२०८३ भाद्र १७
२०८३ भाद्र १७

काठमाडौँ । आईफोन निर्माता एप्पलको लागि वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर ९ मा आयोजना हुनेछ । कम्पनीले यसका लागि आधिकारिक निमन्त्रणा पठाउन थालेको छ, जसको ट्यागलाइन ‘इट्स ग्लोटाइम’ रहेको छ ।

एप्पलले यस इभेन्टमा आईफोन १६ सिरिजका चार मोडलहरू प्रस्तुत गर्ने तयारी गरेको छ । आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स । तर, कम्पनीले उक्त कार्यक्रममा लन्च हुने उत्पादनका बारेमा जानकारी दिएको छैन ।

नेपाली समय अनुसार सेप्टेम्बर ९ सोमबार राति १०: ४५ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कम्पनीले २०२० बाट प्रि-रेकर्ड गरिएको भिडियो स्ट्रिम गर्दछ, जसमा यसले आईफोन र अन्य उत्पादनहरूको नयाँ श्रृंखला लन्च गर्दछ । अहिलेसम्म लीक भएका सूचना अनुसार, एप्पलले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको डिस्प्ले साइज परिवर्तन गर्न सक्छ । आईफोन १६ प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले हुने बताइएको छ । त्यस्तै आईफोन १६ प्रोमा ६.३ इन्चको डिस्प्ले हुने उल्लेख गरिएको छ ।

एप्पलले गत वर्ष ‘वान्डरलस्ट’ कार्यक्रममा आईफोन १५ सिरिज, एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको थियो । कम्पनीले पहिलो पटक चार्जिङका लागि टाइप–सी पोर्ट उपलब्ध गराएको थियो ।न्युज कारखाना

काठमाडौँ । इजरायल र हमास गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेपछि ६ लाख ४० हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन इजरायल र हमास युद्ध विराम गर्न सहमत भएका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अधिकारी रिक पेपरकर्नले प्यालेस्टिनी क्षेत्रमा खोप अभियान आइतबार (सेप्टेम्बर १) देखि सुरु हुने बताएका छन् । उनले स्थानीय समय अनुसार बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म युद्धविराम हुने बताए ।

डब्ल्यूएचओ अधिकारीले खोप अभियान मध्य गाजामा सुरु हुनेछ, जहाँ तीन दिनको युद्धविराम हुनेछ । त्यसपछि यो दक्षिणी गाजा तर्फ सर्नेछ, जहाँ थप तीन दिनको लागि युद्धविराम हुनेछ । त्यसपछि उत्तरी गाजामा खोप अभियान सञ्चालन गरिनेछ । पेपरकर्नले आवश्यक परे सबै क्षेत्रमा युद्धविराम चौथो दिनसम्म लम्ब्याउन सकिने बताए ।

पोलियो भाइरस मुख र नाकबाट शरीरमा प्रवेश गर्छ, त्यसपछि घाँटी र आन्द्रामा बस्छ । त्यहाँ यसले आफ्नो संख्या द्रुत रूपमा बढाउन थाल्छ । करिब एक हप्तामा यो टन्सिल र प्रतिरक्षा प्रणालीमा फैलिन थाल्छ । भाइरसले त्यसपछि शरीरमा बग्ने रगतलाई लक्षित गर्छ, जसबाट यो सम्पूर्ण शरीरमा फैलिन्छ।

भाइरसले केन्द्रीय स्नायु प्रणालीलाई आक्रमण गरेर पक्षाघात गर्छ । धेरैजसो अवस्थामा, शरीरको प्रतिरक्षा प्रणालीले आन्द्राबाट रगतमा यात्रा गर्दा भाइरसलाई मार्छ । तर, यदि शरीरले त्यसो गर्न सकेन भने पोलियो भाइरस केन्द्रीय स्नायु प्रणालीमा प्रवेश गर्न सफल हुन्छ । सीडीसीका अनुसार पोलियो भाइरसबाट संक्रमित केही व्यक्तिमा रोगका गम्भीर लक्षण देखिन्छन् । भाइरसले यी व्यक्तिहरूको मस्तिष्क, मेरुदण्ड र स्नायु प्रणालीमा आक्रमण गर्छ । २०० संक्रमित मध्ये एक जना पक्षाघात हुन्छ ।न्युज कारखाना

