बज्जिकाञ्चल संवाददाता,राैतहट,१३ गते चैत ।
मेवा देख्न र खानमा जति मीठो हुन्छ त्यत्तिकै गुणकारी पनि हुन्छ। विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।
थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो मेवालाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सकिन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।
आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।
फाइदका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ । मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ ।
मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ । सभार कृषि प्रेस
आरके श्रीवास्तव,रौतहट,१२ गते चैत ।
रौतहट । जनता समाजवादी पार्टी नेपालले देशमा मधेसीको मान सम्मान स्थापित गराउने काम गरेको जनता समाजवादी पार्टीका यूवा नेता एवम् बौधीमाइ नगरपालिकाका पूर्व नगर प्रमुख राजिव रंजन यादव उर्फ राजु यादवले बताएका छन् । बौधीमाइ नगरपालिकाको वडा नम्बर ९ सरमुजवामा आयोजित वडा अधिवेशन कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेसीको पहिचान दिलाउने एक मात्र पार्टी जसपा नेपाल रहेको उनको दाबी थियो । पहिला काठमाण्डौंमा मधेसीको अनुहार हेर्ने बितिक्कै बिहारी हो भन्दै हेप्ने गर्दथ्यो । त् आजकाल यसमा केही बदलाव आएको छ । यसमा हाम्रो पार्टीको देन हो ।
उनले भने—पार्टी धेरै छ तर उनीहरुले हाम्रो पहिचान दिलाउन सकेन । हामीलाइ पहिचान दिलाउन सक्ने पार्टी जसपा नेपाल रहेकोले यो भन्दा ठूलो हाम्रो लागी केही हुन नसक्ने बताए । मधेसी नेपालको नागरिक हो भन्न लगाउने पार्टी केवल जसपा नेपाल मात्र हो । पिछडा वर्गको उद्धार गउाराने आफनो पार्टी रहेको उनको ठोकूवा थियो ।
त्यस्तै सो वडा अधिवेशनबाट बौधीमाइ वडा नम्बर ९ मा रामविनय साहको अध्यक्षतामा २१ सदसीय वडा कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा भागेस पंडित,कोषध्यक्षमा उर्मिला देवी ,सचिवमा जयशंकर राय यादव,सहसचिवमा अच्छेलाल महतो ,सदस्यहरुमा देवशरण यादव,उमेश दास तत्मा रहेका छन् ।
त्यसैगरी वडा नम्बर ८ मा रेखा राय यादवको अध्यक्षतामा २१ सलसीय नयाँ वडा कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा बिजइलाल राय यादव,सचिवमा रामनरेश यादव,सह सचिवमा नरेश कुमार साह,कोषाध्यक्षमा सुनिता देवी,सदस्यहरुमा हरिन्द्र राय यादव,महादेव महतो चयन भएका छन् ।
व्डा अधिवेशन कार्यक्रममा जसपा नेपालको युवा विद्यार्थी तथा खेलकूद बिभाग सदस्य युवा नेता विवेक कुमार यादव, जसपा रौतहट जिल्ला सदस्य सिकिन्द्र राय यादव, राजकुमार पटेल, वडा नं.१ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं.३ को वडा अध्यक्ष मणिभूषण प्रसाद साह, वडा सदस्य लगायत समाजवादी युवा संघ नेपाल रौतहटको कार्यवाहक जिल्ला अध्यक्ष अजय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल लगायत युवाका नगर भरिका युवा नेता कार्यकर्ता, नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,१२ गते चैत ।
