काठमाडौं, २५ साउन । नेपाल प्रहरीले देशैभरीवाट लागु औषधसहित दर्जन बढी ब्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धनुषा, औरही गाउँपालिका- ५ हरूसाहा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विदेह नगरपालिका-७ लवटोली बस्ने २५ वर्षीय रोशन मण्डल र २५ वर्षीय रंजित मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय औरही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, मकवानपुर, थाहा नगरपालिका- ३ सिखरकोट बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत सितामडी-९ बराह बस्ने ४५ वर्षीय सुदिर सिंह र सितामडी-८ बराही चिन्तामन बस्ने ६८ वर्षीया रेनु देवी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ना।४ ख ४५६७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साथै, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ भाबर बस्ने ३५ वर्षीय राम लामा र २८ वर्षीय बिक्रम गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४३११ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
उता, इलाम, सुर्योदय नगरपालिका-१० फिक्कल बजारस्थित कपडा पसल संचालन गरी बस्ने सोही नगरपालिका(९ रम्फोक घर भएकी २१ वर्षीया आनिशा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
र, इलाम, सुर्योदय नगरपालिका- ८ छिपिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित माईजोगमाई गाउँपालिका(२ शनिश्चरे बस्ने २५ वर्षीय समिर महतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी फिक्कल र सशस्त्र प्रहरी बेस क्याम्प आईतबारेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साथै, पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित वीरगंज भन्सार कार्यालय अगाडिबाट नियन्त्रित लागूऔषध ट्रोमा(५० लेखिएको ४ हजार ५ सय ४ ट्याबलेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी सकराहा ग्राम पंचायत-९ बस्ने ३५ वर्षीय धुरेन्द्र राम र उनकी श्रीमती ३२ वर्षीया मधु देवी रहेका छन् । प्रहरी चौकी इनरूवा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
नयाँदिल्ली, २५ साउन ।
शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् ।
उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरे पछि आफुहरु बंगलादेश जाने बताएका हुन ।
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने छिन् ।
बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुगेकी थिइन् । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताएका छन । यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताएका थिए ।
यस भनाइको सन्दर्भमा उनले भने, ‘हो, मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब हामी हाम्रा जनताको सुरक्षाको लागि सक्दो प्रयास गर्नेछौं। हामी तिनीहरूलाई एक्लै छोड्ने छैनौं ।’
हसिनाका छोरा पनि राजनीतिमा आउने
पूर्वप्रधानमन्त्रीका छोरा जोयले राजनीतिमा आउन तयार रहेको बताएका छन् । यसअघि जोयले आफू राजनीतिमा आउने मनसाय नभएको बताएका थिए ।
जोयले भने– ‘यो मेरी आमाको अन्तिम कार्यकाल थियो । उनले अर्को चुनाव लड्ने छैनन् । मलाई पनि राजनीतिमा आउने रहर थिएन । म अमेरिकामा बसेको थिएँ तर पछिल्ला दिनमा जे भयो, त्यसले देशको नेतृत्वमा शून्यता देखाउँछ। पार्टीका लागि राजनीतिमा लाग्नुपर्छ । यसका लागि म अग्रपंक्तिमा उभिने छु ।’