काठमाडौँ । गत वर्ष, क्यानाडाको जंगलमा लागेको आगोले केही प्रमुख उत्सर्जन गर्ने देशहरूभन्दा पनि बढी हरितगृह ग्यास उत्सर्जन गरेको थियो । एक अध्ययनले राष्ट्रिय उत्सर्जन बजेटमा प्रश्न उठाएको छ ।

गत वर्ष क्यानाडामा लागेको डढेलोले ६४७ मेगाटन कार्बन उत्सर्जन गरेको थियो, जुन सन् २०२२ मा जर्मनी, जापान र रुस जस्ता सात ठूला उत्सर्जन गर्ने देशहरूभन्दा बढी थियो । यो अध्ययन ‘नेचर’ पत्रिकामा प्रकाशित छ ।

त्यो अवधिमा चीन, भारत र अमेरिकाले मात्रै योभन्दा बढी कार्बन उत्सर्जन गरेका थिए । यसको मतलब यो हो कि यदि क्यानाडाको जंगली आगोलाई देशहरूको बीचमा स्थान दिइयो भने, यो चौथो ठूलो उत्सर्जनकर्ताको रूपमा बाहिर आउनेछ ।

विगत एक दशकमा क्यानाडाको जंगलमा लागेको आगोबाट उत्सर्जन सामान्यतया २९ देखि १२१ मेगाटनको बीचमा रहेको छ । तर जीवाश्म ईन्धन जलाउँदा जलवायु परिवर्तनले सुख्खा र तातो अवस्था सिर्जना गरिरहेको छ, जसले अत्यधिक आगो निम्त्याउँछ । २०२३ को आगलागीले क्यानडाको १५ मिलियन हेक्टेयर (३७ मिलियन एकड) जङ्गल जलेको थियो, यो क्यानडाको कुल जंगलको लगभग ४ प्रतिशत हो ।

अध्ययनले विश्वका वनहरूमा औद्योगिक उत्सर्जनका लागि दीर्घकालीन कार्बन भण्डारहरूको रूपमा निर्भर रहनु कत्ति खतरनाक हुन सक्छ भन्दै चिन्ता व्यक्त गरेका छन् ।

चिन्ताको विषय यो छ कि विश्वव्यापी कार्बन बजेट, वा हरितगृह ग्यासहरूको अनुमानित मात्रा जुन विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियस भन्दा बढि बिना उत्सर्जन गर्न सकिन्छ, जुन गलत गणनामा आधारित छ ।

यदि हाम्रो लक्ष्य वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रालाई सीमित गर्ने हो भने, हामीले कति कार्बन वनहरू अवशोषित गर्दैछ भन्ने बारे सोच्ने तरिका परिवर्तन गर्नुपर्छ, नासाको जेट प्रोपल्सन प्रयोगशालाका एक पर्यावरण वैज्ञानिक ब्रेन्डन बायर्नले भने । यस आधारमा हाम्रो अर्थतन्त्रबाट कति कार्बन उत्सर्जन गर्न सकिन्छ ।

सन् २०२३ मा क्यानाडामा देखिने असामान्य तातो तापक्रम सन् २०५० सम्ममा सामान्य हुने अध्ययनले जनाएको छ । यसले क्यानाडाको ३४७ मिलियन हेक्टर जङ्गलमा गम्भीर आगो लाग्ने सम्भावना बढाउँछ, जुन कार्बन भण्डारणमा निर्भर छ ।

क्यानाडाको वार्षिक हरितगृह ग्यास उत्सर्जन बजेटले वनमा लागेको आगो र त्यसबाट उत्सर्जित कार्बनलाई ध्यानमा राख्दैन । क्यानडाको २०२१ मा राष्ट्रिय रूपमा निर्धारित योगदान रणनीति अनुसार, औद्योगिक गतिविधिहरू जस्ता मानव स्रोतहरूबाट उत्सर्जन गणना गरिन्छ, तर कीटको प्रकोप वा जंगलको आगो जस्ता प्राकृतिक प्रकोपहरूबाट होइन ।

जसरी गणना गरेपनि वातावरणले यो कार्बन बढेको देखिएको बायर्न बताउछन् ।

गत वर्ष मे देखि सेप्टेम्बरसम्म जङ्गली आगोको धुवाँमा रहेको कार्बन मोनोअक्साइडको स्याटेलाइट डाटालाई हेर्दा, अनुसन्धानकर्ताहरूले २ हजार ३७१ मेगाटन कार्बन उत्सर्जन गर्ने विश्वको सबैभन्दा ठूलो देशहरूमा एघारौं बाट चौथो स्थानमा झरेको अनुमान गरेका छन् । आगामी दशकहरूमा थप बारम्बार र तीव्र आगोले क्यानाडाको जङ्गलको कार्बन शोषण गर्ने क्षमतालाई ओझेलमा पार्न सक्छ ।

