काठमाडौँ । इङल्याण्डले युरोकपमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा इङल्याण्डले सर्बियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
इङल्याण्डको जितमा खेलको १३औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
समुह सी मा रहेको इङल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
अब इङल्याण्डले अर्को खेल जुन २० मा डेनमार्कविरुद्ध खेल्ने छ भने सर्बियाले जुन २० मै स्लोभेनियाविरुद्ध खेल्ने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ।
सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो।
पराजित भएसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा नेपालका लागि कुशल मल्लले एक चौका र एक छक्काको मद्दतमा ४० बलमा सर्वाधिक २७ रन जोडे।
दीपेन्द्र सिंह ऐरीले २५ रन बनाउँदा ओपनर आसिफ शेखले १४ बलमा १७ रन जोडे।
नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट हात पारे।न्युज कारखाना
वर्लिन ( जर्मनी ) । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार विशेष स्वागत समारोह आयोजना गरेको छ।
राष्ट्रपति पौडेलको सम्मानमा आयोजित समारोहमा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र यहाँस्थित नेपालीको सहभागिता थियो। साे अवसरमा राष्ट्रपति पाैडेलले एक पटकको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटाे र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे। 
‘जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयाेगबाट नेपालकाे आर्थिक विकासमा याेगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु’, राष्ट्रपति पाैडेलले भने। उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनकाे सम्मेलनलाई सम्बाेधन गर्दै श्रम र सामाजिक न्यायकाे सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे। उनले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वकाे साझा चुनाैति रहेकाे बताउदै खासगरी यसका कारक नरहेका विकाससील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जाेड दिए।
सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहास्थित नेपालीहरूले स्वागत गरेका थिए।
सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिकाे सम्बन्ध, विकास र सहयाेगका बहुआयामिक पक्षबारे जानकारी गराएका थिए। साथै, जर्मनमा रहेका नेपालीकाे अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेकाे सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फका राष्ट्रपति पाैडेललाई अभिनन्दन गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हु्न्।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पाैडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हुन्। राष्ट्रपति पाैडेल र उहाँका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच साेमबार भेटवार्ता हुने कार्यक्रम छ।न्युज कारखाना
काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।
रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएको थिएन ।
अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।
सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार इस्लाम धर्माबलम्वीहरुको पर्व बकर ईद (उल–अजाह) दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।न्युज कारखाना
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् ।
पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ ।
नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।
त्यस्तै दोस्रो खेल सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा नेदरल्याण्डस र श्रीलंका बीच बिहान ६: १५ बजेदेखि हुदै छ । समुह डी मा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ । नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।
त्यस्तै आज तेस्रो खेल समुह सी अन्तर्गत न्यूजील्याण्ड र पिएनजीबीच हुदै छ । नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने यो खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी समुह सी बाट दुवै देश बाहिरीइसकेका छन् । न्युज कारखाना
राैतहट-पेट्रोल पम्पहरु बन्द भएपछि बोतलमा कारोबार फस्टाएको छ । घुम्ती तथा किराना पसलमा बोतलमा राखेर पेट्रोलको कारोबारमा व्यापक बृद्धि भएको छ । पेट्रोलियम ढुवानी मजदुरले श्रम ऐनअनुसार तलब र अन्य सुविधाका साथै विभिन्न मागहरु राखेर आइतवारदेखि आन्दोनलमा उत्रिँदा त्यसको सोझो असर पेट्रोल पम्पमाथि परेको छ ।
सोमवार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको र सोमवारदेखि नै पेट्रोलियम ढुवानी मजदुरहरुको आन्दोलन सुरु भएकोले पेट्रोल पम्पका मालिकलाई मौकामा चौका भएको छ । सर्लाही र रौतहटका करिब सबै पेट्रोल पम्ले पेट्रोल छैन भनिरहेका छन् । करिब करिब पेट्रोलको कारोबार ठप्प भएको छ ।
सर्वसाधारण ग्राहकले पेट्रोल नपाएपछि बोतलको पेट्रोल किन्न बाध्य भएका छन् । पेट्रोल पम्पमा पेट्रोल नपाए पनि घुम्ती तथा किराना पसल र अन्यत्र बोतलका कुनै कमी छैन । सरकारले बोतलमा पेट्रोल बेच्न पूर्ण रुपमा रोक लगाएको भए पनि बोतलमा पेट्रोल बेच्न रोकिएको छैन ।
पेट्रोल पम्पका मालिकहरुले पेट्रोल लुकाएर सर्वसाधारणलाई बेचिरहेका छैनन् । रौतहटको माधव नारायण नगरपािलका ५ का उपभोक्ता ओमप्रकाश यादवले पेट्रोल पम्पवालाहरुले भाउ घटेको समया जहिले पनि नाटक देखाउने गरेको आरोप लगाउँछन् ।
जहिले पेट्रोलको भाउ घट्छ तहिले अभाव देखाएर सर्वसाधारणबाट ठुलो रकम बोतल बिक्रेताको हातमा जाने गरेको छ । रौतहट र सर्लाही लगायत सबै ठाउँको पेट्रोल पम्प बन्द भएपछि घुम्ती तथा पानको दोकानबाट सर्वसाधारण प्रति बोतल २०० रुपैयामा किन्न बाध्य भएका छन् ।
कतिपय पेट्रोल पम्पको छेउमै रहेको किराना, घुम्ती तथा पान दोकानमा बोतलमा पर्याप्त पेट्रोल पाइरहेको छ तर पेट्रोल पम्पमा भने लेखिएको छ – पेट्रोल छैन । रौतहटको कटहरिया नगरपालिका ३ का चन्दन यादवले पेट्रोल पम्पहरुले सर्वसाधारणलाई नदिने तर बोतलमा राखेर बेच्नेलाई पेट्रोल उपलब्ध गराउने गरेको आरोप लगाउँछन् ।