अवामी लिगले चुनावमा भाग लिएमा हामी पनि जित्न सक्छौँ भन्नेमा म विश्वस्त छु जोयले भने । अवामी लिग बंगलादेशको सबैभन्दा ठूलो र पुरानो पार्टी हो। हामीसँग सबैभन्दा ठूलो पार्टी कार्यकर्ता छ।
शेख हसिना भारतमै बस्ने, मोदीलाई धन्यवाद
शेख हसिनाको कुनै पनि देशमा शरण लिने मनसाय नभएको जोयले दाबी गरे । उनले भने, ‘मेरी आमा भारतमा हुनुहुन्छ। अब ऊहाँ कतै जानु हुन्न् । अन्तरिम सरकारले नयाँ निर्वाचनका लागि हरियो संकेत दिने बित्तिकै मेरी आमा बंगलादेश जानु हुनेछ । यति छोटो समयमा मेरी आमाको ज्यान बचाउनु भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु।’
बंगलादेश हिंसामा पाकिस्तान-आईएसआई संलग्नः
जोयले पाकिस्तानले बंगलादेशमा अशान्ति भड्काएको आरोप लगाएका छन् । यस अराजकतामा पाकिस्तानको आईएसआईको हात रहेको देखाउने यस्ता प्रमाण भेटिएको उनले बताए । यो पूर्णतया योजनाबद्ध थियो।
सामाजिक सञ्जालमा अफवाह फैलाएपछि स्थिति तनावग्रस्त बनेको छ । सरकारले स्थिति नियन्त्रण गर्न खोजे पनि असफल भयो । आतंककारी संगठन वा विदेशी शक्तिले मात्रै उपलब्ध गराउन सक्ने हतियार भएकाले दंगालुहरूले प्रहरीमाथि बन्दुकसहित आक्रमण गरेको जोयले आरोप लगाएका छन् ।
बंगलादेशमा धेरै दिनको राजनीतिक उथलपुथलपछि बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुखको रुपमा शपथ लिएका छन् । सपथ ग्रहण समारोहमा बंगलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्मा पनि उपस्थित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।न्युज कारखाना
मुम्बई, २५ साउन । प्रायः जब कुनै फिल्मको सिक्वेल वा दोस्रो भाग आउँछ, दर्शकको ध्यान आकर्षित गर्न असफल हुन्छ।
तर, २०११ मा रिलिज भएको ‘तनु वेड्स मनु’ ती फिल्म मध्येको एक हो, जसको सिक्वेलले पनि फ्यानहरुको मन जितेको थियो । त्यसैबेला दर्शकको ध्यान तेस्रो भाग आउँछ कि आउँदैन भन्नेमा केन्द्रित भयो । आनन्द एल द्वारा निर्देशित यस फिल्ममा कंगना रनौत र आर माधवन मुख्य भूमिकामा देखिएका थिए।
यसैबीच, डाइरेक्टले फिल्मको तेस्रो भाग अर्थात ‘तनु वेड्स मनु’ ३ को बारेमा ठूलो अपडेट साझा गरेका छन् । न्युज १८ शोसासँग कुरा गर्दै आनन्द एल राईले भने, ‘तनु वेड्स मनु यस्तो फ्रेन्चाइजी हो, जसको पार्ट ३को माग छ । ती पात्रहरू सुन्दर थिए र माधवन र कंगनाले सुन्दर ढंगले खेलेका थिए। उनका पात्रहरू कथाभन्दा अलि ठूला भए । तनु वेड्स मनु राम्रो भयो। कथा पूरा भयो तर पात्रहरू फर्कन धेरै उत्सुक थिए। त्यसैले हामीले अर्को कथा बनायौं।’
उनले थपे, ‘तनु वेड्स मनु रिटर्न्सबाट हामीले नयाँ पात्र दत्तोलाई प्रस्तुत गरेका थिया ैं। यी सबै पात्रहरूले भाग ३ को माग गरिरहेका छन् र हामीले एउटा राम्रो कथा पाउने बित्तिकै तनु, मनु र दत्तो हकदार छन्। हामी बनाउँछौं।’
उल्लेखनीय छ कि २०२४ मा मन्डीबाट लोकसभा सिट जिते पछि फ्यानहरू कंगना रनौतलाई फिल्ममा हेर्न उत्सुक छन्। तर, यसमा उनी देखिने छन कि छैनन, यो भने अझै भन्ने सकिने अवस्थामा छैनन । न्युज कारखाना
यो अप्रिल २०२३ को कुरा हो।
शेख हसिनाले बंगलादेशको संसदमा भाषण दिँदै भनिन्, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ। यदि उनीहरूले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन।’