रौतहट । ‘राजा आउ, देश बचाउ’ नारासहित आज रौतहटमा राजावादीहरुले भव्य मोटरसाइकल र्याली निकालेका छन् । देशमा राजतन्त्र पुनःस्थापनाको माग उठिरहेको बेला यहाँ स्थित रहेका राजावादी समूहहरु मोटरसाइकल र्याली सहित प्रर्दशन गरेका छन् ।
जिल्लाको मध्य भाग गरुडा देखि सुरु भएको सो र्याली सदरमुकाम गौर सम्म निकालिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का जिल्ला सचिव बिक्रान्त विक्रम नेपालले जानकारी गराएका हुन् । मंगलवार निकालिएको सो रैलीमा बाक्लोे संख्यामा राजावादी समर्थकहरुको सहभागिता रहेको उनले बताएका हुन् ।
मोटरसाइकल र्यालीमा सहभागी राजावादीहरूले नेपालको राष्ट्रिय झण्डा फहराउँदै पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नारावाजी गरेका थिए । उनीहरूले संघीयता र गणतन्त्रले देशमा स्थायित्व दिन नसकेको भन्दै राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भन्दै धारणा व्यक्त गर्दै नारा लगाएका थिए ।
राजावादीहरूको प्रर्दशनलाइ मध्यनजर गर्दै स्थानिय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा बनाएको थियो । यस्ता किसिमका प्रर्दशनले देशमा राजसंस्थाको पुनरागमनको विषयलाइ फेरी सतहमा ल्याएको छ । तर राजनितिकदलका नेताहरुले लोकतान्त्रिक व्यवस्थालाइ नै सुधारगरेर अघि बढनुपर्ने धारण राखिरहेका छन् ।
आरके श्रीवास्तव,रौतहट,१२ गते चैत ।
रौतहट । समयमै पुल निर्माण कार्य सम्पन्न गर्न आज रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्कालाइ ध्यानाकर्षणपत्र बुझाइएको छ । जंगलसैया—बालचनपुर सडकखण्ड अन्तर्गत गुजरा नगरपालिकाको कार्यालय भन्दा करिब १ किलोमिटरको दूरीमा रहेको लामाहा खोलामा पुल निर्माणको काम सम्पन्न गराउनका लागि पहल गरिदिन पत्र मार्फत् आग्रह गरिएको छ ।
गुजरा नगरपालिका वडा नम्बर ४ का स्थानिय सामाजिक अभियन्ता अब्दुल सलामको नेतृत्वमा गएका यूवाहरुको एक टिमले जिल्ला प्रशासन कार्यालय रौतहटमा पुगी सिडियो खड्कालाइ सो ध्यानाकर्षणपत्र बुझाएका छन् ।
सो ध्यानाकर्षणपत्रमा ३ बुँदे माग पनि अघि सारिएको छ । उनीहरुले ठेकेदार कम्पनीको गैर जिम्मेवारीपूर्ण कार्यशैलीको छानबीन गरी आवश्यक कारबाही अघि बढाउन,लामाहा खोलाको पुल निर्माण कार्यलाइ तुरुन्त अघि बढाइ यथासिघ्र सम्पन्न गराउन व्यवस्था गर्न र नागरिकहरुको असुविधालाइ मध्यनजर गर्दै वैकल्पिक मार्ग वा अस्थायी पुल बर्खायामका लागि दिगो निर्माणको व्यवस्था गर्न माग गरेका छन् ।
आफूहरुको मागहरु पूरा नभए स्थानिय नागरिकहरुले थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी समेत दिएका छन् । जसको समपूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने पत्रमा उल्लेख रहेको छ ।
स्मरणियहोस् करिब २ वर्ष अघि सो पुल निर्माण गर्न ठेक्का समझौता भएको थियो । तर ठेकेदार कम्पनीले पुल बनाउन त परै जाओस् । त्यहाँ रहेको कजवेलाइ पनि भत्काइ दिएका थिए । र पछि निर्माण कार्य नबढाइ बीचैमा काम छोडेर ठेकेदार फरार भएकाले हालसम्म पुल निर्माण हुन सकेको छैन् ।