क्यानाडाको बोरियल वन, जो प्रशान्तबाट एट्लान्टिक महासागरसम्म फैलिएको छ, ठूलो मात्रामा ‘भण्डारित’ सिओ२ राख्छ । सामान्यतया, जब दश वर्षसम्म जलेको जङ्गलहरू फेरि बढ्छन्, जङ्गलको आगोले निस्कने कार्बन डाइअक्साइडलाई पुनः अवशोषित गरिन्छ । तर वर्षभरि बढ्दो संख्या र आगोको आकार, साथै केही क्षेत्रहरूमा खडेरीले वनहरू पुन: बढ्नको लागि लामो समय लिन सक्छ । अध्ययनले भन्यो कि यसले ‘जंगलले कार्बन अवशोषण कम गर्न सक्छ ।’

अध्ययनले क्यानडाले आफ्नो जीवाश्म ईन्धन उत्सर्जन स्तर घटाउन वनले कार्बन शोषणको क्षतिको क्षतिपूर्ति गर्न सिफारिस गरेको छ । क्यानडाले पेरिस सम्झौता अन्तर्गत सन् २००५ को स्तरबाट सन् २०३० सम्ममा ४० देखि ४५ प्रतिशतसम्म कार्बन उत्सर्जन घटाउन सहमत भएको छ ।न्युज कारखाना

काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि चोरीको उद्धेश्यले अपार्टमेन्टमा पुगेका बोबिसिंह शाहले गोली हानेको खुलासा भएको छ ।

अदालतको विवरणमा लुटपाटको उद्धेश्यले बोबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोहि क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ ।

अब बोबीसिंहलाई सेप्टेम्बर ३ मा अदालतमा उपस्थित गराइने र उनीमाथि मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्धा समेत चलाइने  भएको छ । गैर कानुनी हत्याको मुद्धामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ ।

५१ बर्षिय शाहलाई प्रहरीले तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो ।

शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन् ।

नेपालमा भोजपुरकी २१ बर्षिय पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । न्युज कारखाना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो।

विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन् । उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रिफर गरिएको छ ।

त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो। सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ को विस्फोट भएको अनुमान गरेको छ ।

माओवादीको द्वन्दकालमा यो घर सेल्टरको रुपमा प्रयोग भएकोले त्यति बेलाकै ग्रिनेड हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।न्युज कारखाना

काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको विवरण प्रहरीले सार्बजनिक गरेको छ ।

प्रहरीले मुनाको हत्या बोबी सिंग शाहले गरेको उल्लेख गर्दै मुद्धा दायर गरेको हो । ५१ बर्षिय शाहलाई प्रहरीले तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो ।

शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा सोमबार भेटिएकी थिइन् ।

नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ । न्युज कारखाना

काठमाडौं । सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न परेको रिटमाथि छलफल गर्न शुक्रबार दुवै पक्षलाई बोलाएको छ ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासले  रिटमाथि छिटो सुनुवाइ गर्नुपर्ने ठहर गर्दै भोलि रिट निवेदक र सरकार पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो ।

आदेशमा भनिएको छ- ‘सबै रिट निवेदकहरू नेपाल प्रहरीका विभिन्न कार्यालय र पदहरूमा कार्यरत रहेको भन्ने देखिन आएकाले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (प्रहरी प्रधान कार्यालय) मार्फत् आजै प्रस्तुत आदेशको जानकारी छिटो सञ्चारद्वार सबै निवेदकहरूलाई गराइ नियमानुअसार पेश गर्नू ।’

प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले दायर गरेको रिटमा ६ भदौमा न्यायाधीश हरिप्रसाद फु्याँलको एकल इजलासले तत्काल ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका थियो । उक्त आदेश रद्दको माग गर्दै  सरकारको तर्फबाट गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले मंगलबार सर्वोच्चमा भ्याकेट दिएका थिए ।

उक्त भ्याकेटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चले छलफलका लागि भोलि दुवै पक्षलाई बोलाएको हो। शुक्रबार रिट निवेदक र सरकार पक्षसँग छलफल गरेपछि ३० वर्षे कार्यान्वयन गर्ने कि नगर्नेबारे आदेश हुनेछ । न्युज कारखाना