हसिनाको बयानको एक वर्ष ३ महिनापछि अगस्ट ५ मा उनले राजीनामा मात्रै दिइनन्, देश छोड्नु पर्ने अवस्था आयो । उनले देश छाडेको तीन दिनपछि बंगलादेशमा बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । सेनाले यस सरकारको नाम सल्लाहकार परिषद राखेको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई यसको प्रमुख बनाइएको छ।
यसै क्रममा हसिनाले मोहम्मद युनुसलाई विदेशी एजेन्ट भएको आरोप लगाएकी छिन् । युनुसको अमेरिकासँग राम्रो सम्बन्ध छ। यस्तो अवस्थामा अमेरिकाले हसिनाको सत्ताच्युतमा कुनै भूमिका खेलेको हो कि होइन भन्ने प्रश्न उठिरहेको छ ।
यसका तीनवटा कारण देखिन्छन्ः
पहिलो, शेख हसिना र अमेरिकाको पुरानो दुश्मनी
२६ मे, स्थानः बंगलादेश प्रधानमन्त्री निवास। शेख हसिनाले १४ दलको बैठक बोलाएकी थिइन् । यसमा हसिनाले भनिन्, ‘बंगलादेश र म्यानमारका केही क्षेत्रहरू तोडेर पूर्वी टिमोर जस्तो ‘क्रिश्चियन देशु बनाउने षडयन्त्र रचिएको छ। एक ‘गोरो मानिस’ ले चुनावअघि मलाई प्रस्ताव गरेका थिए कि यदि हामीले अनुमति दिनु परयो कि हामी उत्तरी क्षेत्रमा सेनाको बेस बनाउन चाहान्छौं, त्यसपछि कुनै समस्या बिना चुनाव गर्न दिइनेछ । ’
शेख हसिनाले त्यो देश र त्यो ‘गोरे मानिस’ को हो ? भनेर भनिनन् तर शंकाको सुई भने अमेरिका माथि उठ्यो। वास्तवमा, जुन २०२१ मा बंगाली अखबारहरूमा यो दाबी गरिएको थियो कि अमेरिकाले बंगलादेशसँग ‘सेन्ट मार्टिन टापु’ मागेको छ। जहाँ अमेरकिा सैन्य आधार शिबिर बनाउन चाहन्छ ।
यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताए ।
बंगलादेशी राजनीतिमा यति धेरै तरंग मच्चाएको सेन्ट मार्टिन टापु जम्मा ३ वर्ग किलोमिटरको टापु हो । म्यानमारबाट यसको दूरी मात्र ५ माइल मात्रै टाढा छ। जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी दल बीएनपी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताएकीसमेत थिइन् ।
हसिनाका अनुसार सेन्ट मार्टिन भाडामा दिएमा देश चलाउन कुनै समस्या नहुने बताएकी थिइन् । तर देशको माटो कुनै विदेशीलाई सुम्पन सक्दैनन् । तर, सेन्ट मार्टिनमा भएको कोलाहल पछि अमेरिकाले उक्त टापु अधिग्रहण गर्ने इच्छा नरहेको बताएको थियो ।
अमेरिकाले सेन्ट मार्टिनमा आफ्नो अडान स्पष्ट गरिसकेको थियो तर क्वाडका सम्बन्धमा उसले कहिल्यै बयान दिएको छैन। यद्यपि चीनले पक्कै पनि यसबारे चिन्ता व्यक्त गरेको थियो। अप्रिल २०२० मा चिनियाँ रक्षामन्त्रीले बंगलादेशलाई क्वाडमा सामेल नहुन चेतावनी दिएका थिए। पछि बंगलादेशले यो समूहमा सामेल नहुने स्पष्ट पारेको थियो ।
यसपछि अमेरिका र बंगलादेशबीचको सम्बन्धमा तनाव देखिन थाल्यो । अमेरिकाले डिसेम्बर २०२१ मा बंगलादेशको र्यापिड एक्शन बटालियनलाई प्रतिबन्ध लगाएको थियो। यो अर्धसैनिक बल २००३ मा आतंकवाद रोक्न गठन गरिएको थियो तर जो विपक्षी नेताहरूलाई यातना दिन कुख्यात थियो।
सन् २०२३ मा अमेरिकाले बंगलादेशका धेरै नेता माथि भिसा प्रतिबन्ध लगाएको थियो । अमेरिकाले बंगलादेशको निर्वाचन प्रक्रियालाई कमजोर बनाउने जो कोहीलाई पनि प्रतिबन्ध लगाउने तर्क गरेको छ । अप्रिल २०२३ मा हसिनाले स्पष्ट रूपमा भनिन् कि अमेरिका बंगलादेशमा सरकार परिवर्तन गर्न चाहन्छ। अमेरिका र बंगलादेशबीचको सम्बन्ध यस दशकमा कहिल्यै खराब भएको छैन।