फलस्वरुप स्थानिय बासिन्दा,बिधार्थी,वृद्धवृदा लगायत सर्वसाधारण नागरिकलाइ ओहोरदोहर गर्न गम्भीर सस्या भोग्नु परेको छ । विशेष गरि वर्षयाममा खोला वारपार गर्न असम्भव जस्तै हुने भएकाले यहाँका नागरि जोखिम मोलेर यात्रा गर्न बाध्य हुनेगरेका छन् । यातायात,आपूर्ती, स्वास्थ्य उपचार तथा शिक्षामा समेत यसले नकारात्मक असर पुर्याउने गरेको छ ।
आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।
रौतहट । रौतहटमा माछापालक कृषकले आज दबाबमूलक धर्ना दिएका छन् । माछा कृषकको आम्दानी भन्दा लागत मूल्य बढाउने उधोग मिटर हटाइ कृषि मिटर कायम गर्न एक दिने दबाबमूलक धर्ना कार्यक्रम गरिएको मत्सय पालक कृषक रामबाबु चौरीले जानकारी गराएका हुन् ।

नेपाल मत्सय व्यवसायी संघ रौतहटको आयोजनामा आइतवार माछा कृषकहरुले धर्ना दिएका थिए । नेपाल विधुत प्राधिकरण चन्द्रनिगाहपुर वितराण केन्द्रको अगाडी उनीहरुले एक दिने धर्ना दिएका हुन् ।
माछापालन कृषि अन्तर्गत पर्ने भएपनि विधुत प्राधिरकणले औधोगिक मिटर थमाएर माछापालक किसानको ढाँड सेक्ने काम गरेकोले यसलाइ तुरुन्त सच्चयाउन माग गरेका छन् । उनले भने—माछापालन कृषि अन्तर्गत पर्ने गर्दछ । तर हामीलाइ बढी विधुत महसुल तिर्नु परेको छ ।

कृषि मिटर कायम नहुँदा आफूहरुलाइ घाटा भइरहेको बताए । जसले गर्दा हाम्रो कारोबार नै धरासायी बन्ने कागार पुगेको उनी बताउँछन् । राज्यले यसलाइ तुरुन्त सम्बोधन गर्नु पर्दछ ।
आफूहरुको मागलाइ समयमा सम्बोधन नगरे कडा रुपमा आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । रौतहटमा रहेको नेपाल विधुत प्राधिरकणको प्रत्येक वितरण केन्द्रको अगाडी यसरी नै चेनरुल अनुसार आइतवारका दिन धर्ना दिने कार्यक्रम रहेको चौधरीले बताएका हुन् ।
आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।
रौतहट । थारु कल्याणकारिणी सभा रौतहटको भवन धमाधम निर्माण भइरहेको छ । जसको लागि आज दोस्रो तल्लाको ढलान कार्य भएको छ । सो नगरपालिकाको वडा नम्बर ९ दयालपुरमा सभाहल भवन निर्माण भइरहेको छ ।
गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले एक कार्यक्रमका बिच आज छत ढलान कार्यको प्रारम्भ गर्नु भएको थियो । कल्याणकारीणी सभाको भवन नगरपालिका,विभिन्न वडाका वडा अध्यक्ष,सहयोगी चन्दादाताहरुको सहयोगमा भवन निर्माण कार्य भइरहेको वडा अध्यक्ष प्रेम चौधरीले जानकारी गराएका हुन् ।
उनले दिएको जानकारी अनुसार आर्थिक २०८०।०८१ म १० लाख रुपैयाँ गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी र ३० लाख बजेट आफनै वडा बाट छुट्टयाएर भवन काम गरिएको बताए ।
त्यस्तै चालु आर्थिक वर्ष २०८१।०८२ मा गुजरा नपा २ का वडा अध्यक्ष अशोक चौधरीको ५ लाख,वडा नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र चौधरीको ५ र आफनो वडा बाट १० लाख ५० हजार छुट्टयाएर छत् ढलानको कार्य भइहरेको उनको भनाइ छ ।