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरण गरेका छन् ।

विहिबार राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यसअघि बुधबार सभामुख देवराज घिमिरेले सो विधेयक प्रमाणित गरि राष्ट्रपतिसमक्ष पठाएका थिए । अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयक ऐनको रुपमा लागु हुने छ । न्युज कारखाना

काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका मालिक र संस्थापक पावेल डुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध लगाइएको छ ।

पेरिसका अभियोजकहरूले म्यासेजिङ एपमा संगठित अपराधको अनुसन्धानको भागको रूपमा पावेल डुरोभलाई फ्रान्समा औपचारिक अनुसन्धान अन्तर्गत राखिएको बताएका छन् ।

३९ वर्षीय डुरोभलाई हिरासतमा भने नराखेर न्यायिक निगरानीमा राखिएको बताइएको छ । उनलाई पाँच मिलियन युरो जम्मा गर्न भनिएको छ । रुसी मुलका अर्बपति डुरोभ पनि फ्रान्सेली नागरिक हुन् । उनी हप्तामा दुई पटक फ्रान्सेली प्रहरी चौकीमा हाजिर हुनुपर्नेछ । उनलाई फ्रान्सबाट बाहिर जान अनुमति दिइएको छैन ।

गत शनिबार, डुरोभलाई पहिलो पटक पेरिसको उत्तरमा रहेको ले बोर्जेट विमानस्थलमा एपसँग सम्बन्धित अपराधको वारेन्ट अन्तर्गत पक्राउ गरिएको थियो ।

डुरोभविरुद्धको आरोपमा संगठित गिरोहको तर्फबाट लेनदेनको लागि अनलाइन प्लेटफर्म चलाउनमा संलग्नता, अधिकारीहरूसँग वार्ता गर्न अस्वीकार र बालबालिकाका अश्लील छविहरूको संगठित वितरणमा संलग्नता समावेश छ ।न्युज कारखाना

, बारा 
बाराको निजगढ नगरपालिकामा निर्माणाधिन रहेको तिलगंगा आँखा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय परियोजना सल्लाहकार समितिले अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र अबको केही दिनमा पुरा कार्यसम्पन्न गरी आगामी कार्तिक २८ गते उद्घाटन गर्ने तयारीमा रहेको बताएको हो ।

उद्घाटन भएलगतै आँखा अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन गर्ने जानकारी गराइएको छ । निजगढ नगरपालिका–९ स्थित अस्पताल रोडमा २०७५ बाट शुरु भएको आँखा अस्पताल निर्माणमा अष्ट्रेलियन दाता संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड लगानी गरेको छ ।

मोफसलकै ठुलो आँखा अस्पतालका रुपमा निर्माण भइरहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको बताईएको छ । ५ वर्षभित्र सम्पन्न हुने गरी निर्माण शुरु भएको भवन निमार्ण निर्धारित समयभन्दा २ वर्षअघि नै पुरा हुन लागेको हो ।

आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले आँखा उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि अस्पतालले बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यकृया सेवा संचालन गर्ने बताइएको छ ।

समितिका संयोजक निजगढ नगरपालिकाका मेयर सुरथ पुरीको अध्यक्षतामा स्थानीय परियोजना सल्लाहकार समितिको बिहिबार साझ निजगढ नगरपालिका कार्यालयमा बसेको बैठकले आगामी पाँच वर्षको लागि नयाँ परियोजना प्रस्ताव गर्ने, स्थानीयलाई उपचारमा सहुलियत प्रदान गर्ने र अस्पताल सञ्चालनमा आएपछि प्रचारप्रसार गर्ने तथा दिगो व्यवस्थापन र सञ्चालन गर्ने गरि काम अगाडि बढाउन केन्द्रिय समितिलाई सुझाव दिने निर्णय पनि गरेको छ ।

बैठकमा नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, फ्रेड होलोज फाउन्डेसनकी कन्ट्री म्यानेजर एन्जिला दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, रेडक्रस निजगढका पूर्व सभापति नारायणप्रसाद शर्मा, फ्रेड होलोज फाउन्डेसनका फाईनान्स अप्रेशन कोडिनेटर अभिनम कुशवाह, अस्पतालका प्रोजेक्ट म्यानेजर रामगोपाल प्याथ लगायतको उपस्थिति रहेको थियो ।

तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढ ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा स्टल राखेर आँखा उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालले समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।