काठमाडौ, १६ साउन ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसा रहेको छ। हिजो अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँमा काराेबार भएकाे थियाे ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८९ पैसा र बिक्री दर १६९ रूपैयाँ ६६ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसामा काराेबार गर्न सकिनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री भइरहदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ३४ पैसामा काराेबार गर्न सकिने छ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ र बिक्री दर ३५.१६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२५ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.४९ पैसा विक्रीदर ४२९.४५ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ ।
वासिंगटन डिसी, १६ साउन ।
अमेरिकामा कोरोना (कोभिड–१९) ले फेरि एकपटक चिन्ता बढाएको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले चेतावनी दिएको छ कि अमेरिकामा कोविड १९का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ। तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो ।
जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । गत हप्ता यो संख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ ।
जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई भने, ‘लगभग छ सात महिनाको निरन्तर गिरावट पछि हामी फेरि वृद्धि देखिरहेका छौं।’
उनले भने, ‘हामीले पछिल्ला केही सातादेखि तथ्यांक बढिरहेको देखेका छौं। र यो हप्ता, लामो समयमा पहिलो पटक हामीले अस्पताल भर्तीको संख्यामा वृद्धि पनि देख्यौं। यसको कारण गर्मीको अन्त्यतिरको लहरको सुरुवात हुन सक्छ।’ उनले दक्षिण पश्चिममा केसहरूको वृद्धि उल्लेखनीय रहेको बताए।
अझ ठूलो चिन्ताको विषयका बारे उनले भने, ‘एसियामा उत्परिवर्ती सबभेरियन्टहरू देखा पर्दैछन्। तर अमेरिकाका अधिकांश मानिसहरूको लागि यी प्रारम्भिक संकेतहरूले धेरै अर्थ राख्दैनन्।
तर अमेरिकामा कोविड दरहरू अझै पनि ‘ऐतिहासिक कमको नजिक’ छन् । उनले भने, देशमा समग्र संक्रमण सम्बन्धी मृत्यु घट्दै गएको छ र सिडिसीले ट्र्याक राख्न थाले देखि सबै भन्दा कम दरमा छ।
किभ, १६ साउन ।
युक्रेन माथी रुसी आक्रमण हुदाँ चार जनाको मृत्यु भएको छ भने झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् ।
युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी क्षेप्यास्त्रहरूले क्रिभिई रिह श्माको एउटा अपार्टमेन्ट कम्प्लेक्स र विश्वविद्यालयको भवनमा प्रहार गरेको बताए। उनका अनुसार आक्रमणमा चार ज
नाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । किभ रिह शहर मध्य युक्रेनमा स्थित छ र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर पनि हो।
उनका अनुसार दुई क्षेप्यास्त्रमध्ये एउटाले चौथो र नवौं तलाको बीचमा रहेको अपार्टमेन्टको केही भाग ध्वस्त पारेको छ । भिडियोमा भवनबाट कालो धुवाँ निस्किरहेको देखिन्छ । साथै कारहरूमा जलेका छन छन् भने रूखले भरिएको सडकमा क्षतिग्रस्त भएको छ ।
मृत्यु हुनेमा एक १० वर्षीया बालिका पनि रहेको अधिकारीहरूले बताएका छन् । डिनिप्रोका गभर्नर सेर्ही लिसाकले बिहानको आक्रमणमा ५३ जना घाइते भएको बताए । आक्रमणमा विश्वविद्यालयको चार तले भवनको एक भाग पनि ध्वस्त भएको छ ।
यसैबीच, रुसको कब्जामा रहेको डोनेट्स्क प्रान्तका नेता डेनिस पुशिलिनले डोनेस्कमा युक्रेनी तोपको गोलाबारीमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको बताए ।
युक्रेनी सेनाले सोमबार डोनेट्स्क सहरमा एउटा बसलाई ठक्कर दिएर गोली चलाएको थियो। डोनेट्स्कमा रुसद्वारा स्थापित नेता पुशिलिन हुन्। कुनै पनि पक्षले स्वतन्त्र रूपमा यसको प्रमाणित भने गरेको छैन।
युक्रेनी सेनाले पश्चिमी सहयोगीहरूको सहयोगमा हतियार तैनाथ गरेर र रुसी सेनालाई कब्जा गरेको क्षेत्रबाट बाहिर धकेल्ने प्रयास गरिरहेका छन्। गत हप्ता रुसले युक्रेनका तीन ड्रोन खसालेपछि द्वन्द्व बढेको थियो ।
मुम्बई, १६ साउन । महाराष्ट्रमा एउटा भयानक दुर्घटना भएको छ ।
सो दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । घटना मुम्बई नजिकैको ठाणे जिल्लाको हो।
