२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

कृष्ण तिवारी ,साउन २३ गते ।

रौतहटका सुख्खा क्षेत्रलाई सिचाइको ब्यवस्था,लम्पिस्किन रोगका विरुद्ध खोपको ब्यवस्था, बाढी पीडितलाई राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) रौतहट जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर नेकपा (एमाले)केन्द्रीय सदस्य रेखा झा ,अजय गुप्ता ,प्रदेश कमिटी उपसचिव आरती भन्डारी,प्रदेश कमिटी सदस्यहरु अखिलेश्वर चौधरी,जयचन पटेल,अंशु सिंह,गौरिशंकर जैसवाल,प्रेमशंकर यादव जिल्ला संयोजक सचिदानन्द शाह,प्रचार बिभाग प्रमुख रुपेश पटेल लगायत जिल्ला कमिटी सदस्यहरु,पालिका पदाधिकारीहरु सहितको टोलीले रौतहटको सुख्खा क्षेत्रमा सिचाइ को ब्यवस्था गर्ने ,किसानलाई क्षतिपूर्ति र राहत तथा माग गर्दै ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री सँग नदीहरूको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका बिग्रिएका संरचनाहरूको तत्काल पुनःनिर्माण गर्न पनि एमाले रौतहट जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा लम्पिस्किन रोगको विरुद्ध खोपको ब्यवस्था, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने,अस्थाई झोलुङ्गे पुल बनाउनुपर्ने लगायतका माग गरिएको छ ।

आरके श्रीवास्तव,रौतहट,साउन २४ गते ।
रौतहटको बौधीमाइ नगरपालिकामा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवा बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको सरमुजवा स्थित स्वास्थ्य चौकीमा किशोर किशोरीहरुलाई लागि अभिमुखिकरण आयोजन गरिएको थियो । बौधीमाइ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम आयोजन गरेको थियो । कार्यक्रम नगर प्रमुख प्रदिप यादवको प्रमुख आतिथ्यतामा भएको थियो ।
युवा किशोररकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यौन स्वास्थ्य र शिक्षासम्बन्धी कार्यक्रम भएको हो । स्वास्थ्य संस्था प्रमुख रामाशंकर दासको अध्यक्षतामा भएको कार्याक्रममा नगर प्रमुख यादवको प्रमुख आतिथ्यता थियो भने नगर उपप्रमुख प्रमिला देवी जैसवालको विशिष्ट अतिथि रहनु भएको थियो । सो अवसरमा अतिथीहरु योजना प्रमुख उमेश झा ,स्वास्थ्य संयोजक तार्केश्वर प्रसाद पटेल ,स्वास्थ्य सह संयोजक राकेश प्रसाद यादव ,महिला स्वास्थ्य स्वयंम सेविकाहरु,सरमुजवा स्वास्थ्य चौकीका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो । सि.अ.हे.ब. कौस्तुभमणी साहले सञ्चालन गरेको कार्यक्रममा विशेष पहल र स्वास्थय शाखाको विशेष सहयोगमा कार्यक्रम सन्चालन तथा सम्पन्न भएको बुभिएको छ ।

 

रौतहट,साउन २४ गते ।

रौतहट । बाढी पिडितलाई राजेश कुमार गिरीको सहयोगमा र सृजनात्मक सामाज काल्याण केन्द्र नेपालको आयोजनामा रौतहटको विभिन्न भागमा बाढी पिडित परिवारलाई राहत सहयोग गरेका हुन ।

अरिवल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा गएको बाढीले जनसमुदायमा घरवारको क्षति भएको खबर सुन्न साथ सामाज सेवी गिरी र विवेक शर्माले उक्त राहत जिल्ला प्रशासन कार्यालयको अनुमतिमा राहत वितरण गरेका हुन् । बाढीबाट प्रभावित राजदेवी नगरपालिका वार्ड नम्बर २ हजमिनिया टोलका सुकुमबासी विपन्न प्रमोद ठाकुर र धमेन्द्र महतो, मौलापुर नगरपालिका मर्यादपुर बिनवाटोलका राजकिशोर मुखिया विनको घर बाढीले पुर्णरुपमा भत्केको खबर प्रप्त भए अनुसार राहत दिन गिरी र शर्माको टोली त्यहाँ पुगी राहत उपलव्ध गराएका हुन् ।