वडा अध्यक्ष चौधरीले दयालपुरमा थाकसको भवन निर्माण गर्नको लागि पहल गर्नु हुने सम्पूर्ण जनालाइ धन्यवाद ज्ञापन गर्नु भएको छ । स्थानिय सुजित चौधरीले थाकसको भवन नमूना भवन रहेको भन्दै हाम्रो गाउँ दयालपुरको यसले मान,सम्मान बढाउने काम गरेको छ । थाकस भवन सँगै रहेको सडकलाइ ढलान गर्न करिब २५ लाख बजेट व्यवस्था व्यवस्थापन गरि दिनुहुने मेयर चौधरीलाइ धन्यवाद पनि व्यक्त गर्नु भएको छ ।
वि.स.२००५ सालमा स्थापना भएको थाकस रौतहटको भवन विहिन रहेको थियो । नगर प्रमुख सन्तलाल चौधरी,वडा अध्यक्ष प्रेम चौधरी र विभिन्न व्यक्तीत्वहरुको सहयोगमा सो भवन बनिरहेको छ । वडा अध्यक्ष चौधरीले थाकसको भवन निर्माणको लागि आफनो वडामा रहेको १० कठ्ठा जग्गा उपलब्ध गराए पछि सो भवन बन्न सम्भव भएको हो ।
सो अवसरमा नगरप्रमुख सन्तलाल चौधरी सँगै वडा नम्बर १ का वडा अध्यक्ष रामजीत चौधरी,थाकसका पूर्व सभापती रामाश्रय चौधरी,थाकस रौतहटका सह सचिव रामबाबु चौधरी,बलिराम चौधरी,सुजित चौधरी,अनुठा चौधरी सहित जिल्ला भरीका थारु समाज अगुवा व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।
आज चैत १० गते रौतहटको साहित्य इतिहासमा आजदेखी नयाँ दिनको सुरुआत भएको छ । देवकोटा पदार्पण दिवस मनाइएको छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको रौतहट आगमनको अवसरमा यो दिवस मनाउन प्रारम्भ गरिएको हो ।
सम्भवतः रौतहटबाट नै पदार्पण दिवसको थालनी भएको हो । आजकै दिन देवकोटा रौतहटमा आएको समझना पारेर यो दिवस मनाउने नयाँ परम्पराको अभ्यास सुरु भएको हो ।
आइतवार किसान आन्दोलनको ऐतिहासिक ठाउँ जिल्लाको मध्यभाग गरुडा नगरपालिका वडा नम्बर ५ स्थित महम्दपुरमा रहेको गोपाल सेवा समितिको प्रांगणमा देवकोटा पदार्पण दिवस मनाउन जिल्लाका साहित्यकारहरु भेला भएका थिए ।
कार्यक्रमका इतिहासका जानकार सञ्जय साह मित्रले महाकवि देवकोटा रौतहट सदरमुकाम गौर स्थित कलाकुञ्ज पुस्तकालयले २०१० चैत १० गते आयोजना गरेको साहित्यिक समारोहमा सहभागी भएको जानकारी गराएका थिए ।

सो पुस्तकालय तत्कालीन शारदा पुस्तकालयको रुपमा पनि चिनिन्थ्यो । उनले भने—देवकोटालाई प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माले गौर पु¥याएर वीरगंजसम्म लगेको पनि बताए ।
त्यो बेला महाकवि देवकोटाको हस्ताक्षर लामो समयसम्म पुस्तकालयमा सुरक्षित रहेको बताइएको थियो । अहिले पनि देवकोटाको हस्ताक्षरलाई पुस्तकालयले सुरक्षित राखेको जानकारी पुस्तकालय स्रोतबाट प्राप्त भएको साहित्यकार बिन्दा साहनीले जानकारी गराएका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै साहनीले देवकोटालाई साहित्यको ब्रह्माण्डसित तुलना गर्दै देवकोटाको रौतहट आगमन भएको दिवसलाई ‘देवकोटा पदार्पण दिवस’को रुपमा मनाउन पाउँदा उनको व्यक्तित्व र कृतित्वबाट नयाँ पुस्ता लाभान्वित हुने विश्वास लिएको बताएका छन् । साहनीले यस किसिमको कार्यक्रम कलाकुञ्ज पुस्तकालयमै मनाउन पाए अझ राम्रो हुने बताउँदै परिस्थिति मिलेसम्म आगामी वर्ष अझ भव्यरुपमा मनाइने बताएका छन् ।