समृद्धि एक्सप्रेस राजमार्गको तेस्रो चरणको निर्माण कार्य भइरहेको शाहपुर प्रहरीले जनाएको छ । यसैबीच मंगलबार बिहान शाहपुर नजिकै एउटा गार्ड मेसिन खसेर १४ जनाको मृत्यु भएको छ । जबकि तीन जना घाइते भएका छन् ।
एम्बुलेन्स र स्थानीयको सहयोगमा घाइतेहरुलाई अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । साथै मृतकको शव पनि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । जेसीबी र उद्धार टोलीले जिम्मा लिएको छ । सो क्षेत्र खाली गरिँदै छ।
काठमाडौं, १६ साउन । संघीय संसदका दुईवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा पूर्वाधार विकास समितिको आज बैठक बस्दैछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।
काठमाडौँ, १६ साउन । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच आज एकता हुदैँछ ।
गत आइतबार राप्रपा नेपाल र मोर्चा बिच भएको सहमति अनुसार आज एकता हुन लागेको हो ।
आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजेवाट उक्त एकतासभाको औपचारिक कार्यक्रम सुरु हुनेछ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो । महामन्त्री राजाराम बर्तौलाका अनुसार सो एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए ।
काठमाडौं, १६ साउन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
यसैगरी, हिजाे नै तय भएकाे कार्यसुची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने छ ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने तथा राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसुचीलाइ यथावत राखिनेछ ।
रौतहट, १५ साउन । मधेश प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका मोहम्मद समिम र जनमत पार्टीका नन्दन सिंहलाई मन्त्री नियुक्त गरेका हुन्। समिमलाई गृह, सञ्चार तथा कानुन र सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुवै मन्त्रीले सोमबार प्रदेश प्रमुख मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
यससँगै मधेश सरकारले पूर्णता पाएको छ।
काठमाडौं, १६ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आन्शिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती भने देशभर सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हनुमत कुमार यादव,गौर,१५ गते साउन ।
रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिका वडा नम्बर ३ का प्रिंस अन्सारी लाई बिजुली पोलमा बाँधी कुटपिट गरेको आरोपमा एक जना लाई प्रहरीले पक्राउ गरेको छ । सो वडाको ३ पोखरीया टोलमा बस्ने अन्दाजी २४ बर्षीय प्रिंस अन्सारी सँग अर्को युवक सजिद, उसको बुबा, दाई शुक्रबार सामान्य झडप हुँँदा आइतबार बीच बाटोमै सामुहिक उपस्थितमा कुटपिट गरिरहेको भिडियोमा देखन सकिन्छ । पिडित युवकको ठुला दाईका अनुसार युवकलाई अर्को युवकको आफन्तहरूले बिधुत पोलमा डोरीले बाधेर पशु जस्तो निर्मम कुटपिट गरेको पीडितको दाई अलियास अंसारीले बताएका छन् । अंसारीले जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा किटानी जाहेरी दिए पछी प्रहरीले एक जना लाई पक्राउ गरेका छन् भन्ने दुइ जना फरार रहेका छन् ।
घरमा कोही सदस्य नरहेको बेला आफू काम विशेषले बिरगंज गएको क्रममा भाईलाई जनावर जस्तो बिधुत पोलमा बाधेर लठ्ठी, प्लास्टिकको पाइप, मुक्का लगायतले कुटपिट वडाअध्यक्षको अगाडि गरिएको उनले बताएका छन् ।
सो वडाका वडा अध्यक्ष संग सोध्दा टोलमा भएको झगडा बारे मलाई पहिला देखि केही थाहा नभएको र म बजारबाट घर फर्किदा झगडालाई शान्त गर्न गएको बेला म लाई बदनाम गर्ने नियतले भिडियो बनाइएको उनले बताएका छन् । म पुग्ने बितिकै झगडा लाई शान्त गरि झगडा गर्नेहरु लाई प्रहरी प्रशासन समक्ष जिम्मा लगाइसकेको साथै प्रहरी प्रशासनले झगडा कुटपिट बारे छानबिन गरिराखेको वडा अध्यक्ष अन्सारीको भनाइ रहेको छ । आफ्नै टोलमा भएको झगडालाई मैले शान्त गर्दा पनि केही व्यक्तीले मेरो नाम बदनाम गर्ने नियतले मेरो रोहवरमा झगडा भएको कुरालाई भ्रम फैलाएको भन्दै वडा अध्यक्ष अन्सारुलले निन्दा गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा घटना सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।