दोस्रो, अमेरिकी अधिकारीहरूले प्रतिपक्षी दलका नेताहरूलाई भेट्दै इन्स्टिच्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिसका अनुसार बंगलादेशमा अमेरिकाको प्रभाव स्थापना हुनु अघि देखि नै रहेको बताए। बंगलादेशको स्वतन्त्रताको सङ्घर्ष चलिरहेको बेला अमेरिकाले पश्चिम पाकिस्तानलाई साथ दिइरहेको थियो । अमेरिका लामो समयदेखि शेख मुजिबुर रहमान र अवामी लिगबीच विवादमा रहेको छ । शेख हसिनाको शासनकालमा अमेरिकासँगको सम्बन्ध सुमधुर रहे पनि त्यति राम्रो थिएन ।
बंगलादेशमा चुनाव हुनु अघि अमेरिकी अधिकारीहरूले विपक्षी नेताहरूसँग भेटघाट गरेको सामान्य खबर आएको थियो। उनले कट्टरपन्थी संगठन जमाते इस्लामी पार्टीका नेताहरुसँग पनि भेटघाट गरेका थिए । यस्तो अवस्थामा बंगलादेशको परिस्थितिमा अमेरिकाको पनि हात हुनसक्ने अनुमान गरिएको छ । तर, बंगलादेशको अहिलेको अवस्थाको पछाडि अमेरिकाको हात रहेको दाबी गर्न सकिँदैन । हसिना सरकारको पतनमा बंगलादेशको घरेलु समस्याले पनि ठूलो भूमिका खेलेको थियो ।
तेस्रो,
मोहम्मद युनुस सत्तामा आएपछि अमेरिकालाई फाइदा हुनेछ । प्रियंका सिंहले बंगलादेशमा सरकार परिवर्तन गर्दा अमेरिकालाई फाइदा पुग्ने बताइन् । मोहम्मद युनुस पश्चिमा देशसँग जोडिएका छन् । त्यहाँ धेरै काम गरे। अमेरिकी प्रणालीसँग धेरै परिचित रहेका तिनले अमेरिकी हितहरूमा ध्यान केन्द्रित गर्न सक्छन्। यदि उसलाई अमेरिकाको समर्थन मिलिरहेको छ भने यो धेरै अचम्मको कुरा होइन।
नोबेल शान्ति पुरस्कार मोहम्मद युनुसले मात्र पाएका छन् । उनलाई प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कार प्रदान गरिएको छ। यो अवार्ड अमेरिकाको प्रतिष्ठित फाउन्डेसन फोर्ड फाउन्डेसनले प्रदान गरेको हो । उनको अमेरिकासँगको निकटता कसैबाट लुकेको छैन । हसिना सरकारमा ज्यान मार्ने धम्की आए पछि उनले अमेरिकी दूतावासमा शरण लिएका थिए ।
अमेरिकाले बंगलादेशको अन्तरिम सरकारलाई पनि सहयोग गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी बंगलादेशको अवस्थाको निगरानी गरिरहेका छौं। मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ र हामीलाई लाग्छ कि अन्तरिम सरकारले बंगलादेशमा स्थायित्व र शान्ति स्थापना गर्न सहयोग गर्नेछ । न्युज कारखाना
मुम्बइ, २५ साउन । अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति र अभिनेता नागा चैतन्यले अगस्ट ८, २०२४ मा अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो ।
जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता र सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछि इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए ।
यसैबीच, उनको इन्गेजमेन्टको खबर पछि पुर्व पत्नी तथा अभिनेत्री सामान्थाले के पोस्ट गर्छिन् भन्नेमा फ्यानहरूको नजर रहेको थियो । इन्स्टाग्राममा सामन्थाले विनेश फोगाटले कुस्तीबाट सन्यास लिएको खबर साझा गरेकी थिइन । तर, पुर्व पतीका बारेमा उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन ।
८ अगस्टको बिहान अभिनेता नागा चैतन्यले आफ्नी प्रेमिका शोभिता धुलिपालासँग परिवार र विशेष साथीहरूको उपस्थितिमा विवाह गर्ने खबरहरू बाहिरएकाे थियो। यसपछि अभिनेता नागार्जुनले इन्स्टाग्राममा दुई तस्बिर सेयर गरेका थिए, जसमा सुपरस्टार छोरा नागा र भावी बुहारी शोभितासँग पोज दिइरहेका थिए । जबकि दोस्रो फोटोमा जोडीको सुन्दर तस्बिर थियो ।
उनले बिनेश फोगटमा तस्विर राखेर अन्य कुरा लेखिरहेकी छिन् । न्युज कारखाना
काठमाडौं । कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