वहाँहरु सहयोग स्वरुप यो कार्यको सुरुवात गरेका हुन भने बाढिबाट पिडित परिवारहरुलाई सम्पर्क गर्न अनुरोध गरेका हुन र साथै यस्तो आपतको घडीमा सहयोग गर्न चाहने सहयोगी मन भएका दाताहरुलाई पनि यस महा अभियान संलग्न भई सहयोग गर्न वहाँहरुले अपिल गरेका हुन । भारी पानीको कारण रौतहटको राजदेवी, गौर, राजपुर, ईशनाथ लगायतका नगरपालिकाहरुमा बढि प्रभावित भएका छन् ।

 

काठमाडौं, २४ साउन ।

प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्दैछ ।

 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।

 

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरु बैठकमा उपस्थित हुनेछन् ।

प्रतिनिधसभाकाे बैठक १ बजे बस्नु अगावै हाल अबरुद्द भइरहेकाे प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खाेज्न उक्त बैठक बस्न लागेकाे हाे ।

 

काठमाण्डौं, २४ साउन ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो गृहजिल्ला रोल्पामा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएकामा दुःख व्यक्त गरेका छन् ।

पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठूलो मानवीय क्षति भएकामा मर्माहत भएको बताएका छन् । पुनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतक परिवारमा समवेदना व्यक्त गरे । पुनले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्लाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन् ।

 

उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन् । रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन् ।

 

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस दुर्घटना त्रिवेणी गाउँपालिका–७ रिचीमा मंगलबार दुर्घटनामा परेको थियो । दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो । दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन् । प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

 

काठमाडौ, २४ साउन ।

सन नेपाल लाइफ इन्स्याेरेन्सले ३२ साउनदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गर्ने भएको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ ।

 

यसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

 

सर्वसाधारण लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा १४ भदौसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

 

काठमाडौं, २४ साउन ।

सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

 

पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ । बैठक ११ बजेबाट सुरु हुनेछ ।

 

‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसवाट उत्पन्न परिस्थीतिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्बजनिक गर्नेछ’ एक नेताले भने । हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समिति बिचमा सहमति भएको थियो ।

उनका अनुसार उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउँनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ । उक्त हत्याकाण्ड छानबिन बिरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन् ।

 

सरकारको सो सहमतिलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफुलाई फसाउँनका लागि’ उक्त समिति बनाउन लागेको यादवले सभापति देउवासमक्ष गुनासोसम्म राखिसकेका छन् ।

 

उनले सो बिषयलाई लिएर हिजो आफना पार्टीका शिर्ष नेता र सांसदहरुसँग पनि छलफल गरेका थिए ।

 

बारा, २४ साउन ।

जनप्रतिनिधिले जिम्मेवारी सम्हालेदेखी नै विभिन्न निर्णय गरेर आलोचना खेपेको जीतपुरसिमरा उपमहानगरपालिकाले  अर्को एकलौटि निर्णय गरेको पाईएको छ।पछिल्लो समय मोटरसाइलमा कर लाग्ने विषयमा गरेको निर्णयबाट आलोचित भएको उपमहानगरले गैरकानुनी प्रक्रिया बाट कर्मचारी नियुक्ति गरेको पाइएको छ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर राजन पौडेल कानुनविपरीत करारमा १२ जना नयाँ कर्मचारी भर्ना गरेको पाईएको छ। उपमहानगरले स्वास्थ्य सेवाका लागि भन्दै मेयर पौडेलले मेडिकल अधिकृत आठौं तह ३ जना ,पाँचौ तहका ९ जना गरि १२ जनालाई करारमा नियुक्ति गरेको पाईएको छ। गत साउन १२ गते जीतपुरसिमरा उपमहानगरपालिका करार सेवामा स्वास्थ्यकर्मी पदपूर्ति सम्बन्धी सूचना निकालेको थियो तर त्यो सूचनामा विज्ञापन नम्बर ३/०७९/०८० र ६/०७९/०८० बमोजिमका पदहरुको छनौट प्रक्रियामा सहभागी भई वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुलाई योग्यताक्रमको अधारमा भर्ना गर्ने भनेपछि नयाँ फर्म भर्ने आशमा रहेका स्वास्थ्य पढेका विद्यार्थीहरु निराश भए ।

 

स्थानीय सरकार संचालनको ऐनको दफा ८३ मा नगर प्रहरी , सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर,इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाइ कर्मचारी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा करारबाट लिन सकिने व्यवस्था छ । त्यसबाहेक अन्य पदमा नियुक्ति गर्न नमिल्ने उक्त ऐनले स्पष्टै व्यवस्था गरेको छ । कानुनविपरीत जुन–जुन पदमा कर्मचारी विज्ञापनमार्फत माग गरिएको छ त्यसमा मेयर राजन पौडेले वैकल्पिक उम्मेदवारहरूसँग पैसाको बार्गेनिङ गरेको श्रोतले बताएको छ ।

