२०८३ असार ३१
२०८३ असार ३१

एजेन्सी । सनातन धर्ममा पितृ पक्षको विशेष महत्व छ । पितृ पक्षको महिना पितृको लागि समर्पित छ । पितृ पक्षमा मानिसहरूले आफ्ना पितृहरूको लागि श्राद्ध र तर्पण गर्छन् । तर यस अवधिमा केही संकेतहरू छन्, जसलाई मानिसले भूलबाट पनि बेवास्ता गर्नु हुँदैन । यसो गर्दा काम सम्पन्न हुनुको सट्टा बिग्रन सक्छ ।

पितृदोष कसरी थाहा पाउने ?

पितृ पक्षमा मानिसहरूले आफ्ना पितृहरूलाई जल चढाउने गर्छन् । उनीहरुलाई तर्पण गर्छन् । अनुष्ठान पनि गर्छन् । तर केही यस्ता संकेत पनि देखिएका छन्, जसलाई देखेर तपाईको घरमा पितृदोष छ भन्ने थाहा पाउन सकिन्छ ।

श्राद्धमा देखिने अशुभ संकेत

१. पिपलको विरुवा घरमा एक्कासी उम्रनु ।
२. घर वरिपरि कुकुर रोइरहनु ।
३. तुलसीको बोट एक्कासी सुक्नु ।
४. विवाहमा अवरोधहरू आउनु ।
५. ग्रहमा समस्या हुनु ।

घरमा यस्ता सङ्केत देख्ने व्यक्तिले सावधानी अपनाउनु पर्ने मान्यता रहेको छ । यस्तो संकेत प्राप्त गर्दा पितृदोषको संकेत हुन्छ । यस्तो अवस्थामा पितृदोषबाट मुक्ति पाउनको लागि पुजारी मार्फत पितृको पूजा र श्राद्ध गर्नुपर्छ ।

पितृ पक्षमा पिण्ड दान गर्नुहोस्

पितृ पक्षको समय पिण्ड दानका लागि पनि निकै शुभ मानिन्छ । यस्तो अवस्थामा पितृपक्ष क्रोधित भएमा पितृ पक्षमा विधी अनुसार श्राद्ध गर्नुपर्छ । ताकि तिनीहरूले मोक्ष प्राप्त गर्न सकून् । न्युज कारखाना

 

काठमाडौँ । आज असोज ३ गते अर्थात संविधान दिवस । आज संबिधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज नागरिक स्तरबाट संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नेशनल डे कन्सर्ट गरिदै छ ।

आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

संबिधान दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरीजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान आकिब इलियासले २९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर गुलशन झाले सर्बाधिक ५ विकेट लिएका थिए भने किरण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ६० रन बनाए भने गुलशन झाले ५३ तथा आरिस सेखले ३५ रन बनाएका थिए ।

जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो । लिग-२ को अंक तालिकामा नेपालको ६ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै ओमानको भने ५ खेलमा५ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । न्युज कारखाना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको  छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ।  बागमती प्रदेशको  पहाडी भू-भागका  एक-दुई स्थानमा हल्का वर्षा भै रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरु तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ असोज ०३ गते बिहीबार ई.सं.२०२४ सेप्टेम्बर १९ नेपाल सम्बत ११४४ ञंलागा द्धितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण प्रतिपदा, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, वृद्धि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ५१ बजे, सूर्यास्त साँझ ०६: ०३ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५१ मिनेट देखि ०७ बजेर २२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज राष्ट्रिय संविधान दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्नुपर्छ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःशिवाय यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । कर्मप्रतिको निष्ठाभावमा बृद्धि हुनेछ । हाकिम, गुरुजन वा ठूलो मान्छेसँग उठबस गर्न पाइने छ, घरपरिवारबाट पनि शुभ समाचार प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