महाकवि देवकोटा र रौतहटको साहित्यसित उनको नाताको विषयमा व्यापक खोजतलास हुन बाँकी रहेको बताउँदै एउटा राम्रो सुरुआत भएको कार्यक्रमका परिकल्पनाकार सञ्जय साह मित्रले जनाएका छन् । देवकोटाबारे अध्ययनको नयाँ आयाम विस्तार भएको बताउँदै मित्रले देवकोटा रौतहट आएको ७१ वर्षमा सम्झना गर्नु पनि नयाँ सुरुआत भएको बताएका छन् ।
बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले देवकोटा जहाँ जहाँ पुगेका छन् र जहाँ जहाँ बास बसेका छन्, ती सबै ठाउँमा यसरी गर्व गरेर कार्यक्रम आयोजन गर्न सकिने बताएका छन् । देवकोटाजस्तो विराट व्यक्तित्बारे नयाँ पुस्तालाई जान्ने नयाँ किसिमको कार्यक्रम भएको श्रीकृष्णले बताएका छन् ।
कार्यक्रममा साहित्यकार तथा प्रअ रामअधार पासवान, विपिनबिहारी सिंह, पत्रकार तथा लेखक राजुकुमार श्रीवास्तव, पत्रकार चन्दन यादव, नवसर्जक साहित्य चौतारी नेपालकी रौतहट उपाध्यक्ष रोशनी यादव, रामप्रसाद साह लगायतले मन्तव्य राख्दै देवकोटाबारे नयाँ किसिमले कार्यक्रमको सुरुवातले नयाँ पुस्ता लाभान्वित हुने र आफ्नो क्षेत्रको महत्वबारे बुझ्न पाउने विचार व्यक्त गरेका छन् ।
काठमाडौँ ।
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।
तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि मोबाइल फोनको लतमा फसेका छन्। जसका कारण बालबालिका पढाइमा पनि ध्यान दिन सक्दैनन् ।
मोबाइलका कारण उनीहरु कुनै पनि शारीरिक गतिविधि गर्न सक्दैनन् । पहिले केटाकेटी खेल्न बाहिर जान्थे, अहिले उनीहरु बाहिर निस्कनुको सट्टा मोबाइल फोनमै व्यस्त रहने गरेका छन् । जसका कारण उनीहरुको शारीरिक विकास पनि हुन सकेको छैन । राम्रोसँग पढाइसमेत गर्न पाएका छैनन् ।
यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई मोबाइलको लतबाट कसरी मुक्त गर्ने भन्ने चिन्तामा अभिभावकहरु निकै चिन्तित छन् । यदि तपाई पनि यसबाट चिन्तित हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन । हामी तपाईलाई केही यस्ता टिप्सहरु दिदैछौ, जसको पालना गरेर तपाईले पनि आफ्ना बच्चाहरुलाई मोबाइलबाट टाढा राख्न सक्नुहुन्छ । हामी ती सुझावहरूको बारेमा विस्तृत रूपमा बताउने छौं ।
बाहिरी खेलाउनुहोस्
यदि तपाईं आफ्ना बच्चाहरूलाई स्मार्टफोनबाट टाढा राख्न चाहनुहुन्छ भने, तिनीहरूलाई बाहिरी खेलहरू र फिटनेस गतिविधिहरूको लागि प्रोत्साहित गर्नुहोस्। यसका लागि तपाईंले पौडी, साइक्लिङ वा मार्शल आर्टजस्ता खेलहरू खेल्न सक्नु हुन्छ साथै तिनीहरूका लागि फुटबल, बास्केटबल वा टेनिसजस्ता टिम गेमहरू खेल्न सक्नु हुन्छ। यी गतिविधिहरूले स्मार्ट फोनको प्रयोग घटाउन मद्दत गर्नुका साथै सामाजिक जडान, सहकार्य र सफलताको भावना प्रदान गर्नेछ।
फोनबाट बालबालिकालाइ टाढा राख्नुहोस्
यदि तपाई आफ्ना बालबालिकालाई फोनको लतबाट मुक्त गर्न चाहनुहुन्छ भने फोनलाई बालबालिकाको नजरबाट टाढा राख्नुहोस् । सुत्न जाँदा मोबाइल नजिकै राख्ने प्रयास नगर्नुहोस् । सानै उमेरमा आफ्नो बच्चाको लागि फोन किन्ने गल्ती नगर्नुहोस्। यसले उनीहरूको बानी तोड्न गाह्रो हुनेछ।
