधानमन्त्रीले भने, “तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो ।”
विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू गर्नुपर्ने बताउँदै उहाँले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागिसमेत सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।
वृक्षारोपण कार्यक्रमले आम जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश दिएको प्रवाह भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विगत वर्षहरूमा नदी उकास क्षेत्र लगायतका खाली र क्षतिग्रस्त करिव दश हजार हेक्टर भूमिमा विभिन्न प्रजातिका बिरुवा वृक्षारोपण, स्थानीय जनतालाई बाँस र फलफूलका बिरूवा बितरण गरेको बताए । उनले करिब ३ करोड गुणस्तरीय रूख प्रजातिका बिरूवा उत्पादन र वितरणमार्फत् ‘हरियाली प्रवर्द्धन र पारिस्थितिकीय प्रणालीको पुनःस्थापना गर्दै आएकोमा समितिप्रति आभार प्रकट गरे ।
वृक्षारोपण गरिएका बिरूवाहरूको संरक्षण र स्याहार सम्भार गर्ने कार्य उत्तिकै महत्वपूर्ण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । “जबसम्म रोपेका बिरूवा हुर्किएर उत्पादित वस्तु वा सेवा स्थानीय समुदायले प्राप्त गर्दैनन्, तबसम्म यसको निरन्तर संरक्षण गर्नुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस कार्यमा तीनै तहका सरकार, सरकारका निकायहरू, सामुदायिक वन उपभोक्ता समूह, नागरिक समाज, निजी क्षेत्र र गैरसरकारी सङ्घसंस्थाहरूलाई सहकार्य र समन्वयका लागि म हार्दिक अपील गर्दछु ।” उहाँले आगामी दिनमा चुरे तराई मधेशको संरक्षण र जनताको जीवनस्तर सुधारमा हरित अभियान बहुउपयोगी होस् भन्ने कामना गरे ।
नेपालको पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे पर्वत भू–जैविक, भौगर्भिक दृष्टिकोणले अत्यन्त संवेदनशील, जैविक विविधता र संस्कृतिमा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएको बताउँदै प्रधानमन्त्रीले प्रचण्डले चुरे पर्वतीय प्रणालीले नै पहाड, दुन, भावर तथा तराई–मधेशको सम्बन्ध एक आपसमा अन्योन्याश्रित रूपले गाँसेको उल्लेख गरे ।
“चुरे पर्वतीय प्रणाली तराई–मधेशको पानीको स्रोत हो, चुरे क्षेत्रमा भएका प्राकृतिक सम्पदाहरू यसको तल्लोतटीय क्षेत्र अर्थात् मधेशमा बस्ने जनसमुदायका लागि जीवनरेखा हुन्,” प्रधानमन्त्रीले भने, “तर आज जान वा अञ्जानमा चुरे संरक्षण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरू मानवीय अतिक्रमणको दुष्चक्रमा परेका छन् । विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड श्रृङ्खला कमजोर भएको छ ।”
ढुङ्गा, गिट्टी, बालुवाको सङ्कलन र उत्खननले चुरे क्षेत्रको दोहन बढेको बताउँदै प्रधानमन्त्रीले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भीर सङ्कट पैदा गरेको बताए । उनले चुरे क्षेत्रमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अव्यवस्थित भौतिक पूर्वाधार निर्माण, भू–क्षय जस्ता कारण यसको संरक्षण दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताए ।
“प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौँ भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, तराई–मधेशका जनतालाई विपदबाट बचाउन चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररूपमा बाँच्न दिनुपर्दछ ।”
तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेत ख्याल गर्दै व्यवस्थित भौतिक विकासको अवधारणाअनुरूप वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र वालुवाको सङ्कलन तथा उत्खनन् गर्नसमेत प्रधानमन्त्रीको आग्रह छ ।न्युज कारखाना
रौतहट,३० जेठ गते ।
रौतहटको फतुुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मा रहेको श्री आधारभूत बिधालय मेवा नमूनाको रुपमा स्थापित होस् भन्ने आफनो चाहना रहेको प्रधानाध्यापक रामजन्म महतो कहारले बताएका छन् । बिधालयकमा नयाँ प्रधानाध्यापकको रुपमा जिम्मेवारी पाएपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्र्दै उनले यस्तो बताएका हुन् । उनले भने,यो बिधालय राम्रो बिधालय बनोस् भन्ने आफनो उदेश्य रहेको बताए । आफूले उदेश्य अनुरुप नै अगाडी बढने बताए । प्रअको जिम्मेवारी भएपनि आफूले ७ घण्टी सम्म कक्षा लिने गरेको उनको भनाइ छ । जसकारण यस शैक्षिक सत्रको नयाँ भर्ना अभियानमा १ सय ५० जना भन्दा बढी बिधार्थी भर्ना भएको जनाए । करिब ५ सय भन्दा बढी बिधार्थी रहेको उक्त बिधालयमा छिमेकी जिल्ला बाराका बिधार्थीहरु पनि पढन आउने गरेको सुनाए । यस बिधालयमा गुणस्तरीय पढाइ हुन थालेपछि बारा जिल्लाको रुपौलिया,टेढा,भटिनिया, विर्ता र बतरा समेतका बिधार्थीहरु यहाँ पढन आउने गरेको प्रअ कहारको भनाइ छ । प्रअ कहारले भने,यो बिधालयमा सौचालयको समस्या,खानेपानी,बेन्च लगायतका समस्यहरु छन् । यसको व्यवस्थान गर्नुुपर्ने चुनौती छ । यसको सामाधानको लागि स्थानिय सरकार सँग समन्वय गरेर बढने बताए । यस बिधालयमा शिक्षकको अभावको पनि सामना गर्नु परिहेको सुनाए । शिक्षक अभावमा एउटै कक्षाकोठामा दुुइ कक्षाका बिधार्थीहरु लाइ राखेर पढाउनुु पर्ने बाध्यता रहेको सुनाए । बिधार्थी अनुपातमा शिक्षक नरहेको सुनाए । यसप्रति सरकार ध्यानदिनुपर्ने धारणा राखे । आधारभूत मेवा फतुवा बिजयपुर शिक्षाको क्षेत्रमा मजबूत बिधालय बनोस् भन्ने आफनो चाहना रहेको उनले बताए । आफूलाइ अभिभावकहरुको साथ सहयोग सधैं रहिरहनेमा आफू विश्वस्त रहेको बताए ।