हाँके÷ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो÷सुन्तले र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । विपरीत लिङ्गीहरूसँग उठबस हुने वा कुनै विशेष सहयोग पाउन सक्नुहुन्छ, किनमेलका क्षेत्रबाट पनि लाभ हुनेछ, सँगीसाथीले पूर्णरूपेण सहयोग गर्नेछन् । आजका लागि शुभअङ्क ७, शुभ रङ सेतो÷चम्किलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गी÷छिरबिरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कवये नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । मन प्रेमिल बन्ने समय हो । नयाँ÷नयाँ विषय र काम प्रति जागरुकता बढ्नुका साथै रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नीतिविद्याधुरन्धराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ, घरपरिवारबाट पनि शुभ समाचार आउने दिन हो, मातापिता वा वयोबृद्ध व्यक्तिको आशीर्वाद प्राप्त हुनेछ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ÷सहयोग प्राप्त हुनेछ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गं गणपतये नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । कला÷कविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वैभवलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकाङ्क्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो÷सुन्तले र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
न्युज कारखाना

 

काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक गतिविधिमा लागेको गम्भिर आरोप लगाएका छन् । मधेस विरोधी साम्प्रदायिक गतिविधिमा लागेका प्रधानमन्त्री ओलीको कदमको साहले भत्र्सना समेत गरेका छन् ।

आजपा अध्यक्ष साहले आज आफ्नो फेसबुक पेजमा एक स्टाट लेख्दै प्रधानमन्त्री ओलीको मधेस विरोधी साम्प्रदायिक गतिविधिको विरोध गरेका छन् । सरकार आफैले बनाएको बिधार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी बिधार्थीको भविष्य बर्वाद गरिरहेको आरोप साहको रहेको छ ।

ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले अगाडी लेखेका छन्, ‘पहाडी जिल्लाहरुमा १८ बिधार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी बितरण गरेको ओली सरकारले मधेसमा १०० बिधार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेकोछ । जसको कारण आज मधेसमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म बिधर्थी कोचेर पठनपाठन गर्न बाध्य छ ।’

विधार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत आम विद्यार्थी मोर्चाको माग सम्बोधन गर्नुको साटो प्रधानमन्त्री ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने हर्कत गरिरहेको साहले जनाएका छन् । ओली सरकारले राणाकालीन शैलीमा तर्साउने र साम्प्रदायिक गतिविधि नसच्याए बंगलादेश जस्तै उनको सरकार ढाल्न विधार्थीहरु सडकमा आउँने र त्यसलाई सरकारले रोक्न नसक्ने उनले जनाएका छन् ।

‘आफैले बनाएको बिधार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेसी बिधार्थीको भविष्य बर्वाद गरिरहेकोछ । यस साम्प्रदायिक विभेदका बिरुद्ध आम बिधार्थी मोर्चाले प्रत्येक जिल्ला मार्फÞत सरकारलाई ‘बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीका लागि’ ज्ञापनपत्र बुझाएको र शिक्षा मन्त्रीलाई विशेष ध्यानाकर्षण गराई शैक्षिक आन्दोलन अगाड़ी बढ़ाई रहेको सन्दर्भमा उक्त जायज मागहरूलाई सम्बोधन गर्नुको सट्टा ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने जुन हर्कत गरिरहेको छ, त्यो निन्दनीय छ’ आजपा अध्यक्ष साहले लेखेका छन्, ‘ओली सरकारको यस मधेस विरोधी साम्प्रदायिक कुकर्मको सर्वप्रथम भत्र्सना गर्दछु र आन्दोलनकारीलाई तर्साउनु भन्दा पनि सरकारी मापदण्ड अनुसार शिक्षक दरबन्दीको ब्यवस्था गर्न विशेष माग गर्दछु । अन्यथा नेपाली जनता बंगलादेश झै सड़कमा उत्रिन बाध्य हुने बिश्वास प्रकट गर्दछु ।’

पछिल्लो समय आजपा निकटको आम विधार्थी मोर्चाले मधेस प्रदेशमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ । मधेसका सयौं विद्यालयमा बिधार्थी मोर्चाले संगठन बिस्तार गरेको छ । अहिले बिधार्थी मोर्चाका अध्यक्ष विवेक साह सहितका बिधार्थी एवं पार्टीका नेताहरु संगठन गठन, पुनर्गठन गर्दै संघर्षका कार्यक्रम अनुसार अगाडी बढी रहेका छन् । जसकारण ओली सरकार तर्सिएको छ र आन्दोलन दबाउ साम्प्रदायिक हर्कत गरिरहेको आरोप विधार्थी मोर्चाका अध्यक्ष विवेक साहले लगाए ।

आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेको छ ।
आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखी ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गरेको छ । मधेसका बिभिन्न जिल्ला र प्रमुख शहरहरुमा असोज २ गतेदेखी ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसकै दिन असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगंज, जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ ।

यसैगरी असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखी आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले यस अघि नै गरिसकेको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसंग पटक पटक माग गर्दा समेत सरकारले कुनै सुनुवाई नगरेका कारण बाध्यभएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । यस बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको तर सरकारले नसुने जस्तो गर्दै आएको आरोप उनले लगाए ।

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था शिक्षा मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साहले जनाएका छन् ।

प्रेमचन्द्र झा
अशाेज ०१
राैतहट । गरुडा नगरपालिका वडा नम्बर ८ को दलित तथा गरिब बस्तिको विचमा पर्ने यो बाटो नगर प्रमुख कन्तमणी जयसवालले जानी जानी नबनाएको स्थानियले आरोप लगाएका छन ।

सो बाटो बनाउन पटक पटक नगर प्रमुख जयसवाललाई पटक पटक आग्रह गरेपनि नबनाउने गरेको शेख पांचुले बताए । बाटो खराब भएका कारण पैदल यात्री , बढि उमेरका बुढाबुढी र कम उमेरका स्कुले बाल वालिकलाई जान समस्या भएको उनले बताएका छन ।

यो बाटो भएर नगर प्रमुख जयसवाल हप्तामा कम्तिमा ३/४ पटक आवत जावत गरे पनि किन बनाउनु हुन्न उनिहरुले प्रश्न गर्दै पछि आफै जवाफ पनि दिए हामी गरिब दलित छाै त्यही भएर हाम्रोबाटो वहांको प्राथमिकतामा नपरेको स्थानिय हरि महराले आरोप लगाएका छन।

गरुडा नगर पलिकाले पछिल्लो आर्थिक बर्ष ०८०/८१मा नगरको ९ वटै वडाको सडक मर्मत ,ढलान र ग्राभेलमा नगरपालिकाले छ कराेड रुपैयां खर्च गरेको ईन्जिनियर संजय यादवले बताए ।
हामीले नगरपरिषदबाट पारीत योजना कार्यान्वयणको चरणमा काम गर्ने गरेको बताए । सो सडक योजना छनाैटमा परेमा आवश्य कार्यान्वयन गर्ने दाबी गरे ।

सो वडाका वडा अध्यक्ष वशिष्ठ यादवसंग वडाको मेन बाटो नै बन्दैन के गर्नु हुन्छ त्यत्राे बजेट भनेर साेध्दा हामी कहाँ छैन त्यस्तो बजेट। वडाको वजेट २० लाख छ शिक्षा – स्वास्थ्य सहित धार्मिक मठ मन्दिरमा पुजापाठ मर्मत र चन्दा दिदै पुग्दैन के गरु ।

वडा अध्यक्ष यादवसंग नगर स्तरीय कार्यक्रम बाट सडक किन नबनाएको भनेर सोध्दा नगर स्तरीय बजेटमा आफुसंग विना कुनै सल्लाहको मनमानी ढंगले नगरप्रमुख जयसवालले योजना छनाैट गर्ने गरेको आरोप लगाए ।

यश वडाको मुल सडकको कचहरी र मुसहरी टोल आगाडीको सडकबाट पैदल आबत जावत गर्ने निकै कठिनाई भएको वडा अध्यक्ष यादवले बताए ।

यश वडा सहितका सडक मर्मतका लागि नगरपालिकाका नगर प्रमुख जयसवाल आफनै निगरानीमा ७ लाख बराबरको ग्राभेल कुन बेला खसाए आफुलाई थाहा समेत नदिएको बताउदै पछि थाहा पाउँदा मेरो आग्रहमा ३/४ टेलर खसाउन भनेपछि नगर प्रमुख जयसवालले वेवास्ता गरेको वडा अध्यक्ष यादवले आरोपल गाएका छन । नगर प्रमुख जयसवालसंग यसबारे जानकारी लिन खाेज्दा फोन उठेन ।