स्क्रिन समय सेट गर्नुहोस्
बच्चाहरूलाई मोबाइल फोनबाट पूर्ण रूपमा हटाउन सम्भव छैन तर तिनीहरूको स्क्रिन समय सीमित भने बनाउन सकिन्छ । दिनभर मोबाइल चलाउनको लागि समय तय गर्नुहोस् र सोही अनुसार फोन दिनुहोस्। यसबाट उनीहरुले बिस्तारै आफ्नो बानी कम गर्न थाल्छन् ।
परिवारसँग समय बिताउनुहोस्
प्रायः बालबालिकाले एक्लो महसुस गर्ने भएकाले मोबाइल फोन बढी प्रयोग गर्छन्। उनीहरूसँग समय बिताउनु होस्, कुराकानी गर्नु होस् र घरमा यस्तो वातावरण सिर्जना गर्नुहोस् कि उनीहरू स्क्रिनलाई भन्दा परिवारलाई प्राथमिकता दिन थालुन् ।
फोन आफै प्रयोग नगर्नुहोस्
यदि तपाईं अभिभावक हुनुहुन्छ भने आफैँ मोबाइलमा व्यस्त रहनु भयो भने तपाईंका बच्चाहरूले पनि त्यही सिक्ने छन्। तसर्थ, यो महत्त्वपूर्ण छ कि तपाईले आफ्नो मोबाइलको प्रयोगलाई पनि सीमित गर्नुपर्छ । हाम्रा कुरा
काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको अनावश्यक र मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको टिप्पणी गरेका छन् ।
‘दलाल एवं लुटकारी दलतन्त्र तथा भ्रष्टाचारको बिरोध गरौं, चैत २४ गतेको आन्दोलनमा सहभागि बनौं’ भन्ने मुल नारा सहित आजपा निकटको आम सम्पर्क मञ्चको आज कोटेश्वर, काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको अनावश्यक एवं मनोमानी कर आतंक रोक्न आन्दोलनको बिकल्प नभएको बताए ।
‘अहिलेको व्यवस्थाले तीनै तहका सरकारलाई कानून बनाउने र कर उठाउँने अधिकार दिएको छ । सरकारपिच्छे सरकारको अनावश्यक र मनोमानी कर उठाउने प्रतिस्पर्धा चलेको छ । त्यसैले हामीले भनिरहेका छौं, सरकारको अनावश्यक र मनोमानी कर आतंक रोक्न यो व्यवस्था नै खारेज गर्नुपर्छ । त्यसका लागि हामी सडकमा आउँनै पर्छ, आन्दोलन गर्नैपर्छ, आन्दोलनको विकल्प हामीसंग छैन्’, आजपा अध्यक्ष साहले भने ।
जनतासंग कर लिने तर रिटर्नी नदिने सरकारलाई दण्डित गर्नुपर्ने उनले बताए । करको नाममा जनतासंग सरकारले लुट मचाइरहेको भए पनि जनतालाई त्यसको रिटर्नी केही पनि नदिने सरकार के कामका लागि भन्दै साहले प्रश्न उठाएका छन् । राज्यको ढुकुटी सिध्याएर नेपाली जनतामाथि विदेशी ऋणको भारी बोकाउने वर्तमान सरकार फाल्नुको विकल्प नभएको उनले बताए ।
उनले सरकार र संविधान दुवै असफल भईसकेकाले नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गरे । गतबर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए ।
आउँदो २४ मा आजपाले काठमाडौंमा खबरदारी सभाका साथै बिरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको बैठकले व्यापक जनसहभागिता जुटाउने निर्णय समेत गरेको छ ।
२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।
बैठकमा आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष विल्टु यादव, महासचिव त्रिभुवन साह अमर, सचिवद्धय देवी पण्डित, नारायण पाण्डे, नेताहरु किशोरी साह, श्रीनारायण साह, उपेन्द्र साह, रन्जु साह, देव कुमारी, मिनादेवी साह, लखिन्द्रकुमार साह लगायतको विशेष सहभागिता रहेको थियो ।