२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

इस्लामबाद, २२ साउन ।

पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देशलाई हल्लाएको छ ।

हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दर्दनाक दुर्घटना हुदाँ हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।

 

मिडिया रिर्पोटका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

 

जियो न्यूजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेशन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो। जसमा ८० जनाभन्दा बढी घाइते भएका छन् ।

 

घाइतेहरुलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको थियो, जहाँ उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको संख्या अझै बढ्न सक्ने जनाईएकोृ छ ।

 

यस दुर्घटनालाई ध्यानमा राख्दै, पाकिस्तान रेलवे अधिकारीहरूले भने कि सिन्धको भित्री जिल्लाहरूबाट रेलहरूको सञ्चालन निलम्बित गरिएको छ, सञ्चालनलाई पुनर्स्थापित गर्न १८ घण्टा लाग्न सक्छ। यो कारणले गर्दा ट्र्याकहरूबाट बोगीहरू हटाउन समय लाग्छ।

 

जियो न्यूजको रिपोर्ट अनुसार स्थानीय प्रशासनका अनुसार दुर्घटनापछि नजिकका अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ ।

काठमाडौ, २२  साउन ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसामा काराेबार भइरहेकाे छ ।

 

हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसामा काराेबार भएकाे थियाे ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा कायम हुन पुगेकाे छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसाले भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १४ पैसा र बिक्रीदर  १० रूपैयाँ १८ पैसामा काराेबार गर्न सकिनेछ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१  रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७  रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४३०.२८  पैसा  विक्रीदर ४३२.२३ पैसामा काराेबार हुनेछ ।

 

 

 

मञ्जय राम,कटहरिया,साउन २२ गते ।

आज बिहानै देखि रौतहट सहित देशको विभिन्न स्थानमा पार्नी परिरहेको छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियो । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ।

जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू९क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

काठमाडौं, २२ साउन ।

बहु प्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ

निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

अब ‘ब्रेक थु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।

 

सो ‘ब्रेक थु’ हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन । उनकाे उपस्थितिमा साे ‘ब्रेक थु’ गरिने छ ।

 

यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थु’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलकाे सुरूङकाे काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

राैतहट,साउन २२ गते ।
राैतहटकमे दक्षिणी भेग ईशनाथ नगरपालिकामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिएको छ । “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति नम्बर ६ ईशनाथ नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चाैकी जयनगर रौतहटको सहयोगमा आईतवार दिउँसो कार्यक्रम गरिएको थियाे । ईशनाथ नगरपालिका वडा नम्बर ०६ स्थित जयनगर टोलमा सोही वडाका स्थानिय, भद्रभलादमी,बालबलिका समेत गरी अन्दाजी २० जना मानिसहरुको सहभागितामा जातिय छुवाछुत तथा भेदभाव सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।

 

राैतहट,साउन २२ गते

राैतहटकाे राजदेवीमा लागु औषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक सम्पन्न भएको छ । “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति नम्बर ८ राजदेवि नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चाैकी बेलबिछवा रौतहटको सहयोगमा आईतवार साे कार्यक्रम गरिएको थियाे । कार्यक्रममा सोही वडाका स्थानिय, भद्रभलादमी, बालबलिका समेत गरी अन्दाजी २० जना मानिसहरुको सहभागितामा लागुऔषध तथा मानव बेचबिखव सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।

ओम प्रकाश यादव,साउन २१ गते, रौतहट ।
जिल्ला कारागार रौतहटमा क्षमता भन्दा करिव दोब्बर कैदीबन्दी राखिएपछि व्यवस्थापनमा ठुलो समस्या देखिएको छ । जिल्ला कारागार गौरको क्षमता २ सय जनाको मात्र भएपनि हाल उक्त कारागारमा ३ सय ६८ जना कैदीबन्दी रहेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या आएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख (जेलर) मणिभुषण साहले बताएका छन् ।
भवन अभाव हुँदा क्षमता भन्दा लगभग दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ । प्रयाप्त भवन नहुँदा कैदीबन्दीहरुले एउटै कोठामा क्षमता भन्दा धेरै बस्नु पर्ने बाध्यता रहेको कारण उनिहरुको व्यवस्थापन गर्न समस्या भइरहेको जेलर साहले बताए ।
क्षमता भन्दा बढी कैदीबन्दी भएपछि कैदीबन्दीहरुलाई खाने, बस्ने, सुत्ने, लत्ता कपडा, शौचालयको अभाव छ भने राशन, विद्युत, खानेपानी र स्वास्थ्य उपचारमा समस्या हुने गरेको जेलर साहले बताए । उनले भने, “कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ।” पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर साहले बताए ।
जेनतेन गरेर केही स्थानीय तहको सहयोगमा आफुले जिर्ण भवनलाई थोरै व्यवस्थित गरेपनि अझै सुधार तथा मर्मतका काम धेरै गर्न बाँकी रहेको उनले बताए । वर्षाको पानीको निकास नहुँदा वर्षाको समयमा कारागार कार्यालय भित्र पानी जम्ने गरेको र त्यही जमेको पानीमा कैदीबन्दी बस्न बाध्य हुँदै आएको समेत उनले बताए । क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको कैदीबन्दीहरुको गुनासो छ । कारागार भवन धेरै जिर्ण भएकोले आफुहरु बर्षाको समयमा रातीमा राम्ररी सुत्न समेत नपाउने गरेको कैदीबन्दीहरु बताउँछन् । सबैभन्दा ठूलो समस्या शौचालयको रहेको उनिहरुको भनाई छ् ।
विहान शौचालय जादा घण्टौसम्म पालो कुर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । यस्तै खाना खानको लागि समेत घण्टौ लाइनमा बस्नुपर्ने र सुत्नलाई समेत पालो कुर्नुपर्ने अवस्था रहेको कैदीहरुको गुनासो छ । कैदीको संख्या क्षमता भन्दा बढी हुँदा कोचिएर बस्नुपर्ने बाध्यताका कारण कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमण हुन सक्ने खतरा समेत उतिकै छ ।
पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागारलाई भ्याइनभ्याइ छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट तथा कारागार विभागलाई समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको बताइन्छ । आजभन्दा ९१ वर्षअघि वि.सं. १९८९ सालमा स्थापना भएको जिल्ला कारागार कार्यालय रौतहट अहिले संरक्षणको अभावमा दिनप्रतिदिनि जीर्ण बन्दै गएको छ ।
यस आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय सरकार र विभिन्न दातृ निकायको सहयोगमा कैदीबन्दीको सुविधाका लागि थप तिन वटा शौचालय निर्माण गरिएको छ भने कैदीबन्दीको फोन गर्ने ठाउँ, खाना खाने ठाउँलाई मर्मत गरी व्यवस्थित गरिएको छ । त्यस्तै १५ थान पंखा, दुई वटा पानी तान्ने मोटर, हाते पम्प एक थान र २० वटा त्रिपाल कैदीबन्दीहरुलाई विभिन्न श्रोतबाट उपलब्ध गराइएपछि उनिहरुलाई थोरै राहत भएको जिल्ला कारागाार कार्यालयले जनाएको छ ।