आज नागपञ्चमी र थारु समुदायले मनाउने गुरही (गुरिया) पर्वको अवसरमा ९ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्। न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्।
तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ।
नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।
सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्रीको सूचीबाट उनको नाम हटाइएको थियो। त्यसपछि उनी रुष्ट बनेका थिए। न्युज कारखाना
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
शुक्रबार सूचना प्रकाशित गर्दै कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहीमा सहभागी हुन पाउने छैनन्। कार्यालयका अनुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखिएको छ। न्युज कारखाना
रौतहट ।
रौतहट मोटरसाइकल चोरी गर्ने मोटरसाइकल सहित २ जना चोर पक्राउ परेका छन्। जिल्लाको परोहा नगरपालिका वडा नं. ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बर को १२५ सि.सी. को सुपर स्पलेण्डर मोटरसाईकल आफ्नो घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको भएको इलाका प्रहरी कार्यालय लाई
जानकारी गराएका थिए। ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरी अधिकृतको टोलीले खोजतलासको क्रममा विहान १० बजेको समयमा बौद्धीमाई नगरपालिका वडा नं.५ स्थित अन्दाजी २० बर्षिय भगत भन्ने अभिषेक यादव
र ऐ.ऐ. वस्ने अं. वर्ष २१ को मुकेश कुमार राम समेतलाई चोरी भएको मोटरसाईकल सहित नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीबार एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गर्नुभएको छ ।
कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता धेरै गुनासो आएकाले छड्के जाँच निरीक्षण गरेको मुख्यमन्त्री सिंहले बताउनुभयो । आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्षको साउन र भदौ महिनामा कर्मचारीहरू कार्यालयमा नभेट्ने परिपाटी नै बनिसकेकाले छड्के जाँच सुरु गरेपछि अहिले कार्यालय कर्मचारीहरू भेट्न थालेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘छड्केको क्रममा कार्यालयको निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिरी नगरी बाहिर हिड्डुल गर्ने र छडकेमा परेपछि कार्यालयमै रहेको तर हाजिरी गर्न बिर्सेको बहानाबाजी गर्ने जस्तो पवृति भेटिएको छ ।
’’ कर्मचारीहरू कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई आदेश लिएर मात्र जानुपर्ने उहाँले निर्देशन दिनुहुँदै थप्नुभयो, ‘‘यदि कर्मचारी बिदामा बसेका छन् भने बिदा स्वीकृत गराएर मात्र बिदा बस्नु पर्छ ।’’ कर्मचारीको जुन काम कर्तव्य, जिम्मेवारी छ, त्यसअनुसार सेवाग्राहीको छिटोछरितो काम कारबाही गराउन, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन छड्के जाँच गरिएको मुख्यमन्त्री सिंहले छड्के जाँचको क्रममा बताउनुभयो । यस्तो अनुगमनलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । यसअघि साउन ६ गते आइतबार मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका ११
वटा मन्त्रालयहरूमा छड्के निरीक्षण गर्नुभएको थियो । अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयमा छड्के जाँच गर्नुभएको थियो । त्यसबेला पनि अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही देखिएको थियो । खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या भेटिएको थियो ।