 

 

प्रदेश र केन्द्रमा लोकसेवा आयोग छ र सर्वेक्षण गरेर आवश्यक भए माग गरेमा उसले जनशक्ति पदपूर्ति गरिदिन्छ । तर, लोक सेवा आयोगसँग कुनै समन्वय नगरी आफैँले रोजेका कर्मचारी भर्ना गर्न सकिने बाटोमा मेयर पौडेल लागेका छन् । योभन्दा पहिला पनि लोकसेवा आयोगको वैकल्पिकमा नाम निकालेको ४९ जनालाई करारमा नियुक्ति गरेको उपमहानगरको निर्णयलाई केही कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले विरोधसमेत गरेको थियो । तर, मेयर राजन पौडेलले एकलौटी निर्णय गर्दै करारमा कर्मचारीलाई नियुक्ति गर्दै आईरहेको वडा न ३ को वडाध्यक्ष तारा बहादुर कार्कीले बताए।

 

यसरी कानुन मिचेर उपमहानगरले कर्मचारी भर्ना गर्न खोज्नुले पार्टीनिकट र आसेपासेले सिफारिस गरेकाहरूलाई मेयरले नियुक्ति दिन खोजेको स्पष्टै देखिन्छ । ‘पहिला पनि करारमा भर्ना गरेका थिए । अहिले पनि उसले गरे हामीले किन नगर्ने भन्ने होला,’ उपनगरपालिकाका एक जना कर्मचारीले भने । अहिले महानगरमा रहेका साढे दुई सयभन्दा बढी करार कर्मचारीका लागि वार्षिक १९ करोड रुपैयाँ हाराहारी खर्च हुन्छ ।त्यसमा पनि मेयर राजन पौडेलले कार्यपालिकाको निर्णयविना नै आफू खुसी सेटिङ्मा कर्मचारी भर्ना गरिरहेको र ती कर्मचारीहरु संग पैसा समेत लिएको एकजना वडाध्यक्षले आरोप लगाएको छ।

करार सेवामा कार्यरत कर्मचारीलाई नेपाल सरकारले तलबभत्ता नपठाउने भएकाले महानगरले राजश्वबाट तलब भत्ता खुवाउनुपर्छ। ‘लोकसेवा आयोगबाट आएका कर्मचारीलाई सरकारले नै तलब भत्ता पठाउँछ,’ महानगरका एक अधिकृतले भने, ‘करारका कर्मचारीको तलब भत्ता महानगरकै आन्तरिक आम्दानीमा निर्भर हुन्छ।’

 

योभन्दा पहिला पनि जीतपुरसिमरा उपमहानगरपालिकाले करारमा स्वास्थ्यकर्मी पदपूर्ति गर्न निकालेको सूचना म्यादसम्म फर्म भरेका विद्यार्थीहरुसंँग लिखित परीक्षा न लोएर सिधै अन्तर्वार्ताको माध्यमबाट आफ्नो आसेपासेलाई नियुक्ति गरेको पाइएको थियो । त्यसको विरुद्ध कार्यपालिकाको बैठकमा पनि भएको थियो तर मेयर राजन पौडेलले एकलौटी निर्णय गर्दै अन्तर्वार्ता माध्यमबाट नै करारमा कर्मचारी नियुक्ति गरेको थियो। मेयर राजन पौडेल जीतपुरसिमराको मेयरमा निर्वाचित भएदेखि नै एकलौटी रुपमा निर्णय गर्दै आईरहेका छन्।

 

दोलखा, २४ साउन ।

दोलखामा पहिरो जाँदा पुरिएर बिगु गाउँपालिका– २ का १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको छ ।

माछा मार्न जाने क्रममा बाटोमा खसेको पहिरोमा पुरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । प्रहरीका अनुसार उनी माछा मार्न तामाकोसी नदीतर्फ जाँदै गरेका थिए ।

उनीसँगै गएका अरु तीन जनाले भने भागेर ज्यान बचाएका छन् ।

 

काठमाडौं, २४ साउन ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेले बुधबार बिहान साढे ११ बजे बस्नेगरी परामर्श समितिको बैठक बोलाएका हुन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेगरी बैठक बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

बैठकमा संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।