एक लिटरको बोतल भनिए पनि साढे आठ सय मिलिलिटरदेखि साढे नौ सय मिलिलिटरसम्मको बोतल हुन्छ । एक लिटर भनेर उपभोक्ताले किनेको पेट्रोलको नापमा कम हुने र निकै महँगोमा किन्नु पर्ने भएकोले उपभोक्ताहरु दोहोरो मारमा परिरहेका छन् ।
स्थानीय प्रशासनले बोतलमा पेट्रोल बेच्नेमाथि कारबाही गर्नुपर्ने माग उपभोक्ताहरुले गरेका छन् ।
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक वा दूई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। न्युज कारखाना
काठमाडौँ । काठमाडौँमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने भएको छ । नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौँको बौद्धस्थित होटल हायातमा असार ४ गते मंगलबार एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना हुने भएको हो ।
यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा ३१ वटा चिनिया विश्वविद्यालय तथा कलेजहरूले भाग लिने नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले जानकारी दिएको छ ।
यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरूमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्व विद्यालयका स्टलहरू रहने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिने बताइएको छ । असार ४ गते मंगलवार बिहान ९:३० बजे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरू, शिक्षाविद्, विभिन्न विश्व विद्यालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहने छ ।
निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो शैक्षिक प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीहरूको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकहरूलाई अनुरोध गरिएको छ ।
नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको छ । चीनका महान भिक्षु नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोको चीनको राजधानी पैचिङ लगायतका विभिन्न क्षेत्रहरूको भ्रमण र तत्कालिन तिब्बती राजकुमारसँग राजकुमारी भृकुटीको वैवाहिक सम्बन्धले जोडिएको हामी दुई देशबीचको सम्बन्ध दिनानुदिन अझ बलियो, सुमधुर र घनिष्ठ हुँदै गएको छ ।
सन् १९५५ अगस्त १ का दिन दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि हामीबीचको स्थापना भएको झण्डै सात दशकको अवधिमा दुबै देशका उच्च नेताहरूको एकअर्का देशमा नियमित रूपमा भइरहेको भ्रमणले आपसी हितका विविध विषयहरूलाई उजागर गर्दै सहयोगका क्षेत्रहरू अ व्यापक बनाउने कार्य हुँदै आएको छ । सन् १९७९ मा चीनका वरिष्ठ नेता तङ स्याओफिङको नेतृत्वमा चीनको ढोका विश्वका लागि खुलेपछि खुलापनको ४५ वर्षको अवधिमा चीनले चौतर्फी रूपमा हासिल गरेका उपलब्धिहरूलाई एक असल छिमेकीको नाताले नेपालले नजिकबाट नियालिरहेको छ भने पछिल्ला दिनहरूमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न विभिन्न प्रयासहरू भइरहेका छन् ।
नेपालको भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण सहयोग गर्दै आएको चीनले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासमा पनि अहं भूमिका निर्वाह गर्दै आएको छ । विश्वको दोश्रो ठूलो अर्थतन्त्र र उदाउँदो आर्थिक महाशक्तिको हैसियतले पनि पछिल्लो समयमा चीनलाई बुझ्न खोज्ने र चीनमा विभिन्न विषयमा प्राविधिक शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ ।
त्यसैगरी विशिष्ठ नेपाली संस्कृतिको अध्ययन र नेपालका विश्व प्रशिद्ध पर्यटकीय क्षेत्रको भ्रमणमा आउने चिनियाँहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ । यसरी हेर्दा यी दुवै मुलुकहरूबीच विगत केही वर्षदेखि जनस्तरको सम्बन्ध अझ हराभरा र विकसित हुँदै आएको पाइन्छ । दशकौंदेखि चीनलाई नेपाली माझ चिनाउने र नेपाललाई चिनियाँहरू माझ परिचित गराउने उद्देश्यले समय समयमा एक अर्का देशमा सांस्कृतिक तथा शैक्षिक प्रदर्शनीहरू हुँदै आएका छन् भने यस्ता प्रदर्शनीहरूमा सर्वसाधारणले गहिरो रुची राख्ने गरेका छन् ।
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद् जनवादी गणतन्त्र चीनबाट विभिन्न विषयमा स्नातक चीनको शिक्षा मन्त्रालय, नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपाल चीन सांस्कृतिक गरेका नेपाली विद्वान र पेशाकर्मीहरूको मैत्री संस्था हो । चीन छात्रवृत्ति परिषद्, जनवादी गणतन्त्र तथा शैक्षिक परिषद्ले डेढ दशकभन्दा लामो समयदेखि चिनियाँ शैक्षिक मेला सफलतापूर्वक आयोजना गर्दै आएको छ । पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी सन् २००३ मा आयोजना गरिएपछि प्रत्येक वर्ष प्रदर्शनीमा सहभागी हुनेहरूको संख्या बढ्दै गइरहेको छ भने चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको संख्या पनि बढिरहेको छ ।
चीनमा अध्ययन गरी फर्किएका दक्ष तथा उच्चस्तरीय जनशक्तिले विभिन्न क्षेत्रमा काम गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पुऱ्याइरहेका छन् । पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ । पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै हरेक वर्ष यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ ।न्युज कारखाना
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०-०८१ मा ४ हजार ५२४ जनालाई निःशुल्क तालिम दिएको छ ।
उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो ।
महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ ।
यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ,एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम हो ।
तालिमहरु एक दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताइन् ।
अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाँउमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।
तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।न्युज कारखाना
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताए । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए । न्युज कारखाना