काठमाडौं, २१ साउन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न  व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाइ छ।

पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डाक्टर तथा गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइ दिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा, इजरायललगायतका देशमा सरकारी कोटामा पठाइ दिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारीचालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो।

यसैगरी निजले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलबुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने सत्यन्द्र यादवलाई ठगीसम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको छ।

महेन्द्रनगर, २१ साउन ।

महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेको छ। पानीले सतर्कता बिन्दु नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ।

 

पुल जीर्ण भइसकेकाले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि  बनबासा पुलमा सवारीसाधन आवतजावतमा बन्देज लगाउँदै आइएको छ। शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल–भारतमैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्वार र दिल्ली चल्ने बस यतिबेला पुलको वारी नै रोकिएका छन्।

 

आज बिहान १० बजेदेखि महाकाली नदीको जलस्तर बठ्न सुरु भएकोमा साँझ ४ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ। अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको बताइएको छ।

आरके श्रीवास्तव,रौतहट,साउन २१ गते ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको मिलेमतोमा रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सार्ने षडयन्त्र भएको उँखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले आरोप लगाउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो आरोप लगाउनु भएको छ । उधोग मन्त्रीले आफनो जिल्लामा अर्को चिनी मिल स्थापना गराइ वाहवाही कमाउनका लागि चिनी मिल उठाउन लगाउने षडयन्त्रमा लागनु भएको वहाँको आरोप छ । भोट बैंक बनाउने मन्सायले यस्तो गर्न लागनु भएको बताउनु भयो ।

विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो । मिल सञ्चालकले अनाधिकृत रुपले मिल कवाड भनि टेण्डर प्रक्रिया बढाएको लाइ खारेज गरी मिल पुनः सञ्चालन गर्न वहाँहरुको माग छ । संघका अध्यक्ष यादवका अनुुसार मन्त्री रिजाल विशाल ग्रुप सँग मिलेमतो गरि चिनी मिल गरुडा बाट हटाउने षडयन्त्रमा लाग्नु भएको आरोप छ । मिल सञ्चालकले बदनियत पूर्ण तरिकाले मिल हटाएर जमिन बिक्री गर्ने सोचमा रहेको उनको भनाइ छ । २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ ।

निर्णायक आन्दोलन गर्ने तयारी

मिल पुनः सञ्चालन गराउने विषयमा सर्वदलय बैठक बाट कानुनी बाटोमा जाने निणर्य भएको अध्यक्ष यादवले बताए । यस बाट पनि सुनवाइ नभए कडा आन्दोलनका साथ अगाडी बढने चेतावनी दिए । उखु उत्पादक संघ रौतहटको नेतृत्वमा गठित श्रीराम सुगर मिल्स बचाउ संघर्ष समितिले लीलामी रद्द गर्नुपर्ने र मिल्स पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै निर्णायक आन्दोलन गर्ने भएको छ । मिल पुनः सञ्चालन गर्न गराउनको लागि साउन २२ गते ज्ञापनपत्र बुझाउने,साउन २७ गते आम भेला गर्ने भएको छ । त्यसपछि पनि सुनवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

स्थानीय द्वारा लखेटिए शिवशक्ति ग्रुपका ब्यक्ती

श्रीराम सुगर मिलको लिलामी सकार गरेका शिवशक्ति ग्रुप शुक्रवार मिल अनुगमन गर्न आउँदा उँखु उत्पादक संघका सहित स्थानीयहरुले शिवशक्ति ग्रुपका पदाधिकारीलाई लखेटेका छन् । साथै स्थानीयले शिवशक्ति ग्रुपलाई मिल परिसर भित्र प्रवेश समेत गर्न दिएका थिएन्न् । मिल उठाने प्रयास गरे आफूहरुले प्रति गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।