राैतहट,०१ गते असाेज ।
नेपाल विश्वकर्मा लाेहार संघकाे सम्मान कार्यक्रम सम्पन्न भएको छ । राैतहट गरूडा नगरपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध शिवनगर महादेव स्थानमा आज विश्वकर्मा पुजा तथा संघकाे सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा भाषा आयाेगका अध्यक्ष डा.गाेपाल ठाकुर रह्नु भएको थियोे भने विशिष्ट अतिथिकाे रूपमा मधेस प्रदेश सरकारका पूर्व भाैतिक पूर्वाधार मन्त्री कृष्णा यादव र मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव उर्फ जितेन्द्र रहनु भएको थियोे ।

संघका अध्यक्ष डा.रामाशंकर ठाकुरकाे अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालककाे भूमिका विवेक शर्माले निर्वाह गर्नु भएको थियोे । कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काँग्रेसका मधेस प्रदेशका सभापति समेत रहनु भएका पूर्व भाैतीक पूर्वाधार मन्त्री कृष्णा यादवले विश्वकर्मा मन्दिरका बिगतमा पनि बजेट उपलब्ध गराएको र आउने दिनमा प्राथमिकतामा राखि मन्दिर व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै अर्थमन्त्री यादवले पनि कृषि लगायतका क्षेत्रमा पनि विशेष जाेड दिएर कार्यक्रम ल्याइने बताएका थिए ।

कार्यक्रममा लाेहार जातिका जेष्ठ नागरिकहरू लाई पनि सम्मान गरिएको थियोे भने अतिथिहरूलाई पनि सम्मान पत्र र कदरपत्रले सम्मान गरिएको थियोे । त्यस्तै लाेहार जातीका बिद्यार्थीहरू जसले राम्रो गरेका छन् उनीहरूलाई पनि सम्मान गरिएको थियाे ।

कार्यक्रममा रक्तदानकाे आयाेजना गरिएको थियोे । जसमा ६ जना रक्तदान गरेका थिए । हरेक वर्ष संघले यसैगरि नै रक्तदान कार्यक्रम आयाेजन गर्दै आएकाे छ । कार्यक्रममा वक्ताहरूले विश्वकर्मा पुजाकाे दिन अर्थात् असाेज ०१ गते सार्वजनिक विदा दिनु पर्ने माग राखेका थिए ।

साे अवसरमा गरूडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादव,रेडक्रस साेसाईटिका महामन्त्री धर्मेन्द्र सिंह,गाैर नगरपालिकाका पूर्व उपमेयर किरण ठाकुर,सुविसु गरूडाका प्रमुख सुनिल ठाकुर,शिक्षक साेनेलाल ठाकुर लगायत लाेहार समुदायका सयौं संख्यामा मानिसहरूकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रममा स्वागत मन्तव्य हरदेव ठाकुरले राख्नु भएको थियोे ।

काठमाडौँ । उत्तर कोरियाले फेरी अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको जानकारी दिएका छन् । दक्षिण कोरियाले यो घटनाको विश्लेषण भइरहेको जनाएको छ । यसअघि सेप्टेम्बर १२ मा उत्तर कोरियाले ६०० एमएमको मल्टिपल रकेट लन्चरको परीक्षण गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाली नेता किम जोङ-उनले अगस्टमा कोरियाली प्रायद्वीपमा बढ्दो तनावको बीचमा युद्धको तयारी बढाउन थप आत्मघाती ड्रोनको विकास र उत्पादन गर्न आह्वान गरेका थिए । अगस्ट २४ मा किम जोङ-उनको रेखदेखमा विभिन्न ड्रोनको प्रदर्शन परीक्षण गरिएको थियो । परीक्षणको क्रममा, ड्रोनले निर्दिष्ट लक्ष्यहरू नष्ट गर्यो। ड्रोनसँग जमिन, हावा र समुद्रमा शत्रुको लक्ष्यमा आक्रमण गर्ने क्षमता हुन्छ ।

यस समयमा, उत्तर कोरियाली नेता किम जोङ-उनले पनि ड्रोनको विकासमा कृत्रिम बुद्धिमत्ता प्रविधि सक्रिय रूपमा लागू गर्न आवश्यक छ । परीक्षणको क्रममा मिडियाले खिचेका तस्बिरहरूमा दुई सेतो आत्मघाती बमवर्षक ड्रोनले के-२ ट्याङ्कहरू जस्तो देखिने सिमुलेटेड लक्ष्यहरूलाई आक्रमण र नष्ट गरिरहेको देखाइएको थियो ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।