काठमाडौँ । काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्-
३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।
काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।
काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।न्युज कारखाना
रौतहट २ असार ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको बिवाद मिले संगै प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान पक्का भएका छन।
पूर्व प्रशासकिय अधिकृत वकील पाल लाई राख्ने मेयर अम्बेया खातुनको अडान र अन्य जनप्रतिनिधिले प्रधान लाई राख्ने अडान लिएपछि नगरपालिकामा बिवाद उत्पन्न भएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकसाता अघि उपसचिव प्रधानलाई त्यहाँ सरुवा गरेको थियो। मन्त्रालयको निर्णय अनुसार उपसचिव प्रधान पाँचदिन अघि त्यहाँ हाजिर समेत भएका थिए। उनलाई मेयर बाहेकका जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरुले स्वागत समेत गरेका थिए।
तर कार्यवाहक मेयर खातुन प्रधानलाई अनेकथरी अपशब्द प्रयोग गर्दै उनलाई प्रमुख प्रशासकिय अधिकृतको रूपमा स्वीकार नगर्ने अडान लिएकि थिइन्। उनको श्रीमान महमद सेराजले मेयरको सहमती बिपरित केही नेताले चलखेल गरेर प्रधानलाई ल्याएको आरोप लगाउँदै आएका थिए।
तर सनिवार रौतहटका सिडियो हिरालाल रेग्मिको पहलमा फतुवा विजयपुरको समस्या समाधान भएको छ।
सिडियो रेग्मीको अगुवाईमा प्रमुख प्रशासकिय अधिकृत उप सचिव सुरेन्द्र प्रधान र कार्यबाहक नगर प्रमुख अम्बेया खातुन बीचको मतभेद अन्त्य भएको छ । बिकास निर्माणका सवालमा मिलेर जाने र कार्यबाहक नगर प्रमुख खातुन,वडा अध्यक्ष लगायतका जनप्रतिनिधि सङको सहकार्यमा नगरको विकास निर्माणको काम अगाडि बढाउने सहमती भएको छ।
सहमती पछि जिल्ला प्रशासन कार्यालय भित्रै सिडियो रेग्मी, मेयर खातुन, अधिकृत प्रधान तथा नेताहरु सम्मिलित खिचिएको तस्विर सनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।
यस अघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका वकील पाल मन्त्रालयको निर्देशन अनुसार आफ्नो दरबन्दीमा जाने भएका छन्।
यसका साथै उपसचिव सुरेन्द्र प्रधानलाई दोहरो जिम्मेवारी थपिएको छ। यस अघि उनी कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा कार्यरत रहेका छन। फतुवा बिजयपुर नगरपालिकामा निर्वाचीत मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजाय तोकिएपछि उनको पद रिक्त भएको थियो।
लगत्तै उपमेयर अम्बेया खातुनले कार्यवाहकको जिम्मेवारी पाएदेखि नै उनी र अन्य जनप्रतिनिधि बिच बजेट भागबण्डाको बिषय लिएर पटकपटक बिवाद हुँदै आएको छ ।न्युज कारखाना
काठमाडौँ । इटाली र जर्मनीका नेताहरूले युक्रेन युद्ध रोक्न भ्लादिमिर पुटिनको प्रस्तावलाई अस्वीकार गरेका छन् । पुटिनले युद्धविरामका लागि दुई शर्त राखेका थिए ।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्वीट्जरल्याण्डमा इटाली र जर्मनीका नेताहरूले युद्ध रोक्न रूसी राष्ट्रपति पुटिनको सर्तहरू पूर्ण रूपमा अस्वीकार गरेका हुन् ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युद्ध रोक्न राष्ट्रपति पुटिनको योजनालाई प्रोपागाण्डा भनेका छन् । उनले यसमा युक्रेनलाई नै युक्रेनबाट बाहिर जान भनिएको बताए ।
जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको शान्ति योजनालाई ‘तानाशाही शान्ति’ भन्दै खारेज गरेका छन् ।
युक्रेनमा शान्तिका लागि भएको दुई दिने शिखर सम्मेलनअघि पुटिनले युद्धविरामका लागि आफ्नो शर्त राखेका थिए ।
शुक्रबार पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र युक्रेनले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताएका थिए । यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्व संस्थाहरु सहभागी छन् । न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् ।
उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुगेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
त्यसैगरी असार २ गते सोही उहाँले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने छन् ।न्युज कारखाना